• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपाली राजनीतिमा तपाईंको आकस्मिक उदय र गतिविधिले मानिसहरु सोच्न बाध्य छन् कि अमरेशकुमार सिंह को हो ? यसको कारण के होला ?
-म जनताले निर्वाचनमा सर्वाधिक मत दिएर जिताएको जनप्रतिनिधि हुँ । म विश्वविद्यालयबाट ‘सर्टिफिकेट’ किनेर नभई पढेर विद्यावारिधी गरेको व्यक्ति हुँ । मेरो राजनीतिक एजेण्डा ‘क्लियर’ छ । म राजनीतिमा आउने र टिक्ने परम्परागत संस्कार बदल्न लागिपरेको छु ।
कसरी ?
नेपालमा अहिले विकास राजनीतिको आवश्यकता छ । अहिलेसम्म राजनीतिलाई मागी खाने भाँडो बनाइयो । मुलुकको विकास र प्रगतिका लागि होइन, मन्त्री र प्रधानमन्त्री बन्ने खेलमा राजनीतिक केन्द्रित भएको छ । म योभन्दा मेरो फरक धारमा हिंडेको छु । मुलुकमा मधेसी, जनजाति, महिला, चेपाङ, राउटे, कर्णाली र युवा बेरोजगारीलगायत थुप्रै समस्या छन् । युवाहरुलाई त देशमा बस्नै नसक्ने अवस्था खडा गरिएको छ । मुलुकमा नेता क्रमशः धनी र जनता क्रमशः गरिब बन्दै गएको अवस्था छ । प्रतिव्यक्ति आयमा सबैभन्दा असमानता भएको मुलुक संसारमा नेपाल नै हो ।
1
नेपालमा एक दलले अर्को दललाई होच्याउने काम ह हुने गरेको छ । २००७ सालदेखि अहिलेसम्म नेपालको राजनीति किन स्थिर हुन सकेन ? यसको खोजी पत्रकारिता जगतले पनि गर्नुपर्छ र गर्नुपथ्र्यो । पत्रकारिता जगतले पनि दुई पैसा फाइदा लिने नाममा अगाडि बढ्यो । २००७ सालदेखि अहिलेसम्म नेपाल एउटै लडाइँमा छ । यो देशमा लोकतन्त्र नै स्थापित हुन सकेन । लोकतन्त्र भनेको जनताका लागि हो । यो देशमा लोडसेडिङ बढाउन लोकतन्त्र आएको हो ? ग्याँस पाएर जनता भोकभोकै मर्नुपर्ने अवस्था आउनु कुनै लोकतान्त्र हो ?
तपाईंको दाबी म अरुभन्दा फरक छु भन्ने हो ?
–हो, राजनीति भनेको परिवर्तनको लागि गरिन्छ । परिवर्तन देशको प्रगति र जनताको अनुहारमा देखिनुपर्छ ।
जब आर्थिक समृद्धि हुन्छ र ज्ञानमा विकास हुन्छ त्यसपछि आफैं चेहरामा परिवर्तन हुन्छ । अहिले पनि नेपालको प्रतिव्यक्ति कति छ ? नेपालसँगै विकास हुन सुरु गरेको मुलुक दक्षिण कोरिया (जहाँ १९५० देखि यता विकास सुरु भएको हो) त्यहाँ अहिले ३२ हजार प्रतिव्यक्ति आय छ । हाम्रो ५ सय पनि प्रतिव्यक्ति आय छैन । अहिले पनि हामी साक्षारताका नामा नाम लेख्न सक्ने भएकामा गर्व गर्दैछौं । अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको रमाउने स्थिति छ ।
हामी एक नेता अर्को नेतासँग लडाई गरिरहेका हुन्छौं । त्यो देश र जनताको विकासका लागि होइन ।
आफू कसरी प्रधानमन्त्री हुने भन्ने स्वार्थसँग जोडिएको हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री देशका लागि बन्ने भन्दा आफूले कमाएर सात पुस्तासम्मका लागि सम्पति जोड्नका लागि भन्ने स्थापित गरियो । यस्तो अवस्था लामो समयसम्म रहनुहुँदैन । नेपाल प्रगति र विकासको बाटोमा जानुपर्छ । विकासको न्यूनतम मापदण्ड शान्ति हो । जबसम्म शान्ति हुँदैन, तबसम्म विकास सम्भव छैन । नेपालमा ००७ सालदेखि अहिलेसम्म एउटा सरकार पनि पाँच वर्षसम्म चलेको छैन । यसको कारण के हो ? २०४८ सालदेखि २०५१ सालसम्म तीन वर्ष सरकार चलेको इतिहास मात्र छ ।
अन्तरिम संविधान जारी भएको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गिरिजाप्रसाद र प्रचण्डको पछाडि उभिएको व्यक्तिले यतिछिट्टै राजनीतिमा –आफ्नो हैसियत बनाउन कसरी सक्नुभयो ?
-म त्यतिबेला दिल्लीको जबाहरलाल नेहरु विश्वविद्यालयमा पिएचडी गर्दैै थिएँ । तर राजनीतिक रुवमा क्रियाशिल नभए पनि शान्ति प्रक्रियाका लागि भित्रभित्रै काम गरिरहेको थिएँ । अमेरिकामा बाराक ओबामा ४८ वर्षमा राष्ट्रपति भए । तर नेपालमा नेता बन्न ८० वर्ष पुग्नुपर्छ भन्ने गलत मान्यता छ । नेपालमा आर्यघाटमा पुग्ने बेलामा मात्र प्रधानमन्त्रीका लागि योग्य भएको ठानिन्छ । राजनीतिमा बढीमा ५० वर्षसम्मको उमेर योग्य उमेर हो । तर बिडम्बना यो उमेरका मानिसलाई नेपालमा केही गर्न नै दिइँदैन । सिडिओ हुन कम्तिमा ५० वर्ष कट्नुपर्ने प्रावधान छ । नेपालमा किन २५–३० वर्षको युवा सिडिओ हुन सक्दैन ? प्रहरीको एसपी बनाउन ५० वर्ष कट्नुपर्ने समस्या छ । यही तरिकाले नेपाल छपाडि परेको हो ।
जेएन यू पढ्ने तपाईंजस्ता नेपाली विद्यार्थी धेरै थिए, तर तपाईंकै दाबीअनुसार गिरिजाप्रसाले किन तपाईंलाई मात्रै पत्याउनुभएको ?
