काठमाडौँ, १० कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा दुईजना उम्मेदवार कायम रहनुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले प्रदान गरेको समयसीमाभित्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि दुईजना मात्रै कायम रहनुभएको हो ।
संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आज साँझ ५ बजेसम्म दुईजना मात्रै उम्मेदवार कायम रहनुभएको छ ।
सचिवालयले उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारलाई फिर्ता लिने अवधिसम्म नेमकिपामा उम्मेदवार महर्जनले फिर्ता लिनुभएको हो ।
संसद्मा बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ । मतदान सकिएपछि अपराह्न २ः३० बजेदेखि मतगणना हुनेछ भने अपरान्ह ४ः४५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ ।
बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका रहेको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो ।
राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ र नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तासँगै दलहरु आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्दै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।
एमाले उम्मेदवार भण्डारीको प्रस्तावमा एकीकृत नेकपा (माओवादी) र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत १३ दल रहेका छन् । काँग्रेस उम्मेदवार गुरुङको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहनुभएको छ । रासस
dainiknepal.com

काठमाडौँ, १० कात्तिक । एकीकृत नेकपा (माओवादी) ले सरकारमा सहभागी मन्त्रीले संस्थागत निर्णयविपरीत आफूखुसी काम गर्ने नपाउने प्रावधानसहितको २३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका संयोजक एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीले स्वकीय र निजी सचिवमा आफ्ना आफन्त र नातेदारलाई नियुक्त गर्न नपाउने प्रावधान आचारसंहितामा समावेश गरेको जानकारी दिनुुभयो ।
पार्टीगत वा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सरकार वा मन्त्रालयको कार्य सञ्चालन गर्ने, हरेक काम संविधान, ऐन कानुन, नियमअनुरुप विधिसम्मत् एवम् संस्थागत रुपमा गर्ने, अनियमित काम नगर्ने र हुन नदिने आचारसंहितामा उल्लेख छ ।
हरेक मन्त्रीले संयुक्त सरकारको साझा कार्यक्रम, सरकार गठनका सन्दर्भमा भएको १४ बुँदे तथा आठबुँदे सहमति, राष्ट्रिय आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयको कामको तत्कालीन र दीर्घकालीक कार्ययोजना बनाउने, त्यसमा हासिल गरिएको परिणामलाई सम्बन्धित मन्त्रीको मुख्य मापदण्ड बनाउने, मन्त्रीले कुर्नै नसक्ने कामको व्यवस्ताको अवस्थामा बाहेक कार्यालय खुल्ने निर्धारित समयमा मन्त्रालयमा गई कार्य प्रारम्भ गर्ने आचारसंहितामा समावेश छ ।
आफ्ना परिवारका सदस्यबाट मन्त्रालयमा आई वा नआई मन्त्रालय वा सरकारी काममा कुनै हस्तक्षेप हुन नदिने, मन्त्री भएको र मन्त्री पदबाट मुक्त भएपछि १० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने र मन्त्रीले भाग लिनुपर्नेबाहेक अन्य कुनै पनि काममा विदेश भ्रमण नगर्ने, सरकारको कामलाई परिणाममुखी बनाउने, शिलान्यास, पुरस्कार वितरण, उद्घाटन सम्मान ग्रहणजस्ता औपचारिक कार्यक्रममा सहभागी नहुन सचेत गराएको छ ।
भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्ने, कूटनीतिक आचारसंहिता पूर्णरुपमा पालना नगर्ने, विदेशी वा अरु कसैबाट बहुमूल्य वा अपारदर्शी प्रकृतिका उपहार स्वीकार नगर्ने, सरकारी सवारी वा सुविधा वा पारिवारिक काममा प्रयोग नगर्ने वा गर्न नदिनेसमेत आचारसंहितमा उल्लेख छ ।
यस्तै हरेक महिनामा एक पटक सरोकारवाला र विज्ञसहितको सार्वजनिक सुनुवाइ आयोजना गर्ने, सरकारी काममा आर्थिक मितव्ययिताको नीति अपनाउने, सरकारी सुविधा प्राप्त गर्ने अवस्था आए विपन्न उत्पीडित वर्ग, क्षेत्र एवम् समुदाय, सहिद एवम् बेपत्ता योद्धाका परिवार, देश तथा जनताका पक्षमा पूर्णरुपमा क्रियाशीललाई प्राथमिकता दिने विषय आचारसंहितामा समावेश गरिएको छ ।
यस्तै एमाओवादीले १५ बुँदे मार्गनिर्देशिका समेत सार्वजनिक गरेको छ । त्यसमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, हित र स्वाभिमानलाई सर्वोपरी राख्ने, जनताको हक हितको रक्षा, सम्वद्र्धन र विस्तारलाई केन्द्रबिन्दुमा राखी आम जनताको सेवामा सर्मपित रहुने, मजदुर, किसान, सुकुम्वासी, गरिब, श्रमजीवी, दलित , सहिद तथा बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र सबै उत्पीडित वर्ग एवम् समुदायको हितलाई ध्यान दिने उल्लेख छ ।
