लुम्बिनी (रुपन्देही), ११ कात्तिक । भारतीय अधिकारीहरुले आज साँझदेखि बेलहियालगायतका भारतसँग जोडिएका नाका बन्द गर्ने जनाएको छ ।
जिल्ला पञ्चायत अध्यक्ष एवम् सदस्यको चुनावलाई मध्यनजर गर्दै महाराजगन्ज र सिद्धार्थनगर जिल्लाका सुरक्षा अधिकारी एवम् प्रशासकले आज साँझदेखि नाका बन्द गर्ने जनाएका हुन् । आज साँझ ५ बजेदेखि बिहीबार मतदान सकिएर मतपेटिका सुरक्षित स्थानमा पु¥याउँदासम्म २४ घण्टा नाका बन्द हुने भएको छ ।
महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा चौथो चरणअन्तर्गत बिहीबार मतदान हुँदैछ । महाराजगञ्ज जिल्लाका अधिकारी सुनिलकुमार श्रीवास्तवले नेपालतर्फ सीमा जोडिएको नवलपरासीदेखि रुपन्देहीको मर्चवारसम्म ८६ किलोमिटर नाका बन्द हुने जानकारी दिनुभयो ।
यसैगरी, सिद्धार्थनगर जिल्लाका अधिकारीले कपिलवस्तु जिल्लाको पूर्वी क्षेत्रमा नाकाबन्दीको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जानकारी दिनुभयो ।
लुम्बिनी अञ्चलसँग जोडिएको सीमावर्ती महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा २९ तारिख (कात्तिक १२ गते ) मतदानको कार्यक्रम छ । नेपालतर्फ पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालबाट भारततर्फ हतियार एवम् विस्फोटक पदार्थ लान नदिने तथा चुनाव बिथोलिने कुनैपनि किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता आफूले भारतीय अधिकारीसँग व्यक्त गरेको उहाँले बताउनुभयो
dainiknepal.com

काठमाडाैं । राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको छ।
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। ‘केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।
यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्। अन्नपूर्ण पाेष्टमा खबर छ ।

बुटवल (खस्यौली), ११ कात्तिक । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सडकखण्डअन्तर्गत गर्ने पाल्पा दोभानको सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
आज दिउँसो करिब ३ः४५ बजे दोभान र माथिल्लो सिद्धबाबा नजिकै माथिबाट ठूलो पहिरो खसेको र राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पाल्पातर्फबाट आउने र बुटवलबाट पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतको जिल्लामा जाने सवारीका साधन दुवैतर्फ रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
पहिरो हटाउनका लागि पाल्पाबाट डोजर ल्याउन समस्या भएको र बुटवलबाट डोजर लैजाने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले केही समय लाग्ने पनि उहाँले बताउनुभयो ।
बुटवलको तल्लो सिद्धबाबा (चिढिया खोलादेखि पाल्पाको दोभानसम्मको करिब चार किलोमिटर सडक अत्यन्तै जोखिमयुक्त रहेको र यस सडक भएर यात्रा गर्ने यात्रुले दैनिक जोखिमपूर्वक यात्रा गर्न बाध्य छन् ।
यहाँको सडकको दूरावस्थाकै कारण वर्षौंदेखि सयौँ यात्रुले ज्यान गुमाइसकेका छन् भने हजारौँ यात्रु घाइते भएका छन् । त्यस्तै ठूलो धनमालको पनि क्षति भइरहेको छ । रासस

काठमाडौं, ११ कात्तिक । भारतको अघोषित नाकाबन्दीबीच नेपालले छिमेकी देश चीनसँग इन्धन व्यापार सम्झौता गरेको छ ।
नेपालमा भारतीय एकाधिकार तोड्दै बुधबार नेपाली अधिकारीहरुले चीनको राजधानी बेइजिङमा चिनियाँ अधिकारीसँग छलफल गरी इन्धन खरिद गरेर नेपाल भित्र्याउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चीनका लागि नेपाली राजदूत महेश मास्केले बेइजिङमा रहेको नेपाली टोलीले चिनियाँ सरकारी टोलीसँग इन्धन आपूर्तिका लागि दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।
सम्झौता अनुसार चीनले नेपाललाई सहुलियत मूल्यमा पेट्रोल, डिजेल र अन्य इन्धनका सामग्री उपलब्ध गराउने उल्लेख गरिएको छ । यसअघि नेपालमा भारतले मात्रै इन्धन आपूर्ति गर्दै आएको थियो । आजको सम्झौतासँगै अब नेपालमा भारतको एकाधिकार तोडिएको हो ।

