नयाँ शक्ति निर्माणमा लागेका एमाअाेवादीका पूर्वनेता
डा. बाबुराम भट्टरार्इ बाबुबाट दसैंको टीका ग्रहण गर्दै -

वीरगन्ज : बारा प्रहरीले हतियार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको रौतहटको बसन्तपट्टी गाविस–७ का २७ वर्षीय राजु पाण्डे छन् ।
प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी हवल्दार नागेन्द्र बैठाको नेतृत्वमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले बाराको भोडाहा गाविस–२ बाट बुधबार बेलुकी पाण्डेलाई हतियार सहित पक्रेको हो ।
बीर आर ०५ जे ४७१४ नम्बरको भारतीइ मोटरसाइकलमा सवार रहेका पाण्डेको शरिर खानतलासी गर्दा कम्मरमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद भएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।
हतियारसहित पक्राउ पाण्डेलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप आनुसन्धान भइरहेको प्रहरी निरिक्षक शशी ठाकुरले जानकारी दिए ।
www.annapurnapost.com
काठमाडौं, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ ।
बडादसैँ २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाउनुभएको छ ।
‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’
सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।
संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।
‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’, सन्देशमा भनिएको छ, ‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’
उहाँले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताउनुएको छ ।
विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भू–भाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रुपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरुप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’
लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरुको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह पनि गर्नुभएको छ ।
उपराष्ट्रपति झाद्वारा बडादसैँको शुभकामना
उपराष्ट्रपति परमानन्द झाले नेपालीहरूको महान पर्व बडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
झाले आज दिनुभएको शुभकामना सन्देशमा यस पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।
उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । रासस
dainiknepal.com

काठमाडौं—आइसीसी यु—१९ विश्वकप छनौट प्रतियोगिताको फाइनलमा बिहीबार आयरल्यान्डले नेपाललाई १८५ रनको चुनौती दिएको छ। मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले ४७.४ ओभरमा अल आउट हुँदै १८४ रन बनायो।
नेपालको कसिलो बलिङ सामु आयरल्यान्डका खेलाडीले खुलेर ब्याट घुमाउन सकेनन्। फूल स्पेल १० ओभर बलिङ गरेका ललित नारायाण राजवंशीले १ मेडन राख्न राख्दै मात्र ३६ रन दिएर ४ विकेट लिए। आरिफ शेखले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीको पोल्टामा दुई विकेट प¥यो।
आयरल्यान्डका लागि आक्रमक ब्याटिङ गरिरहेका गेरी म्याक्लिन्टक ४५ रनको अवस्थामा दीपेन्द्रको बलमा बोल्ड भएपछि नेपालले आयरल्यान्डमाथि दवाब बढाएको थियो। आयरल्यान्डका अर्का खतरनाक ब्याट्सम्यान एन्ड्र्यु अस्टिन ललितको बलमा प्रेम तामाङबाट क्याच भएका थिए। उनले ४४ रन बनाउन सके।
यु—१९ विश्वकप प्रतियोगिता अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा बुधबार नेपालले आयरल्यान्डमाथि ८ विकेटको विजय हासिल गरेको थियो। बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले १८५ रनकै लक्ष्य आयरल्यान्डले दिएको थियो। ओपनर सुनिल धमाला र सन्दीप सुनाले १७० रनको साझेदारी गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो।
nagariknews.com

गोरखा : बिहानै उठेर चुल्हो सल्काउन खोज्दा फैलिएको आगो शरिरमा सल्केर जल्दा गोरखामा एक वृद्धको ज्यान गएको छ ।
गोरखाको गुम्दा गाविस–९ निवासी ७८ वर्षीय टिजनकान्छा गुरुङको बिहीबार बिहान जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चुल्होबाट फैलिएको आगोले उनको घर पनि जलेर ध्वस्त भएको छ ।
बिहानै घरमा सल्किएको आगो निभाउने स्थानीयबासीको प्रयास असफल भयो । गाउँलेले वृद्धलाई पनि बचाउन सकेनन् ।
annapurnapost.com
काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिजया दशमीले सबै नेपालीलाई साँस्कृतिक एकताको सूत्रमा आबद्ध गरेर नेपालको राष्ट्रियतालाई झन सबल बनाउन सघाउँदै आएको जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले बडादसैँका अबसरमा आज शुभकामना सन्देश दिँदै हाम्रा साँस्कृतिक चाड पर्वहरूले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
‘अहिले हामी एक ऐतिहासिक मोडमा उभिएका छौं’, सन्देशमा कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासकालागि नेपाली जनताले झण्डै एक शताब्दी अगाडिदेखि गरेको आन्दोलन र संघर्षका उपलब्धिहरूलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी समस्त नेपालीको साथ र सहयोगमा सम्पन्न भएको छ ।’
कांग्रेसले राष्ट्रिय चाड पर्वमा पनि नेपालको तराई मधेसमा चलेको आन्दोलन र त्यसका कारण छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका नाकामा सिर्जना भएको अवरोधले मुुलुकको आपूर्ति व्यवस्थामा आएको असहज परिस्थितिले नेपालीहरूको दैनिक जीवनलाई प्रभावित गरेको उल्लेख गरेको छ ।
‘संविधानका केही विषयमा असहमति देखाउदै आन्दोलनमा रहनु भएका राजनीतिक दलहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न मेरो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्नुको साथै आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन गरिएको प्रयासलाई सार्थक बनाउनु परेको छ’, कोइरालाले भन्नुभएको छ ।
वर्तमान सरकारले त्यसलाई परिणाममा पुराउने आफूले विश्वास लिएको कोइरालाले बताउनुभएको छ ।
‘नागरिकलाई सर्वाधिकार सम्पन्न बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको अभ्यास र विकासमा पनि राजनीतिक दलहरुको बीचमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलाप कायम राख्न सम्बद्ध सबै पक्ष उत्तिकै जिम्मेवार बनेर नेपाललाई सबल राष्ट्र्रमा रुपान्तरण गर्न मन बचन र कर्मले समर्पित बन्न भवानी दुर्गाले सबैलाई आर्शीवाद प्रदान गरुन्’, शुभकामना सन्देशमा कोइरालाले भन्नुभएको छ ।