• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पाकिस्तान:  विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।


विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।

सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ ।
annapurnapost.com
काठमाडौँ, १७ कात्तिक । सरकारले वीरगन्जमा सोमबार भएको हिंसात्मक घटनाले उग्ररुप लिएपछि बल प्रयोग गर्न सुरक्षाकर्मी बाध्य भएका स्पष्ट पारेको छ ।
सोमबार बिहान भारत–नेपालबीचको सीमा क्षेत्रमा रहेको वीरगन्ज–रक्सौल नाकामा आन्दोलनकारीको अवरोध हटाउनाका साथै दुई भारतीयसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हप्तौंदेखि नेपाली भूमिमा रोकिएका भारतीय मालवाहक ट्रक बिहान १०ः३० बजे सीमापारि गएको परराष्ट्र मन्त्रालयले गए राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले बल प्रयोग गरी अवरोध हटाएपछि प्रदर्शनकारीले सुक्षाकर्मीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरुप अश्रुग्यास प्रहार गर्नुपरेको मन्त्रालयले बताएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा भारतीय आशिषकुमार रामको मृत्यु भएको र १७ सुरक्षाकर्मी घाइते भएका थिए । अधिकतम संयमताका साथ सुरक्षाकर्मीले आफ्नो भूमिका निर्वाह गरेको बताउँदै सरकारले भारतीयको मृत्यु भएकामा खेद प्रकट गरेको छ ।
वार्ताका माध्यमबाट राजनीतिक विषय सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र वार्ता सही दिशामा अघि बढेको स्पष्ट गर्दै वक्तव्यमा नेपाली भूमिमा शान्ति सुव्यवस्था कायम गर्दै विदेशी यातायात व्यवसायीसहित आवागमनलाई सहज बनाउन दृढ रहेको उल्लेख छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर घटनाको छानविन गरी स्पष्ट पार्न आग्रह गर्नुभएको थियो ।
dainiknepal.com
काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालकोे राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।
माओवादी महासचिव नेत्रविक्रम चन्दले आज विज्ञप्ति जारी गर्दै नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार, राष्ट्रसङ्घीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार सङ्गठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्क सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरीत रहेको जनाउनुभएको छ ।
माओवादीले भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमतिपत्र र श्रम इजाजत पत्र लागू गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न समेत माग गरेको छ ।
तिहारलगत्तै भारतले लगाएको अघोषित नाकाबन्दी तथा कालोबजारी र भ्रष्टाचारका विरुद्ध पनि आन्दोलन गर्ने पार्टीले जनाएको छ । रासस
dainiknepal.com
काठमाडौँ, १७ कात्तिक । सरकारले भारतबाट आयात गरिएका खाना पकाउने ग्यासको परिमाणसहितको विवरण नेपाल आयल निगमलाई उपलब्ध गराउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई प्रभावकारी बनाउन त्यसखालको व्यवस्था गरिएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगीलाई कति परिमाणमा ग्यास आयात भएको हो, त्यसको बिक्री तथा वितरण गर्ने प्रणालीसमेत उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले भारतबाट नेपाल पैठारी हुने ग्यास बुलेटको परिमाण, सम्बन्धित ग्यास उद्योगको नाम, रिफिलिङ गरिने मिति, वितरण गरिने डिलर, बिक्रेता र वितरकको नामसमेत उल्लेख भएको विवरण सम्बन्धित ग्यास उद्योगले नेपाल आयल निगममा खडा गरिएको नियन्त्रण कक्षमा नियमितरुपमा जानकारी गराउन उद्योगीलाई निर्देशन दिएको हो ।
