भद्रपुर : इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ ।
सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ ।
यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् ।
कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पुर्याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए । रासस
www.annapurnapost.com
काठमाडौं, ८ कात्तिक । नेपालको प्रमुख भन्सार नाका वीरगञ्जको दशगजामा टेन्ट टाँगेर बसी नेपालमा नाकाबन्दी लगाएका सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोको नेपाली नागरिकतालाई लिएर चार वर्ष अगाडिदेखि नै छानविन सुरु भइसकेको तथ्य सार्वजनिक भएको छ ।
पटक पटक मन्त्री भइ उच्च ओहदको सुविधा लिँदै आएका महतोले लिएको नागरिकताको आधिकारिकतालाई लिएर गृह मन्त्रालयले २०६८ साल फागुनदेखि औपचारिक रुपमा छानविन थालेको तथ्याङ्कले देखाएको छ ।
तर त्यस बेला महतो स्वास्थ्य मन्त्री रहेकाले उनलाई कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सर्लाही जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लेखी पठाएको देखिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महतोले नेपाली नागरिकता कानुन विपरित लिएको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानविन अगाडि बढाएको थियो । स्रोतका अनुसार महतोको जन्म भारतमा भएको हो । उनले नेपाल प्रवेश गरेर सर्लाहीबाट अंगिकृत नागरिकता लिएको आरोप छ ।
उनी उच्च पदमा रहेकाले स्थानीय प्रशासन र गृह मन्त्रालयले पनि महतोको नागरिकताको विषयमा धेरै खोजविन गरेको थिएन । तर अब उनलाई छानविन र कारबाहीको दायरामा राख्नुपर्ने जोडदार रुपमा माग उठ्न थालेको छ ।
सर्लाही जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित नागरिकताको बारेमा छानविन गर्नको लागि हाल कुनै अभिलेख फेला नपरेको । यस बारेमा बुझ्दा माओवादी सशस्त्र जनयुद्धको समयमा मिति २०६२/१२/२३ गते मलंगवा आक्रमण हुँदा यस कार्यालयमा पनि आगो लगाइएको थियो । यसै क्रममा उक्त मितिभन्दा अघिको नागरिकता सम्बन्धी अनुसूचीलगायत सम्पूर्ण लगत तथा कागजपत्रहरू जलेर नष्ट भइसकेको हुँदा उक्त उजरी उपर छानविन एवम् कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ । साथै हालको मन्त्रिपरिषदको सदस्यलाई यस कार्यालयमा बोलाइ छानविन गर्न वाधा परेकोले सो सम्वबन्धमा आवश्यक निर्देशन पाउन समेत अनुरोध छ ।’
अहिले मधेसीलाई नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र तराईमा दुई प्रदेश चहियो भनेर नाकाबन्दी गरेर आन्दोलन गरिरहेका सद्भावना पार्टीका अध्यक्ष महतोलाई कारबाही गर्नुपर्ने माग पनि उठ्न थालेका छन् ।
dainiknepal.com
वीरगन्ज : वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ ।
प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।
झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो ।
वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको ना १२ प ४९७४ नम्बरको मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए ।
चालक कुट्नेहरुलाई खोज्ने क्रममा गाँउमा पसेको प्रहरीले घरघरमा पसेर कुट्न थालेपछि स्थानीयबासीले पनि प्रहरीमाथि ढुगामुढा गर्दा प्रहरीले अश्रु ग्याँस र हवाइ फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तर पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने स्थानीय केही युवकहरुले मोटरसाइकलमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी माथि नै ढुंगामुढा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिनका लागि १०-१२ राउण्ड हवाइ फायर र केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।
आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते पनि भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच वीरगन्जको पिपरामा आइतवार बिहान स्थानीयवासीको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।
वीरगन्ज चिनी मीलस्थित पिपरा चोकमा बिहान आठ बजे स्थानीयवासीले ना १३ प १०१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।
आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । आगजनी गरिएको मोटरसाइकल वीरगंज १ छपकैया निवासी सागिर अन्सारीको रहेको बताइएको छ ।