त्यसबेला मलाई गिरिजाबाबुले मलाई विश्वास गर्नुभएको थियो । गिरिजाबाबुले विश्वास गरेर शान्ति प्रक्रियाका केही जिम्मेवारी दिनुभएको हो । त्यसलाई मैले पूरा पनि गरें । । कुनै पनि कक्षामा थुप्रै विद्यार्थी हुन्छन्, तर एकजना मात्रै प्रथम हुन्छ । एकैपटक सबै विद्यार्थी प्रथम हुन त सक्दैनन् नि ?
आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई समेत भेट्न समय नदिने शीर्ष नेताको घरमा तपाईंलाई जतिबेला पनि भेट्न सक्नुहुन्छ । एकैदिन चार पाँच जना शीर्ष नेता भेटें भन्दै आफैं हिड्ने गर्नुहुन्छ । यो कसरी सम्भव भएको हो ?
-यसको जवाफ नेताहरुसँगै सोध्नुस् । नेताहरुको विश्वास भएपछि त भेट्न पाइन्छ नि ?
अरु पैसा र सरुवा बढुवा बनाउने लगायतका काम लिएर नेताकहाँ जान्छन् । तर म कहिल्यै त्यस्ता कामका लागि नेता भेट्दिन । म नेताका अगाडि मगन्ते भएर गएको छैन र जान्न पनि ।
2
त्यसो भए अरु सबै लिने ठाउँमा तपाईं चाहिं दिने ठाउँमा हुनुहुन्छ ?
–दिने ठाउँमा होइन । मेरो माग्न नजाने बानी छ । म एक्लो मान्छे, मलाई केही चाहना पनि छैन । मेरो एउटै चाहना छ, देशमा शान्ति र विकास होस् । नेपालमा पछिल्लो पाँच–छ वर्षदेखि शान्ति त छ । तर हामीलाई स्थायित्व र विकाससहितको शान्ति चाहिएको छ । यो सात वर्षमा सातवटा सरकार परिवर्तन भए । २०६२–०६३ को आन्दोलनपछि अहिले कतिवटा सरकार परिवर्तन भए हामी सबैलाई थाहा नै छ नि ।
तपाईं कहिले काहीं केही राजनीतिक भविष्यबाणी गर्नुहुन्छ, ती मिलेका पनि हुन्छन् । अविष्यबाणीको आधार सूचना कि विश्लेषण ?
मैले नेताहरुलाई छुट्छुट्टै भेट्दा उनीहरुको चाहना नजिकबाट बुझ्ने काम गर्छु । कसको चाहना कहाँ गएर फिट हुन्छ, त्यसका आधारमा विश्लेषण गर्ने गरेको छु । कतिपयको बानी सबै थाहा पाएर पनि बाहिर नबोल्ने हुन्छ । अहिलेसम्मको नेपालको राजनीतिमा छलछाम चल्दै आएको छ । मैले त्यो राजनीतिक संस्कार चिर्ने कोसिस गरिरहेको छु । जनतामा साँचो कुरा बोलेर पनि राजनीति गर्न सकिन्छ भन्ने विश्वास मलाई छ । जनतामा वा सञ्चार माध्यममा म सीधासीधा र साँचो बोल्ने गर्छु । ढाँट्दै जाँदा एक दिन आफ्नै आत्मालाई ढाँट्न सकिन्छ, नेपाली जनतालाई ढाँट्न सकिन्छ र अन्तिममा संसारलाई ढाँट्न सकिन्छ । यो ढाँटबहादुर किन बन्ने ?
भविष्यबाणी गर्ने गरेकाले मानिसहरुले तपाईंको नाम ‘अक्टोपस राखिदिएका छन्, त्यसबारे के भन्नुहुन्छ ?
मैले चाहेका बेला नेपालका जो कोही नेता सजिलै भेट्न सक्छु । उनीहरुसँग नेपालको अवस्थाका बारेमा कुराकानी हुन्छ । सबै निर्णय ४ जनाले गर्ने हो । उनीहरु आफ्नै पार्टीभित्र पनि सबै कुरा गर्दैनन् । भेटेका बेला नेताहरुलाई मैले सबै विषयमा जानकारी लिने र प्रश्न गर्ने गरेको छु । नेपालका सबै राजनीतिक खेलाडीहरुको कुराकानीका आधारमा मैले विश्लेषण गर्ने गरेको छु । यस्तोमा कहिले काही्र नेताहरुको नीति मात्र बुझेर हुँदैन, नियत पनि बुझ्नुपर्छ । बाहिर एउटा भन्छन्, भित्र अर्कै गर्छन् । दलको चुनावी घोषणापत्रमा जे हुन्छ । के चुनावी घोषणपत्र सबैले कार्यान्वयण गरेको छ र ? त्यो त दुनियाँलाई ढाँट्ने र सञ्चारमाध्यामलाई दिने दस्तावेज मात्र हो । मैले कुनैपनि पार्टी र नेताहरुको नीति मात्र होइन, नियत पनि बुझ्ने गरेको छु ।
तपाईंले माओवादी शीर्ष नेतृत्वलाई चाहिं पहिलोपटक कहिले भेट्नुभयो ?
