काठमाडौं, ७ कात्तिक । प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरी उपप्रधान तथा भौतिक योजनामन्त्री विजय गच्छदारले राष्ट्रपति निर्वाचनमा प्रमुख चार दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तापछि पत्रकारसँग कुरागर्दै गच्छदारले कांग्रेससहित एमाले, एमाओवादी र आफ्नो पार्टी फोरम लोकतान्त्रिकबीच सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।
‘संविधान निर्माणका क्रममा देखिएको एकता र सहकार्य आउँदा दिनमा पनि आवश्यक छ’, गच्छदारले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा पनि आवश्यक छलफल गरेर सहमतिका साथ जानुपर्छ ।’
भेटवार्ताका क्रममा सभापति कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने जिकिर गच्छदारसँग गर्नुभएको छ ।
एमालेको नेतृत्वमा सरकार गठन भएपछि गच्छदारले कांग्रेस सभापति कोइरालासँग पहिलो पटक औपचारिक रुपमा भेट गर्नुभएको हो ।
dainiknepal.com

लन्डन, ७ कात्तिक । भारतको पञ्जाब राज्यमा सिखविरुद्ध पुलिसले दमन गरेको विरोधमा लन्डनमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरूले विरोध प्रदर्शन गरेका छन् ।
भारतीय उच्चायोगको बाहिर सिख प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि ब्रिटिश पुलिसले २० प्रदर्शनकारीलाई गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।
हिंसत्मक प्रदर्शनमा एक पुलिसकर्मी घायल भएका छन् । पञ्जाबमा सिखमाथि पुलिसले बर्बरताका साथ दमन गरेको जनाइएको छ । ‘सिख लाइव्ज मैटर’ नामक संगठनको समर्थनमा सयौँ प्रदर्शनकारी बिहीबार लन्डनमा जम्मा भएका थिए ।
प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिखहरूलाई दमन हुँदा पनि कुनै कदम नउठाएको भन्दै मोदीविरुद्ध समेत नारावाजी गरेका थिए ।
सुरुमा भारतीय प्रदर्शनकारीले लन्डनमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर पछि प्रदर्शन हिंसात्मक भएपछि पुलिसले मध्यलन्डनस्थित भारतीय उच्चायोगको आसपास क्षेत्रमा घेराबन्दी गरेको थियो ।
लन्डन पुलिसले भारतीय उच्चायोगको बाहिर ‘नियोजित प्रदर्शन’को जानकारी आफूले पाएको जनाएको छ । भारतीयले लन्डनमा बाटो अबरुद्ध गरेर प्रदर्शन गरेपछि पुलिसले हस्तक्षेप गरेको थियो

जनकपुरधाम: धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।
झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।
प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।
आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पुर्याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिए ।
प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।
annapurnapost.com
काठमाडौँ, ७ कात्तिक । सरकारले राज्य सञ्चालन र आफ्ना भावी कार्यक्रम कार्यान्वयनका निम्ति न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलसँग छलफल थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक स्थितिका साथै सरकारका आगामी योजना र न्यूनतम साझा कार्यक्रम निर्धारणबारे विचारविमर्श भइरहेको छ ।
बैठकमा मन्त्रिपरिषद्का सदस्यसहित सत्तारुढ दलका नेता सहभागी हुनुहुन्छ ।