मन्त्रालयले नियमितरुपमा जानकारी गराउन ४२६३४९९ नम्बरको फ्याक्ससमेत उपलब्ध गराएको छ । नियमितरुपमा जानकारी नगराइए कडा कारवाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले उद्योगीले उद्योगबाटै ग्यास वितरण गर्न थालेपछि सो व्यवस्था गरिएको जानकारी दिनुभयो ।
खाना पकाउने ग्यासको अनियमितता भएको, उद्योगबाटै ग्यास सिलिन्डर बिक्री गरिएको, बिक्रेता तथा बिक्री केन्द्रले नपाएको, समानुपातिक वितरण नभएको पाइएपछि सरकारले उच्चस्तरीय संयन्त्र खडा गरिएको उहाँले बताउनुभयो ।
न्यून मात्रामा उपलब्ध भएको खाना पकाउने ग्यासलाई पारदर्शी तवरले वितरण गर्न र मर्कामा परेका उपभोक्तालाई सहजरुपमा उपलब्ध गराउन सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा छ सदस्यीय इन्धन व्यवस्थापन संयन्त्र तयार गरेर उपलब्ध इन्धनको न्यायोचित वितरण गर्न लागेको छ । सो संयन्त्रमा नेपाल प्रहरीको प्रतिनिधि सदस्य रहनेछन् । इन्धनको खोजीमा पेट्रोल पम्प र एलपी ग्यास उद्योग अगाडि हजाराँैको लाइन लागेपछि त्यसखालको संयन्त्र बनाइएको हो ।
सवारी साधनको वर्गीकरण अनुसार इन्धन उपलब्ध गराइने
यस्तै आयल निगमले तोकिएको वर्गीकरण अनुसारका सवारी साधनलाई इन्धन उपलब्ध गराउने भएको छ । मोटरसाइकल, कार, जीपलगायतका निजी सवारी साधनलाई तिहार र छठ पर्वलाई ध्यानमा राखेर इन्धन उपलब्ध गराउन लागिएको हो । निगमले यही कात्तिक १९ गते बा १ प देखि बा ३० पसम्म, मोटरकार र जीप बा १ च देखि बा ५ चसम्म इन्धन उपलब्ध गराइनेछ ।
यस्तै, कात्तिक २० गते बा ३१ पदेखि बा ५० पसम्म र मोटरकार र जीपका हकमा बा ६ च देखि बा ८ चसम्म इन्धन उपलब्ध गराइनेछ । कात्तिक २१ गते बा ५१ प माथिका सबै मोटरसाइकललाई इन्धन उपलब्ध गराउने योजना अगाडि सारेको छ भने सोही दिन बा ९ चदेखि माथिका सबै मोटरकारलाई इन्धन उपलब्ध गराइनेछ ।
काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराइने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
निगमका निर्देशक मुकुन्द घिमिरेले इन्धनको न्यायोचित वितरणका लागि संयन्त्र गठन गरिएको र त्यसले आजैदेखि काम सुरु गरेको जानकारी दिनुभयो । निगमले यही कात्तिक २० गतेदेखि ग्यास बिक्रेताकहाँ ग्यास पुगेको जानकारी सार्वजनिक सूचनामार्फत नै जानकारी गराइने उहाँले बताउनुभयो ।
राजधानीमा उपभोक्ताले सहजरुपमा इन्धन नपाएको र लामो लाम लाग्दासमेत हैरानी मात्रै पाएको गुनासो आएपछि सार्वजनिक सूचनामार्फत नै जानकारी दिन लागिएको निगमले जनाएको छ ।
ग्यास उद्योगले रिफिल गरी तयार भएका ग्यासका सिलिण्डर सोही उद्योगबाट बिक्री वितरण भएको गुनासो आएपछि उद्योगले बिक्री वितरण नगरी वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट प्रमाणित भएका डिलरमार्फत बिक्री गर्न सो व्यवस्था गरिएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले मुलुकभर ५३ वटा ग्यास उद्योग रहेका र ती उद्योगले आयात गरेका ग्यासको परिमाण सरकारलाई जानकारी गराएर बिक्री केन्द्रबाटै वितरण गरिने बताउनुभयो ।
सङ्घले सरकारले गरेको नयाँ व्यवस्थाबारे सबै ग्यास उद्योगीलाई जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले सरकारले गरेको व्यवस्थाले दूरदराजका उपभोक्ताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर रहेका छन् । मुलुकभर करिब ६२ लाख सिलिण्डर प्रचलनमा रहेका छन् । मासिक २० लाख सिलिण्डर ग्यासको खपत हुने गरेको छ ।
विगत दुई महिनादेखि तराईमा जारी आन्दोलन र एक महिनाभन्दा बढी समय लम्बिएको अघोषित नाकाबन्दीका कारण मुलुकमा खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । राजधानीमा दैनिक ५० हजार सिलिण्डर ग्यासको माग रहेको छ
dainiknepal.com
काठमाडौं, १७ कात्तिक । चर्को इन्धन अभाव झेलिरहेको राजधानीमा कार्यरत पत्रकारलाई सरकारले आज तीन हजार लि पेट्रोल वितरण गरेको छ ।