म अध्ययन गर्दै गर्दा माओवादी जनयुद्ध उत्कर्षमा थियो । तपाईहरुले त्यसबेला माओवादी नेताहरुलाई भेटेको भए भगवान ठान्नुहुन्थ्यो । पशुपतिनाथलाई भेट्न गएजस्तै हुन्थ्यो । मैले प्रचण्ड र बाबुरामजी अहिले संविधानसभा भएको भवनमा जुनबेला सार्वजानिक हुनुभयो, त्योबेला पत्रकारको क्यामेराबाट पत्रकारकै टाउको फुटेको देखेको हुँ । त्यतिबेला सञ्चारमाध्यामले उनीहरुलाई भगवान नै ठानिदिन्थे । तर ती भगवानहरुलाई मैले पहिलेदेखि नै भेटिरहेको थिएँ । उतिबेला भगवान ठान्ने कतिपयको अहिले चाहिं उनीहरुलाई नभेटौ भन्ने भावना छ । जनयुद्धताका भेट्ने र शान्तिप्रक्रियाका लागि काम गर्ने, अहिले चाहिं नभेट्ने भन्ने हुँदैन । पहिला गिरिजाबाबुको विश्वासमा भेटेको थिएँ । अहिले आफैं भेट्ने गरेको छु । तर नेपालको पत्रकारिता यस्तो छ कि जसले नयाँ काम गर्न खोजेको छ । त्यसका बारेमा अनावश्यक प्रचार गरिदिने । ग्यालिलियोले एउटा अनुसन्धान गरेपछि उनलाई धेरै दुःख दिइयो नि । ज्ञान, अनुभव, क्षमता र योगदानका आधारमा मान्छेको मूल्याङ्कन हुनुपर्छ । मेरो राजनीतिबाहेक केही स्वार्थ छैन । मैले बिहानदेखि बेलुकीसम्म राजनीतिकै चिन्तन गर्ने गरेको छु । अर्को कुरा म आफुप्रति स्वयम् र देश–जनताप्रति इमान्दार छु ।
नेताहरुले तपाईंलाई पत्याउनुको कारण चाहिं ‘दक्षिण’ को मान्छे भएर हो रे नि त ?
नेपालमा अहिले जुन मनोविज्ञान विद्यमान छ, विकासका लागि त्यो बाधक भएको छ । नेपालमा दिनभर भारको विरोध र राति भएपछि दलाली गर्नेहरु धेरै छन् । के भारतको विरोध गर्दैमा नेपालको प्रगति र विकास हुन्छ ? त्यसो हुँदो हो भने म पनि धुरीमा चढेर भारतको विरोध गर्ने थिएँ । भारतको विरोध गर्ने प्रवृत्ति नेपालको समृद्धिको बाधक भएको छ । दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित नभएसम्म नेपालको विकास हुँदैन भन्नेमा म प्रष्ट छु । जनता बलियो भएए मात्र राष्ट्रियता बलियो हुने हो । अरुलाई गाली गरेर आफू कहिल्यै बहियो हुन सकिँदैन । भारत र चीनजस्ता ठूला अर्थतन्त्र, ठूलो जनसंख्या र सबै क्षेत्रमा प्रगति गरेका ठूला देशहरुको बीचमा बसेर हामी उनीहरुलाई जिस्क्याइरहेका छौं । केही समयअघि नेपाल आएकी आङसाङ सुकीले एकै दिन नेपालका ७ जना पूर्वप्रधानमन्त्री भेट्न पाएको कुरा रोचक ढंगले भनेकी थिइन् । विश्वको राजनीतिक इतिहासमा कहीं पनि एकैपटक सात पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउने देश अन्त कतै छैन । तर नेपालमा एउटै मञ्चमा एकै दिनमा सात जना पूर्वप्रधानमन्त्रीहरुलाई भेट्न पाउने स्थिति छ । अमेरिकामा ७ जना पूर्वप्रधानमन्त्रीलाई एकैचोटि भेट्न पाइन्छ ? यस्तै स्थिति रह्यो भने १५ जना पूर्वप्रधानमन्त्री पनि एकैचोटि भेट्न पाउनुहुन्छ । नेपालको राजनीतिक स्तर खस्काउनमा यहाँको राजनीतिक संस्कार त जिम्मेवार छँदैछ, त्यो सँगै यहाँका मिडिया पनि जिम्मेवार छन् । के भारतमा सम्भव छ ? मेरो विचारमा प्रधानमन्त्री भएका सात जना अझै जिवीत छन् कि छैनन् भन्न गाह्रो छ ।
तपाईंको कुरा सुन्दा त तपाईं जत्तिकै जान्ने सुन्ने र पढेलेखेको कोही रहेन छ होइन ?
नेपालमा औद्योगिक विकास सम्बन्धी दृष्टिकोणमा अझै निखारपन आएको छैन । यो दृष्टिकोणमा विकास नभएसम्म नेपालमा हाइड्रोपावर, पर्यटन व्यवसाय लगायतको क्षेत्रमा समेत विकास हुन सक्दैन । नेपालमा अहिले तीनवटा समुदाय वा राष्ट्र देखिएको छ । यहाँ दुई राष्ट्रको कुरा गरेर हुँदैन, तीनवटा राष्ट्र रहेको छ । एउटा जनजाति राष्ट्र, एउटा मधेशी राष्ट्र र अर्को बाहुन क्षेत्री राष्ट्र रहेको छ । यी तीनवटाको बीचमा सहकार्य हुँदैन भने यो राष्ट्रको विकास र समृद्धि हुनै सक्दैन । तपाइँहरुको बुझाईं चाहिं बाहुन क्षेत्रीको विकास भयो भने मात्र देशको विकास हुनसक्छ भन्ने रहेको छ । यो गलत हो । यो सोचअनुसार मधेशी र जनजातिमाथि शासन गर्नुपर्छ भन्ने रहेको छ ।
संविधान निर्माण प्रक्रिया संकटमा परेको छ । अब यो प्रक्रियाको टुंगो कसरी लाग्छ ?
