• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL


भोजपुर : पुर्वी पहाडी जिल्ला भोजपुरमा शुक्रबार मुसलधारे पानीसहित परेको असिनाले धानबालीमा क्षति गरेको छ ।

भोजपुरको उत्तरी दिङ्लाक्षेत्रमा दिउँसो एक बजेबाट परेको पानी र असिनाले पाक्न लागेको धानमा ठूलो क्षति पुगेको स्थानीय उपेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार मुसलधरे पानी र असिनाले दसैंमा टीका लगाउन जानेहरुलाई प्रभावित बनाएको ।


असिनाले धानबालीसँगै कोदोमा ठूलो नोक्सानी पुगेको स्थानीय कृषकहरुले बताएका छन् ।
www.annapurnapost.com

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।
कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।
पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।
कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।
सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com

एजेन्सी : उत्तरप्रदेशको मेरठस्थित हापुण शहरको सिकन्दर गेटमा बस्दै आएको एक मुस्लिम परिवारले आफ्नो गाई 'जुली' को जन्मदिन धूमधामसँग मनाएको छ ।

गाईको जन्मदिन मनाउने क्रममा मुस्लिम परिवारले १० किलोको केक बनाएर गाईलार्इ बर्थ डे क्याप पनि लगाइदिएको छ ।


भारतमा एकातर्फ गार्इको मासुलार्इ लिएर साम्प्रदायिक उन्माद फैलिरहेको छ । अर्कातिर उत्तर प्रदेशकै दादरीमा युवक अखलाकलार्इ घरमा गार्इको मासु राखेको अफबाहकै भरमा भींडले केही दिनअघि कुटीकुटी ज्यान लिएको थियो ।

 यस्तो अवस्थामा मुस्लिम परिवारले गार्इलार्इ लिएर बढिरहेको साम्प्रदायिक हिंसा गर्नेहरुलार्इ गतिलो जबाफ दिएको छ ।

केमिकल वेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गरिरहेका इरशादका परिवारमा ४० वर्षदेखि गाई पालिँदै आएको छ । इरशादका पिता हाजी अब्दुल गनी आफ्नो गाईलाई धेरै माया गर्छन् ।

उनले सन् २००८ मा आफ्नो घरमा जन्मेको गाईको नामकरण र उनको जन्मदिन मनाउने परम्परा गरेका थिए । यसै वर्ष २९ जुलाईमा हाजी अब्दुल गनीको निधन भयो ।

'जूली र उसकी आमा भोली हाम्रा परिवारका सदस्य हुन् । हामी उनीहरुलार्इ आफ्ना छोराछोरीलार्इ जस्तै स्याहार गर्छौं', आफ्नो गाईको बारेमा इरशाद भन्छन्, 'जुलीको यो पहिलो जन्म दिन भएकाले हामीले भब्यताका साथ मनाएका हौं । करिब एक सय पाहुना बोलाएर जुलीको जन्मदिन मनायौं ।'

इरशाद अगाडि भन्छन्, 'हामीले १० किलोको इगलेस बनिला केक अर्डर गर्यौं र त्यसमाथि गार्इको जस्तै आकार भएको क्यान्डल लगायौं । सबै पाहुनाले जुलीलार्इ मनपर्ने खानेकुरा उपहार लिएर आएका थिए ।

आफ्नो गाईको जन्मदिन मनाउने क्रममा यो परिवारले नेपाली ६४ हजार रुपैयाँ खर्च गरेको थियो ।
www.annapurnapost.com




एजेन्सी : भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा एक दलित युवकको हत्या भएको छ ।

परेवा चोरेको आरोपमा ती दलित युवाको हत्या गरिएपछि हरियाणाको सोनिपत र फरिदाबादमा हिंसा मच्चिएको छ ।


हरियाणास्थित फरिदावादको सोनिपतमा परेवा चोरीको आरोपमा पक्राउ युवाको प्रहरी हिरासतमा ज्यान गएपछि त्यहाँ हंगामा भएको हो ।

प्रहरीले हिरासतमा लिएका ती युवाको शरीरभरी चोट लागेको पाइएपछि उनलार्इ यातना दिइ हत्या गरिएको भन्दै आफन्तहरुले आन्दोलन थालेका हुन् ।


फरिदावादको सोनिपतमा यो घटनाले केही दिनयता तनाव बढाएको छ । मृतकका आफन्तहरुले प्रहरी चौकी र सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा बर्साएका छन् ।

केही महिलाले पुलिसकर्मीमाथि लाठी पनि बर्साएका छन् । त्यसपछि पुलिसले अवस्थालार्इ नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । त्यस इलाका सयौंको संख्यामा प्रहरी परिचालित गरिएको छ ।

पुलिसका अनुसार ती युवकको शव उनको घरमै भेटिएको थियो । तर पुलिसको भनाइको कडा प्रतिवाद गर्दै युवकका परिवारले प्रहरी हिरासतमै उनको मृत्यु भएको दाबी गरेका छन् ।

