काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिएको दिन विहीबार राष्ट्रपति भवन शीतल निवासमा गज्जबको दृश्य देखियो ।
एकातिर नेपालमा अघोषित नाकाबन्दी गरी संविधान संशोधन गर्न दबाब दिएरहेको भारतले अर्काेतिर भारतीय अधिकारीहरु आफ्नो पदीय मर्यादा समेत नाघ्न थालेका छन् । हो यस्तै दृश्य देखियो शीतल निवासमा ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीको सपथ ग्रहण सकिएपछि निर्वतमान राष्ट्रपति रामवरण यादवको विदाइ कार्यक्रम चलिरहेको थियो । त्यहाँ नेपालस्थित विभिन्न देशका राजदूत पनि उपस्थित थिए । नेपालका लागि भारतीय राजदूत रन्जित रे पनि सहभागी भएका थिए ।
सुरुमा राष्ट्रपति भण्डारीसामू परिचय गर्दा पनि मर्यादाको ख्याल नगरेका रे ले निवर्तमान राष्ट्रपति यादवको विदाईका लागि शीतल निवासको प्रभास हलमा भएको समारोहमा भित्र पस्न खोज्दा पनि सीमा नाघे ।
साँझ भएको यादवको विदाई समारोहमा जानुअघि भवनको मूल प्रवेशद्वारमा रेले नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कुराकानी गरेका थिए । त्यसपछि उनी मर्यादाका पुरै सीमा नाघेर मूल प्रवेशद्वारबाटै भित्र पस्न खोजे । तर, त्यहाँ खटिएका नेपाली सेनाका अधिकारीले नै उनलाई रोके ।
र बाहिर पठाएर अर्को प्रवेशद्धाराबाट भित्र पस्न आग्रह गरे । यसरी नेपालका राष्ट्रपतिको अपमान हुनेगरी भित्र प्रवेश गर्न खोज्ने राजदूत रे लाई नेपाली सुरक्षाकर्मीले उल्टै अपमान गरेका थिए ।
dainiknepal.com

धुन्चे (रसुवा), १३ कात्तिक । नेपाल लागि चीन सरकारले दिने अनुदान पेट्रोलियम पदार्थ लिन नेपाली ट्याङ्कर रसुवा भित्रिएका छन् ।
नेपाल आयल निगममार्फत ती पठाएका ट्याङ्कर रसुवा भित्रिने क्रममा आज साँझसम्म सबै ट्याङ्कर रसुवागढी नाका पुग्ने रसुवाका प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार चीन सरकारले नेपाली ट्याङ्करमा तेल भर्ने कार्यक्रम रहेको छ ।
राजधानी काठमाडाँैबाट गल्छी देवीघाट, त्रिशूली, धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म १४४ किमी पर्ने र बिहान तेल भरेपछि अपराह्न केन्द्रीय भण्डारमा सहजरुपमा नै पुग्ने यातायात व्यवसायीले बताएका छन् ।
तेल हस्तान्तरण कार्यक्रममा चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका महावाणिज्यदूत हरि बस्याल र चिनियाँ राजदूतावास काठमाडाँैका डिसिएम चेङ्जी र स्थानीय अधिकारी, तेल हस्तान्तरण कार्यक्रम नेपाल चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट नेपाली समयअनुसार भोलि बिहान ११ः०० बजे हुने जानकारी पाएको प्रजिअ गेलालले बताउनुभयो ।
राजदूत मास्के भोलि शनिबार नै रसुृवागढी पुग्ने र डिसिएम चेम्जीसहित टोली काठमाडौँबाट धुन्चे पुगी तेल हस्तान्तरण कार्यक्रमको जानकारी दिएर रसुवागढी प्रस्थान गर्नुभएको समेत प्रजिअ गेलाले बताउनुभयो ।
यस्तै, चीन सरकारले दिने पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करका लागि यथेस्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताउनुभयो ।
यसैगरी नेपाल पेट्रोलियम डिलर एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको टोलीले सडकको अवस्था हेरी वर्तमान अवस्थामा सहज भए पनि दीर्घकालीन रुपका लागि सडक सुधार गर्नुपर्ने आवश्यक देखिएको व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालले बतानुभयो । रासस