२०६२–६३ सालको जनआन्दोलनको म्यान्डेटको मर्मअनुसार नै संविधान बन्नुपर्छ । संविधान बनेन भने मुलुक लामो द्वन्द्वमा फस्न सक्छ । यसमा मिडियाको पनि भूमिका हुन्छ । एकथरि तथाकथित बुद्धिजिवीहरुले दुईतिहाइबाट किन संविधान जारी गर्न नसकिने ? भन्ने प्रश्न गरिरहेका छन् । प्रजातान्त्रिक प्रक्रियाका बारेमा मेरो केही प्रश्न छैन । अहिलेको अवस्थामा बहुमतीय प्रक्रियाबाट समस्याको समाधान हुन्छ कि हुँदैन ? नेपालमा दुई तिहाइबाट शान्ति आउँछ कि आउँदैन ? मेरो बहस त्यहाँ हो । त्यसो हो भने त नेपालमा चेपाङको कुरा त कहिल्यै उठ्ने भएनन नि, किनभने चेपाङको त कहिल्यै दुई तिहाइ हुन सक्ने स्थिति छैन । सहमतिबाट मात्र मुलुकको समस्या समाधान गर्ने संविधान बन्न सक्छ ।
तपाई जुन पार्टीबाट राजनीति गरिरहनुभएको छ, त्यो पार्टीसँगत तपाई कुरा मेल खादैन नि ?
पार्टीमा पनि मैले प्रष्ट कुरा राखेको छु ।
तर पार्टीमा तपाईंको कुरा त लागू हुँदैन ?
लागू हुन्छ कि हुँदैन हेर्दै जानुस् । त्यसो भए सहमतिबिना चाहिं संविधान आउन सक्छ त ? मैले भनेजस्तो नहुने भए खेत दुई तिहाइबाट संविधान जारी गर्न सकेको ?
प्रक्रिया त अघि बढिरहेको छ नि ?
कहाँ बढेको छ प्रक्रिया ? म अहिले संविधानसभा सदस्य बोलिराखेको छु । संविधानसभा अनिश्चितकालका लाथि स्थगित भएको छ । प्रक्रिया बढेको भए मलाई थाहा हुनुपर्ने हो ।
प्रश्नावली समितिको प्रतिवेदन संविधानसभाले पारित गरेको चाहिं प्रक्रिया होइन ?
त्यो भएर केही हुनेवाला छैन । त्यसको परिणाम त केही छैन नि ? तपाइले जति दिनभरि कराउनुभयो र उसलाई घचेट्नुभयो तर ऊ एक इन्च पनि सरेन भने फिजिक्सको भाषामा त्यसलाई काम भनिँदैन । त्यो प्रश्नावलीले जनताका हातमा संविधान दिइसक्यो त ?
सभाध्यक्षले सहमतिका लागि दलहरुलाई १० दिनको समय दिनुभएको छ । त्यसपछि पनि सहमति नभए प्रक्रियालाई कसैले रोक्न नसक्ने भन्नुभएको छ।
सत्तापक्षीय नेताहरुको भनाइ पनि त्यही छ नि त ?
सभाध्यक्षको आफ्नै खाले बाध्यता होलान् । मेरो बाध्यता भनेका जनता हुन् । मेरो बाध्यता शान्तिप्रक्रिया हो । म शान्तिप्रक्रियासँगै जोडिएर राजनीतिमा आएको हुँ र शान्तिप्रक्रिया टुट्नुहुँदैन भन्ने मान्यता राख्छु । शान्तिप्रक्रिया टुट्यो भने नेपाल अर्को द्वन्द्वमा फस्छ । यहाँ एक नेपालीले अर्को नेपालीलाई किन होच्याउने ? विदेशीका अगाडि लम्पसार पर्ने, आफू दाजुभाई चाहिं काटमार गर्ने ? गोरो छाला देखिनेबित्तिक्कै सरका सर लगाउने अनि नेपाली दाजुभाईबीचमा तथानाम भन्ने ? यो प्रवृत्तिको अन्त हुुनुपर्छ ।
काँग्रेस–एमालेको नेतृत्व शान्तिप्रक्रिया विरोधीको हातमा गएकाले अहिलेको अवस्था आयो भन्ने विपक्षीको आरोप सत्य हो ?
केहीहदसम्म त्यो समस्या पनि हो । शान्तिप्रक्रियामा जसले नेतृत्व गरेको थियो, ऊ भएको भए सबै कुरा बुझेको हुन्थ्यो र त्यसको पीडा पनि थाहा हुन्थ्यो । म शान्ति प्रक्रियामा लागेको कारणले तत्कालीन सरकार मेरो विरुद्धमा थियो । ०६२–६३ सालको आन्दोलन हुनुभन्दा पहिलेको त्यो कथाको छुट्टै पाटो छ । जसले जुन कुरामा लागिरहेका हुन्छ, त्यसलाई मात्र त्यसको मर्मवोध हुन्छ । संलग्न नहुनेलाई त्यसको मर्मबोध कम हुन्छ ।
तपाईले आफ्नै पार्टीको सभापतिलाई यो कुरा किन बुझाउन सक्नुभएन त ?
मलाई लाग्छ उहाँले ढिलोचाँडो कुरा बुझ्नुहुन्छ । त्यसका लागि मेरो प्रयास जारी छ ।
केपी ओलीबारे किन आक्रमक रुपमा पेस हुने गर्नुभएको ?
मैले त्यस्तो कहिल्यै भनेको छैन । यो त तपाईहरु पत्रकारहरुको कमाल हो । अहिलेको परिस्थिति हेर्दा केपी ओली प्रधानमन्त्री हुन सक्नुहुन्न भनेको मात्र हो।
3
२०२८ सालदेखि लगातार राजनीतिको केन्द्र र चर्चामा रहँदै आएको व्यक्ति, संविधानसभाको दोश्रो ठूलो दलको अध्यक्ष केपी ओली प्रधानमन्त्रीका लागि कसरी अयोग्य ?
