तुलसीपुर, (दाङ), कात्तिक
। सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सुरक्षित गर्भपतन गराउनेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
यस आर्थिक वर्षको तीन महिनामा ६५ जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । गर्भपतन गराउन आउनेहरुमा २० देखि ४० वर्षसम्मका महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् ।
विसं २०६५ मा जनस्तरबाट स्थापित सो अस्पतालले दुई वर्षअघि मात्र सुरक्षित गर्भपतनको लागि कानुनी मान्यता पाएको थियो । यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप्स सेन्टर तुलसीपुर र परिवार नियोजन सङ्घ दाङले मात्र उक्त सेवाको कानुनी मान्यता पाएका थिए ।
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । अस्पतालका चिकित्सक निसा राई गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने बताउनुहुन्छ ।
अस्पतालमा गर्भपतन गराउन आउँदा आफूलाई चिन्ने डरले कतिपय महिलाले कानुनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित ढङ्गबाट गर्भपतन गराउने गरेको पाइएको छ । यसले महिलाको ज्यान जोखिममा पु¥याउने डा राई बताउनुहुन्छ । उहाँका अनुसार अन्यत्र गर्भपतन गराएर असफल भएपछि पेटमा आधा बच्चा लिएर चार÷पाँचजना महिला अस्पतालमा आउने गरेको उहाँको भनाइ छ । रासस
purbelinews.com

भारतले विगत एक महिना देखि नेपालमा लगाएको अघोषित नकाबन्दीका कारण नेपालीहरुको दैनिक जनजीवन निकै कष्टकर बनिरहेको छ । विशेष गरी यहाँ इन्धन समस्याले सबैलाई त्राहीमाम् बनाएको छ । पूर्व नाका काँकडभिट्टा वरपरका व्यापारी तथा सर्वसाधारणले यही समस्यालाई गरी खाने बाटो बनाएका छन् । शुक्रबार दिउँसो मेची पुल पुग्दा पुल कै बीचमा केही भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकेर मानिसहरु धमाधम पेट्रोल झिक्दै नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा हाल्दै थिए । यसरी नेपाली मोटरसाइकलमा हालेपछि उक्त पेट्रोल नेपाल प्रवेश गर्छ र उच्च मुल्यमा बिक्री गरिन्छ । अहिले नाका वरपरका पेट्रोल पम्पभन्दा फुटपाथमा धेरै पेट्रोल पाइन्छ ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
काठमाण्डु, ७ कात्तिक– सरकारले तराई–मधेसमा आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापा संघीयताविरोधी अभियानका प्रखर व्यक्तित्व हुन् । तर सरकारले उनैलाई त्यससम्बन्धमा वार्ता गर्ने जिम्मेवारी दिएकामा धेरैलाई आश्चर्य लागेको छ ।
अरुलाई आश्चर्य लाग्नुलाई त अस्वभाविक मान्न सकिएन । तर थापा आफैं आश्चर्यमा परेका रहेछन् । केही दिनअघि मधेसी मोर्चासँग भएको वार्ताका क्रममा थापाले सिमांकन विवाद टुंगाउने जिम्मेवारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोली संयोजक बनाएकामा आश्चर्य प्रकट गरेका हुन् ।
‘तपाईंहरुलाई जानकारी छँदैछ म संघीयताको विरोधमा छु’, थापाको भनाइ उद्धृत गर्दै तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘म आफैं आश्चर्यमा परेको छु, के गर्नु जिम्मेवारी त पुरा गर्नैप¥यो ।’
थापाको अभिव्यक्तिले आफूहरु आश्चर्यचकित हुनुका साथै मधेसको मागबारे सरकार गम्भीर छैन भन्ने पुष्टि भएको त्रिपाठीको भनाइ छ ।
हालै अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी परित्याग गरेकी नेतृ सरिता गिरी पनि संघीयताको उपहास गर्न र मधेस मुद्धालाई अपमान गर्न सरकारले संघीयताविरोधी व्यक्तिको नेतृत्वमा वार्ता टोली बनाएको बताउँछिन् । गिरीले थापाको नेतृत्वमा हुने वार्ताले निकास नदिने दाबीसमेत गरिन् ।
‘सबैलाई थाहा भएकै कुरा हो, कमल थापा संघीयताको कुरै सुन्न नचाहने मानिस हुन्’, गिरीले भनिन्, ‘उनैलाई वार्ता टोली संयोजक बनाएर सरकारले संघीयता पक्षधरलाई गिज्याउने काम गरेको छ ।’
kathmandutoday.com
नुवाकोट: नुवाकोटको विदुरमा जुवाको खालबाट दुई महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नं. ३ स्थित एक घरमा जुवा खोलाइरहेको अवस्थामा शुक्रवार राती प्रहरीले ५७ हजार ४ सय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।
स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरिक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौ जनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षिया सविना केसी, १९ वर्षिय आशिष तामाङ, ५३ वर्षिय रामकृष्ण गिरी, २२ वर्षिय राजकुमार खड्का, ३२ वर्षिय प्रकाश पण्डित, २९ वर्षिय दिलीप थापा, ५३ वर्षिय गोविन्द पौडेल र ४१ वर्षिय सुक्रमान श्रेष्ठ रहेका छन् ।
प्रहरीले एकै पटक यति ठुलो नगदसहित धेरै जना पक्राउ गरेको यो पहिलो घटना हो । उनिहरुलाई कारबाहीको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
annapurnapost.com

