एकलव्य
नयाँ प्रधानमन्त्री केपि ओलीले आफ्नो गृहजिल्ला झापाको पहिलो भ्रमणको वेलामा कार्तिक ४ गते भएको एक सभामा आफुले भ्रष्टाचार नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएकाछन् ।
हुनत प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा पुगेपछि म भ्रष्टाचार गर्दिन भनेर भन्नु पर्ने विषय नै होइन । सीधा कुरा यो हो कि प्रधानमन्त्री जस्तो व्यक्तिले भ्रष्टाचार गर्न पाउँदैन , त्यो गम्भीर अपराध हो । तर धेरैलाई थाहा नभएको विषय के हो भने नेपालको कानूनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो भ्रष्टाचार निवारण गर्ने सर्वोच्च निकायलाई प्रधानमन्त्रीले भष्टाचार गरे भने कारवाही गर्ने अधिकार दिएको छैन ।
जसरी राजालाई राजतन्त्रमा कुनै पनि निकायले कारवाही गर्न सक्दैन , त्यसरी नै गणतन्त्रमा पनि प्रधानमन्त्रीलाई अख्तियारले समात्न नसक्ने गरी कानून वनाइएको छ । प्रधानमन्त्रीलाई कारवाही गर्ने एक मात्र उपाय भनेको संसदमा अविस्वास प्रस्ताव वा महाअभियोगको प्रस्ताव पारित गरेर हटाउने हो ।
तर यो सजिलो विषय होइन । किनभने प्रधानमन्त्री संग आफ्नो पार्टी र अरु सत्ता गठबन्धनमा रहेका दलहरुको साथ रहने हुनाले उसमाथि कारवाही हुन सक्दैन ।
नेपालका अहिले सम्मका प्रधानमन्त्रीहरु कोही पनि चोखो रहेनन् भनिन्छ । सबैले कमाए भनिन्छ । सबैले कुनै न कुनै तरिकाले भ्रष्टाचार गरेका थिए भनिन्छ । कुनै प्रधानमन्त्री आफैले पनि ब्रिफकेस भरी पैसा लिन्थे भनिन्छ भने कुनैले आफ्नी श्रीमती वा पिएहरु वा आफन्तहरु मार्फत पैसा लिन्थे भनिन्छ ।
प्रधानमन्त्री भएपछि र प्रधानमन्त्रीवाट हटेपछि उनीहरुको जीवनस्तर र खर्चवर्च हेर्दा कुनैले पनि आफु प्रधानमन्त्री छँदा भ्रष्टाचार गरेर पैसा कमाउन वाँकि राखेनन् भन्न सक्ने आधार प्रसस्त देखिन्छ । सर्बसाधारण जनता भन्दा पनि ओली जस्तो नेतालाई विगतका प्रधानमन्त्रीहरु क कसले कसरी भ्रष्टाचार गरेर पैसा कमाए र देशको काम लथालिंग छाडे भन्ने वढी थाहा भएको होला नै । त्यसैले ओलीले आफ्ना सन्तान नभएकोले भ्रष्टाचार गर्दिन भनेर सार्वजनिक रुपमा भन्नु भएको हुन सक्दछ ।
यदि यो वाचा उहाँले व्यवहारमा लागु गर्न सक्नु भएमा यो नेपालको लागि धेरै ठुलो योगदान हुनेछ । प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने भएपछि नै मन्त्रीहरु र मातहतका सरकारी निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन । हुँदा हुँदा भ्रष्टाचार रोक्ने जिम्मा दिइएका निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन्छ र देशको उन्नतिमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान गएपछि के हुन्छ देशको हालत भन्ने कुरा हामीले भोगी रहेका छौं ।
यदि प्रधानमन्त्री आफुले भ्रष्टाचार नगर्ने भएमा मन्त्रीहरु र मातहतका अरुले पनि भ्रष्टाचार गर्न डराउने हुन्छ र भ्रष्टाचार सून्य मै लान नसके पनि धेरै हद सम्म निर्मुल हुन गई देश विकास तीब्र गतिमा शुरु हुनेछ ।