सबैभन्दा पूरानो मान्छे भएर हुन्छ ? कसैले देशभरिको बूढो मान्छे को भनेर सर्भे गरेको होला । उसैलाई खोजेर प्रधानमन्त्री बनाऔं न त । यो त सिपाहीलाई आइजिपी बनाउने भन्ने जस्तै हो । सिपाही पनि प्रहरीमा भर्ना हुन्छ । उनीहरुलाई आईजी बनाइदिए भइगोनि त । आईजीभन्दा धेरै वर्ष काम गरेका प्रहरी सिपाही हवल्दारमै किन घर जान्छन् । प्रधानमन्त्री हुन कम्तिमा ७० वर्ष उमेर पुगेको, दुई चार महिना अस्पताल बसेको, राष्ट्रको ढुकुटीबाट दुई चार करोड खाएको हुनुपर्ने भन्ने मानसिकता हाबी छ । यस्तो बनाउने काम मिडियाले गरेको हो ।
सरकारी कार्यालयमा दर्ता चलानी गर्ने कार्यालय सहायक कति उमेरमा जागिरबाट रिटायर्ड हुन्छ ? एउटा सिपाहीले अब लठ्ठी उचाल्न सक्दैन भन्ने मान्यताका आधारिक किन रिटायर्ड गरिन्छ ? तर राजनीतिमा चाहिं कुन व्यक्ति ७० नाघेको छ, कतिपटक अस्पताल बसेको छ, भनेर खोज्ने काम हुन्छ । जबसम्म यहाँ युवा नेतृत्व आउँदैन, जबसम्म मिडियाले सही कुरा जनतामा पस्किँदै, तबसम्म नेपालीले केही पाउनेवाला छैनन् ।
केपी ओली एमालेको अध्यक्ष, एमाले संसदीय दलको नेता प्रचलित अभ्यासका आधार हेर्ने हो भने प्रधानमन्त्रीको उम्मेदवार त हो नि ?
पार्टीको अध्यक्ष प्रधानमन्त्री हुने भन्ने कहीं लेखेको छ ? अहिले भारतमा नरेन्द्र मोदी कसरी प्रधानमन्त्री भए ? भाजपा पहिलो पार्टी हुँदा राजनाथसिंह अध्यक्ष थिए । राजनाथ प्रधामन्त्री हुनुपर्ने होइन ? एमालेमै झलनाथ खनाल अध्यक्ष हुँदा हुँदै माधव नेपाल किन प्रधानमन्त्री भए त त्यसो भए ? परम्परा र प्रयोगकै कुरा गर्ने हो भने त पहिला नेपालमा छाउपडी प्रथा थियो । यो पुरानो चलन हो भनेर त्यसलाई राख्ने कि गलत भएकाले हटाउने त ? त्यो गलत परम्परा थियो । त्यसैले हटाइयो ।
त्यसो भए तपाई चाहिं आफूलाई प्रधानमन्त्रीका लागि योग्य ठान्नु हुन्छ ?
–हरेक नेपाली प्रधानमन्त्रीका लागि योग्य छन् । मेरो बुझाई त्यो हो ।
तापईंले वैशाखमा सरकार परिवर्तन हुन्छ भन्नु भएको छ, कसरी ?
मैले भनेको आधा कुरा समाजमा सम्प्रेषण नगरिदिनुहोला । मैले भनेको के हो भने यदि सहमति भएन भने वैशाखसम्मको आन्दोलनपछि म सरकार परिवर्तन हुनसक्छ । ३० दलीय गठबन्धनको आयोजनमा फागुण १६ काठमाण्डुमा जुन आमसभा हुँदैछ, त्यसले धेरै कुरा निर्धारण गर्न सक्छ । सहमति भएन र चैत्रदेखि आन्दोलन भयो र त्यो आन्दोलन वैशाख अन्तिसम्म गयो भने त्यो आन्दोलनलाई सरकारले थेग्न गाह«ो हुन्छ । त्यसकारण मैले चैत्र र वैशाखभित्रको समयसीमा राखेको हुँ । वैशाख १ गते मलाई कुरा नगर्नुस्, वैशाख ३० गते सम्पर्क राख्नुहोला, यो हुनेवाला छ ।
आन्दोलनको पक्षमा तपाईं किन यति धेरै लागिरहनुभएको छ ?
आन्दोलनको पक्षमा म छैन । आन्दोलनरत समूहहरु जुन छन्, तिनीहरु त नेपाली नै हुन् । त्यसको विश्लेषण गरिरहेको छु ।
आन्दोलनमा जनताको समर्थन देखिएको छैन । जनसमर्थनबिनाको आन्दोलन कसरी सफल होला र ?
मान्छे आइसकेका छन् । को आयो त नेपालमा बन्द गराउन ? के अमेरिकन, भारतीय वा चिनियाँ थिए तिनीहरु ?
उल्लेख्य जनसहभागिता देखिएन भनेको नि ?
-तपाइँको नजरमा ०६२–०६३ को आन्दोलनभन्दा पहिला २०५८ सालमा पनि आन्दोलन त चलिरहेको थियो नि । यो पूरै सय प्रतिशत नेपालीको मुद्धा त होइन, तर ६० प्रतिशत नेपालीको मुद्धा त हो नि । यो मुद्धा त मधेशी र जनजातिको मुद्धा हो, त्यसकारण पनि घट्ने त देखिहालिन्छ नि ।
जातीय मुद्धालाई स्वीकार गर्ने पक्षमा नेपाली देखिएनन् ।
विद्यावारिधि गरेको मान्छे भएर पनि त्यति कुरा बुझ्न किन गाह्रो भएको ?
म समावेशी सिद्धान्तमा विश्वास गर्छु । यो सरकार आएको एक वर्ष भयो । दुई सयभन्दा बढीको सरकारी नियुक्ति भयो होला । त्यसमा दशजना पनि जनजाति र मधेसी परेका छैनन् किन ? यस्तो खालको शासन व्यवस्थालाई के भन्ने ?
पहिला भएन भनेर त आन्दोलनहरु भए, संविधानसभा आयो, तपाई संविधानसभामा हुनुहुन्छ, अब बनाउनुस् न त समावेशी संविधान ?