आमसञ्चार क्षेत्रका व्यक्तिका कठिनाइलाई दृष्टिगत गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको कालिमाटीस्थित पम्पबाट उक्त परिमाणको पेट्रोल वितरण गरेको हो ।
“सञ्चारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा दुईपाङ्ग्रे सवारीलाई रु ५०० को र चारपाङ्ग्रे सवारी साधनलाई रु एक हजार ५००को पेट्रोल वितरण ग¥यौँ”, लिमिटेडका सूचना अधिकृत गीता निरौलाले भन्नुभयो ।
बिहान ११ नबज्दै दरबन्दीको पेट्रोल बिक्री वितरण भइसकेकाले धेरै पत्रकारले पेट्रोल नपाएको उहाँले बताउनुभयो । सञ्चारकर्मीलाई सहज रुपमा पेट्रोल उपलब्ध गराउने निर्णय अनुरुप पुनः इन्धन वितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन नभएको जानकारी दिँदै निरौलाले सरकारबाट अर्को निर्णय नभएसम्म पत्रकारलाई इन्धन बिक्री गर्न नसकिने स्पष्ट पार्नुभयो ।
dainiknepal.com
विराटनगर, १७ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ ।
विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउनाका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।
‘भारतले अहिले नेपालमा नाकाबन्दी नै गरेको हो’। नेतृ कोइरालाले भन्नुभयो- ‘यसलाई संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय  निकायमा लगेर भन्दा दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ ।’
“नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुहुँदैन थियो ” एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “तराईको समस्याको समाधानका साथै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन लागि एमालेसँगको गठबन्धन तोड्नु ठूलो भूल भएको हो ।”
सञ्चारकर्मीको जिज्ञासामा उहाँले भारतले नाकाबन्दी गरेको बताउँदै यसलाई मधेसकेन्द्रित दलले सघाइरहेको प्रस्ट पार्नुभयो । राष्ट्रियतालाई ख्याल गरी भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले भारत र चीनसँग पनि सम्बन्ध राम्रो राख्नु पर्दछ भन्नुभयो ।
नेतृ कोइरालाले फरक प्रसंगमा भारतले नेपालमा अघोषित नभइ घोषित नै नाकाबन्दी गरिसकेको बताउनुभयो । ‘भारतले अहिले नेपालमा नाकाबन्दी नै गरेको हो’। उहाँले भन्नुभयो- ‘यसलाई संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमा लगेर भन्दा दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ ।’
नेत्री कोइरालाले मधेसमा जनाधार गुमाइसकेका मधेसकेन्द्रित दलका पाँच नेताले मधेसको नाममा फाइदा उठाइरहेको आरोप समेत लगाउनुभयो ।
dainiknepal.com

काठमाडौँ, १७ कात्तिक । सदिऔनदेखि आफुहरुलाई माओवादी भन्न रुचाउने एमाओवादीमा आवद्ध करिब ५० जना प्रभावशाली नेताहरुले एमाओवादी परित्याग गरेसँगै मुलुक फेरी एक पटक यो खबरले तरंगीत बनेको छ । हुनत तत्कालीन समयमा नै बाबुरामले यो संकेत पहीले नै दिइसके पनि यति छिटै यो कदम चाल्लान् भन्नेमा धेरैले आँकलन भने गरेका थिएनन् ।

एमाओवादी सम्बद्ध करिब ५० नेताहरु देबेन्द्र पौडेल सुनिल, हिसिला यमी, खिमलाल देवकोटाले बाबुराम भट्टराईको नयाँ शक्तिमा समर्थन जताउँदै प्रचण्डलाई असहमति पत्र लेखेका छन् । पार्टीसँग अहसमतिका विषय समेटिएको लामो पत्रमा पार्टीको भूमिकाले देशको संकटको हल निकाल्न नसक्ने भनिएको छ । पार्टीको भूमिकाबाट कुनै आशा राख्न नसकिएकोले संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौ भनिएको पत्रमा राजीनामा भन्ने शब्द भने प्रयोग गरिएको छैन ।

