• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

सप्तरी, १४ कात्तिक । सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ । पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताउनुभयो ।
प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी भइरहेको जनाएको छ । रासस
dainiknepal.com
नेपाललाई गर्न सकिने सहयोगबारे छलफल हुँदै 
काठमाडौं, १४ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी मानवीय अधिकारको हनन गर्दै आइरहेको भारतलाई संयुक्त राष्ट्रसंघले कारवाही गर्ने तयारी गरेको छ ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्रसंघले आगामी सुरक्षा परिषद् बैठकमा भारतलाई कारवाही गर्ने विषयमा छलफल हुने जनाएको हो । हाल आफूलाई सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग गरिरहेको भारतलाई अस्थाई सदस्यबाट समेत हटाउने बारेमा राष्ट्रसंघले तयारी गरेको हो ।
यद्यपी त्यसका लागि नेपालले आधिकारिक रुपमा भारतले नाकाबन्दी गरेको भनेर सुरक्षा परिषद बैठकमा जानकारी गराउनुपर्नेछ । यस विषयमा राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ ।
राष्ट्रसंघद्धारा जारी वक्तव्यमा सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकट र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनुअघि उपमहासचिव फेल्टमेनले नेपालसँग सम्पर्क गर्नुभएको हो । फोनवार्तामा प्रधानमन्त्री ओली र निवर्तमान प्रधानमन्त्री कोइरालाले स्पष्ट जवाफ दिन नसकेको र पछि नेपालले आधिकारिक धारणा पठाउने कुरा राष्ट्रसंघलाई जानकारी गराउनुभएको थियो ।
यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने जनाइएको छ ।

सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे केही बोल्न सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र भनिरहेको छ ।
यसअघि युरोपेली संघले पनि भारतलाई नाकाबन्दी खोल्न र नेपालको असहज परिस्थितीलाई सहज बनाउन निर्देशन दिइसकेको छ ।दैनिक नेपाल
काठमाडौं:  दुईसय भन्दा बढी यात्रु बोकेको रसियन जहाज बेपत्ता भएको छ।

एजेन्सीका अनुसार २ सय १२ जना यात्रु बोकेर इजिप्टबाट रुसका लागि उडेको जहाज शनिबार सम्पर्कबिहिन भएको छ । जहाजमा रुसी पर्यटक छन् ।