मोटरसाइकलमा आगजनी गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीको खुटटा आगोले पालेको छ । पिपरामा शनिवार राति प्रहरीले घर घरमा पसेर कुटपिट गर्नुका साथै गोली चलाएको आक्रोशमा पिपरामा आइतवार बिहान स्थानीयवासीले मोटरसाइकलमा आगजनी गरेका हुन् ।
annapurnapost.com
काठमाडौं, ८ कात्तिक । झण्डै एक महिनादेखिको भारतको अघोषित नाकाबनदीले नेपालीहरूको दैनिक जीवनमा प्रभाव परिरहेका बेला भारतीय सञ्चारमाध्यमहरूले भने भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी नलगाएको दाबी गरेका छन् ।
भारतीयका अधिकांश न्यूज पोर्टलहरूले नेपालमा नाकाबन्दी नरहेको बताएका हुन् । उनीहरूले यतिसम्म भनेका छन् की नेपालमा पेट्रोल दुई सय पचास रुपियाँमा बिक्री भइरहेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतको अमरउजाला भन्ने दैनिक पत्रिकाले पनि नेपालमा नाकाबन्दी नरहेको जनाएको छ ।
सो पत्रिकाले नेपालमा भारतबाट पेट्रोल र डिजेल तस्करी हुन थालेको भन्दै भारतीय सुरक्षाकर्मी एसएसबी र प्रहरीले तस्करी रोक्न कडा निगरानी सुरु गरेको समाचारमा उल्लेख गरेको छ । पत्रिकाले विशेष गरेर महाकाली क्षेत्रमा तेलको तस्किरी हुने गरेको भन्दै भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको जनाएको छ ।
पत्रिकाको समचारमा भनिएको छ, ‘नेपालमा नाकाबन्दी छैन । तर पहाडी इलाकाहरूमा पेट्रोलियम पदार्थको तस्करी बढ्न लागेको छ ।’
नेपालमा मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले एक महिनादेखि अघोषित रुपमा लगएको नाकाबन्दीका विषयमा गलत समाचार सम्प्रेषण गर्ने उनीहरूलाई नेपाल–भारतको खुला सिमानाका विषयमा जानकारी नरहेको स्पष्ट हुन्छ ।

काठमाडौं : एक महिनादेखि दक्षिणको नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने भएपछि भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली भएको छ ।
नेपालले पहल गर्दा पनि भारतले नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सञ्चारमाध्यमले त्यसलार्इ प्रमुख समाचार बनाएका हुन् ।
चीनले नेपाललार्इ १० लाख लिटर पेट्रोलियम दिने समाचार शनिबार सार्वजनिक भएपछि भारतीय मूलधारका सञ्चारमाध्यममा त्यो समाचारले ठाउँ पाएको हो ।
नेपालले चीनबाट इन्धन ल्याउनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा भारतीय सञ्चारमाध्यममा चर्चा शुरू भएको हो । भारतीय सञ्चारमाध्यमले विशेषगरी चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेको समाचारलार्इ प्रमुखताका साथ छापेका हुन् ।
सरकारी टोली चीनबाट इन्धन ल्याउनका लागि आइतबार चीनको बेइजिङ जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्रको टोली चीन जान लागेको हो ।
तेल ल्याउनका लागि परराष्ट्रले शनिबारै चीनलाई औपचारिक पत्र पठाइसकेको छ ।
भारतले नाकाबन्दी गरेपछि चीन र नेपालको संयुक्त प्रयासमा वैशाखको भूकम्पपछि झरेको पहिरोले अवरूद्ध रसुवाढी-केरुङ नाका असोज २८ मा खोलिएको थियो ।
तर फेरि पहिरो झरेर अवरूद्ध सो नाका खुलाउने प्रयासमा दुबै देशका अधिकारीहरू सक्रिय भएका छन् । चीनले दिने भनिएको इन्धन सोही नाकाबाट नेपाल भित्रनेछ ।
भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा चीनले नेपालमा एक हजार मेट्रिक टन इन्धन दिन लागेको समाचार छापेको छ ।
टाइम्स अफ इन्डियाले चाडबाडको समयमा चीनले नेपाललार्इ सो परिमाणको इन्धन अनुदानस्वरूप दिन लागेको उल्लेख गरेको छ ।
'चीनबाट इन्धन ल्याएसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुनेछ', टाइम्स अफ इन्डियाले लेखेको छ, 'मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको हो । चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् ।'
गल्फ टाइम्समा समेत चीनबाट नेपालमा इन्धन भित्र लागेको समाचारले प्राथमिकता पाएको छ ।
नेपालले चाहेजति सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको समाचारसहित गल्फ न्यूजले भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको दाबी गरेको छ ।
गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी जलाएको समाचार पनि छापेको छ ।
भारतको अर्को चर्चित पत्रिका इण्डियन एक्सप्रेसले केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खेल्नुका साथै भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ प्राथमिकताका साथ छापेको छ ।