पत्रकार सम्मेलनमा एमाओवादी उपाध्यक्ष श्रेष्ठले आचारसंहितालाई नमान्ने वा अटेर गर्ने मन्त्रीलाई तत्काल कारबाही गरिने जानकारी दिनुभयो । ‘‘यो समान्य सरकार होइन, संविधानको सहज कार्यान्वयन गर्नुपर्ने चुनौती एकाततिर रहेको छ भने अर्कोतिर विभिन्न रुपमा असन्तुस्टि व्यक्त गरिरहेका दलहरुसँग वार्ता र सम्वादमार्फत समस्याको हल गर्नुपर्ने छ, त्यसलाई ध्यान नदिने माथि हामी कडा कदम चाल्न वाध्य हुनेछौ’’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
उहाँले भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी हालसम्म पनि अन्त्य नभएको अवस्थामा वैकल्पिक उपायद्वारा ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रीको उपलब्धताका निम्ति अविलम्ब ठोस पहल गर्ने र परिणामुखी बनाउन पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
संविधान जारी भएपछिको अवस्थामा थारु, मधेसी, आदिवासी जनजाति समुदायले व्यक्त गरेको असन्तुष्टिलाई राजनीतिक तबरले सम्बोधन गर्नुपर्ने र संविधानको संशोधन प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
पत्रकार सम्मेलनमा पार्टीका महासचिव कृष्णबहादुर महराले मुलुकको आवश्यकता र चाहनालाई ध्यान दिएर सरकार सञ्चाल गर्न र बढी भन्दा बढी जनताको पक्षमा काम गर्न मन्त्रीहरुलाई सचेत गराइएको बताउनुभयो । एमाओवादीले सरकार सञ्चालन तथा समन्वय समिति गठन गरेको जानकारी दिदै उहाँले आवश्यकताअनुसार समितिले उच्चस्तरीय राजनीतिक संयन्त्र, प्रधानमन्त्री र सरकारमा सहभागी अन्य दलसँग सम्बाद गरिने उल्लेख गर्नुभयो ।
सरकारमा एमाओवादीका तर्फबाट नेतृत्व गर्नुभएका उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले जनताको पक्षमा आफूहरुको क्षमता र योग्यताले भ्याएसम्म काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न निर्माणाधिन जलविद्युत् आयोजना सम्पन्न गराउन आफूले सक्दो प्रयन्त गर्ने उहाँको कथन थियो । पत्रकार सम्मेलनमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो । रासस
dainiknepal.com
काठमाडौँ, १० कात्तिक । अफगानिस्तानको हिन्दकुशलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले पाकिस्तानमा सबैभन्दा बढी क्षति गरेको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तान अढाइ सय मानिसको मृत्यु भइसकेको छ । हजारौं भौतिक संरचना ध्वस्त भएका छन् ।
यसैक्रममा पाकिस्तानलाई सहयोग गर्न विश्वका धेरै देशले इच्छा व्यक्त गरेका छन् । जसमध्ये सुरुमा छिमेकी देश भारतले सहयोग गर्न अनुमति मागेको थियो । तर, पाकिस्तानले भारतको सहयोग अस्वीकार गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई फोनै गरेर सहयोग गर्न अनुमति मागेका थिए । तर भारत लगायत अन्य देशको सहयोग पाकिस्तानले अस्वीकार गरेको हो । साथै उसले आफू आफ्नो देश भूकम्पको समस्या सुल्झाउन समक्ष रहेको जनाएको छ ।
भारत तथा अन्य देशहरुको सहयोग अस्वीकार गरेको पाकिस्तानलाई भने अब नेपालले सहयोग गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी भूकम्पले पाकिस्तानमा पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पले पाकिस्तान र अफगानिस्तानमा पु¥याएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको थियो ।
विपतको यस घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताका साथमा रहेको र नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले समकक्षी सरिफसँग व्यक्त गर्नुभएको हो । जवाफमा सरिफले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

काठमाडौं, १० कात्तिक । विभिन्न खेलमा म्याच फिक्सिङ गरेको आरोपमा दुई हप्तादेखि प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई विशेष अदालतले १७ दिन थुनामा राख्न म्याद थपेको छ ।
अनुसन्धान नपुगेको भन्दै प्रहरीले उनीहरुलाई मंगलबार विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
दसैंमा अदालत बन्द भएका कारण उनीहरुविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई गत असोज महिनामा पक्राउ गरेको थियो ।
उनीहरुमाथि भारत, इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप छ ।