प्रधानमन्त्री ओलीको यो वाचा व्यवहारमा यथार्थ बन्न थाल्छ भने जनताले उनको तलव सुविधा कानूनी रुपमा वढाउन संसदलाई दवाव दिनु पर्दछ । किनभने प्रधानमन्त्रीको अहिलेको तलबले आउने पाहुनाहरुलाइ दुधको चिया ख्वाउन पनि पुग्दैन , कालो चिया सम्म बल्ल पुग्ला । अहिले प्रधानमन्त्रीको तलब भनेको ६१,८२०।– रुपैयाँ प्रति महिना हो । प्रधानमन्त्रीलाई पेट्रोल, टेलिफोन, पत्रिका आदिको लागि भनेर केही सुविधा त दिएको हुन्छ , तर खान लाउन र पाहुनालाई ख्वाउन बैधानिक रुपमा खासै व्यवस्था छैन । पार्टीको अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले समस्यामा परेका आफ्ना कार्यकर्ता र मतदाताहरुलाई केही न केही हेर्नै पर्ने हुन्छ । प्रधानमन्त्रीले महिनामा ४ पटक वालुवाटारमा रात्री भोजको आयोजना गर्न पाउने व्यवस्था लगाएत अरु यस्ता कयौं ठाउँहरु त छ , तर यो खर्च वाटै अरु खर्च निकाल्ने कुरा पनि सानो तिनो भ्रष्टाचार नै हो ।
भनाइको अर्थ यो हो कि प्रधानमन्त्रीको वास्तविक खर्च उनलाई वैधानिक रुपमा दिइने तलव वाट पुग्दैन । प्रधानमन्त्री पद गएपछि उसको साधारण खर्च सम्म पनि उनलाई दिइने केही भत्ता वाट कदापी पुग्दैन । तसर्थ भष्ट्राचार नगर्ने प्रतिवद्धतालाई अहिलेका नयाँ प्रधानमन्त्रीले साँच्चै पालन गर्दछ भने उनलाई चाहिने न्यूनतम आवश्यकता राज्यले व्यहोर्ने कानूनी प्रावधान यथाशीघ्र वनाई उनलाई भ्रष्टाचार गर्न नपर्ने वातावरण वनाई दिनु पर्दछ ।
एउटा बैकको कार्यकारी प्रमुखले पनि नेपाल मै महिनाको पाँच लाख तलब पाउँछ । देश को कार्यकारी प्रमुखले देशको भलो गरोस् र उनले आफ्नो व्यक्तिगत चिन्ता लिन नपरोस् भनेर प्रधानमन्त्रीलाई महिनाको बीस लाख तलब दिइनु अन्यथा हुने छैन । भ्रष्टाचार भनेको छोराछोरीका लागि मात्र गरिन्छ भन्ने होइन । अहिलेका प्रधानमन्त्रीको छोराछोरी नभएपनि अन्य खर्च पुग्ने गरि दिनु राज्यको दायीत्व हो । नेपालमा प्रधानमन्त्री टिक्ने भनेको दुई बर्ष हो , र यो अवधीमा उनलाई करीव पाँच करोड दिएर देशमा हुने अरबौं भ्रष्टाचार निवारण हुन्छ र देश विकासको गति तीब्र हुन शुरु हुन्छ भने यो शुभ कार्य गर्ने हिम्मत संसदले गर्न पर्ने हुन्छ र जनताले यसलाई स्वीकार गर्नु पर्ने हुन्छ । विगत देखि हाल सम्म यो पाँच करोड जोगाउने नाममा प्रधानमन्त्रीले यो भन्दा वढी आफै भ्रष्टाचार गर्ने गर्छन् र अरुलाई पनि अरर्बौ रकम भ्रष्टाचार गर्न दिइरहेको हुन्छ । तसर्थ नयाँ प्रधानमन्त्रीको नयाँ वाचा संगै जनताले पनि नयाँ ढंगले सोच्न पर्ने वेला आइसकेको छ ।
यतिले पुग्दैन भने अझ वढाएपनि फरक पर्दैन तर त्यस पछि पनि भ्रष्टाचार गर्छ भने त्यस्तो प्रधानमन्त्रीलाई कडा सजाँय दिने कानून पनि वनाइनु पर्दछ ।
www.nepalsandesh.com
लहान, ६ कात्तिक । विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः सशक्त पारेको छ ।
संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।
विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् । रासस
dainiknepal.com

काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ ।
साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।
मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’’
प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उहाँले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताउनुभयो । बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताउनुभयो ।
“अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ,”–उहाँले भन्नुभयो ।
प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको छ, ब्याटिङमा सुधार गर्न जरुरी छ, विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए । रासस
dainiknepal.com
कार्तिक ६, २०७२- ‘जनयुद्धको क्रममा ०५९ साल मंसिरमा सप्तरीको कदमाहामा मलाई तत्कालिन शाही सेनाले पक्राउ गरेको थियो, मलाई मार्ने तयारी गरियो, तर उनीहरु मलार्इ राम्ररी नचिन्दा अल्मलिए, तर मैले म सँगै रहेका स्थानीय ब्यापारी सागिर मियाँको पसलको कामदार हुँ भन्दै जोगिए
, त्यो दिन नजोगिएको भए आज कहाँ सासँद र मन्त्री हुनसक्थे र’ गत आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका उमेश यादबले यसो भनिरहँदा उनी फोनमै भावुक भए । जनयुद्धका लागेर पटक पटक सुरक्षाकर्मीको निशाना छलेका उनले आफू जनयुद्धमा लाग्दा घर परिवारमा सुरक्षाकर्मीको अत्यधिक आउजाउ र सोधपुछ तथा आफनो चिन्ताका कारण पिता किसुनदेव यादबलाई ह्दयघात भएको र पछि सोही कारणले मृत्यु भएको वास्तविकता स्मरण भएपछि उनी भावुक बनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको मन्त्री परिषदमा आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका यादब गाउँले परिवेस हुदै मन्त्री सम्म पुग्न भ्याएकोमा सन्तोष ब्यक्त गरे । ‘मैले आज सम्म गरेको त्याग र दुखको परिणाम हो यो’–मन्त्री यादबले कान्तिपुरसित भने–‘सबै वर्ग र क्षेत्रको सहयोगले मन्त्रालयलाई नमुना वनाउने प्रयत्न गर्नेछु ।’ सप्तरीको लालापटी गाविस वडा नम्वर– १ निवासी यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीवादीबाट उम्मेदवार भई सप्तरी क्षेत्र नम्वर– ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पिता स्व. किसुनदेव यादव र माता लक्ष्मी देवी यादवको कोखबाट जेठो सन्तानको रुपमा धर्तीमा पाईला टेकेका थिए । आफूसहित चार दाजुभाइ र एक बहिनीको अभिभावकत्वको जिम्मेवारी सम्भाल्दै आएका उनले गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तह पुरा गरी वि.स. २०४४ सालमा राजविराज स्थित राजदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । राजनीतिसँगै भारतको मधेपुराबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् । वि.सं. २०३९ सालताका काठमाण्डौको ललितपुरमा शिक्षण पेशामा कार्यरत काका रामदेव यादवसँग उनी पढ्नका लागि काठमाण्डौ पुगे । त्यहाँका बासिन्दाहरुले देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट कक्षा ३ बाट सञ्चालन भएको विद्यालय १० सम्म सञ्चालन गरेको कुराले उनी प्रभावित भए । आफ्नो गाउँ ठाउँको विकास आफैले गर्नुपर्छ भन्ने सङ्कल्पका साथ गाउँ फर्के प्रा. चन्द्रकिशोर यादव, ईन्जिनियर प्रयाग यादव, कामेश्वर यादव, हरिनारायण यादव, विष्णुदेव यादव लगायतका कर्मचारीहरु समेतको अगुवाइमा क्लव सञ्चालन गरे । गाउँका सरकारी कर्मचारीहरुले कमाइको केही अंश क्लवमा जम्मा गरेर गाउँमा विकासीय अभियान चलाए । विद्यार्थीकालदेखी नै खरो स्वभावका उनी राजनिती भने राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सुरु गरेका थिए । राप्रपाको युवक सङ्गठनको जिल्ला अध्यक्ष, सगरमाथा अञ्चल ईञ्चार्ज हुदै केन्द्रीय सदस्य समेत भए । पार्टीका नेता राजेश्वर देवकोटा समेत उमेशको शैलीबाट प्रभावित हुदै गएका थिए । देवकोटाले उमेशलाई युवा कार्यकर्ताको रुपमा नभई छोरा भनेर बोलाउथे भने उमेशले समेत बुवा भनेर आदर गर्दथे । माओवादी जनयुद्धले गति लिईरहेकै क्रममा माओवादी नेता मातृका यादव सप्तरी आएका थिए । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा गोप्य बैठक आयोजना भएको थियो । सोही क्रममा उमेशको पनि माओवादी जनयुद्धका गतिविधिहरुमा सामिप्यता बढ्दै गयो । उमेशका अनुसार उनले त्यस अघि काठमाण्डौमा छदा जनादेश साप्तातिकको बेलाबखत स्तम्भमा छापिने गरिएको वावुराम भटराइको लेखवाट समेत माओवादी प्रति प्रभावित हुदै आएका थिए । राप्रपाबाट विस्तारै टाढिदै उनी माओवादीको पर्चा, पम्पलेट छर्ने, भित्ते लेखन गराउने जस्ता कार्यमा सक्रिय भए । पार्टीको गतिविधीहरुमा सक्रिय भई ईमान्दारीपूर्वक काम गर्नथालेपछि उमेशलाई माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी दिईयो । तत्पश्चात पार्टीको सेल कमिटि सेक्रेटरी, एसिएम, डिसिएमको जिम्मेवारी पाए । शम्सेरपुर धातीमा वि.सं. २०५८ सालमा सम्पन्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट सूर्यनाथ यादव अध्यक्ष भए भने उमेशले उपाध्यक्षको जिम्मेवारी पाए । ०५८ मंसीर ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरे पछि निक्कै जोखिमपूर्ण कामहरु समेत उनले पार्टीको निर्देशन अनुसार गरे । उनी एरिया हुदै जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जिल्ला जनमुक्ति सेना कम्पनी हुदै बटालियन कमिसार, वाईसिएल केन्द्रीय सदस्य एवम् धनुषा अध्यक्ष, धनुषा महोतरी, सर्लाही ईञ्चार्ज, वाइसिएल मिथिलाराज्य संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीभित्र छोटो समयमै प्रभावशाली नेताको रुपमा परिचित भए । पार्टीको जिल्ला संयोजक हुदै वि.सं. २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य समेत भए । सप्तरी क्षेत्र नम्वर ३ बाट २०६४ सालमा संविधानसभा सदस्यमा चुनाव लडे पनि पराजित भए तर दोश्रो संबिधान सभामा उनी सप्तरी ३ नम्बरवाटै विजयी भए । संबिधान निर्माणको प्रक्रियामा सक्रियतापुर्वक सहभागी भएका यादब संबिधान सभामा २०७१ माघ ५ को मध्यरात आफ्नो दलले गरेको बिरोधमा कुर्सी तोडफोडका घटनामा पनि अगाडि देखिएका थिए । उक्त घटना निक्कै चर्चामा रह्यो ।
kantipur.ekantipur.com

कार्तिक ६, २०७२- सरकारले दसैंलगत्तै पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने भएको छ । असोज पहिलो सातादेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरिए पनि प्राविधिक कारण देखाउँदै ढिलाइ गरिएको हो । लाइभ इनरोलमेन्ट प्रणालीको जिम्मा दुई महिनाअघि फ्रान्सेली कम्पनी ओर्वथरलाई जिम्मा दिइए पनि काम द्रुत गतिमा अघि बढ्न सकेको छैन । भारतले गरेको अघोषित ‘नाकाबन्दी’ को कारण देखाई केही ढिलाइ भएको जानकारी राहदानी विभागलाई ओर्वथरले दिएको छ । सरकारले राहदानी विभाग र विदेशमा रहेका आफ्ना नियोगमध्ये तत्काल ११ स्थानबाट पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो । आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगे सबै प्रक्रिया अघि बढ्ने उल्लेख छ । यो प्रणाली लागू भएमा विभाग र ती नियोग रहेका मुलुकका नेपालीले फाराम भरेर लाइन बस्नुपर्दैन । यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । ई–पासपोर्टमा जाने तयारीस्वरूप सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो । पाँच वर्षभित्र सरकार ई–पासपोर्टमा जानुपर्ने हुन्छ । भरिएको फाराम तत्काल राहदानी विभागमा पठाइनेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जाने हुनाले यसलाई छरितो र भरपर्दो प्रणालीको रूपमा लिइन्छ । यसका लागि पुरानो पासपोर्ट र नागरिकताको सक्कल लिएर दूतावास तथा विभाग गए पुग्छ । सरकारले यो प्रणाली २ वर्षदेखि लागू गर्ने प्रयास गरिरहेको थियो । दुई महिनाअघि सरकारले गरेको निर्णयअनुसार मलेसिया, साउदी अरब (रियाद र जेद्दाह), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा यो प्रणाली सुरु गरिनेछ । ‘हामीले दसैंअगावै सुरु गर्ने गरी काम अघि बढाए पनि प्राविधिक कार्यले केही दिन ढिला भयो । दसैंलगत्तै यो लागू हुन्छ । नोभेम्वर २४ अगावै कम्पनीले गर्ने सहमति छ ।’ विभागका महानिर्देशक लोकबहादुर थापाले कान्तिपुरलाई भने, ‘हामी कम्पनीसँग सल्लाह गरेर जतिसक्दो छिटो काम अघि बढाउन भन्नेछौं । केही हार्डवेयर सामग्री आउन ढिलाइ भएको हो ।’ थापाका अनुसार कम्पनीले आन्तरिक वाइरिङ तथा डेक्सको काम सम्पन्न भएको जानकारी दिएको छ । नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव, पुरानो सम्झौताको अल्झनले सरकारले अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै यो प्रणालीको जिम्मा ओर्वथरलाई दिएको हो । सरकारले तत्काल ग्लोबल टेन्डर गर्न सक्ने अवस्था नरहेकाले राहदानी विभागले तयार पारेको तीन विकल्पमध्ये मध्यमार्गी बाटोका रूपमा ८ मुलुकमा रहेका १० नियोगमा ५० वटा लाइभ इन्रोलमेन्ट प्रणाली आरम्भ गर्न विभागलाई निर्देशन दिएको थियो । सहमतिअनुसार ओर्वथरले २५ लाख थप पासपोर्ट समेत छाप्ने अवसर पाएको छ । यो प्रणालीअन्तर्गत छापिने राहदानी अहिलेको भन्दा १ दशमलव ३० अमेरिकी डलर महँगो पर्नेछ । तर, लाइभ इन्रोलमेन्ट विदेशी नियोगमा कम्पनीले नै जडान गर्ने र त्यसको जनशक्तिलाई पनि कम्पनीले प्रशिक्षण दिने हुनाले घाटा नरहेको दाबी परराष्ट्रको छ । यसअघि सरकारले ३ दशमलव ५९ अमेरिकी डलरमा राहदानी छाप्दै आएको थियो । नेपालभर ‘लाइभ इन्रोलमेन्ट प्रणाली’ राख्ने प्रस्ताव गरिए पनि थप दुई डलर भार पर्ने भएकाले सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले मध्यमार्गी बाटो अपनाएको थियो । ती मुलुकमा दसैंलगत्तै ओर्वथरले आफ्नो सामान र कर्मचारी पठाई व्यवस्थापन गर्ने बताएको छ । यो प्रणाली लागू भएपछि फोटो कहाँ खिच्ने, फाराम कसले भरिदिने जस्ता समस्याबाट सर्वसाधारण मुक्त हुनेछन् । सक्कल नागरिकता जिल्लाबाट प्रमाणित गरेर लगेको अवस्थामा सेवाग्राहीका सबै काम पूरा हुने जनाइएको छ । विदेशस्थित दूतावास फाराम नखुम्चाइकन विभागमा पठाउने ‘डिप मेल’ को झन्झटबाट पनि मुक्त