असोज १३, काठमाडौं । ‘लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्न सक्दैनन् ती दुवैलाई एकै स्थानमा बस्ने घर बनाउँदैछु’ भनेर नयाँ शक्तिको डंका पिटेर हिंडेका डा। बाबुराम भट्टराईका पिए भने भान्छेलाई मरणासन्न हुने गरी पिट्ने धन्दामा लागेका छन् ।
नयाँ शक्तिको नाममा एमाओवादी फुटाएर क्षेत्रीय राजनीतिको बिंडो थाम्ने योजनामा रहेका भट्टराईका पिए सनिप बुढाले सशस्त्र प्रहरीका परिचर (भान्छे)लाई मरणासन्न हुने गरी पिटेका छन् ।
भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका सनिपले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।
सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका सनिपले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए ।
सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । भान्छा कोठादेखि भट्टराईको निवासको गेटसम्म रगतको धारो लागेको थियो ।
भान्छे भान्छाकोठामा ढलेपछि हल्लीखल्ली भए पनि चुपचाप स्टार हस्पिटल पु¥याइएको थियो । सनिपले आतंक मच्चाए पनि सो कुराको जानकारी नयाँ शक्तिका रणनीतिकार डा. भट्टराईलाई भने दिइएको वा नदिइएको भन्ने बारेमा जानकारी हुनसकेको छैन ।
यद्यपि विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् । सनिपको आतंक बाहिर ल्याउन नहुने भन्दै बाबुराम पत्नी हिसिला यमीले तानाबाना बुनेकी छिन् ।
बाबुरामको बेइज्जत हुन्छ भन्दै यमीले सनिपलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न भनेकी छिन् । भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् ।
उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा. भट्टराईले भने सनिपलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । उद्दण्ड स्वभावका सनिपलाई कारबाही गर्ने आँट डा. भट्टराईसँग छ कि छैन हेर्न बाँकी छ ।
जनआह्वान साप्ताहिकबाट

१३ कात्तिक, बिराटनगर ।
नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतबाट आउने इन्धनको मात्रा बढेको छ ।
सुरक्षाको कारण देखाउँदै पेट्रोलियम पदार्थ रोकिरहेको भारतीय आयल निगमले चीनसँग सम्झौता भएपछि सामान्य अवस्थामा भन्दा बढी पेट्रोलियम पदार्थ दिन थालेको हो ।
शुक्रबार विहान जोगवनी नाकाबाट ५२ टंयाकर डिजेल, पेट्रोल ८ टंयाकर र ४ वटा ग्यासको बुलेट भित्रिएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । nepaliheadlines.com

काठमाडौं– एमाओवादीको चेतावनीपछि नेता नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । पूर्वसहमति अनुरुप गठबन्धबाट सहयोग नभए गठबन्ध टुट्न सक्ने एमाओवादीले चेतावनी दिएपछि
विवादका बीचनै सत्ता गठबन्धन पासाङलाई उम्मेद्वार बनाउन राजी भएको हो । एमाओवादीको आज बिहान बसेको बैठकले उपराष्ट्रपति पदमा विभिन्न चलखेल भएको निश्कर्ष निकालेको थियो । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले अन्तिम समयमा आएर अड्को थाप्ने प्रयास भएको ठहर गर्दै पासाङको विकल्पमा अरु कसैलाई पठाउन नसकिने र त्यसो भए गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको थियो । बिहिबार बसेको सत्ताधारी दल सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपति तराईका थारु, दलित, पिछडिएका जनजातिलाई दिने विषय उठेको थियो । तर, एमाओवादीले भने पासाङलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान राखेको र आजको सत्ताधारीसँगको बैठकमा पनि सोहि विषयमा कडा रुपमा प्रस्तुत भएको थियो । एमाओवादीको चेतावनीपछि सत्ताधारी दलभित्रको विवादका बीचनै केहि बेरअघि सम्पन्न सत्ताधारी दलको बैठकले पासाङलाई नै उपराष्ट्रपतकिो उम्मेद्वार बनाउने निर्णय भएको छ । निर्णयसँगै एमाले बरिष्ठ नेता झलनाथ खनालको प्रस्ताव र राप्रपा नेपालका दीलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीको समर्थनमा उनले उम्मेद्वारी दर्ता गराइसकेका छन् । पासाङको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु संसद भवन नयाँ वानेश्वर पुगेका थिए । उपराष्ट्रपतिको चुनाव भोलि हुँदैछ ।ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कार्तिक १३, २०७२- भारतीय सीमा सुरक्षा बलले पूर्वी नाकावाट प्रवेश गर्ने तेस्रो देशका कन्टेनरहरुमाथि कडाई गरेको छ । व्यवसायीका अनुसार एसएसवीले भारत बाहेक बंगलादेश, भुटानलगायत मुलुकवाट आएका कन्टेनरहरुमा निगरानी बढाउदै थप कडाई सुरु गरेको हो ।
‘जाँच गर्न ४, ५ घण्टा लगाउन थालेका छन्’, बंगलादेशवाट सामान आयात गर्दै आएका व्यवसायी दीलिप तिम्सिनाले भने,‘एसएसवीको ताल देखेर हैरान भइसक्यौं ।’ एसएसवी स्रोतले तेस्रो देशका मालवहाक ट्रक तथा कन्टेनरहरुमा निगरानी वढाउन आदेश आएको जनाएको छ । मेची भन्सार कार्यालयका अनुसार नाकामा सुरक्षाकर्मीले थप कडाई सुरु गरेपछि दैनिक आयात हुने ट्रक तथा कन्टेनरहरुको संख्या पनि घटेको छ । प्रमुख भीम अधिकारीले भने,‘तेस्रो मुलुकका कन्टेनरहरुमा कडाइ हुँदा आयात कम भएको छ ।’ आज १२ बजेसम्म २ वटा इन्धनका ट्रकसहित १६ वटा मालवाहक गाडी भन्सार भित्रिएका छन् । अधिकारीका अनुसार विहीवार इन्धन बाहेक ५२ वटा ट्रक तथा कन्टेनरहरुमात्रै आएका छन् । जवकी केही दिन अघि दैनिक सय हाराहारीमा मालवस्तु आयात हुँदै आएका थिए । पानीट्यांकी नाकामा ट्रक जाँच गर्दै एसएसवी जवान । तस्विर: पर्वत/कान्तिपुर kantipur.ekantipur.com

भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १० प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।
१. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ ।
३. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।
४. ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पकाउँदा ताप खेर जाँदैन । त्यसैले संभव भएसम्म कराईमा भन्दा प्रेसर कुकरमा पकाउनु राम्रो हो । अर्को महत्वपूर्ण कुरा, भाँडा धेरै सानो हुनुहुँदैन । आगोको लप्का भाँडाभन्दा बाहिर गयो भने ग्यास खेर जान्छ ।
५. दाल-तरकारी पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास वचत हुन्छ । बिद्युतीय यन्त्र वा सोलारबाट तताएको पानी प्रयोग गर्नु राम्रो ।
६. विद्यूतीय सामग्रीहरुको बढिभन्दा बढि प्रयोग गर्नुपर्छ । पानी उमाल्ने काममा सकभर ग्यास प्रयोग नगरौं । राइस कुकरमा भात पकाउनुभयो भने ग्यासै चाहिदैन । प्रेसर कुकरमा नै पकाउने हो भने पनि विद्युतीय उपरकणमा पानी उमालेर प्रयोग गर्न सकिन्छ । राइसकुकरमा भातमात्र हैन, धेरै कुरा पकाउन सकिन्छ ।
७. खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । रेगुलेटर, पाइप, बर्नरहरुलाई नियमित रुपमा सफा गर्ने र लिक भए नभएको चेक गर्ने गर्नुपर्छ ।
९. घरमा फ्रिज छ भने तपाईंले ग्यासको खपत धेरै कम गर्न सक्नुहुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राखिदियो भने अर्को पटक त्यसैलाई तताएर खान सकिन्छ । घरमा भएको बिद्युतीय माइक्रोओभनबाटै धेरै खानेकुरा तताउन सकिन्छ ।
१०. आगोको ज्वाला सामान्यतया रंगहिन वा निलो रंगको हुनुपर्छ । यदी ज्वाला पहेँलो छ भने ग्यासले राम्रोसित आगो र तापक्रम पैदा गर्न नसकेको ठहरिन्छ । त्यस्तो बेला जान्ने मान्छेलाई देखाउनु आवश्यक छ ।
११. माटोको भाँडोमा भन्दा धातु (जस्तै स्टेनलेस स्टिल)को भाँडोमा चाँडै खानेकुरा पाक्छ किनकी धातुहरुमा तापको तीव्र प्रसार हुन्छ । त्यसैले सकभर धातुकै भाँडामा पकाउनु आवश्यक छ ।
१२. सामान्यतया नेपालीहरुले दाल, भात, तरकारी र अचार खाने चलन छ । उर्जा कम भएका बेला भान्सामा यी सवै खानेकुरा पकाउनुको साटो कुनै एउटा परिकार कम गर्नु बुद्धिमानी हुन्छ । इन्धनको प्रयोग नहुने अचार र दाल वा तरकारीमा झोल हाल्ने बिधि पनि उपयुक्त हुन्छ ।
सानो परिवार छ भने, राइस कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । चामल र दाल एकैसाथ पकाउने विधि पनि उपयुक्त हुनसक्छ । पकाउन समय लाग्ने दालजन्य चिजलाई पहिले नै पानीमा भिजाएर राख्नुभयो भने छिटो पाक्छ ।www.onlinekhabar.com