यस्तो छ उनीहरुले लेखेको असहमती पत्रको पूर्णपाठ ।

हाम्रो पार्टीको इतिहास क्रान्ति, परिवर्तन र विकल्पको इतिहास हो । राजतन्त्र, जहानिय राणा शासन, निरकुंश पञ्चायती ब्यवस्थाको बिरुद्धमा जीवन मरणको संघर्ष गर्ने महान योद्धाहरुको त्याग बलिदान र समपर्णले हाम्रो पार्टीको ऐतिहासीक जीवन औशत क्रान्तिकारी हुन पुग्यो । विभिन्न काल खण्डमा टुट्नेरफुुट्ने र एकीकरण हुँदै अगाडी बढ्ने क्रममा कैयौं क्रान्तिकारीहरु कहिले छुट्ने र कहिले पुन सामेल हुने चक्रिय क्रममा हामी अगाडी बढ्यौ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि, भाषिक र सांस्कृतिक आदि क्षेत्रमा हुने गरेका अन्याय, अत्याचारका बिरुद्ध निरन्तर संर्घष गर्दै जाँदा हामी आफै एउटा बलियो बैकल्पिक धारा र शक्तिको रुपमा देशमा उपस्थित भयौ । यस क्रममा सबै खाले न्यायपूर्ण आन्दोलनहरु ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस थरुहट आन्दोलन एंव कैयोैं उत्पीडित वर्ग र समुदायले चलाएका आन्दोलनहरुमा साहदत्व प्राप्त गर्नुहुने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै महान् शहिद परिवार वेपत्ता एवं घाईते परिवार प्रति हार्दिक ऐक्यवद्धता प्रकट गर्दछौं ।

भनिन्छ इतिहासले भविष्यमा गल्ती गर्ने बाट सिकाउँदछ भने भविष्यको सहि दृष्टिकोणले वर्तमानलाई दिशानिर्देश गर्छ । तर दुर्भाग्य हाम्रो पार्टीको इतिहासले वर्तमानमा गल्ती गर्नबाट कहिल्यै रोक्न सकेन । “काग कराउँदैछ पिनास सुक्दैछ” भन्ने नेपाली उखान जस्तै एकातिर हामी मालेमावादी सिद्धान्तहरुको विकाश गर्ने र त्यसैलाई सार्वभौमिकता सम्म पुर्याउने ठुलो कुरा उठायौ भने अर्कातिर हामी निरन्तर स(साना आफ्नै गल्तीहरुबाट बच्न सकेनौ ऐतिहासिक जनयुद्ध र जनआन्दोलन पछि देशका अन्य सबै खाले जनविरोधी र यथास्थितिवादी धाराहरुको विकल्पमा नँया शक्तिको रुपमा स्थापित भएको पार्टी आज आएर संगठनात्मक र वैचारिक दुवै दृष्टिले कमजोर हुन पुग्यो । विगत संविधान सभाको दोस्रो निवार्चन त्यसैको भरपर्दो उदाहरण हो ।

आस्था, आर्दश र उदान्त उद्देश्यप्रति समर्पित कार्यकर्ता र जनताको ठूलो पङ्तिले गरेको त्याग र वलिदान तथा हामीले लिएको कार्यनीती गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको निवार्चन र गणतन्त्रको एजेन्डाले राष्ट्रिय रुपमा नै प्रभाव पार्दा पनि त्यसको स्वामित्व सापेक्षित रुपमा लिन सकेनौ । अन्ततः “घुमिफिरी रुम्जाटार” भन्ने उखान जस्तै एमाले र कांग्रेसकै संघीय मोडलमा हाम्रो पार्टीले सहमती जनाउन बाध्य हुनु हाम्रो जीत होइन ।

यसका बावजुत पनि मोटो रुपमा भए पनि गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक विषय कमजोर रुपमा भए पनि संविधानमा जीवित रहनु सकरात्मक विषय हो । तर पनि जुन स्पिरिट र मोडलमा हामीले देशको अग्रगामी पुर्नसंरचना गर्ने भनेर आम जनतालाई अपील गरेर संघर्षमा उतारिएका थियौं त्यसको अन्तरवस्तु संविधानमा लिपिबद्ध हुन सकेन । सायद यहि कारणले गर्दा आज देशको अर्थतन्त्र इतिहासकै नकरात्मक पटाक्षका रुपमा खाडलमा परेको छ ।

