काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गराएर संविधान कार्यान्वयनको प्रक्रिया ऐतिहाँसीक रुपले सुरु भएको बताएका छन् ।
उनले नेपालको इतिहाँसमा पहिलो पटक महिला राष्ट्र प्रमुख भएको उल्लेख गर्दै यो नयाँ संविधानको ऐतिहाँसीक उत्कृष्टता भएको बताए ।
सभामुख र राष्ट्रपतिमा महिला आउनु नै यो संविधानको ऐतिहाँसीकता रहेको उनको भनाई थियो । तराई मधेसमा जारी आन्दोलन सम्बोधन गर्न सरकारले अब विशेष रुपले लाग्ने भन्दै समानुपातिक समावेशीताको सिद्धान्तलाई यो निर्वाचनले पुष्टि गरेको प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले इन्धन आपुर्तिकालागि विभिन्न पहल भैरहेको र अब चाँडै निकास निस्कने बताए । उनले केही दिन समस्या परेपनि झेलेर नेपालीको स्वाभिमान उच्च राख्न नेपाली जनताले देखाएको ध्रैयतालाई सम्मान गर्ने बताए ।
उनले राष्ट्रपति निर्वाचनमा पनि सहमतिको प्रयास गरेको तर कांग्रेसले नमानेको बताए । उनले कांग्रेसको हठका कारण समस्या भएको बताए । प्रचण्डले देशका अघि देखिएका समस्या समाधान गर्न कांग्रेस, एमाले र एमाओवादी एक भएर जानुपर्ने बताए ।
www.nepalsandesh.com

काठमाडौं । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् ।
उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले आफ्नो हार विद्याको जितकालागि भएको बताए । गहभरी आँशु पार्दै बयोबृद्ध नेता गुरुङले नेपालमा गणतन्त्र घोषणा गर्दाको क्षण सम्झदै महिला राष्ट्रप्रमुख भएकाले आम नेपालीको जित भएको बताए ।
उनले आफु राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र भएको तर, राजनीतिक रुपमा आफुहरुको मत कमजोर भएकाले पराजीत हुनुपरेको बताए ।
नयाँ राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न अभिभावकीय भुमिका खेल्नुपर्ने भन्दै भण्डारीले उक्त भुमिका निभाउन सक्ने उनको भनाई थियो ।

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ कार्यक्रम बिहीबार हुने भएको छ। प्रधानन्यायधीश कल्याण श्रेष्ठले भण्डारलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम छ।
राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि उनले बिहीबारदेखि नै राष्ट्रप्रमुखको पद समाल्ने छिन्। बिहीबार नै राष्ट्रपति डा. रामवरण यादवले शितलनिवासबाट विदाइ लिनेछन्। विशेष सम्मानसहित यादवलाई विदाइ गर्ने कार्यक्रम छ। सेनाले विशेष सलामी दिएर उनलाई भैसेपाटीस्थित भीभीआइपी निवासमा लगिनेछ।
नयाँ राष्ट्रपतिको शपथ तथा वर्तमान राष्ट्रपतिको विदाइबारे प्रधानमन्त्रीले राष्ट्रपति यादवलगायतका अन्य अधिकारीसँग बुधबार परामर्श गरेका छन्। राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर लिइएको छ।
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ।
annapurnapost.com

इलाम, ११ कात्तिक । भिनाजुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका इलाम महमाई–७ का सम्बाहाम्फे कान्छा भनिने धनसिंह लिम्बूलाई जिल्ला अदालत इलामले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दहालको इजलासले लिम्बूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३ (१) अनुसार कसुर ठहर गर्दै उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।
धनसिंहले गत असार १२ गते दिदी भिनाजुबीचको झगडा छुट्याउने क्रममा भिनाजु सोमबहादुरमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट सोमबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । भिनाजुको मृत्युपछि दिदी अमृताले भाइ धनसिंहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । रासस
dainiknepal.com

काठमाडौँ, ११ कात्तिक । नेपाल ट्रष्टको कार्यालयले तराईका १० जिल्लामा पूर्व राजपरिवारको नामको सम्पत्ति खोज्न कर्मचारीको समूह पठाउने भएको छ ।
पूर्वराजा वीरेन्द्र, पूर्व रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति खोज्न कर्मचारीको समूह खटाउने तयारी सुरु गरिएको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चालु आवमा जग्गा खोजबिनका लागि समूह पठाउन लागिएको छ । दश जिल्लाका मालपोत कार्यालय र नापी कार्यालयमा गई सूक्ष्मरुपमा अध्ययन गर्न समूह पठाउन लागिएको हो ।” कार्यालयले दुई वर्षअघिदेखि सघन सम्पत्ति खोजबिन अभियान सुरु गरेको थियो ।
अहिलेसम्म २२ हजार रोपनी जग्गा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको कार्यालयको नाममा ल्याइएको प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिनुभयो । “नागार्जुन जङ्गलको २७ हजार रोपनी जग्गा कार्यालयको नाममा ल्याउन सञ्चालक समितिको बैठकबाट निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ, नागार्जुन जङ्गलकै धादिङतर्फको १५ हजार रोपनी जग्गा यसअघि नै ट्रष्टको नाममा आइसकेको छ” – उहाँले भन्नुभयो ।
पूर्व राजपरिवारको नामबाट ट्रष्टको नाममा आएका घर जग्गाको भाडाबाट उठेको करिब रु ३६ करोड ट्रष्टको कोषमा जम्मा भएको छ । यसरी जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था रहेको छ । सङ्कलित रकम हालसम्म खर्च नभएकाले कार्यविधिको मस्यौदा भइरहेको कार्यालयले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गरिनेछ । रासस

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो ।
भण्डारीले भन्नुभयो, “मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।”
उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो । रासस

११ कात्तिक, नवलपरासी ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नवलपरासीमा आज ३५ वटा मोटरसाइकल तोडफोड र २ वटामा आगजनी गरेका छन् । बडादशैंका अवसरमा खुकुलो बनाइएको बन्द दसैं सकिएलगत्तै शसक्त बनाएपछि तोडफोडमा उत्रिएका हुन् ।
सदरमुकाम परासीलगायतका दक्षिणी क्षेत्रमा मोर्चाले अटेर गरी मोटरसाइकल चलाएको भन्दै तोडफोड गरेका हुन् । बन्दका क्रममा अटेर गरी सवारी साधन चलाइएकाले तोडफोड गरिएको राधेरमण पाण्डेयले जानकारी दिए ।
पाण्डेका अनुसार सनई गाविस र परासी सडक–खण्डमा दुईवटा मोटरसाईकलमा पेट्रोलियम पदार्थ बोकेर आईरहेको समयमा कार्यकर्ताले जलाएका हुन् भने बैरिहवा, शान्तिचौर, परासी निलोगेट, मन्झिरिया र सिमावर्ती क्षेत्रमा गरि ३५ वटा मोटरसाईकल तोडफोड गरेका हुन् ।
मोर्चाले खुकुलो बनाएको बन्दलाई हिजोदेखि शसक्त बनाउदै यातायात, उद्योग कलकारखाना, बंैक बित्त संस्था र बजारहरु ठप्प पारेको छ । बन्दलाई सशक्त बनाउन भन्दै मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा यातायात र बजार बन्द गराउदै हिडेका छन् भने सदरमुकामसहित दक्षिणी क्षेत्रको जनजिवन प्रभावित बन्दै गएको छ ।