नबनाएको भन्दै अघोषित नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिइरहेको भारतको नयाँ योजना सार्वजनिक भएको छ ।
नाकाबन्दीकाबीच चीनले नेपाललाई इन्धन सहयोग गर्ने घोषणा गरेसँगै नेपालविरुद्ध भारतको नयाँ सार्वजनिक भएको हो । उस्तै पनि भारतको आडमा मधेसमा आन्दोलन गरिरहेको आरोप लागेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाटै भारतको नयाँ योजनाको खुलासा भएको हो ।
मोर्चाका एक नेताले दिएको जानकारी अनुसार चीनको ग्यास र तेल नाकामै रोक्न भारतले मधेसी मोर्चालाई नै जिम्मेवारी लिन प्रस्ताव गरेको छ । चीनबाट तेल र ग्यास आउने रसुवागढी केरुङ नाका अवरोध पार्न भारतले मोर्चालाई प्रस्ताव गरेको हो । तत्काल यो नाका र त्यसपछि अन्य नाकामा मधेसी मोर्चाका कार्यकर्ता खटाउन भारतको ठूलै व्यक्तिबाट प्रस्ताव आएको ती नेताले जनाए ।
तर, मधेसी मोर्चाले भारतको प्रस्तावमा अहिलेसम्म जवाफ दिन सकेको छैन् । भारतको प्रस्तावमा असहमति जनाएपनि जवाफ भने पठाउन बाँकी छ । चिनियाँ नाकामा आन्दोलन अवरोध असम्भव देखिएपछि मधेसी मोर्चा दोधारमा परेको ती नेताले बताए । ‘भारतको प्रस्ताव आएको छ तर, अधिकांश नेता प्रस्तावको विपक्षमा छन् । केही नेता भने चीनबाट आउने तेल र ग्यास जसरी पनि नाकामै रोक्नैपर्ने अडानमा छन्,’ ती नेताले भने ।
नेपाललाई सहयोग गरेको भन्दै यसअघि नै मधेसी मोर्चाले चीनविरुद्ध मधेसमा कडा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । साथै स्वतन्त्रताको नारा दिएर तिब्बतलाई चीनबाट टुक्राउने चेतावनी पनि दिइसकेको छ ।
dainiknepal.com

राजविराज : सप्तरी सदरमुकाम राजविराजस्थित नेपाली कांग्रेसका सांसदको घरमा सोमबार बिहान सिलिण्डर बम फेला परेको छ ।
नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं. ६ बाट निर्वाचित सांसद सुरेन्द्रप्रसाद यादवको राजविराज नगरपालिका–५ स्थित घर पछाडी सानो आकारको सिलिण्डर बम भेटिएको सप्तरी प्रहरीले जनाएको
छ ।
बमसँगै अखिल तराई मुक्ति मोर्चाको बुकलेट भेटिएको नेपाली सेनाका गणपति भुवनेश्वर आचार्यले जानकारी दिए ।
घर पछाडी शंकास्पद झोला देखिएको सुचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरीले झोलाभित्र पाँच लिटरको सिलिण्डर, ब्याट्री तथा तार जडान गरी बनाइएको बम फेला परेको जनाएको छ ।
बमलाई राजविराजस्थित श्री कृष्ण दल गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ ।
घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
काठमाडौं, ९ असोज । भारतको अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिएपछि मधेसवादी दलहरु जुरमुराउन थालेका छन् ।
चीनको झण्डा जल्दा खैलाबैला मच्चिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अब भने चीनविरोधी भावना झनै बढेको छ । आफ्नो आन्दोलनलाई वेवास्था गरी नेपाललाई सहयोग गरेको भन्दै मधेसी मोर्चाले चीनविरुद्ध आन्दोलन थालेको हो ।
दुई महिनादेखि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका मधेसवादी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा छन् । झण्डा जलाएर चीनको विरोध गरिसकेको मधेसी मोर्चाले अब खुलेयाम चीनविरुद्ध प्रदर्शन गर्न लागेको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिनुभयो ।