भएका छन् । नेपालीको बढी चाप भएका दूतावास तथा नियोगमा पहिलो चरणमा यो लागू गर्न लागिएको विभागका निर्देशक शरद आरनले बताए । यो प्रणालीबाट सरकारलाई केही आर्थिक भार थपिएको भए पनि सर्वसाधारणको भने खर्च बचत हुनेछ । आउँदो नोभेम्बर २४ सम्म सरकारले हस्तलिखित राहदानी विस्थापन गरिसक्नुपर्छ । विभागका अधिकारीहरूका अनुसार करिब ३९ लाख नागरिकले एमआरपी बनाइसकेका छन् । अब पहिलेको जस्तो चाप नहुन सक्छ । त्यसमा १० हजार जति सरकारी र कूटनीति राहदानी बनेका छन्, अन्य सर्वसाधारणको छ ।’ करिब एक लाखले एमआरपी बनाएर पेज सकेर अर्को बनाएको तथ्यांकले देखाउने हुनाले ३८ हजार नेपालीले नयाँ एमआरपी वा हस्तलिखित विस्थापन गरकाले समस्या नहुने विभागका अधिकारीहरू बताउँछन् । ग्लोबल टेन्डर पनि प्रक्रियामा सरकारले ग्लोबल टेन्डर प्रक्रिया पनि सँगै अघि बढाएको छ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि ग्लोबल टेन्डरमा जान निर्देशन दिइसकेकाले लाइभ इन्रोलमेन्टसँगै सरकार ग्लोबल टेन्डरमा जानुपर्ने हुन्छ । सन् २०१० मा ओर्वथरसँग सम्झौता भएयता डाटा सेन्ट्रलाइज गर्न नसकेकामा सतर्कता केन्द्रले छानबिन गरिरहेको भए पनि त्यसको टुंगो अझै लागेको छैन् । समय अभाव र डाटा सेन्ट्रलाइज गर्न विधिमा सरकार यसअघि चुक्दा पुन: अन्तरिमकालका लागि भन्दै ओर्वथरलाई नै थप पासपोर्ट छपाइको जिम्मा दिएकोमा तत्कालीन सरकार आलोचित समेत बनेको थियो । डाटा प्रणाली लिने गरी सम्झौता गरेको भए तत्कालीन सरकार अन्तर्राष्ट्रिय टेन्डरमा जान सक्ने थियो । समयमै टेन्डर प्रक्रिया अघि बढाइएको भए सन् २०१५ नोभेम्बर २४ पछि कसले राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्ने भन्ने निक्र्योल हुन्थ्यो । तर, त्यसमा समयमा ध्यान दिइएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार आगामी मंसिरदेखि हस्तलिखित राहदानी प्रयोग गर्न सकिने छैन । तर, डाटा ट्रान्सफरमा समस्या हँुदा अन्य राहदानी पनि नचल्ने अवस्था आउने हुनाले अहिले यो प्रक्रियामा गएको हो ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
विराटनगर : आफ्नै बसले शुक्रबार बिहान किचिएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए ।
बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
www.annapurnapost.com
साताैं पटक विश्वकप क्रिकेटमा भिड्दै
काठमाडौं : उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ ।
नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।
मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने, 'टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।'
प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए
बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताए ।
'अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ', उनले भने ।
प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको बताए ।
उनले ब्याटिङमा सुधार गर्न जरुरी रहेको उल्लेख गर्दै विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गरे।
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
annapurnapost.com