भूकम्प पछिको अवस्थामा देशमा पैदा भएको नव निमार्णको संकल्प, राष्ट्रिय सहमतिको आवश्यकता, आन्दोलनरत पक्षलाई संवोधन गर्दै संविभान निमार्णमा सापेक्षित सहमति कायम गर्ने प्रतिबद्धता, देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै परिपक्क र प्रगतिशिल कुटनीतिक सन्तुलन मिलाउने पहलकदमी आदि जस्ता विषयहरुमा प्रमुख पार्टीको नेतृत्वले सापेक्षित र परिपक्कता पूर्वक ध्यान नपुर्याउँदा देश गंभीर रुपमा अभाव र महंगीको कहरमा बाच्नु परेको छ ।

अघोषित रुपमा लगाइएको नाकावन्दीको मारमा आम नेपाली जनता पिल्सिनु परेको छ । यस्तो अवस्था समग्र देश र जनताको पक्षमा आफ्नो भूमिका कसरी निवार्ह गर्ने भन्ने तिर भन्दा पनि जोसंग मिलेर पनि, जसरी पनि पार्टीको शीर्ष नेतृत्वको टिम नै पदको निम्ति लुछाचुँडी गर्नु विचलन र विघटनको पराकाष्ठा बाहेक अरु केही पनि हुन सक्दैन । इतिहासका सबै प्रकारका जनपक्षीय र जायज आन्दोलनमा प्रतिगमनकारी दमनको बाटो लिनेहरुलाई पद प्राप्ती गर्नका लागि मित्र ठान्दै सहकार्य गर्नु र इतिहासका सबै प्रकारका न्यायपूर्ण आन्दोलनका सहयात्रीहरुलाई कपोकल्पीत आरोप लगाउनु र वदनाम गर्नु कदापी क्रान्तिकारी हुन सक्दैन् । यसको जवाफ इतिहासले अवस्य पनि खोज्ने छ ।

पछिल्लो समयमा आइपुग्दा हाम्रो पार्टीको रणनीति र कार्यनीतिमा कुनै तादाम्यता छैन् । सिद्धान्त र विचारमा हाम्रो पार्टी नराम्रोसंग सारसंग्रहवादमा फसेको छ । सारसंग्रहवादले कुनै कुरालाई सहि देखाउदैन् र पुष्टि गर्दैन । सायद हामीले एमाले पार्टीलाई केही समय पहिले यही भन्ने गरेका थियौ । आज प्रकारान्तरले त्यही कुरा हाम्रो लागि फर्किएको छ । संगठनात्मक प्रणाली र पद्धतिका दृष्टिले हाम्रो पार्टी द्वन्दवादी तरिकाले होइन कि एकाधिकारवादी तरिकाले चल्ने गरेको छ ।

कुनै पनि गतिशिल एवं जीवित वस्तु प्रणालीमा चल्ने गर्छ । आफ्नो अनुकुलता र स्वार्थमा प्रणालीको खोजी गर्नु, तर त्यो प्राप्त नगर्दै अर्कोमा विचरण गर्ने बानी र आदत पार्टीमा हावी भैसकेको छ । जसका कारणले संगठनात्मक सिद्धान्तका विषयमा हाम्रो पार्टी अस्पस्टता, तदर्थवाद र अराजकतामा फसेको छ । ब्यवहारत यसको अभिब्यक्ति पार्टी केही निश्चित “अभिजात” हरुको मौजा जस्तो र अरु मोही जस्ता वन्नु पर्ने, सबै पार्टी तह जनवर्गीय संंगठनको र मोर्चाहरुको नेतृत्वमा सदावहार रुपमा आदेशित र निर्देशित ब्यक्तिहरुको मात्रै छनौट हुनु पर्ने अन्यथा उसको सम्पूर्ण राजनैतिक जीवन समाप्त हुने जस्ता प्रवृति हावी हुनुले संगठनात्मक जीवन सुन्य प्राय जस्तो बनेको छ ।