भारतको चर्चित एनडीटिभीको अनलाइन संस्करणमा मधेस आन्दोलन रहिरहेको जनाउँदै भारतको नाकाबन्दी जारी रहेका बेला चीनले नेपाललाई इन्धन दिन लागेको समाचार छापेको छ ।
annapurnapost.com
नेपाली नेतालाई भारतले नोकरको व्यवहार गर्यो
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले पेस्तोल तेर्स्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको खुलासा गरेका छन् ।
भक्तपुरमा वर्षेनी हुने नेपालभाषा साहित्य सम्मेलनलाई शनिबार सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा.रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिएको बताएका हुन् ।
‘राष्ट्रपति डा. रामवरण यादवकै निवास शीतल निवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’, उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेर्स्याइएको थियो ।’
दक्षिणले सुशील कोइरालाले उम्मेदवारी दिए आन्दोलनमा रहेका मधेसवादी दलको समर्थन जुटाउने बताएअनुसार मधेसवादीहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कोइरालालाई नै मतदान गरेको बिजुक्छेको भनाइ थियो ।
उनले नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोसमेत टिप्पणी गरे ।
‘नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ’, बिजुक्छेले भने, ‘भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार छैन । यस्तो भारतको थिचोमिचोविरुद्ध युवा पुस्ता जाग्नुपर्छ ।’
उनले भारतले लगाएको नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गरे ।
त्यस्तै ग्यासको सट्टा विद्युतबाट खाना पकाउन जनतालाई बिजुलीको शुल्क सस्तो गर्नसमेत बिजुक्छेले सरकारसँग माग गरेका छन् ।
उनले भारतीय उत्पादन तथा वस्तु बहिस्कार गरेर उसको नाकाबन्दीको जवाफ दिन जनतालाई पनि आह्वान गरेका छन् ।
‘भारतीय नाकाबन्दीविरुद्ध जनतालो पनि भारतीय उत्पादन र वस्तु बहिस्कार गर्नुपर्छ’, उनले भने, ‘भारतीयभन्दा चिनियाँ उत्पादन तथा वस्तु सस्तो र राम्रो छ । त्यसैले चिनियाँ उत्पादन र वस्तु नै प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ ।’
उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भरपर्दा अहिले समस्या भएकोले दीर्घकालीन रुपमै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बन्दोबस्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बिजुक्छेले संस्कृतिविद् सत्यमोहन जोशीलाई नगद २५ हजार रुपैयाँकासाथ विशेष सम्मान गरेका थिए ।
प्रत्येक वर्ष विजया दशमीको दुई दिनपछि द्वादशी र त्रयोदशीका दिन दुई दिन भक्तपुरमा बृहत नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
www.annapurnapost.com
काठमाडौं, ८ कात्तिक । झण्डै एक महिनादेखिको भारतको अघोषित नाकाबनदीले नेपालीहरूको दैनिक जीवनमा प्रभाव परिरहेका बेला भारतीय सञ्चारमाध्यमहरूले भने भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी नलगाएको दाबी गरेका छन् ।
भारतीयका अधिकांश न्यूज पोर्टलहरूले नेपालमा नाकाबन्दी नरहेको बताएका हुन् । उनीहरूले यतिसम्म भनेका छन् की नेपालमा पेट्रोल दुई सय पचास रुपियाँमा बिक्री भइरहेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतको अमरउजाला भन्ने दैनिक पत्रिकाले पनि नेपालमा नाकाबन्दी नरहेको जनाएको छ ।
सो पत्रिकाले नेपालमा भारतबाट पेट्रोल र डिजेल तस्करी हुन थालेको भन्दै भारतीय सुरक्षाकर्मी एसएसबी र प्रहरीले तस्करी रोक्न कडा निगरानी सुरु गरेको समाचारमा उल्लेख गरेको छ । पत्रिकाले विशेष गरेर महाकाली क्षेत्रमा तेलको तस्किरी हुने गरेको भन्दै भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको जनाएको छ ।
पत्रिकाको समचारमा भनिएको छ, ‘नेपालमा नाकाबन्दी छैन । तर पहाडी इलाकाहरूमा पेट्रोलियम पदार्थको तस्करी बढ्न लागेको छ ।’
नेपालमा मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले एक महिनादेखि अघोषित रुपमा लगएको नाकाबन्दीका विषयमा गलत समाचार सम्प्रेषण गर्ने उनीहरूलाई नेपाल–भारतको खुला सिमानाका विषयमा जानकारी नरहेको स्पष्ट हुन्छ ।
अन्तर्राष्ट्रिय सन्धीअनुसार भारतीय भूमि हुँदै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको पनि जानकारी नरहेको समाचारबाट देखिन्छ ।