दुर्गा उपाध्याय - कञ्चनपुर, कात्तिक १३ – महेन्द्रनगरमा एउटा सुनचाँदी पसलले सुनमा फलाम मिसाएर बिक्री गरेको खुलेको छ । महेन्द्रनगरको लोकप्रिय सुनचाँदी पसलका सञ्चालक प्रसन्न लखेराले दोधारा–चाँदनी–२ का बस्ने हंस सिह साउदलाई सुनमा फलाम मिसावट गरेर बिक्री गरेको रहस्य खुलेको हो।
लोकप्रिय सुनचाँदी पसलबाट भदौमा ८ दशमलव ७४८ ग्राम सुन खरिद गरि कानमा लगाउने मारवाडी बनाएको साउदले बताउनुभयो । ३८ हजार ६ सयमा खरिद गरेको उक्त सुन कालो हुन थालेपछि अर्को सुन व्यवसायीलाई देखाएर खोल्दा सुन भित्र फलाम राखेको भेटिएको उहाँले बताउनुभयो । ‘श्रीमतीलाई तिजका लागि सुन किने तर सुनकालो भयो’ साउदले भन्नुभयो, ‘भित्र फलाम राखेको हुनाले सुन कालो भएको रहेछ ।’
सुन कालो भएको भन्दै साउदले शुक्रबार उक्त सुन फिर्ता गरेको र क्षतिपूर्ती स्वरुप ६ हजार रुपैँया नगद सहित सुनसमेत फिर्ता पाएको बताउनुभयो । लोकप्रिय सुनचाँदी पसलका सञ्चालक लखेराले भने जोडमा फलामले टाँका मात्रै हानेको र सुनमा मिसावट नभएकोे दाबि गरे । Source - उज्यालो
www.dcnepal.com
नवलपरासी, कार्तिक १३ । नेपाली कांग्रेस नवलपरासीका सभापति एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली प्रहारको प्रयास भएको छ ।
शुक्रबार दुईजना भारतीयले कँडेलमाथि गोली प्रहारको प्रयास गरेको प्रहरीले बताएको छ । कँडेलमाथि गोली प्रहार गर्न खोज्ने भारत, महाराजगन्ज जिल्ला ठूठीबारीका उज्वल गड्तौला र योगेन्द्र पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरादुवौलिया गाविसको ललितपुर गाउँमा गएका कँडेलमाथि गोली प्रहार गर्न खोजिएको थियो ।
गाउँलेहरुसँग कुरा गरिरहेको बेला उनीहरुले कँडेललाई ताकेर गोली हान्न लाग्दा सुरक्षा गार्ड सइ दीपक घिमिरेले पेस्तोल नियन्त्रणमा लिएका थिए । त्यसपछि गाउँलेहरुले आक्रमणकारीको मोटरसाइकलसमेत जलाएका थिए ।
६ राउन्ड गोलीसहितको पेस्तोल बरामद भएको र आक्रमणकारीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गड्तौलाको परिवारले खेतीबारीसम्बन्धी विवादका कारण कँडेलले आफूहरुलाई फसाएको आरोप लगाएका छन् ।
कँडेलले भने ठूटीबारीमा रहेको राधादेवी इन्ट कलेजको विवादका कारण आफूमाथि आक्रमणको प्रयास भएको बताएका छन् ।
कलेजकी संस्थापक राधादेवीको डेढ वर्षअघि मृत्यु भएपछि अध्यक्ष पदका कँडेल र गडतौला परिवारबीच विवाद रहँदै आएको र ती दुई परिवार आफन्त पनि भएको बताइएको छ । www.imagekhabar.com

१३ कात्तिक, काठमाडौं । इन्धन आपूर्तिका लागि नेपालले चीनसँग गरेको सम्झौताबारे दक्षिणी छिमेकी भारत सरकारले आफ्नो कडा धारणा सार्वजनिक गरेको छ । उसले हाल रोकिएको रक्सौल-वीरगञ्ज नाका चीनसँगको सम्झौताले कसरी खुल्छ भनेर प्रश्न गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकाहरुले नेपाल र चीनबीच भएको सम्झौताबारे प्रश्न गरेका थिए ।
उनले नेपाल र चीनबीच भएको सम्झौताबारे आफूहरु जानकार रहेको बताए । उनले नेपालले भारतबाट आपूर्ति गर्ने इन्धनमध्ये ७० प्रतिशत रक्सौल-वीरगञ्ज नाकाबाट जाने र त्यो नेपाली सीमामा भएको आन्दोलनले सो नाका बन्द रहेको बताए ।
नेपालको एक क्षेत्र र जनसंख्याको एक हिस्सा संविधानसँग सहमत नभएको र उनीहरुले भारतबाट हुने सप्लाइ रोकेको भन्दै प्रवक्ता विकासले भने- त्यो सम्झौताले रक्सौल-वीरगञ्ज खुल्न कसरी सहयोग गर्छ, हेर्नु पर्नेछ ।’