अन्तरिम संविधानमा लेखिएको छ कि राज्यको सम्पूर्ण क्षेत्रको समावेशी र समानूपातिक प्रतिनिधित्व हुनेछ । त्योअनुसार त हुनुप¥यो नि ।
२०६३ सालमा शाखा अधिकृत भएको व्यक्ति अहिले सचिव हुनुपर्छ भन्ने तपाइँको भनाई त ठीक भएन नि ?
–सचिवको सवालभन्दा पनि नयाँ नियुक्तिमा त्यो देखिएन । योजना आयोगमा अनुभवका आधारमा नियुक्ति भएको छ ? यस्ता थुप्रै समस्या छन् ।
तपाईकै पार्टीको सरकार हो क्यारे, फटाफट आफूले भनेजसरी काम गर्न लगाउनुस् न ?
पार्टीभित्र पनि हामीले समावेशी भएन भनेर त उठाइरहेकै छौं । बाटोबाट टिपेर मन्त्री बनाइयो । बाटोबाट टिपेकाहरुले त अलिअलि भए पनि खल्तीमा हालिदिने भए । चुनाव जितेर हामी आएका छौ, तर बाटोबाट आएका मान्छेहरुलाई हामीले मन्त्रीज्यू भनिदिनुपर्ने ? सरकारमा रहनेहरुले अहिले भनिरहेका छन कि ३० दलीय मोर्चा जनमतबाट आएको होइन, तर मन्त्रिपरिषदमा भएकाहरु चाहि सबै जनमतबाटै आएका हुन् त ?
मैले नसकेको भए, सक्ने एकजनाको मात्रै नाम बताइदिनुस् न त ।
सफल त हुनुभएन नि ?
सफलता केमा भन्ने ? मुलुकमा विद्यमान काटमार, हत्या हिंसा त बन्द भयो नि ।
सबै मिलेर यो अवस्था ल्याएको हो । यो तपाईंको कारणले मात्र भएको हो र ?
मैले मात्र जस लिन खोजेको होइन । मैले जे बुझेको हो, त्यो त नेपाली जनतालाई भन्नुपर्छ । मेरो बुझाइअघि नै भनिसकें नेपालमा समृद्धि र विकास हुन आवश्यक छ । त्यसका लागि शान्ति आवश्यक छ । जबसम्म एक नेपाली अर्को नेपालीसँग लडिरहन्छ, तबसम्म केही हुनेवाला छैन ।
तपाइँकै पार्टीमा त्यो कुरा लागू हुँदैन, जनतामा कहिले हुने ?
एउटै कुरा स्थापित हुन ३० औं वर्ष लाग्न सक्छ । मैले के मात्र भन्न खोजेको भने नेपालको राजनीति युवाहरुको हातमा आउनुपर्छ । सबै कुरा मिल्छ ।
प्रचण्डले अब काँग्रेसजस्तो पार्टीमा नबस्नुस्, हाम्रैमा आउनुस् भनेको सुनिएको थियो, खास के हो ? ?
प्रचण्डले मलाई कहिल्यै त्यसो भनेका छैनन् र म जानेवाला पनि छैन ।
प्रचण्डको सल्लाहकारमध्ये तपाई पनि एउटा हो भन्ने सुनिन्छ नि ?
म कहिल्यै पनि कम्युनिष्ट भएको छैन र हुनेवाला पनि छैन । एक्काइसौं शताब्दीमा त्यसको कुनै औचित्य पनि छैन । कार्लमाक्र्सले उहिल्यै लेखेको दास क्यापिटललाई माध्याम बनाएर अहिले राजनीति गर्न सकिँदैन । कार्लमाक्र्सपछि कसले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ, मलाई देखाइदिनुस् न ।
तपाई अहिले प्रचण्डकै पार्टी र मोर्चाको एजेण्डामा त हुनुहुन्छ नि त ?
म समानताको एजेण्डमा मात्र सहमत भएको हो । के अरुले भात खायो भने मैले भात नै खान नमिल्ने ? यहाँ समस्या के हो भने यहाँ कसैले भात खाँदा मैले पनि भात खाए भने उजस्तै हुन्छु कि भन्ने समस्या छ । जसले उठाएको भए पनि देशको समस्यालाई समस्या भन्ने किन डराउने ? यहाँ पहिचान र समानताको समस्या छ । जनताजनताबीचको पहिचानको समस्या छ । मधेसीले अधिकार माग्यो भने देश टुक्र्याउन खोज्यो भन्ने ?
सीके राउतले खुलेआम तराई काठमाण्डुको अवैध सन्तान हो, यसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै हिंडेका छन् । तपाईंको भनाइअनुसार उनले जे भनेको र गरेको भए पनि अरुले उल्टो बुझिदिनुप¥यो होइन ?
खुलेआम केपी ओलीले भनिरहेका छन् कि मधेसीहरु सक्छौ भने बिहारमा गएर मिल ।
लैजाऔ । त्यो अर्को पक्षको प्रतिनिधि पात्र हो । केपी ओलीको बोलीचाहि राष्ट्रियताको बोली तर अरुले बोलेको चाहि गैरराजनीतिक हुने ? देश टुक्राउने खोजेको हुने ?
मैले सिके राउतलाई सपोर्ट गर्नै खोजेको होइन । म त्यसमा सहमत हुन सक्दिन । तर मुलुकमा समस्या त छ नि ।
अन्तिममा कहिलेसम्ममा मुलुकले संविधान पाउला ?
