• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

काठमाण्डु, ७ कात्तिक– भारतीय नाकाबन्दीले जनजीवन असामान्य बन्दै गएका बेला नेपालले उत्तर छिमेकी चीनलाई इन्धन उपलब्ध गराइदिन औपचारिक आग्रह गरेको छ ।

त्यसबारे सरकारले शुक्रबार राति चिनियाँ परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो । स्रोतका अनुसार बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहमा परराष्ट्र मन्त्रालयले चीनको सरकारी स्वामित्वमा रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशन ‘सिएनओओसी’ मार्फत नेपालमा इन्धन आपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसहितको पत्र लेखेको हो ।

पत्रमा ‘नेपाल गम्भीर प्रकारको संकटमा रहेका बेला असल छिमेकीका नाताले नेपालका लागि आवश्यक पर्ने परिमाणमा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास उपलब्ध गराइदिन नेपाल सरकार आग्रह गर्दछ’ भनिएको छ ।
पत्राचार गर्नुअघि शुक्रबार अपराह्न एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत महेश मास्के तथा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइबीच छलफल भएको थियो ।

छलफलमा चिनियाँ राजदूत चुन्ताईले सकारात्मक जवाफ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्री पुनसहित सम्वद्ध मन्त्रालयका अधिकारीलाई बालुवाटार बोलाएर इन्धन दिन आग्रह गर्दै चीनलाई तत्काल पत्र लेख्न निर्देशन दिएका थिए ।
नेपालस्थित चिनियाँ दूतावासले चीन सरकार नेपाललाई इन्धन दिन इच्छुक रहेको भन्दै त्यसका लागि सरकारी स्तरमा औपचारिक सम्झौता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग लविङ नै गरेको थियो ।


तर भारतीय नाकाबन्दी खुल्ने आशमा सरकारले अहिलेसम्म त्यसबारे प्रक्रिया नबढाउँदा चिनियँ प्रस्ताव अलपत्र परेको थियो । नेपाल आयल निगमले यसअघि १५ दिनका लागि आवश्यक पेट्रोलियम पदार्थ आपूर्तिका लागि बोलपत्र आह्वान गरेकामा चिनियाँ कम्पनीले पनि तेल दिने इच्छा व्यक्त गरेको थियो ।
नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले एक महिनायता गर्दै आएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भएको छ । इन्धन अभावमा दसैंका बेलासमेत सर्वसाधारणले यात्रा गर्न र खाना पकाउन कठिनाई भोग्नुपरेको छ ।
kathmandutoday.com
  पटकशनिबार, ७ कार्तिक
काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, प्रतिपक्षीका रुपमा नेपाली काँगेसको भावी रणनीति तय र राष्ट्रपति एवम् उपराष्ट्रपति पदका आफ्ना उम्मेदवारलाई विजयी बनाउने उपायबारे छलफल गर्ने पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताउनुभयो ।
आजै बिहान उक्त पार्टीको पदाधिकारी बैठक महारागञ्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बिहान ९ बजे बस्दैछ ।
www.nepalsandesh.com
...

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला।

...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।

...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। स्थायी सम्पत्ति जोड्ने समय छ।

...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा केही नोक्सानी होला। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही मात्रामा खर्च बढ्नेछ भने काममा आलस्य जाग्नेछ। तर, लगानी बढाउनुपर्ने अवस्था देखिन्छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
nepalitools.com

बेनी:  म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब  एक अर्ब ६० करोडको लगानी भएको छ ।

यस जिल्लामा अहिलेसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ ।


गत आवको अन्त्यसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको देखिएको छ । सबै उद्योगमा गरी करिब एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ ।

म्याग्दीमा पोल्टीफार्म, राइसमिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा २१२ पोल्टीफार्म, ७६ राइसमिल, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् ।

यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजार जनाले रोजगारी पाइरहेको अनुमान छ । यी उद्योगमा मासिक ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।


गत आवमा राइसमिल, पोल्टीफर्म, डेन्टल क्लिनिक, मोबाइल मर्मत केन्द्र, सिलाइकटाइ प्रशिक्षण केन्द्र, माछाफार्म, बाख्राफार्म, होटल र दूध डेरीको दर्ता बढेको हो ।