जहाज इजिप्ट क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर आधिकारिक रुपमा पुष्टि भएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।
annapurnapost.com
आदरणीय उपेन्द्र यादवजी तपाइले भन्नुभएछ हामिलार्इ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको धोती चाहियो । हुनत तपार्इं म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ । तर तपार्इंको भनार्इमा तपार्इं कहाँ चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपार्इंकै होइन ? केहि अबुझहरूलार्इ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मन्त्री हुँदा हाम्ले मधेसको परराष्ट्र मन्त्रिको हिसाबले बुझेनौं ।
रामवरणजी, परमान्नद जी लार्इ राष्ट्रपतिकै हिसाबमा झुकेर सलाम गर्यौ, मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउँदा कहिले मधेसी आको होइन आफन्त नै आको व्यवहार प्रस्तुत गर्ने गर्छौ । तपार्इंका कतिपय आन्दोलन हॉक्नेहरूले पहाडीया केटी बिहे गर्नु भएको छ, सोध्नुस् उहॉहरूलार्इ काठमान्डौले उहॉहरूलार्इ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ ? अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७, ८ जिल्ला नै परेको अवस्थामा तपार्इंलाइ यो ८ जिल्ला कछाड लाग्यो ? हामि पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ । सबै मधेसीलार्इ एउटै मधेस, सबै पहाडियालार्इ एउटै पहाड चाहिएको थियो भने संघीयतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल (सिरक र डस्ना) नै थियो नि । आफ्नो पबवत्र भूमि जहॉ जानकी मन्दिर पनि पर्छ त्यसलाई कछाड र लगौटी जस्ता तुच्छ वस्त्रसंग तुलना नगर्नुस् । राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिँडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखेँ । दाउरामा पकाको अधकल्चो भात खाएर हिँडेका, बसको छतमा झुन्डिँदा झुन्डिँदा थकित जनतालार्इ देख्दा जे महसुस भो त्यो विचारलाइ यहाँ पोखेँ । यस्तो अवस्थालार्इ देख्दा थाम्न सकिएन र लेख्न बाध्य भएँ । के संविधान यी दुःख पाउने जनताले लेखेका हुन् ? तपार्इंहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरू नै भाको हो । असफल हुने तपार्इंहरू सजायँ पाउने जनता ? यो कस्तो बिडम्बना हो ? त्यलैले एक चोटी विचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू । जय मधेस, पहाड, हिमाल । जय नेपाल ! www.etajakhabar.com
बुखारेष्ट, १४ कात्तिक । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ ।
गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् । सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ । रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ ।
शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ ।
प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ । उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ ।
ती मध्ये केही व्यक्तिमात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । रासस/एपी
dainiknepal.com
सप्तरी–जिल्लाका एक पुरुषले आफ्नी १५ वर्षिय छोरीलाई वन्दुक देखाई वलात्कार गरेका लासा भएको छ । रक्सीले मातेका ती पुरुषले १५ वर्षिया छोरीलाई वन्दुक देखाई कोठा वाहिर निकालि घर पछाडिको झाडीमा लगेर बलात्कार गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार पीडितको वयान र पीडित वालिकाको आमाको जाहेरीको आधारमा अनुसन्धान गर्दा वलात्कार भएको खुलासा भएको हो । करणी गरिरहेको वेला वुवाको हातमा वन्दुक भएकाले डरले प्रतिवाद गर्न नसकेको पीडित वालिकाले वयान दिएकी छिन् । डिएसपी नारायण चिमरीयाले पीडित वालिकाको मेडिकल जाँच तथा स्वास्थ्य परिक्षण पश्चमत वलात्कार भएको पुष्टि भएको वताए । घटनाले स्थानीय समाजमा सनसनी फैलिएको छ । ‘रक्सीले मातेको अवस्थामा राती कोठमा छोरीलाई एक्लै देखेपछि उनले वन्दुक देखाई छोरीको मुख थुनेर जवरजस्त करणी गरेको खुलेको हो’, डिएसपी चिमरीयाले भने, ‘ वलात्कारको क्रममा प्रयोग गरिएको कटुवा पेस्तोल सहित पीडकलाई पक्राउ गरिएको छ ।’ छोरीलाई वन्दुक देखाई वलात्कार गर्ने ती ब्यक्तिलाई कडा कारवाही गरिनुपर्ने स्थानीयले माग गरेका छन् । वन्दुक सहित पक्राउ परेका उनीमाथी जवरजस्ती र हाडनाता करणी अन्तर्गत मुद्दा चलाईने डिएसपी चिमरीयाले वताएका छन् । उनलाई विहिवार सप्तरी जिल्ला अदालतवाट अनुसन्धानका लागि म्याद थप गर्री आवश्यक कारवाही प्रकृया थालिएको छ । घटना ५ दिनअघि भएपनि ढिलागरि खुलासा  भएको हो । www.ratopati.com
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो ।
दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो । उहाँले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गर्नुभयो ।
सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उहाँले पु¥याउनु भएको योगदानलाई संस्थागत गर्न हो प्रधानमन्त्री ओलीले भन्नु भयो ।
उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले देखाउनुभएको सकारात्मक भूमिका अतुलनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उहाँको भनाइ थियो ।
सशस्त्र सङ्घर्ष, शान्ति प्रक्रिया संविधान लेखनलगायत घटनाक्रम विश्वका लागिसमेत अनुकरणीय र असाधारण दृश्य भएकाले यसलाई अझ समृद्ध पार्नु प्रमुख कार्यभार रहेको ओलीको भनाइ थियो ।
बैठकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया, संविधान लेखनलगायत काममा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकाले सबैको सहयोग प्राप्त हुने धारणा राख्नुभयो ।
उहाँले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवारको विजय आवश्यक रहेको बताउनुभयो ।
नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कमाण्डरको रुपमा मात्रै नभई शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन देखाउनुभएको सक्रियता र इमान्दार प्रयत्न नै उपराष्ट्रपतिका साझा उम्मेदवार पुनको विशेषता भएको बताउनुभयो । सत्तारुढ गठबन्धनमा १५ दलको सहभागिता रहेको र सांसद्को सङ्ख्या ३३६ रहेकाले पुनको विजयी भइसकेको भएपनि निर्वाचनको परिणाम कुर्नुपर्ने नेता खनालको भनाइ थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहो¥याउन सांसदलाई निर्देशन दिनुभयो ।
राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न आग्रह उहाँले गर्नुभयो । मन्त्री खरेलले ‘अशक्त अवस्थामा पनि मुलुकभित्रै उपचार गराउँछु, विदेश जान्न’ भनेर उपराष्ट्रपतिका उम्मेदवार पुनले देखाउनु भएको राष्ट्रिय भावना हामी सबैको लागि अनुकरणीय रहेकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरी रहनु भएको छ । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home