अहिले कुनै न कुनै रुपको आन्दोलन नभई सहमतिको नजिक पुगिन्छ जस्तो लाग्दैन ।
kathmandutoday.com
काठमाडौं, ३ कात्तिक । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको घोषित नाकाबन्दीविरुद्ध भारतलाई जोडर भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै महान्त्री सोनलले नाकाबन्दीमा भारतको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो ।
‘मधेसी मोर्चाले घोषित रुपमा नाकाबन्दी लगाएका हौँ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दीलाई लिएर सरकारले जबरजस्ती भारतलाई तानेर भ्रम सिर्जना गरिएको छ ।’ उहाँले नाकाबन्दीका विषयमा भारतलाई जोड्न नहुने बताउनुभयो ।
सरकारसँग हुने वार्ताको विरोधी आफूहरू नरहेको बताउनुभएका तमलोपा महामन्त्री सोनलले भन्नुभयो, ‘हाम्रा राजनीतिक मागका विषयमा सरकारमा सहभागी अहिलेका थारु मन्त्रीहरूलाई थाहा छ । त्यस विषयमा ठोस प्रस्ताव ल्याएर आए सहमति हुन सक्छ । अन्यथा वार्ता आयाराम गयाराम हुन्छ ।’ उहाँले फोरम लोकतान्त्रिकका मन्त्रीहरूले माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिनुपर्ने उल्लेख गर्नुभयो ।
संविधान संशोधन गरेर मात्रै मधेसी मोर्चाका माग पूरा हुने बताउनुभएका सोनले प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि विश्वासमा ल्याउनुपर्ने दायित्व सरकारी पक्षको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको सहभागिता विना संविधान संशोधन हुँदैन । त्यस विषयमा पनि सरकारले ध्यान दिनु उचित हुन्छ ।’
महामन्त्री सोनलले आफूहरूको आन्दोलन र नाकाबन्दीले जनताले दुःख नपाएको दाबी गर्नुभयो ।
‘हाम्रो नाकाबन्दीले जनताले दुःख पाएका होइनन्’, उहाँले भन्नुभयो, ‘जनताले दुःख पाउनुमा सरकारको दोष छ । हाम्रो दोष छैन । मधेसी मोर्चाको आन्दोलन ६७ दिन हुँदा पनि माग सम्बोधन गर्नेतर्फ ध्यान दिइएन । सरकार कानमा तेल हालेर बसेको छ ।’
आफूहरूका मागको सुनुवाइ नहुँदासम्म नाकाबन्दी यथावत रहने महामन्त्री सोनलको भनाइ थियो ।
dainiknepal.com
 पटकसोमबार, २ कार्तिक
काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ ।
एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् ।
सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गर्न सक्ने राजदूत ऊले बताएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।
‘नेपालको परराष्ट्र मन्त्रालयले लिखित रूपमा चीन सरकारलाई पत्राचार गर्नुपर्छ,’राजदूतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्छ । यसमा हामी सघाउन तयार छौं ।’ एक दिनमा तिब्बतको ल्हासाबाट केरुङसम्म इन्धन ल्याइने गरेको राजदूतले बताएका थिए ।
खनालले दसैं मुखैमा आइसक्दा पनि भारतको नाकाबन्दी नहटेको र जनताले संकट भोगिरहेकाले चीनले नेपाललाई सहयोग गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
www.nepalsandesh.com
भारतको अघोषित नाकाबन्दीका बीच नेपालमा गठन भएको नयाँ सरकारका लागि मन्त्री छान्न एमाओवादीमा खेल सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको एक साता वितिसक्दा पनि एमाओवादीले मन्त्रीको टुङ्गो लगाउन सकेको छैन् । जहाँ बाबुराम भट्टराई पक्षीय नेताहरुले मन्त्री नपाए पार्टी नै फुटाउने धम्की समेत दिइरहेका छन् ।
यसै क्रममा एमाओवादीमा गृह मन्त्रालयलाई लिएर भारतले ‘गन्धा’ खेल खेल्न सुरु गरेको छ । गएको विहीबार महासचिव कृष्णबहादुर महरालाई उपप्रधान तथा गृहमन्त्री बनाउने निर्णय गरेको एमाओवादीले त्यो निर्णय दुई दिनमै परिवर्तन गरेको थियो ।
भारतबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रीको निर्णय फेर्न चर्काे दबाब आएको एक नेताले खुलासा गरेका छन् । एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका ती नेताका अनुसार उपप्रधान तथा गृहमन्त्रीमा सिफारिस गरिएका महासचिव महरालाई हटाउन भारतले दुई तरिकाबाट दबाब दिएको थियो । पहिलो महरालाई चीनसँग नजिक भएको भन्दै सिफारिस निर्णय सच्याउन प्रचण्डलाई दबाब दिएको थियो । किनकि चीन नजिक हुँनु भनेको भारतविरोधी हो भनेर बुझिन्छ ।

चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै प्रचण्ड
दोस्रो तरिका अनुसार एमाओवादीका बाबुराम पक्षीय नेताले पार्टी फुटाउने धम्की दिनु हो । भारतसँग नजिकको सम्बन्ध भएका बाबुरामकै निर्देशनमा उनका नेता टोपबहादुर रायमाझीले आफूलाई उपप्रधान मन्त्री बनाएर एमाओवादीबाट सरकारको नेतृत्व गर्न नदिए पार्टी फुटाइदिने धम्की दिएका थिए । जसका कारण पनि महासचिव महरालाई उपप्रधान तथा गृहमन्त्री हुन दिइएन् ।
महरालाई गृहमन्त्री नबनाउने निर्णयपछि भारत र बाबुरामको जित भएको ती केन्द्रीय सदस्यको विश्लेषण छ । उनले भने– ‘भारतले पोलिटिक्समा कसरी खेल्दो रहेछ भन्ने कुरा अहिले आएर प्रत्यक्ष देख्न पाइयो ।’
उनका अनुसार भारतले महरालाई गृहमन्त्रालय नदिन भनेपछि उनको ठाउँमा अरु नेतालाई अगाडि सार्ने तयारी भइरहेको छ । उपप्रधानमन्त्री बनाएर एमाओवादीबाट सरकारको जिम्मेवारी भने बाबुराम पक्षीय नेता टोपबहादुरले पाएका छन् । जून भारत र बाबुरामले चाहेका थिए ।
यता महासचिव महराले भने पार्टी्भित्र मन्त्रीको लागि फोहरी खेल सुरु भएकाले आफूलाई लाज लागेको भन्दै पछाडि हटेको प्रतिक्रिया जनाइसकेका छन् । भारतले प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डको एकतालाई टुटाउन विभिन्न शक्तिको प्रयोग गरी खेल खेलिरहेको छ ।
dainiknepal.com
काठमाडौं: सरकारले मुलुकमा देखिएको तत्कालीन इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ ।

भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई यस्तो आग्रह गरिएको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्रमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।