‘होम एन्ड अवे’को आधारमा सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९–० को लज्जास्पद हार व्यहोरेको थियो । तर घरेलु मैदान काठमाडौँमा भएको खेलमा भने नेपालले जोर्डनसँग १–१ गोलको बराबरी नतिजा निकालेको थियो ।
यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ । एक वर्षअघि दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता ९एसियाड०मा समूह चरणका सबै खेलमा लज्जास्पद हार खेपेको नेपाललाई त्यतिबेलै खेल मिलेमतो गरेको आरोप लागेको थियो ।
दोहामा एक वर्षअघि फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा समेत नेपाल पराजित भएको थियो । एसियाडमा खेल मिलेमतो भएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो ।
ती खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचसम्म भएका अधिकांश अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेका छैनन् ।
प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो ।
dainiknepal.com
भक्तपुर, १० कात्तिक । प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार भण्डारी, पूर्वसभामुख सुवास नेम्वाङ र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलसहितको टोली आज कमलविनायकस्थित बिजुक्छे निवास पुगेर मतदान गर्न आग्रह गरेको हो ।
नेमकिपाले राष्ट्रपतिका उम्मेदवारमा नारायण महर्जनलाई उम्मेदवार बनाएपछि आजै प्रधानमन्त्रीसहितको एमाले नेताको टोली बिजुक्छे निवास पुगेको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेको नेमकिपाले राष्ट्रपतिमा उम्मेदवार दिएपछि एमालेको टोली बिजुक्छे निवास पुगेको हो । एमाले र नेमकिपाको टोलीबीच भएको आधा घन्टाको भेटपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बुधबार हुने राष्ट्रपतिको निर्वाचनमा भण्डारीलाई समर्थन गर्न आग्रह गरिएको बताउनुभयो ।
भण्डारीप्रति नेमकिपा सकारात्मक
बिजुक्छे निवासबाट बाहिरिँदै राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका भण्डारीले नेमकिपासँगको छलफलमा आफूलाई समर्थन गर्न सो पार्टी सकारात्मक रहेको जनाएको बताउनुभयो ।
एमाले नेता नेपालले राष्ट्रपतिको उम्मेदवार भण्डारीलाई नै नेमकिपाले समर्थन गर्ने र त्यसका लागि नेमकिपाको आजको बैठकले निर्णय गर्ने अध्यक्ष बिजुक्छेले जानकारी गराएको बताउनुभयो ।
छलफलपछि नेता बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्रको सिद्धान्तअनुसार भण्डारीलाई साझा उम्मेदवार बनेको खण्डमा सघाउन तयार भएको बताउनुभएको नेता नेपालको भनाइ छ ।
राष्ट्रपतिको उम्मेदवार बनाउनुअघि संयन्त्रमा छलफल नहुँदा नेमकिपाले पनि उम्मेदवार उठाएको बताउँदै उहाँले एमालेको राष्ट्रपति मात्रै नभई सबैको साझा राष्ट्रपति भएर पदीय जिम्मेवारी बहन गर्नुपर्ने सर्त राखेको नेता नेपालले बताउनुभयो । रासस

काठमाडौँ, १० कात्तिक-
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिएका छन् ।
मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा ९एमाले०का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिएका हुन् ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उनीहरुले आज उमेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएकी भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त गरिन् । उनले भनिन्, “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।”
नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताइन् ।
राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरुले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उहाँले दलहरुबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राखिन् ।
“हामी सङ्क्रमणकालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ,” उनले भनिन् । आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् ।
नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उनको भनाइ थियो ।
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए ।
“जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”– उनले भने ।
काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उहाँले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताए ।
व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरु पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरुबाट आफूले समर्थन प्राप्त गर्ने उनको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उनले बताए ।