चीनले खुलेरै नेपाललाई सहयोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका हुन् । साथै मधेसी मोर्चाले चीनको उक्त कदममा गम्भीर आपत्ति जनाएको छ । चीनले नेपाललाई सहयोग गरे मधेशमा चीनविरुद्ध कडा प्रदर्शन हुने उहाँको चेतावनी छ । महतोले स्वतन्त्रताको नारा लगाएर चीनबाट तिब्बत टुक्रयाउने चेतावनी पनि दिनुभयो ।
साथै उहाँले आफूहरुको आन्दोलनमा सहयोग गर्न समेत चीनलाई आग्रह गर्नुभयो । भर्खरै मात्र चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिने घोषणा गरेको थियो ।
dainiknepal.com
पाल्पा : पुर्वी पाल्पाको झिरुवासमा भएको जीप दुर्घटना र पश्मिम पाल्पाको अर्गलीमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
पुर्वी पाल्पाको झिरुवासको धार्केसिंह देखि विरामी बोकेर रामपुरतर्फ जादै गरेको लु.१प.२६४७ नम्वरको जीप सोमवार गए राती १ बजेको समयमा झिरुवास–६ लाकुरी भन्ज्याङ्गस्थित सडकदेखि पाँच सय मिटर तल खस्दा घटनास्थलमै दुई र उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जीप दुर्घटनामा ज्यान गुमाउनेमा झिरुवास–६ धार्के सिंहका १९ वर्षीय गुनराज सिंह ठकुरी र सोही स्थानका १९ वर्षीय झनबहादुर पाटा र झिरुवास–६ कै २१ वर्षीय युवराज खाम्चा रहेका छन् ।
आठजना सवार जीपका अन्य पाँचजनाको रामपुर अस्पताल र तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन तिमिल्सेनाले अन्नपूर्णलाई जानकारी दिए ।
यसैगरी गुल्मीको तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख. ५१८८ नम्बरको बस पाल्पाको अर्घली–१ कुडापानीमा सोमवार बिहान १० बजे ब्रेक फेल भएर पल्टँदा १५ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुको मिशन अस्पताल भुषालडाडा र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बस दुर्घटनाका घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
annapurnapost.com
सप्तरी, ९ कात्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ ।
राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो ।
यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् । रासस
dainiknepal.com
भैरहवा, ९ कात्तिक । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनविरुद्ध सडकमा उत्रिन यहाँका साहित्यकारले आम जनसमुदायलाई आह्वान गरेका छन् ।
विगत दुई महिना भन्दा धेरै समयदेखि भैरहवा लगायत तराई मधेसको जनजीवन प्रभावित हुनेगरी मधेसवादी दलले गरेको बन्द हड्ताल र भारतीय पक्षको नाकाबन्दीको विरोध गर्दै साहित्यकार, प्राज्ञ तथा बुद्धिजीविहरुले अब चुप लागेर बस्न नहुने भन्दै सशक्त प्रतिकार गर्न पनि अपील गरेका छन् ।
सिद्धार्थ साहित्य परिषदको १७९ औं मासिक संगममा सहभागी भएका साहित्यकारहरुले भारत सधैं नेपालको लागी दुष्ट बनिरहेको बताए । नेपाली भाषा साहित्य र इंतिहांसका विद्वानहरुले साहित्यिक रचनामार्फत नेपाल भारत सीमा क्षेत्र भैरहवामा आयोजित साहित्यीक सभालाई सम्बोधन गर्दै एकै स्वरमा भने “नेपालको समृद्धि र शान्ति चाहने हो भने भारतीय नांगो हस्तक्षेप र नाकाबन्दीको डटेर प्रतिवाद गर्नुपर्छ ।”
