काठमाडौं, ७ कात्तिक । काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसक्दा अहिले फोहरको डुङ्गुर थुप्रिएको छ ।
मुख्य सडक तथा भित्री सडकमा फोहरका कारण सडकको सौन्दर्यमा ह्रास आउनाका साथै वातवरण प्रदूषित भएको हो ।
काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा कार्यरत आफ्ना कर्मचारीलाई दसैँ बिदा दिएपछि काठमाडौंका फोहर उठ्न सकेको छैन ।
कालीमाटी, भीमसेनस्थान, नयाँसडक, बागबजार, बसपार्क क्षेत्र, पुतलीसडकलगायत स्थानमा लामो समयदेखि फोहर नउठेपछि त्यस आसपासमा दुर्गन्ध बढेको छ । ती क्षेत्रमा व्यापार गर्ने तथा पैदल हिँड्ने बटुवालाई समेत समस्या भएको छ ।
महानगरपालिकाले कतिपय स्थानमा आफैँ त कति स्थानमा विभिन्न निजी क्षेत्रका संस्थालाई फोहर व्यवस्थापनका लागि अनुमति दिएको छ । अहिले भइरहेको इन्धन अभावले समेत फोहर व्यवस्थापनमा केही समस्या आएको छ ।
महानगरपालिका, वातावरण व्यवस्था महाशाखाका प्रमुख अर्जुन सापकोटाले निजी क्षेत्रले जिम्मा लिएको फोहर समयमा उठाउन नसक्दा केही समस्या उत्पन्न भएको जानकारी दिँदै दसैँको समयमा कर्मचारीले बिदा लिएपछि उठ्न नसकेको फोहर अब चाँडो व्यवस्थापन गरिने बताउनुभयो । रासस
dainiknepal.com

काठमाण्डु, ७ कात्तिक– भारतबाट भन्दा चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने देखिएको छ ।
उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने काठमाण्डु टुडेलाई बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।
‘विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको छ । ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले काठमाण्डु टुडेसँग भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’
हाल भारतबाट आयत गरिने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । नेपाल आयल निगमको पहलमा नभई राजनीतिक र कुटनीतिक पहलबाट सिधै तेल आयात गर्न लागिएकाले चीनले अन्तर्राष्ट्रिय मूल्यमा समेत घटाएर अनुदानमा तेल दिन सक्ने सम्भावना रहेको उनले औंल्याए ।
महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।
आयल निगमको दाबी झुठ
महर्जनले भारतबाहेक अन्य मुलुकबाट आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य दोब्बर पर्ने आयल निगमका अधिकारीहरुको दाबी ससासर झुठो भएको आरोप लगाए ।
निगम अधिकारीहरुले इन्धनमा भारतीय एकाधिकार कायमै राख्ने नियतका साथ जनतामा गलत प्रचार गरेको उनको भनाइ छ ।
‘आयल निगमका मानिसहरुको अकर्मण्यता, अल्छीपना, अदुरदर्शिता र लोभी प्रवृत्तिको शिकार बारम्बार उपभोक्ता हुँदै आएका छन्’, महर्जनले भने, ‘बाहिरबाट तेल ल्याउँदा महंगो पर्ने हल्ला फैलाएर उनीहरु भारतीय एकाधिकार कायमै गर्ने नियतमा देखिन्छन् ।’
कमिसनको चक्करमा लागेर कर्मचारीले गलत सूचना प्रवाह गरेको आरोप महर्जनले लगाए ।
kathmandutoday.com