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत प्राप्त गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रपतिमा निर्वाचित हुनुभएका भण्डारीको भोजपुरदेखि काठमाडौं सम्मको राजनीतिक यात्रा यस्तो छः
नाम : विद्यादेवी भण्डारी
जन्म मिति : सोमबार ०५ असार २०१८ तदनुसार-
जन्मस्थान : मानेभन्ज्याङ -२, भोजपुर, नेपाल ।
पारिवारिक अवस्था :
हजुरबा : स्व. तिलकबहादुर पाण्डे ।
हजुरआमा : स्व. भीमकुमारी पाण्डे ।
माता : मिथिला पाण्डे ।
पिता : स्व. रामबहादुर पाण्डे ।
दाजुभाइ र दिदीबहिनीहरु
तेजेन्द्र पाण्डे
टेकेन्द्र पाण्डे
डेगेन्द्र पाण्डे
बहिनी : सुशीला पाण्डे ।
विबाह : २४ साउन २०३९ सालमा ।
१. श्रीमान : स्व. मदनकुमार भण्डारी ।
२. छोरीहरु : उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा ।
डा. निशाकुसुम भण्डारी ।
३. दाजुभाइ तथा दिदी/बहिनीहरु क्रमशः
मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी ।
बहिनीहरु : शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व. गीता लामिछाने ।
निवास : नयाँ बानेश्वर– १०, काठमाडौं, नेपाल ।
१. नागरिकता नम्बर : ३७६८/११८४
२. राहदानी नम्बर : ४२२९३१० ।
शिक्षा :
बाल्यकालीन शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
माध्यमिक शिक्षा : विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।
उच्चशिक्षा :
भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन
भाषा : नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमण : स्वदेश तथा
विदेशमा: भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।
राजनीतिक दल :
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारी :
हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका)
उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।
अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।
उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।
राजनीतिक यात्रा :
२०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
२०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
२०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
२०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित । त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।
२०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
२०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
२०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित ।
राजकीय जिम्मेवारी :
– २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
– २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।
जेल जीवन :
२०६१/०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।
रुचि :
— महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने ।
— समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने ।
— गीत, संगीत तथा साहित्यिक लेखनमा वि
dainiknepal.com
काठमाडौँ, ११ कात्तिक । एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसकेपश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।
यसैगरी आरए ४०९ को उडानद्वारा हङ्कङबाट काठमाडौँ आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरुङलाई भन्सार क्षेत्र पार भई बाहिर निस्कदै गरेको अवस्थामा प्रहरीले हातमा लगाएको ९४ ग्रामका सुनको बाला एक थानसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पेट्रोलियम पदार्थको कालोबजारीमा प्रहरीको संलग्नताबारे छानबिन सुरु
पेट्रोलियम पदार्थको कालोबजारीमा नेपाल प्रहरीको संलग्नताबारे सामाजिक सञ्जालमा आएको सूचनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन अगाडि बढाएको जनाएको छ ।
जर्किनमा रहेको पेट्रोलियम पदार्थ प्रहरीको गाडीमार्फत राजधानीको एक होटलमा झार्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज प्रहरीले यस सम्बन्धमा छानबिन भइरहेको आफ्नो ट्वीटरमार्फत जनाएको हो । रासस

रौतहट, ११ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति गौर चन्द्रनिगाहपुर राजमार्गको जयनगरमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
मोटरसाइकलमा इन्धन ओसारेको भन्दै मोर्चाका कार्यकर्ताले दुईवटा मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगजनीका कारण मोटरसाइकलका चालकसमेत घाइते भएका छन् ।
गौरबाट गरुडा आउंँदै गरेको ना.१४प ५१०५ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकललाई जयनगरमा बाटो अवरुद्ध पार्दै बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।
मोटरसाइकलमा लागेको आगोका कारण गरुडा–१ का २८ वर्षीय चालक सुरेस साह र २७ वर्षीय राम प्रवेश साह घाइते भएका छन् ।
घाइते दुबै जनाको गरुडाको हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