सबै उद्योग व्यवसायलाई कानुनी दायरामा ल्याउन विभिन्न पक्षबाट सक्रियताका साथ सहयोग भएकाले कानुनी प्रक्रिया पुर्‍याएर उद्यम व्यवसाय गर्ने क्रम बढेको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले बताए ।
annapurnapost.com
वासिङ्टन, ७ कात्तिक । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच वासिङ्टनमा भेटवार्ता भएको समाचार छ ।
हाल अमेरिकाका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र अमेरिकी राष्ट्रपति ओबामाबीच बिहीबार वासिङ्टनमा भेटवार्ता भएको हो ।
ह्वाइट हाउसमा भएको सो भेटमा उहाँहरूबीच विभिन्न खाले अतिवाद र आतङ्कवादविरुद्धमा एक भएर लड्ने सहमति भएको बताइएको छ ।
ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति ओबामाले पाकिस्तान आतङ्वादका विरुद्धमा लड्ने शक्तिका रुपमा रहिआएको भन्दै यस शक्तिका रुपमा पाकिस्तानलाई अमेरिकाले स्वीकारेको बताउनुभयो ।
यी दुई नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा पाकिस्तानले विगत लामो समयदेखि आतङ्कवादका विरुद्धमा लड्दै आएको छ भन्दै आतङ्कवादविरुद्धमा लड्ने शक्तिका रुपमा अमेरिकाले पाकिस्तानलाई स्वीकारेको बताइएको छ ।
सो विज्ञप्तिमा पाकिस्तानले विगतका कैयौँ वर्षदेखि आतङ्कवादका विरुद्धमा लड्ने, अल कायदालाई कमजोर बनाउने तथा अरु यस्ता शक्तिलाई पनि कमजोर बनाउन पाकिस्तानले खेलेको भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ ।
सो विज्ञप्तिमा पाकिस्तान र अमेरिकाले पाकिस्तानले अफगानिस्तान छिमेकीका हैसियतमा तालिवानविरुद्धको अफगान र अमेरिका कारबाहीमा सघाइरहेको बताइएको छ ।
साथै आगामी दिनमा पनि यस्तो सहयोगले निरन्तरता पाउने भन्दै अफगान सरकारले गरेको शान्तिवार्ताको प्रस्तावप्रति सहमति जनाउँदै वार्तामा बस्न पनि अफगानिस्तानका तालिवानलाई आग्रह गरिएको छ ।
उक्त विज्ञप्तिमा पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानले कुनै पनि आतङ्कवादी शक्तिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने आश्वासन पनि दिनुभएको छ ।
विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ओबामाले अमेरिका पाकिस्तान विभिन्न क्षेत्रमा सहयोग र समन्वय गर्दै आएका शक्ति हुन भन्दै आगामी दिनमा पनि यो सहयोग र समन्वयले झन बढी निरन्तरता पाउने बताउनुभएको छ ।
यसपटकको यस भ्रमणका क्रममा शान्ति र सुरक्षाका क्षेत्रमा मात्र नभई आर्थिक, वैज्ञानिक एवम् शैक्षिक क्षेत्रमा पनि सहयोग दानप्रदानका बारेमा छलफल भएको बताउनुभएको छ ।
dainiknepal.com


रुपन्देही:  भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।

भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।


सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् ।

खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।

रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।

खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ ।

खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ ।
annapurnapost.com


काठमाडौं : अचानक बेहोस भएर उपचारका लागि अस्पताल भर्ना गरिएका एक नेपालीको कुवेतमा बिहीबार निधन भएको छ ।

खोटाङको सिमपानी गाविस-७ निवासी ४२ वर्षीय रामबाबू खड्काको बिहीबार दिउँसो कुवेतको अस्पतालनमा निधन भएको हो ।


एकसाता अघि ड्युटीमै रहेका बेला अचानक बेहोस भएर ढलेका उनलार्इ साथीहरुले उपचारका लागि मुबारक अलकबिर अस्पालको आइसियूमा भर्ना गरेका थिए ।

उच्च रक्तचापबाट पीडित उनी १५ वर्षअघि रोजगारीका लागि कुवेत आएका थिए । उनले सन् २००६ सम्म रियल स्टेट कम्पनीमा सेक्युरिटी गार्डको काम गरेका थिए ।

सन् २००६ पछि भने उनी सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमा आवद्ध भएका थिए । गत शुक्रबार ड्युटीमा रहेकै बेला ढलेर बेहोस भएका उनको मुबारक अलकबिर अस्पतालको आर्इसियूमा उपचार हुँदाहुँदै निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बिहीबार निधन भएका उनको शवलार्इ नेपाल फर्काउने कानुनी प्रक्रिया अघि बढाउन आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

शुक्रबार र शनिबार कुवेतमा सरकारी विदा परेकाले आइतबारबाट शवलार्इ नेपाल पठाउन पहल थालिने कुवेत-खोटाङ सम्पर्क मञ्चका अध्यक्ष मञ्जीत रार्इले जानकारी दिए ।

खोटाङ-कुवेत सम्पर्क मन्चका सदस्यसमेत रहेका खड्काको अध्यक्ष रार्इले नै अस्पतालमा हेरचाह गरिरहेका थिए । उनको मृत्युको खबरसँगै सिमपानीस्थित उनको परिवार र आफन्तमा रुवाबासी भएको छ । मृतक खड्काका श्रीमती, २ छोरी र एक छोरा छन्।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home