काठमाडौं, ७ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको न्यूनतम साँझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समितिको गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकले पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य शंकर पोखरेल, एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य रहनुभएको छ ।
बैठकमा आपूर्ति व्यवस्थामा देखिएको असहजता, बैकल्पीक व्यवस्था, मधेसी मोर्चासँगको वार्ता र मागलगायतका विषयमा पनि छलफल भएको थियो ।
संयन्त्रका संयोजकसमेत रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री के.पी. ओलीलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री ओली र संयोजक दाहालले न्यूनतम साँझा कार्यक्रमका बारेमा मस्यौदा समितिलाई नीतिगत निर्देशन दिनुभएको प्रेस सल्लाहाकार दाहालले बताउनुभयो ।
उहाँहरूको निर्देशन अनुसार मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारी बैठकमा प्रस्तुत गर्नेछ ।
मस्यौदा समितिको बैठक भोलि आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति डा.रामवरण यादव आज अचानक काभ्रेको धुलिखेल पुग्नुभएको छ ।
दिउँसो करिव २ बजेर ४० मिनटमा डा.यादव धुलिखेल पुग्नु भएको हो ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको निवासमा अचान पुग्नु भएका डा.यादवको धुलिखेल भ्रमणका विषयमा केही बताइएको छैन ।
हुन त डा. शर्मा राष्ट्रपति डा.यादवका सहपाठी हुनुहुन्छ ।
स्रोतका अनुसार डा.यादवले डा.शर्माको निवासमा उच्च राजनीतिक विषयमा परामर्श गर्न सक्ने जनाइएको छ ।
सडकमार्ग हुँदै धुलिखेल पुग्नु भएका डा.यादवले चिकित्सा क्षेत्रमा देखिएको समस्या र आन्दोलन लगायतका विषयमा डा.शर्मासँग जानकारी लिनु हुने बुझिएको छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बताएको छैन ।
राष्ट्रपति पदबाट विदाइ हुन केही घण्टा बाँकी रहँदा राष्ट्रपति डा.यादव धुलिखेल जानु भएको छ ।

: दसैँको अवधिमा यहाँ नियम उल्लङ्घन गरेर सवारी चलाउने २५० चालक कारबाहीमा परेका छन् ।
उनीहरुबाट रु डेढ लाख बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । घटस्थापनादेखि आजसम्म उनीहरुलाई कारबाही गरी एक लाख ५२ हजार राजस्व सङ्कलन गरिएको हो ।
आज मात्रै सवारी नियम उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडबाडमा हुन सक्ने आपराधिक क्रियाकलाप र सवारी दुर्घटनालाई दृष्टिगत गरेर कारबाहीलाई तीव्रता दिएको छ ।
सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल र ट्रक छन् । चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा हेल्मेट नलगाउने, सवारी अनुमतिपत्र र नवीकरण नभएको तथा तीनजना चढेरहरु कारबाहीमा परेका छन् ।
ट्राफिक प्रमुख रमेशराज भेटवालले जिल्लामा दसैँका बेला ठूला दुर्घटना नहुनु उपलब्धिपूर्ण भएको बताए । नेपाल प्रहरीले समेत दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा योजना नै बनाएर काम गरेको थियो । रासस
www.annapurnapost.com
चितवन : युवा सङ्घका अध्यक्ष राजिब पहारीले बाम र लोकतान्त्रिक शक्ति मिलाउने काममा आफ्नो नेतृत्वले भूमिका खेल्ने बताएका छन् ।
युवा सङ्घ चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले आन्दोलनमा सङ्गठित भए झै विकास निर्माणमा पनि कम्युनिष्ट पार्टीबीचमा कार्यगत एकताका लागि दबाब दिने बताए ।
आफूले सङ्घको नेतृत्व लिएलगत्तै यसका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको भन्दै उहाँले अब अन्य कम्युनिष्ट घटकका नेतृत्वसँग भेटघाट गरी एकताको पक्षमा पहल गर्ने उल्लेख गरे ।
विगतका आन्दोलनमा एक जुट भएझै आउदो दश वर्षसम्म देश विकासका लागि एक जुट हुन आफूले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत भेटेर आग्रह गरेको उनले बताए ।
भारतीय नाकाबन्दीको आलोचना गर्दै उनले राष्ट्रिय स्वाधिनतालाई तेल र फास्टट्र्याकसँग सम्झौता नगर्न सरकारलाई खवरदारी गर्दै युवा सङ्घले यसको विरुद्धमा चार लाख हस्ताक्षर सङ्कलन गरिसकेको बताए ।
परनिर्भरतालाई अन्त्य गर्दै आत्म निर्भरतालाई प्रश्रय दिनुपर्ने भन्दै उनले युवा शक्ति उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।रासस
www.annapurnapost.com
विराटनगर : मोरङमा शुक्रबार साँझ दुई वटा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाहुनीमा भएको सो दुर्घटनामा धरान–८ बस्ने ४० वर्षीय इन्द्र तामाङ र ३८ वर्षीय बोधराज राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मे४प २७११ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका को१९प ३९०५ नंको मोटरसाइकल ठोकिएपछि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए । दुवै जनाको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
annapurnapost.com