नेपाल आगल निगमका एक उच्च अधिकारीले इन्धन संकटबाट मुलुक धेरै समय गुज्रिन नसक्ने भएकाले चीनसमक्ष दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइएको बताए ।

‘भारतीय आयल निगमसँगको मात्रै नेपालमा एकाधिकार स्थापित भएको छ । अहिले भोगेको जस्तो भारतीय नाकाबन्दी फेरि भविष्यमा भारतले नगर्ला भन्न सकिन्न ।

 त्यस कारण चीनसँग पनि आईओसीसँग जस्तै पेट्रोलियम पाइपलाइन सम्झौता सरकारले गरोस् भन्ने हाम्रो चाहना हो’, आयल निगमका ती अधिकारीले भने ।
नेपालको आग्रहमा चीन अत्यन्तै सकारात्मक देखिएको अधिकारीहरूले जानकारी दिए ।

सडकमार्गबाट इन्धन ल्याउन चीनलाई अनुरोध गरिए पनि मुख्य दुई सीमा नाकाहरू रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका कारण कठिनाइ हुनसक्ने देखिएको छ ।

यसअघि आइतबार एमाले पूर्वअध्यक्ष झलनाथ खनालसँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले चीनको स्वाशासित क्षेत्र तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपूर्ति गर्न तयार रहेको बताएका थिए ।

नेपालले उच्च राजनीतिक तहबाट ठोस प्रस्ताव गरेमा सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गरिदिन सक्ने राजदूत ऊले बताएका थिए । सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्ने उनको भनाइ थियो ।

सवारीसाधनबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याइन्छ । नेपाल र चीनबीचको दोस्रो ठूलो सीमानाका रसुवागढीबाट केरुङ २५ किलोमिटर दूरीमा छ ।

रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन र नेपाल तयार छन् । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच भएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त नाका तीन दिनअघि पुनः सञ्चालनमा आए पनि कहिलेकाहीं जाने पहिरोका कारण अवरुद्ध हुने गरेको छ ।
annapurnapost.com
हेल्लो शुभ बिहानी आज  वि.सं. २०७२ साल कात्तिक ३ गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर २० तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– सप्तमी, ९:४७ बजेउप्रान्त अष्टमी हेर्नुहोस आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउन सक्छन्। अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। विशेष योजना गोप्य राख्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर पाइनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा साँझदेखि स्थिति अनुकूल बन्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम बन्नेछन्। धेरैलाई फाइदा पुग्ने काम सम्पादन गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकाममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। साँझदेखि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअप्रिय समाचारले मन खिन्न रहला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पठनपाठनमा भने राम्रै प्रगति हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। ठूलो फाइदा उठाउन नसकिए पनि गरी आएका कामबाट आर्थिक लाभ हुनेछ। केही फजुल खर्च पनि बढ्न सक्छ। साँझदेखि परिस्थिति उत्साहजनक बन्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउनाले काममा समेत बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraउद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। साँझपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविचारले धेरैलाई प्रभावित बनाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। साँझतिर नयाँ काम सुरु हुन सक्छ। सहयोगीहरूको साथले आँटेका काममा उत्साह थपिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटे पनि साँझदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornखर्च गरेर पनि फाइदा उठाउन मुस्किल पर्नेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सत्कर्ममा जुट्नेहरूलाई भने फाइदै हुनेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। लाभांश भने सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। श्रमको उचित मूल्य नमिल्न सक्छ। लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। साँझदेखि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुन सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। साँझदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्।

कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गृहनगर गुजरातको विधानसभा चुनावमा प्रमाणहरु लुकाएको खुलासा भएको छ । मोदीले विधानसभा चुनावमा आफ्नी श्रीमती नभएको र नाम लुकाएर धाधली गरेको खुलासा भएको हो । मोदीले २०१२ मा भएको चुनावमा यस्तो धाधली गरेका थिए ।
धाधली गरेका बेला गुजरातका मुख्यमन्त्री मोदी नै थिए । त्यो बेलाका कांग्रेस नेता तथा स्थानीयबासी निशान्त वर्माले सोही विषयलाई लिएर अदालतमा मुद्दा हालेका थिए ।
उनको आरोप थियो कि निर्वाचनका बेला सूचना लुकाएर मोदीले गम्भीर अपराध गरेका थिए । भारतको कानुन अनुसार उच्च ओहदामा बसेका व्यक्तिले सूचना लुकाए अपराध मानिन्छ । सूचना लुकाएकै कारण भारतको कानुनले ६ महिना जेल सजायँ र क्षतिपूर्ति भराउने गर्छ ।
तर, पद तथा पैसाले शक्तिशाली मोदीलाई अदालतले कुनै सजायँ दिएन् । गुजरातको अदालतबाट न्याय नपाएपछि सर्वाेच्च अदालत पुगेका निशान्तले त्यहाँबाट पनि न्याय पाएनन् ।
सर्वाेच्च अदालतले पनि यो घटनामा कुनै दम नभएको भन्दै मुद्दा नै खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायधीश जस्ती चेलमेश्वरले मोदीको मुद्दा खारेज गरेका हुन् ।
यदी यो मुद्दा कारवाही प्रक्रिया अगाडि बढेको भए मोदीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरी जेल हाल्ने सम्भावना प्रबल थियो । तर पैसा र पदीय शक्तिको अगाडि कुनै कानुन लाग्दैन् भन्ने कुरा यो घटनाबाट प्रष्ट भएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home