दैनिक नेपाल२०७२ कार्तिक ७ गते ८:५३
नयाँदिल्ली, ७ कात्तिक । पाकिस्तान र अमेरिकाबीच बढ्दो सम्बन्धलाई लिएर भारतले असन्तुष्टि जनाएको छ । विशेष गरेर पाकिस्तान शासित कश्मीरमा ड्याम निर्माणको विषयमा भारतले सार्वजनिक रुपमा आफ्नो असन्तुष्टि जनाएको हो ।
अमेरिकाले पाकिस्तान अधिनस्त काश्मीरमा ड्याम निर्माणका लागि अमेरिकाले सहयोग गर्ने आश्वासन दिएको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक, सुस्तालगायतका स्थानमा अतिक्रमण गरेको भारतलाई आफ्नो भूमिमा पाकिस्तानले दाबी गर्दा विरोध गर्ने गरेको छ । काश्मीरमा पाकिस्तान र भारतले आ–आफ्नो भूमि भएको भन्दै दाबी गर्दै आएका छन् ।
काश्मीरमा सोही विवादका कारण लामो समयदेखि लडाइँ हुँदै आएको छ । अमेरिकाले त्यस विषयलाई ध्यानमा राखेर भारतको विपक्ष र पाकिस्तानको पक्षमा सहयोग गर्ने जनाएको हो ।
पाकिस्तानलाई अमेरिकाले गर्न थालेको सहयोगको विरोधमा भारतले शुक्रबार काश्मीर आफ्नो अभिन्न अंग रहेको दाबी गर्दै प्रतिक्रिया दिएको छ । त्यसैले यस क्षेत्रमा हुने सम्झौता र सहयोगप्रति आफूलाई मान्य नहुने भारतले जनाएको छ ।
अमेरिका र पाकिस्तानबीच हतियार साम्झौताप्रति पनि भारतले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।
dainiknepal.com
प्रधानमन्त्री र सत्ता साझेदार दलसँग छलफल हुँदै
काठमाडौँ: आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले सघन गृहकार्य थालेको छ ।
मोर्चासँग भोलि हुने वार्तालाई सार्थक एवम् परिणाममुखी तुल्याउन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्व गठित वार्ता टोलीले आज प्रधानमन्त्री, उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्ता साझेदार दलका नेतासँग छलफल गर्न लागेको हो ।
दुई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा जारी मोर्चाको आन्दोलनबाट मुलुकलाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रमुख प्रतिपक्षी दलका साथै सत्ता साझेदार पार्टीसँग संविधान संशोधनलगायत मोर्चाका माग सम्बोधनबारे गहन छलफल हुने वार्ता टोलीका संयोजक एवम् बिना विभागीय मन्त्री रामजनम चौधरीले बताए ।
तराईमा दुई प्रदेश हुनुपर्ने मोर्चाको माग र तिनको सीमाङ्कनप्रतिको असन्तुष्टि सम्बोधन गर्न समन्वय समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टै विचारविमर्श गरिने जानकारी उनले दिए । अध्यक्ष दाहाल नेतृत्वको समन्वय समितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सदस्य छन् ।
यसअघि सरकारी वार्ता टोलीले मोर्चासँग दुईचरणमा वार्ता गरिसकेको छ । ती दुवै वार्तामा मोर्चाले प्रदेश सीमाङ्कन, तराई आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, दङ्गाग्रस्त घोषणा गरिएका क्षेत्रबाट नेपाली सेना र सशस्त्र प्रहरीको फिर्ती, ज्यान गुमाएकालाई सहिद घोषणा एवम् घाइतेको निःशुल्क उपचारलगायत मागबाट पछि नहट्ने अडान दोहोर्याएको थियो ।
रत्ननगर: पूर्वी चितवनको पिप्ले गडौलीमा धानको कुन्यूमै आगलागी भएको छ ।
शुक्रबार करिब २१ कट्ठाको धानको कुन्यूमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राप्ती नगरपालिका–७ स्थित स्थानीय मीनराज कँडेलको धान थन्क्याएर राखेको कुन्यूमा आगलागी भएको थियो ।
अज्ञात व्यक्तिले आगो लगाएर भागेको अनुमान प्रहरीले गरेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आए पनि करिब ५०/६० हजार रुपैयाँ भन्दाबढीको धान नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्ष दिनभरि खाने अन्न भित्र्याउने समयमा आगलागी भएकाले कँडेल परिवार चिन्तित भएका छन् । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा रहेको प्रतिक्षालयमा अन्दाजी ७०/७२ वर्षका एक वृद्धको गएराति मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।
annapurnapost.com