ती दलित युवामाथि परेवा चोरीको आरोप अर्को जातिका मानिसले लगाएका थिए । अहिले दुबै जातिका मानिस एकअर्काविरुद्ध उत्रेका छन् ।
www.annapurnapost.com
६ कात्तिक । आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला मच्चिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको अमेरिका भ्रमणमा हुनसक्ने सैन्य सम्झौतालाई लिएर मोदीको सुरक्षा बैठकमा चर्चा हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतको बढ्दो दबदवाबाट सशंकित बनेको सैन्य शक्तिशाली देश अमेरिकाले पाकिस्तानलाई लडाकु बिमान र हतियार दिने तयारी गरेको समाचारमा जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले अमेरिकाले पाकिस्तानलाई फाइटर बिमान बिक्री गर्न लागेको भनेर विरोधमा समाचार धाराप्रवाह रुपमा प्रकाशित गरिरहेका छन् । यस विषयमा पाकिस्तान र अमेरिकाले भने केही जनाएका छैनन् ।
अमेरिकाले भारतलाई आफ्नो बसमा राख्नका लागि भारतको पुरानो दुश्मन पाकिस्तानलाई फाइटर बिमान र हतियार बिक्रीको सम्झौता गर्न सक्ने प्रधानमन्त्री मोदीको सुरक्षा बैठकमा छलफल भइरहेको जनाइएको छ ।
यस्तो अवस्था आएमा भारतलाई पाकिस्तानबाट ठूलो समस्या हुन सक्ने भारतीय सञ्चारमाध्यहरूको भनाइ छ ।
अमेरिका दुनियाँको नम्बर एक सैन्य शक्ति देश हो । अमेरिकाले पाकिस्तानलाई एफ–१६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।
अमेरिकी अखबारहरूका अनुसार पनि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको बाराक ओबामासँग हुने भेटमा बिमान खरिद बिक्रीका विषयमा सम्झौता हुन सक्नेछ ।
न्यूयार्क टाइम्सले पनि पाकिस्तानलाई एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको अमेरिका यात्राका बेला यस विषयको घोषणा गरिने छैन । तर व्हाइट हाउसले यस कुरालाई पछि घोषणा गर्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।
नवाज शरीफ अमेरिका यात्राका लागि २० अक्टोबरमा अमेरिका पुगिसकेका छन् ।
अमेरिकाबाट फाइटर जेट पाएपछि पाकिस्तानमा तीन देशका फाइटर जेट हुने छन् । पाकिस्तानलाई चीन र फ्रान्सले यसअघि नै फाइटर जेट बिमान दिइसकेका छन् । अमेरिकाले ८ वटासम्म एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।
यसअघि अप्रिलमा अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानसँग अर्बौँको सैन्य सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकाको विदेश मन्त्रालयका अनुसार पाकिस्तान उसको घनिष्ठ सहयोगी हो ।
पाकिस्तानको अखबार डानले पाकिस्तानलाई अमेरिकाले १४ कान्बेट एयरक्राफ्ट, ५९ मिलिट्री ट्रेनर जेट र ३ सय ७४ आर्मड पर्सनल करियर दिने विषयमा सम्झौता भएको जनाएको छ ।
यी हथियार पाकिस्तानलाई दिइएको थियो । यसको प्रयोग अमेरिकी सेनाले अफगानिस्तान र इराकमा पहिला नै गरिसकेको छ । – एजेन्सी
dainiknepal.com
 मुस्लिम देशहरूमा महिलाको जीवन अत्यन्तै कष्टकर हुने गरेको समाचारहरू आइरहेका हुन्छन् । ती मुुस्लिम देशहरूमा नेपाली युवा र युवतीहरू रोजगारीका लागि जाने गरेका छन् ।
ती देशहरूका महिलाको जीवन कसरी वितेको होला भनेर चासो हुनु स्वभाविक हो । यहाँ हामीले विशेष गरेर साउदी अरबका महिलाहरू कसरी जीवन विताइ रहेका छन् भनेर खोज्ने प्रयास गरेका छौँ ।
दैनिक नेपाल डट कममा राखिएका यी तस्बिरहरू ब्रिटिश फोटोग्राफर ओलिविया आर्थूरले खिचेँका हुन् । उनले तस्बिरहरू आफ्नो किताब ‘जेद्दाह डायरी’मा पनि समावेश गरेका छन् । २००९ मा ब्रिटिश काउन्सिलले ओलिवियालाई जेद्दाहमा दुई हप्ताको फोटोग्राफी वर्कशापमा पनि बोलाएको थियो ।
त्यस क्रममा उनले साउदी अरबमा रहेका महिलाहरूको तस्बिर खिचेँका थिए । ती तस्बिरहरू साउदी महिलाको रहनसहनसँग आधारित छन् ।
साउदी अरबमा महिलाहरूलाई ड्राइभिङका साथै पढ्न लेख्न र घुम्नका लागि पनि आफ्नो पति वा बाबुआमासँग अनुमति लिनु पर्छ । ओलिवियाले लिएका यी तस्बिरहरू अहिल खुला माहोलमा बसेका महिलाहरूको मात्रै हो ।
साउदीमा अधिकांश घरहरूमा महिलालाई अन्य पुरुषको अगाडिबाट हिँड्न पनि दिँदैनन् । यसले गर्दा अन्य मुस्लिम महिलाहरूको तस्बिर सार्वजनिक गरिएको छैन ।
dainiknepal.com


गौशाला : प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।


जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् ।

घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home