वरिष्ठ साहित्यकार परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा परिषदका सचिव नरेश केसीको सञ्चालन एवं रामबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न उक्त साहित्यीक संगममा प्रमुख अतिथि वरिष्ठ गजलकार रमेश समर्थनले नीजि स्वार्थ र कुर्सी लिप्सा भएका केही नेताको कारण मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथी दुष्ट छिमेकी भारतले गिद्धेदृष्टि लगाउन खोजेको बताए ।
प्राज्ञ बूंद रानाले अझै पनि नेताहरुको चेत नखुले मुलुक झन झन खाडलमा पुग्ने हुँदा जनताहरु एक भएर नेताको चेत खुलाउदैं मुलुकलाई स्वाधिन र स्वनिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिए । प्राज्ञ रानाले भारतीय पक्षले अन्तर्राष्ट्रिय पारबाहन सन्धी विपरित गरेको नाकाबन्दीको घोर भत्र्सना गर्दै नेपाली जनता राष्ट्र र राष्ट्रियताको लागी एक भएर भारतीय दलाल र नोकरशाही तन्त्रको विरुद्ध एक ढिक्का हुनुपर्ने बताए ।
वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले देशको विकास र सामजिक सह अस्तीत्वकालागी नेपालीहरु एक हुनुपर्नेमा जोड दिदैं लोभी पापीको भाडों दक्षिणी छिमेकीको खुलेर भण्डाफोर गर्नुपर्ने जनाए । वरिष्ठ कथाकार एवं ईतिहासवीद् विजय सागरले नेपालको एैतिहासीक कालखण्डदेखी नै यो वा त्यो नाममा भारतले हस्तक्षेप गरि नेपाललाई अस्थीर बनाइरहेको दृष्टान्त प्रस्तुत गर्दै सीमा क्षेत्रका नेपालीहरु मात्रै होइन हिमाल पहाड तराई चारैतिरका जनता एक भएर भारतीय गलत प्रवर्तिको डटेर सामना गर्नुपर्नेमा जोड दिए । बरिष्ठ साहित्यकार बनमाली निराकारले नेपालीहरु बरु पैदल हिड्न तयार छन्, ग्यासको साटो दाउरामा पकाएर खान तयार छन् तर कसैको अगाडी स्वाभीमान गिराउन तयार छैनन भन्दै वीर नेपालीहरुलाई जिस्काएर भारतले ठूलो गल्ती गरिरहेको जनाए ।
कवि तथा शब्द सिन्धुका सम्पादक यादव भट्टराईले भुकम्पमा परी घायल भएको मुलुकलाई छिमेकीको नाताले सहयोग गर्नुको साटो झन दुखः दिएको भन्दै मुक्तक मार्फत आक्रोस व्यक्त गरे । अहिलेका सर्वाधीक चर्चाका कवि रुद्र ज्ञवालीले भारतीय प्रधानमन्त्रि मोदीका छौडांहरुले सीमापारीबाट ढुंगा हान्दैमा सगरमाथा नढल्ने भन्दै भारतीय दृष्ट प्रवृतिको घोर विरोध गरे ।
कार्यक्रममा साहित्यकारहरु डा. शंकर नेपाल, मणिराम भट्टराई, घनश्याम गौतम, माधव प्रसाद पन्थि, सरिना मरासीनि, कमल रायमाझी, राधिका थापा, स्मृति कुवंर, जि.आर गहतराज लगायतले भारतीय हस्तक्षेपको विरुद्धमा एकबद्ध भई मुलुक अगाडी बढ्नुपर्ने भन्दै साहित्यीक रचना प्रस्तुत गरेका थिए । यसैबीच भारतीय हस्तक्षेपको विरुद्ध आगामी कार्तिक १४ गते शनिवार रुपन्देहीको मणिग्रामका जनआस्था सास्कृतिक समुह, रुपन्देहीको आयोजनामा वृहत सडक साहित्यीक गोष्ठी आयोजना गरिन लागिएको सुन्दरबासीले जनाएका छन् ।

भक्तपुर, ९ कात्तिक । आफ्नै टहरामा लागेको आगोमा परेर भक्तपुरको नगरकोटमा एक वृद्धाको मृत्यु भएको छ ।
नगरकोट नगरपालिका–६ डाँडागाउँकी ८५ वर्षीया चम्पा पाण्डेको गएराति ८ बजे आफू बस्दै आएको छाप्रोमा आगो ताप्ने क्रममा आगलागी भएपछि जलेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
मृतक पाण्डेको भक्तपुर अस्पतालमा शव परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । रासस