नेपालमा चीनको प्रवेशले भारतको प्रभाव घट्दैन भन्ने प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपल-भारत सम्वन्ध सहगोगमा निर्भर नरहेको बताए ।
उनले भने-‘दुई देशबीच रोटी बेटीको सम्वन्ध छ । खुला सीमा छ र ऐतिहासिक सम्वन्ध छ ।’ अहिलेको समस्या नेपालतर्फकै भएको भन्दै उनले यो छिट्टै समाधान हुने र दुई देशको सम्वन्ध पुरानै अवस्थामा फर्कने अपक्षा रहेको बताए ।
तर, नेपालमा भारतविरोधी सेन्टिमेन्ट बढेको भारतको चासो रहेको उनले बताए ।
नेपालको परनिर्भरताबारे चर्चा
पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र भारतको व्यापार सम्झौताका आफ्नै विशेषता भएको बताए । उनले नेपालमा तेस्रो देशबाट हुने आपूर्तिसमेत भारतबाटै हुने स्मरण गराए । साथै उनले नेपालमा हुने वैदेशिक लगानीमध्ये आधा भारतबाटै हुने समेत बताए ।
इन्धन आपूर्तिमा भारतको तर्फबाट कुनै अवरोध नभएको र भारतले सक्दो सहयोग गरिरहेको बताए । हवाइ इन्धन विमानबाट पठाउन सहयोग गरेको र एलपी ग्यासको रिरुटमा समेत सहयोग गरेको उनले बताए ।
उनले भने-‘नेपाललाई आवश्यक सामाग्री पठाउन भारतले आफ्नोतर्फबाट प्रयास गरिरहेको छ । जबसम्म रक्सौल-वीरगञ्ज नाका खुल्दैन, अन्य खुलेका नाकाहरुबाट जति सकिन्छ, पठाएका छौं । नेपालको मागको ३० प्रतिशत मात्र इन्धन भारतीय आयल कर्पोरेसनले पठाउन सकेको छ ।’
राजनीतिक समाधान खोज्न सुझाव
भारतले नेपालमा सरकार र मधेसी मोर्चाबीच भइरहेको वार्ता फलदायी हुने विश्वास समेत व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने-‘नेपालमा सरकार र मधेसी मोर्चाबीच वार्ता जारी छ । छिट्टै राजनीतिक समाधान निस्कनेमा आशावादी छौं ।’
समाजका सबै वर्ग समुदायको स्वामित्व लिने संविधान बनोस् भन्ने भारतको चाहना रहेको उनले बताए ।
भारतको नेतृत्व नेपालका सबै पार्टी र सरकारको नेतृत्व गरिरहेको दलसँग सम्वादमै रहेको तर, नेपालले आफ्नो समस्या समाधान गर्नु पर्ने उनको भनाइ छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा भारतमा आउँदा समेत नेपालले आफ्नो देशभित्रको समस्याको राजनीतिक समाधान खोज्नु पर्ने भारतले सुझाव दिएको भन्दै प्रवक्ताले दलहरुलाइई पनि त्यही सुझाव दिएको जानकारी दिए ।
www.onlinekhabar.com
कार्तिक १३, २०७२- जोगबनी नाकाबाट शुक्रवार अहिले सम्मकै सर्वाधिक इन्धनका ट्यांकर भित्रिएका छन । नाकाबन्दी अगाडिका सामान्य अवस्थामा पनि दैनिक सरदर ४० ट्यांकर भित्रिने गरेको यो नाकावाट शुक्रवार ४ बजेसम्म १ सय २५ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ ।
जोगबनी नाकावाट शुक्रवार अहिलेसम्मका सवैभन्दाबढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले जनाएको छ । विराटनगर भन्सार प्रमुख कृष्णवहादुर वस्नेतका अनुसार शुक्रवार चारबजे सम्ममा डिजलका ९२, पेट्रोलका २७ ट्यांकर र खाना पकाउने एलपी ग्यासका ४ बुलेट भित्रिएका छन । बुधवार राति यहाँवाट ५३ ट्यांकर पेट्रोलियम भित्रिएको थियो । भन्सार जाँचपास भइसकेका थप २० टयांकर भित्रिने अवस्थामा छन । वस्नेतले भने राति १० बजेसम्ममा ति ट्यांकर भित्रिसक्ने छन । त्यसैगरी पूर्वी नाका काँकरभिट्टावाट शुक्रवार २ ट्यांकर इन्धन भित्रिएको मेची भन्स्ाारले जनाएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीका अनुसार ४ ट्यांकर भित्रिने तयारीमा छन ।
