गजुरी (धादिङ) : नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।
पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक पटक बलात्कारको प्रयास समेत गरेकाले घरमा बस्न नसक्ने अवस्था आएपछि सन्तानको सुरक्षाका लागि घर छाडेको बताउइन्।
पतिले तीन छोरी र दुई वर्षीय एक छोरालाई आइतबार राति कुटपिट गर्दै घर निकाला गरेका थिए । छिमेकीका घरबाट दुई वर्षीय छोरालाई दूध ल्याएर खुवाउन ढिला गरेको भन्दै कपाल समातेर भुत्लाउँदै मुड्कीले छातीमा हानेर कुटपिट गरेको पीडितले नलाङ प्रहरी चौकीमा सोमबार जाहेरी दिएकी थिइन् ।
घटनापछि सहयात्री समाजले सञ्चालन गरेको नलाङस्थित स्नेह केन्द्रमा पुगेकी पत्नीलाई पीडकले सोही स्थानमा आएर मानसिक रुपमा समेत कुटपिट गर्ने र सन्तानलाई अपशब्द बोली गाली गरेका थिए ।
अभियुक्तले यसअघि पनि पत्नीलाई कुटपिट गरेका थिए । उनकी पत्नी चोटपटक लिएर स्नेह केन्द्रमा आएको र उपचार गरी घर पठाइएको जानकारी दिँदै स्नेह केन्द्रका इन्चार्ज इन्दिरा रेग्मीले पारिवारिक पुनर्मिलन गराएर घर निकालिएकाहरुलाई घर पठाउने योजना रहेको जानकारी दिए ।
महिलामाथि हुने हिंसामा वृद्धि
गत वर्षको तुलनामा जिल्लामा वैशाख १२ को भूकम्पपछि महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको सहयात्री समाजले गरेको सर्भेक्षणले देखाएको छ ।
गत आव ०७१-७२ मा ३५ घरेलु हिंसाको घटना भएकामा भूकम्पपछि छ महिनाको अवधिमा ११२ घटना भएको सहयात्री समाजले सोमबार सार्वजनिक गरेको छ । गत एक वर्षमा बलात्कारका तीन, जबर्जस्ती कारणी उद्योगका सात, बोक्सी आरोपका कुटपिट छ र बहुविवाहका १९ गरी महिलामाथि हुने सबै किसिमका हिंसा १०५ छन् ।
भूकम्पपछिको अवधिमा मात्र बलात्कार सात, बलात्कार प्रयासका चार, बोक्सीको आरोपका पाँच लगायत महिलामाथि हुने सबै किसिमको हिंसाको घटना छ महिनाको अवधिमा १६० वटा रहेको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिए ।
सो अवसरमा प्रजिअ दीपक काफ्ले र प्रहरी नायब उपरीक्षक सविन प्रधानले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रहरीले नागरिक संस्थाको सहकार्यमा अभियान थाल्न लागेको बताए ।
जिल्ला प्रहरी कार्यालयमा सर्वेक्षणमा देखिएको जस्तो घटना दर्ता नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
annapurnapost.com

एजेन्सी : पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।
मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'भारतको कोल्ड-स्टार्ट डक्ट्रिन र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।'
समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।
सन् २०१० मा भारतीय संसदमा भएको हमलापछि भारतीय सेनाले 'पराक्रम' अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।
त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो ।
यो 'कोल्ड स्टार्ट' पोलिसीका अनुसार भारतीय सेनाले 'स्विफ्ट रिएक्सन' (तुरुन्त जवाफी कारबाही) को रणनीति बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।
पाकिस्तानी आर्मीले अगस्त अन्तिममा आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन।
भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।
पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २.४६ लाख करोड रुपैयाँ अर्थात ४०.०७ बिलियन अमेरिकी डलर राखेको छ ।
यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १०० न्यूक्लियर बम रहेका छन् । तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।
तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन।

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।
पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।
कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।
पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।
सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com
दाङ, नेपालगन्ज, कार्तिक ३ । दाङसँग सीमा जोडिएको बाँके, कुसुमको चपरगौरीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
अरु यात्रु बसभित्रै रहेकाले उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन । लु१ख ५८२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कुसुमका हवल्दार टोपेन्द्रसिंह ठकुरीका अनुसार उक्त बसभित्र ५० जनाभन्दा बढी यात्रु थिए । बसमा ग्यासको सिलिन्डर र पेट्रोल रहेकाले बस पल्टिएपछि सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
बसभित्र रहेका अरु यात्रुको अवस्थाबारे अझै जानकारी हुन सकेको छैन । १० जना यात्रुलाई भने उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । बस बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको थियो । imagekhabar.com