त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बनेका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसद्मार्फत खेलेको भूमिकालाई विचार पु¥याएर अरु राजनीतिक दलले आफ्नो उमेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरे । रासस
www.etajakhabar.com
धनगढी: भारतले अघोषित रूपमा गरेको नाकाबन्दीको एक महिनापछि नेपाल आयल निगम धनगढी, पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ र डिलर्स एसोसिएसनको टोली सोमबार भारतको बन्थरा डिपो गएको छ।
आयल निगमको सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेल, पेट्रोलियम पदार्थ दुवानी व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डे, पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनका अध्यक्ष देवबहादुर खत्रीसहितको टोली बन्थरा डिपो गएको हो। भारतले लामो समयदेखि पेट्रोलियम पदार्थ लोड नगरेपछि निगमको नेतृत्वको टोली उत्तरप्रदेश राज्यको साहजहाँपुर जिल्लामा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी) को बन्थरा डिपो गएको हो।
धनगढीबाट सबैभन्दा नजिक रहेको आईओसीकोबन्थरा डिपोबाट धनगढीका लागि डिजेल, पेट्रोल र मट्टीतेल आउने गर्दछ । धनगढीका लागि आउने हवाई इन्धनका लागि भने इलाहाबाद जानुपर्छ।
आईओसीले हेडक्वार्टरको आदेश भन्दै कुनै दिन २५÷३० ट्यांकर लोड गर्ने र कुनै दिन लोडै नगर्न थालेपछि आयल निगम, दुवानी व्यवसायी र वितरकको टोली बन्थरा गएको हो । बन्थरा डिपोका प्रमुखसँग इन्धन आपूर्तिमा
देखिएको समस्याबारे छलफल हुनेछ । असोज ३ गते संविधान जारी भएसँगै भारतले इन्धनको आपूर्ति ७० प्रतिशतले कटौती गरेको छ ।
३२ ट्यांकर इन्धन भित्रियो
नेपालगन्ज: दसैंको विदा सकिएलगतै नेपालगन्ज नाकाबाट आइतबार ३२ ट्यांकर पेट्रोलिय पदार्थ नेपाल भित्रिएका छन् । दसैं अवधिभर एकदमै न्यून मात्रामा पेट्रोलियम पदार्थ भित्रिएकोमा आइतबार ठूलो परिमाणमापेट्रोलियम पदार्थ भित्रिएको हो।
आइतबार २० ट्यांकर डिजल, ८ ट्यांकर पेट्रोल, २ टयांकर मट्टीतेल र २ बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए।
शनिबार डिजेल ८, पेट्रोल २, मट्टीतेल १ र ग्यास १ बुलेट नेपालगन्ज नाकाबाट भित्रिएका थिए। यसैबीच ग्यालिनमा राखेको पेट्रोलका कारण गुड्दै गरेको बसमा आगलागी भएपछि बाँके प्रहरीले बसमा पेट्रोल ओसारपसार गर्न प्रतिवन्ध लगाएको छ।
पालगन्जबाट बस वा अन्य सवारी साधनमार्फत ग्यालिन र बोत्तलमा राखेर बाहिरी जिल्ला लैजान कडाइ गरिएको बाँके प्रहरीले जनाएको छ। यसअघि सर्वसाधारणले नेपालगन्जबाट सञ्चालन हुने रात्री तथा दिवा बसको डिक्कीमा राखेर काठमाडौंलगायत अन्य जिल्लामा पेट्रोल लैजाने गरेका थिए।
कात्तिक ३ गते गुडिरहेको बसमा पूर्व-पश्चिम
राजमार्गअन्तर्गत खासकुस्मा गाविस चप्परगौडीमा आगलागी भएको थियो । सो घटनामा ८ जना यात्रुको जलेर मृत्यु भएको थियो । बसमार्फत पेट्रोल लैजान नदिन चेकजाँच कडा पारिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले बताए।
ठोरी नाकाबाट दैनिक ५० हजार लिटर इन्धन ओसारिँदै
वीरगन्ज: मधेसी दलले वीरगन्जलगायतका सीमानाका एक महिनादेखि ठप्प पारेपछि पर्साको ठोरी नाकाबाट दिनहुँ हजारौ लिटर डिजेल र पेट्रोलको तस्करी भइरहेको छ।
भारतीय व्यपारीले तस्करी गरेर ल्याएको डिजेल र पेट्रोल लिन ठोरीमा चितवनको माडी, नारायणगढ ,काठमाडौं, पोखरा, गोरखा,तनहुँलगायतका स्थानबाट व्यपारी र सवारी धनी गाडी लिएर पुग्ने गरेका छन्। 'एक दिनमा कम्तीमा पनि ५० हजार लिटर डिजेल र पेट्रोल यो नाका भएर ओसार्ने गरिएको छ', नाम नबताउने सर्तमा ठोरी भन्सार क्षेत्रका व्यपारीले भने, ‘तेल लिनकै लागि ठोरीमा दैनिक दुई सयभन्दा बढी गाडी र पाँच सय मोटरसाइकल आइरहेका छन्।'
भारतीय व्यपारीले भारतको जमुनिया, धनौजी र नरकटियागन्जका पेट्रोल पम्पबाट खरिद गरेको डिजेल पेट्रोल ठोरीमा पुयाएर चर्को मूल्यमा बिक्री गर्दै आएका छन्। ठोरीमा भारतीय व्यापारीबाट नेपालीले डिजेल प्रतिलिटर एक सय २० देखि ४० र पेट्रोल एक सय ६० देखि दुई सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन्।
भारतीय नाका हुँदै तस्करी गरेर ल्याइएको हजारौं लिटर डिजेल र पेट्रोल दिनहुँ ठोरीबाट तस्करी भइरहेको भए पनि त्यहाँ तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै चासो देखाएको छैन । ठोरीमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प रहेको छ।