kantipur.ekantipur.com

। पछिल्लो समय विश्वभर यौन अपराध दिनानुदिन बढिरहेका छन् ।
यही क्रममा भारतको राजधानी नयाँ दिल्लीमा यस्तै एउटा यौन अपराध घटना सार्वजनिक भएको छ । घटना अनुसार प्रेमी र प्रेमिका दुबै छोराछोरी, श्रीमती श्रीमान र आ–आफ्नै घरबार भएका व्यक्ति हुन् ।
तर, प्रेमीलाई सेक्स र प्रेमिकालाई पैसा आवश्यक भएकाले यो सम्बन्ध लामो समयसम्म चल्यो । भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको समाचार अनुसार प्रेमीको उमेर ५३ वर्ष रहेको छ भने प्रेमिकाको उमेर ३० वर्ष । उनीहरुबीच विगत १५ वर्षदेखि अवैध सम्बन्ध रहेको थियो ।
हरेक समयको शारीरिक सम्बन्धका बेला प्रेमीले प्रेमिकालाई हजारौं रुपैयाँ दिन्थे । समाचार अनुसार प्रेमी धनी धरानाका पैसावाला थिए भने प्रेमिका गरिब परिवारकी तर पैसाका लागि आफ्नो शरीर कथित प्रेमीलाई बेच्थिन् । ५३ वर्षीय प्रेमीको नाम हो गजानन्द । जसका श्रीमती र चार छोराछोरी छन् । यस्तै, प्रेमिकाको नाम हो सुनिता जसका श्रीमान र दुई छोरा छन् ।
यी दुबै जना प्रत्येक हप्ताको एक दिन होटल बुक गराएर अवैध शारीरिक सम्पर्क राख्थे । त्यो समयमा गजानन्द सुनितालाई हिसाब किताबै नगरी पैसा दिन्थे । त्यो पैसा पाएपछि सुनिता पनि गजानन्दकै प्रेमिका बनेर अवैध सम्बन्ध राख्न होटलै पुग्थिन् ।
तर, पछिल्लो समय गजानन्द र सुनिताबीच सम्बन्ध विग्रियो । र गजानन्द आफूले दिएको पैसा फिर्ता माग्न थाले । उनले यौनसम्पर्क राख्दा दिएको पैसा भने मागेका होइनन् । एकपटक उनले घर किन्ने भनेपछि सुनितालाई १० लाख रुपैयाँ दिएका थिए । त्यही पैसा माग्दा सुनिताले दिन मानिनन् ।
त्यसपछि गजानन्दले पैसा नदिए आफूहरुले अवैध सम्बन्ध बारे सुनिताका श्रीमानलाई जानकारी गराउने धम्की दिएपछि उनको हत्या भयो । अवैध सम्बन्धको पोल खुल्ने डरले सुनिताले गजानन्दलाई होटलमै बोलाएर बेहोस बनाइ आगो लगाएर हत्या गरेकी हुन् ।
आगो धुवा देखेपछि होटलका कर्मचारीले गजानन्दलाई अस्पताल पु¥याएका थिए । जहाँ उनको ९० प्रतिशत शरीर जलिसकेको थियो । तर, अन्तिम स्वास लिने बेला गजानन्दले पैसा माग्दा सुनिताले बेहोस बनाई मट्टितेल खन्याएर आगो लगाएको बताएपछि घटनाको पोल खुलेको हो ।
अन्तिम बयानपछि गजानन्दको मृत्यु भयो । गजानन्दको हत्या गरी फरार रहेकी सुनितालाई प्रहरीले सार्वजनिक बसबाटै पक्राउ गरेको थियो । अहिले प्रहरीले सुनितालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ । खबर अनुसार उनले गजानन्दको हत्या गरेको स्वीकार गरेकी छिन् ।
dainiknepal.com

कास्की, १३ कात्तिक । भदौ १० गते पोखरामा आधा केजी तौलको शिशुको जन्म भएको छ ।
पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालमा २५ हप्ता चार दिनको गर्भबाट जन्मेको शिशुको तौल आधा केजी (५०० ग्राम) मात्र थियो । पर्वत तिलाहार गाविस–७ घर भई हाल पोखरा–१४ मा बस्दै आएकी गीता लामिछानेको गर्भबाट त्यस्तो शिशु जन्मिएको हो । परिवारले भने शिशु बाँच्ने आश नै मारिसकेका बुबा रमेश लामिछानेले बताउनुभयो । शिशु बाँचेपछि अभिभावक मात्रै खुसी छैनन्, उनको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि खुसी छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु सघन उपचार केन्द्रमा ६२ दिनसम्मको निरन्तर उपचार र प्रयासपछि अहिले शिशु तङ्िग्रँदै गएकी छन् । शिशुको तौल बढेर एक किलो ६०० ग्राम पुगेको छ भने शिशुले आमाको दूध आफैँ चुस्न सक्ने भएकी छिन् । शिशुले दूध चुस्न सकेका कारण अब शिशु घरमा पनि बाँच्न सक्ने भन्दै अस्पतालले आइतबार डिस्चार्ज गर्ने तयारी गरेको छ । अभिभावकले घरमा नै लगेर छोरीको न्वारन गर्ने बताए । धेरैले अभिभावकलाई शिशुको नाम खुसी राख्न सुझावसमेत दिने गरेका छन् । अस्पतालले शिशुको उपचार निःशुल्क गरिदिएको छ । यो विरलै घटना हो, कम तौलका बच्चा जन्मन सक्छन् तर बाँच्न र बचाउन सकिँदैन । बाल रोग विशेषज्ञ एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा रामचन्द्र बाँस्तोलाले भन्नुभयो, “यति सानो शिशु बचाउन सकिएको यो पहिलो घटना हुन सक्छ, सम्भवतः नेपालको नै पहिलो सफलता हुन सक्छ ।” उहाँले यसलाई बाल स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम नै भएको दाबी गर्दै पोखराको समेत गौरव भएको बताउनुभयो । यसअघि कान्ति बाल अस्पतालमा जन्मेको ७५० ग्रामको बच्चालाई बचाउन सकिएको भन्ने सुनेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा २२ हप्तासम्मको बच्चालाई बचाउन सकिने भए पनि नेपालमा प्रायः असम्भव जस्तै छ । बाल रोग विशेषज्ञ डा बास्तोलाले अभिभावकले चिकित्सकप्रति गरेको विश्वास, आफूहरूको लगनशीलता र शिशु स्वयम्को भाग्यका कारण पनि सफलता मिलेको उल्लेख गर्नुभयो । अस्पतालमा रहेका साधन रेडियन्ट बारमर र इन्क्युवेटर पनि सफलताका लागि सहयोगी बने । ३७ देखि ४२ हप्ताको गर्भबाट जन्मने साढे दुईदेखि चार केजी तौलसम्मको बच्चालाई सामान्य मानिन्छ । शिशु जन्मेपछि उनलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु सघन उपचार केन्द्रमा लगेर उपचार थालिएको थियो । सुरुको सात दिन शिशुको तौल बढाउन तथा शारीरिक वृद्धिका लागि नसाबाट प्रोटिन र कार्बोहाइड्रेट दिइयो । त्यसपछि आन्द्रा सुक्न नदिनका लागि आमाको दूध तीन÷तीन घन्टाको फरकमा दुई÷दुई एमएल खुवाउन थालियो । यस्तो अवस्थाका शिशुको श्वासप्रश्वास जुनसुकै बेला पनि रोकिने सक्ने अवस्थालाई मध्यनजर गर्दै इन्जेक्सन एमिनुफाइलिङ र रोग नलाग्ने एन्टिबाइटिक दिइयो । त्यसपछि शारीरिक र मानसिक वृद्धिका लागि भिटामिन र मिनरल्स (क्याल्सियम, आइरन, भिटामिन बी कम्ल्प्रेक्स, भिटामिन डी आदि) दिइयो । यति गर्दागर्दै पनि शिशुमा रगतको मात्रा घट्न गयो । जसका कारण शिशुलाई दुईपटकसम्म फ्रेस रगत चढाइयो । शिशुलाई यस अवस्थासम्म ल्याइपुर्याउन स–साना बालबालिका हुर्काउन प्रयोग गरिने सीप र केएमसी विधि पनि अपनाइयो । दुई हप्तापछि भने शिशुलाई मुखबाट पाइप लगाएर खुवाउन थालियो । पाइपबाट आमाको दूध, बच्चाको स्पेशल दूध, भिटामिन र मिनरल्स खुवाउँदै उनको उपचार र रेखदेख गरियो । यसैको परिणामस्वरूप शिशु आमाको दूध चुस्न सक्ने मात्रै भएकी छैन, स्वास्थ पनि भएकी छन् । महिलालाई मानसिक तथा शारीरिक तनाव, पौष्टिक आहारको कमी, आमा तथा शिशुको स्वास्थ्यमा समस्या हुँदा समयभन्दा पहिले नै कम तौलका शिशु जन्मने गरेको पाइन्छ ।रासस -aajakokhabar.com