कुनै पनि क्रान्तिकारीको त्याग र लगानीको मापन र मूल्याङकन उसको इतिहास र भूमिकाका आधारमा होइन कि कसैको निरपेक्ष समर्थन गर्छ कि गर्दैन भनेर हुने गर्दछ । जसका कारणले गर्दा विभिन्न अन्तरसंघर्षहरुबाट कैयौं इमान्दार क्रान्तिकारीहरु पनि बाहिरिने, निस्कृय हुने क्रम बढ्नु राम्रो संकेत होइन । सामन्तवादी जमिन्दारी प्रणालीमा त खेत जोतेपछि मोहियानी हक लाग्ने कानुन बनाइएको थियो भने हाम्रो पार्टीमा त्यति पनि हुन नसक्नु पार्टी परिचालन गर्ने द्वन्दवादी प्रणालीको दुःखद पटाक्षय र मजाक बाहेक अरु केही होइन ।

आस्था, मूल्य, मान्यताको राजनीतिमा संस्कार संस्कृति र आचरण हुन्छ । ब्यक्तिगत रुपमामा कसैले कसैलाई आक्षेप लगाउने र आरोपित गर्ने भन्दा पनि समग्रमा हाम्रो आन्दोलमा फरक पहिचानको बिम्ब हुनुपर्दथ्यो । पछिल्ला केही वर्षहरुमा आम जनताले त्यो महसुश गर्न नसक्नु र संस्थागत रुपमा उहि संसदीय पार्टीभन्दा कहि कतै पनि भिन्न नहुनु विचलनको अर्को नमूना हो । जनताको सेवामा सेवक भएर भन्दा पदलोलुपता, महत्वकाक्षां र अवसरको निम्ति जो संग पनि लम्पसार पर्ने हाम्रो शैली बन्न थाल्यो । ब्यवस्थापन, उत्पादन र सृर्जनामा अनुकरण गर्न सक्ने हामीसँग केही नहुनु दुःखद विषय हो । यही अवस्थामा अरुलाई प्रशिक्षण दिने कुरा गर्नु भनेको खोक्रो उपदेश बाहेक अरु केही हुन सक्दैन ।

पार्टी भनेको जनताको परिवर्तन र मुक्तिको निम्ति साध्य होइन साधन बन्नुपर्छ । कुनै खास उद्देश्य, प्रयोजन र लक्ष्य प्राप्तिको निम्ति पार्टीले साधनको भूमिका खेल्नुपर्दछ । कैयौं आरोहरअवरोहका बीच हाम्रो पार्टीले नेपालमा संघिय गणतन्त्र ल्याउनका लागी निवार्ह गरेको भूमिका महत्वपूर्ण छ । अव देशको परिस्थिति फेरिएको छ । देशको चक्र अर्को अध्यायमा प्रवेश गरेको छ । सूचना, संचार र प्रविधिको तीब्र विकासले पुँजीवादको चक्र पनि अर्को अध्याय कर्पोरेट पुँजीवादमा प्रवेश गरेको छ ।

अबको राजनीतिक क्रान्ति पनि अभिन्न रुपले आर्थीक क्रान्तिसँग जोडिएको छ । संसारका महाशक्तीहरु हिजोको उपनिवेशिक, अर्ध उपनिवेशिक चरणमा हाम्रो भूगोलबाट धेरै टाढा थिए र तर अबका केही वर्षमा संसारका उल्लेख्य आर्थिक केन्द्र र महाशक्तिहरु हाम्रै सिमानामा हुदैछन् । हामीले यो परिस्थितिलाई ठीक ढंगले मुल्याङ्कन र विश्लेषण गर्दै आफ्नो रणनीति र कार्यनीतिलाई बदल्न सकेनौ र राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति र सामाजिक क्रान्तिलाई सँगसँगै लैजान सकेनौ भने हामीसँग असन्तुष्टि, आक्रोस, निरासा संगरसंगै पराधिनता बाहेक केही बाँकी रहने छैन ।

यस्तो जटिल परिस्थितिमा समग्र देशका समस्याहरुको हल गर्न तिर हाम्रो ध्यान जान सकेन । झन्डै आधा जनसंख्या भएको मधेश तराई आन्दोलनमा होमिएको करिवरकरिव तीन महिना हुन लाग्यो । कैयौं मगरात लगायत उत्पीडित जातीरजनजाती र संविधान निमार्णका क्रममा आफ्नो अपनत्व र स्वामित्व छुटेको महसुश गर्दा पनि उनिहरुलाई सहभागी बनाउने कुनै सार्थक पहल भइरहेको छैन ।