मंगलबार, ३ कार्तिक
साउदी । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
पन्ध्र महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा–३ का ३३ वर्षीय मानबहादुर पुन मगरको गत सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।
कामबाट फर्केर राति खाना खाएर सकुशल सुतेका मगर रातको १ बजे एक्कासि छट्पटिएका थिए । उनी छटपटिएको थाहा पाएपछि कोठामा सँगै सुतेका साथीले अस्पताल लैजाने तयारी गर्दागर्दै उनको सुतेकै ठाउँमा मृत्यु भएको झविलाल न्यौपानेले बताए ।
शव परीक्षण भइनसकेकाले उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । मृत्यु भएका मगरको शव जुबैलस्थित जेनेरल अस्पतालमा राखिएको र शव स्वदेश पठाउनका लागि पहल भइरहेको न्यौपानेले बताए ।
अल अद्वानी कम्पनीको स्काइफोल्डरमा कार्यरत पुन मगर साउदीको जुबैलस्थित अबुद्रिया क्याम्पमा बस्दै आएका थिए । मगरको परिवारमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी छन् ।
www.nepalsandesh.com

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन्।
देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नु भएका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उनलाई ध्यानाकर्षणपत्र बुझाउन आज प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।
“अहिलेको असहज अवस्थाबाट मुलुकलाई मुक्त गर्न सरकारले विविध उपाय अवलम्बन गरेको छ, चाँडो निकास निस्कनेमा म आशावादी छु,”– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रवक्ता लामिछानेले बताए ।
तराई–मधेसका समस्या राजनीतिक संवादका माध्यमबाट समाधान गर्न, भारतको अघोषित नाकाबन्दीका कारण कष्टकर बन्दै गएको जनताको दैनिकी सहज बनाउन कूटनीतिक प्रयासका साथै वैकल्पिक बाटोबाट इन्धन आपूर्तिका लागि ठोस प्रयास गर्न विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भूपरिवेष्ठित नेपालको पारवहन अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रि«य समुदायको ध्यानाकर्षण गर्नुपर्ने तथा अहिलेको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने माग प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा गरिएको छ ।

काठमाडौं, ३ कात्तिक । विना विभागीय मन्त्री तथा तराई मधेस लोकतान्त्रिक पाटीका महासचिव रामजनम चौधरीले सरकारमा बसेर थारु समुदायका मागलाई पूरा गराउन आफूले पहल गर्ने दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरा गर्दै मन्त्री चौधरीले सरकारमा बसेर थारुका माग सम्बोधन गराउन आफू मन्त्री बनेको बताउनुभयो ।
‘थारु आन्दोलनकारीका माग पूरा गराउन सरकारमा बस्नु अनिर्वाय थियो’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीसँग पनि थारुका माग सम्बोधन गर्न आग्रह गरेको छु ।’
उहाँले थारु आन्दोलनकारीका माग पूरा गराउन नसके सरकारबाट बाहिरिने बताउनुभयो । ‘थारुका माग सम्बोधन गराउन नसके हाम्रो पार्टी सरकारबाट फिर्ता हुन्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘दुई महिनाभित्र संविधान संशोधन गरेर थारुका माग पूरा गर्ने छौँ ।’
उहाँले प्रधानमन्त्री ओलीसँग थारु आन्दोलनकारीले पहिलानै सरकारलाई बुझाएको मागका विषयमा अवगत गराएको उल्लेख गर्नुभयो ।
शहीद घोषणा, घाइतेको उपचार, क्षतिपूर्ति, झठ्ठा मुद्दा फिर्ता हुनुपर्ने, पक्राउ परेका थारु नेताको रिहाइलगायतका माग पूरा नहुँदासम्म सरकारसँग थारु आन्दोलनकारीले वार्ता नगर्ने मन्त्री चौधरीको भनाइ छ ।
मन्त्री चौधरीले आन्दोलनका क्रममा टीकापुर घटनामा दोषी देखाइ पक्राउ परेका थारु नेताहरू तुरुन्त रिहाइ हुनुनपर्ने माग गर्नुभयो ।
‘थारुका माग पूरा गराउन सरकारमा बसेर दबाव दिन्छु’, उहाँले भन्नुभयो, ‘काम गरेर देखाउन नसके ओली सरकारबाट फर्कने छौँ ।’