काठमाडौँ ११ कातिक । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गर्नुभएको छ ।
नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो ।
संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
मतदानमा ४७ सांसद् अनुपस्थित रहनुभएको छ । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाउनुभएन । मतदान सकिएकाले अब अपरान्ह २ः३० बाट मतगणना प्रारम्भ हुने छ भने साँझ ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ ।
राष्ट्रपतिमा नेकपा (एमाले) बाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ । सत्तारुढ गठबन्धनको पक्षमा प्रष्ट बहुमत भएकाले विद्या राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो छ । मधेसी मोर्चाका ४२ सभासदसहितका केही दल मतदान प्रक्रियामा सहभागी भएनन् । राससdainiknepal.com

काठमाडौं, ११ कात्तिक । नेपालमा वैशाख १२ गते गएको भूकम्पको अंग्रेजी तारिख २६ अप्रिल थियो । सोमबार मात्रै अफगानिस्तानको हिन्दकुशमा गएको भूकम्पको अंग्रेजी तारिख पनि २६ अक्टुबर थियो मात्र महिना फरक ।
विभिन्न तथ्यांक अनुसार पृथ्वीमा शक्तिशाली भूकम्पहरु २६ तारिखकै दिन बढी जाने गरेको देखिएको छ । आखिर २६ तारिखकै दिन किन जान्छ त ठूलो भूकम्प ? यसको जवाफ वैज्ञानिकहरुले समेत दिन सकेका छैनन् । उनीहरुले संयोग मात्रै हो भन्ने गरेका छन् ।
यसलाई संयोग वा अरु कुनै तथ्य मानेपनि विश्वभरीमा ठूल्ठूला विनाशकारी भूकम्प २६ तारिख कै दिन आउने गरेका हुन् ।
तथ्यांक हेर्दा चीनमा २६ जुलाई १९७६, गुजरातमा २६ जनवरी २०११ र हिन्द महासागरमा २६ डिसेम्बर २००४मा भूकम्प सँगसँगै सुनामी पनि आएको थियो । जसले जनधनको क्षति गरेको थियो । ताइवानमा २६ जुलाई २०१० र जापानमा २६ फ्रेबरी २०१०मा आएको भूकम्पले सयौंको ज्यान लिएको थियो ।
भूकम्पको इतिहास हेर्ने हो भने २६ जून १९२६ मा रोड्स भूकम्प आएको थियो जबकि २६ जनवरी १७०० मा उत्तरी अमेरिकामा आएको भूकम्पमा पनि सयौं मानिस मारिएका थिए । वैज्ञानिकहरुले जे सुकै भनेपछि अंग्रेजी पात्रोको २६ तारिखलाई मानिसहरुले भूकम्प आउने दिनको रुपमा चिन्न थालेका छन् । २६ तारिखले एउटा नयाँ इतिहास रचेको बताइएको छ । २६ तारिखकै कारण आजभोली आम मानिसहरुले सावधानी अपनाउने गरेका छन् ।
- यो समाचार दैनिक नेपाल डटकमबाट साभार गरिएको हो

बुधबार, ११ कार्तिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति डा. रामवरण यादव बिच शितल निवासमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली संसदमा एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उमेद्वारमा मतदान गरेर शीतल निवास पुगेका थिए ।
भेटवार्तामा राष्ट्रपति यादवको अवकाशको व्यवस्थापन र नयाँ राष्ट्रपतिलाई शितल निवास प्रवेश प्रक्रियाको सम्बन्धमा छलफल भएको शितल निवास श्रोतले जनाएको छ ।
यसै प्रधानमन्त्री ओली नेपाली राजनितिमा एक अभिभावकको भुमिका प्रति खुसी व्यक्त गर्दै प्रशंसा गरेका छन् ।
रामवरण यादव २०६५ साउन ८ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा भएका थिए ।
www.nepalsandesh.com

मोरङ: दसैंपछि बजार पसल बन्द गराउँदै हिडेका मधेसी मोर्चाका सयौ बन्दकर्तालाई विराटनगरमा व्यापारीहरुले प्रतिकार गरेर लखेटेका छन्। विराटरनगरस्थित जलजला मोडदेखि ट्राफिकचोकसम्म बजार पसल बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुलाई व्यापारीहरुले लखेटेका हुन्।
व्यापारी र बन्दकर्ताबीच झडप भएपछि तत्कालै प्रहरी आएर बन्दकर्तालाई महावीर चोकमा पुर्याएर तितरबितर पारेका छन्। प्रहरीले बन्द गराउँदै हिड्ने मधेसी जनअधिकार फोरम मोरङका अध्यक्ष राजकुमार यादव, तमलोपा मोरङका अध्यक्ष मोहमद कवीरलाई प्रकाउ गरेका छन्।
प्रहरी र व्यापारीले लखेटेपछि महावीर चोकमा धर्नामा बस्न खोजेका मोरचाका कार्यकर्तालाई प्रहरीले त्यहाबाट पनि तितरबितर पारेका छन्। यसरी विराटनगरस्थित जोगबनी नाकाबाट बुधबार एउटा पनि मालबाहक तथा पेट्रोलियम ट्यांकरहरु भित्रिएका छैनन्।
यता, विराटनगर भन्सार कार्यालयले यसअघि आएका गाडीहरुलाई भने भन्सारको यार्डबाटै धमाधम खाली गराइरहेका छन्।
अन्नपूर्ण पोस्ट्को मा जोडिनुस् । मोबाइलका लागि र बाट
काठमाडौँ ११ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालको दोश्रो राष्ट्रपति चयनका लागि मतदान गर्नुभएको छ ।
राष्ट्रपति चयनको लागि नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा जारी गोप्य मतदानमा ११ः२५ बजे ओलीले मतदान गर्नुभएको हो ।
यसैगरी, प्रधानमन्त्री ओलीपछि राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीले पनि मतदान गर्नुभयो । मतदान अपराह्न २ बजेसम्म जारी रहनेछ । यस्तै मतदानका लागि विभिन्न पार्टीका शीर्ष नेता र सभासद् लाइनमा हुनुहुन्छ ।

पटकबुधबार, ११ कार्तिक
भैरहवा । भारतको महाराजगञ्ज जिल्ला पञ्चायतको निर्वाचनलाई मध्य नजर गर्दै नेपाल–भारत सीमा क्षेत्रको प्रमुख सुनौली नाका बन्द हुने भएको छ ।
आज साँझ ५ बजेदेखि भोली साँझ ५ बजेसम्म नाका बन्द गरिन भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
भोली हुने निर्वाचनलाई मध्यनगर गर्दै महाराजगञ्ज जिल्लासँग सीमाना जोडिएको नेपालका सिमानाका पुर्ण बन्द गरिने उनीहरुले जनाएका छन् ।
खुल्ला सिमानाको कारण निर्वाचनमा अबैभ घुसपैठ हुने सक्ने र शान्तिसुरक्षाको निर्वाचन अवधीभर नाकामा सम्पूर्ण आवत–जावत बन्द हुनेछ ।
www.nepalsandesh.comf

विराटनगर । बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका कार्यकर्तालाई व्यवसायीहरु मिलेर लखेटेका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका
आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले लखेटेका हुन् ।
व्यवसायीलहरुले मोर्चाले आफनो माग पुरा गराउन बन्दको बिकल्प नखोजी लामो समयदेखि बजार बन्द हुँदा व्यापार व्यावसाय गरेर खाने मानिसहरुलाई दुख दिएको भन्दै प्रतिकारमा गरेका हुन् ।