कार्तिक ७, २०७२- अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको समुद्री आँधी ‘प्याट्रिका’ केही घन्टा अघि मेक्सिकोको प्यासिफिक कोस्टमा प्रवेश गरेको छ । मेक्सिको प्रवेश गरेसँगै यसको गति केही कम भएपनि यसले ठूलो विनाश पुर्याउन सक्ने मौसमविदहरूले पूर्वानुमान गरेका छन् । अहिले आँधीको गति २१० किलोमिटर प्रति घन्टा रहेपनि सुरुमा प्रवेश गर्दा यसको रफ्तार लगभग ३२२ किलोमिटर प्रति घन्टाको रहेको बताइएको थियो । आँधीका कारण हालसम्म कुनै हताहतीको समाचार नआएको पनि समाचार एजेन्सीहरुले दाबि गरेका छन् । ‘प्याट्रिका’ मेक्सिकोको प्रसिद्ध पर्यटकिय सहर प्योर्तो वालार्तामा सबैभन्दा पहिला प्रवेश गरेको हो । त्यहाँबाट १५ हजार पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको छ । आँधीकै कारण भएको भीषण वर्षाका कारण केही ठाउँ जलमग्न भएको छ । मौसमविदहरूले यो आँधीलाई सन् २०१३ मा फिलिपिन्समा आएको ‘हायान’सँग तुलना गरेका छन् । फिलिपिन्समा उक्त आँधीका कारण ५ हजार बढीको ज्यान गएको थियो ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
काठमाडौँ, ७ कात्तिक । अन्ततः छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिने भएको छ।
नेपाल सरकारको औपचारिक आग्रहपछि छिमेकी चीनले केरुङ नाकाबाट इन्धन पठाउन लागेको हो । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन पेट्रोलियम पदार्थ केरुङ नाकाबाट पठाउन लागेको स्रोतले दैनिक नेपाललाई बतायो ।
तेल मंगलबार नेपाल आइपुग्ने भएको छ। चीनले इन्धन दिनेपछि नेपाली टोली पेट्रोलियम सम्झौताका लागि सोमबार बेइजिङ जाने भएको छ। टोलीमा अर्थ, वाणिज्य आपूर्ति र परराष्ट्रको सरकारी टोली सहभागी हुने बताइएको छ ।
छिमेकी भारतले दुई महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । जसका कारण इन्धनको हाहाकार नै मच्चिएको छ । चीनले इन्धन दिने भएपछि केही समयका लागि समस्या समाधान हुने देखिएको छ ।
dainiknepal.com

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा शनिबार बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अन्य दलसँग छलफल थाल्ने निर्णय गरेको हो ।
कांग्रेसले पार्टीका उम्मेदवारलार्इ जिताउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए । केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।
यसैबीच पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताए । रासस
अन्नपूर्ण पोस्ट्को मा जोडिनुस् । मोबाइलका लागि
www.annapurnapost.com