राज्य प्रयोग गर्दै दमन गरेर जाने केही पुराना संसदीय सामाजिक फासीवादीहरुकै लहैलहैमा कुर्सीको निम्ति दौडधुप गर्ने र समस्याको राजनैतिक समाधान तिर ध्यान नजानाले गंभीर रुपमा सामाजिक सद्भाव भड्किने खतरा देखा पर्दै गइरहेको छ । तीन विशेषता भएको भौगोलिक अवस्थिति हिमाल, पहाड, मधेसका भावनाहरुलाई राष्ट्रिय एकतामा जोड्न पहल गर्नुको साटो आरोप प्रत्यारोपमा मुछिनु जिम्मेवारीबाट भाग्नु हो ।

वर्तमान सरकारको समीकरण पनि इतिहासकै मजाकका रुपमा बनेको छ र यो सरकारले थारुवानरथारुहट, मधेस, मगरात, तमुवान, किंरात, कोचिला, महिला, दलित, मुस्लिम र जनजाती लगायत अन्य सम्पूर्ण न्याय प्रेमी जनताका समस्याहरु हल गर्दै महंगी, अभाव र जनताका दैनिकीहरुको सहजीकरण गर्ने कुनै संभावना देखिदैन् । भुकम्प पछिको पुनःर्निमार्ण र नवनिर्माण कुरा त धेरै नै पछाडी परेको छ । हामी आफैले संविधान बनाउँदा राखेको नोट अफ डिसेन्ट ९विमतीहरु० लाई वेवास्ता गर्दै दीपावलीमा रमाउनुले पनि हाम्रो पहलकदमी गुमेको कुरा स्वतः स्पष्ट छ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि, भाषिक र सांस्कृतिक उत्पीडनको अन्त्य गरी समावेशी, समानुपातीक र सहभागीतामुलक जनमुखी लोकतन्त्र तिर देशलाई डोर्याउँदै समृद्धि, सुशासन र समाजवादमा पुर्याउने लक्षमा दृढता पूर्वक अगाडी बढ्नुपर्छ । यस्तो विसम परिस्थितिमा आफ्नौ छुट्टै पहिचान, अलग वैकल्पिक धार र स्वतन्त्र पहलदकदमी हनुपर्दथ्यो । वामपन्थी ध्रुवीकरणका नाममा पुरानै संसदीय संस्कारको फोहोरी कुण्डमा पस्नु सैद्धान्तिक गल्ती हुनेछ ।

त्यसैले सुधारिएको संसदीय व्यवस्थाको फेरो भित्र गोलचक्कर मार्ने कार्यनीतिले हाम्रो स्वतन्त्र वैकल्पिक राजनीतिक अस्तित्व समाप्त हुदैछ । यस्तो तरिकालाई सर्मथन गर्न सकिदैन । सिद्धान्त र विचारमा नयाँ संकल्प, राजनीति र कार्यक्रममा नयांँ योजना, संगठनात्मक प्रणालीमा नयाँ पहल संस्कार, संस्कृति र आचरणमा नयाँ शैली सहितको विकल्प देशमा आवश्यक छ । एक्काइसौ शताब्दीमा जनवादको विकास लगायतका विषयहरु र गत केन्द्रीय समितिमा २५ बुदें प्रस्ताव पेश गर्दा केही आशाहरु अवश्य जागेका थिए ।

तर वर्षौसम्म संसारको कुनै पार्टीमा पनि नदेखेको नबुझेको कुरा हाम्रो पार्टीले कुनै ऐजेन्डालाई टुगाेंमा पुराउँदैन । त्यो त्यसै हराउँछ । आधारभूत रुपमा यी विषयहरुको विकल्प दिन विद्यमान पार्टी नेतृत्व तयार नभएको र बारम्बार विभिन्न रुपमा विषयहरु उठाउँदा र उठाउन खोज्दा पनि कुनै ध्यान नदिएकाले पार्टी निरन्तर विघटनको दुःखद चरणमा गएको अवस्थाप्रति मुकदर्शक भएर बस्न सकिँदैन तसर्थ यस ऐतिहासिक संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौ ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home