काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गर्न नसकेपछि नेपालका लागि भारतीय राजदूत रञ्जीत रे नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको दैलोमा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत रे बुधबार नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटवार्तामा राजदूत रेले पछिल्लो समय नेपाल-भारत सम्बन्धमा देखिएको समस्या र नेपालमा भारत विरोधी भावना विकास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले नेपालको आन्तरिक समस्या समाधान गर्नका लागि नेतृत्वदायी भुमिका खेल्न नेता नेपालसमक्ष आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मधेसका मुद्दा समाधान गर्न गम्भीर नभएको संकेत गर्दै राजदूत रेले समस्या समाधान गरी असहज परिस्थितीलाई सहज बनाउन पूर्वप्रधानमन्त्रीलाई आग्रह गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
जवाफमा पूर्वप्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिवद्ध रहेको राजदूतलाई बताएका थिए । आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूत मार्फत भारत सरकारसँग नेता नेपालले आग्रह गरे ।
नेता नेपालले मधेस आन्दोलनमा भारतीय सहयोग के हो भनेर राजदूतसँग प्रश्न समेत गरेका थिए । जवाफमा राजदूत रेले मधेसी मोर्चाको आन्दोलनमा भारतको समर्थन नरहेको दाबी गरे । भारतले नाकाबन्दी नगरेको र आन्दोलनलाई समर्थन पनि नगरेको उनको जवाफ थियो ।
पछिल्लो समय प्रधानमन्त्री ओली मधेस आन्दोलन र भारतप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । जसले भारत झन बढी रुष्ट बन्दै गएको छ ।
dainiknepal.com

काठमाडौँ । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१/७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरुबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो ।
सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने सम्भावना बढेर गएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार उपचारको प्रभाव राम्रो परेका कारण नयाँ सङ्क्रमित कम पाइएका र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।
उहाँले करिब २८ जिल्लामा यो उपचार सजिलै भइरहेको र बाँकी जिल्लाको जिल्ला अस्पतालमा मात्र रहेकाले जिल्लाको सबै भागमा उपचार पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एचआईभी सङ्क्रमणको पनि सँगै परीक्षण गरी सङ्क्रमित पाइएमा उपचार सुरु गरी जन्मने शिशुलाई सङ्क्रमणबाट जोगाउन सकिने निर्देशक सिंहको भनाइ छ ।
नेपालमा चालु आवमा ३९ हजार २४९ अनुमानित सङ्क्रमित रहेकामा एक हजार ९६८ शिशु सङ्क्रमित पाइएको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेका छन् । यसैगरी ४९८ गर्भवती महिलालाई उपचारको आवश्यकता रहेको पाइएको छ भने दुई हजार ५७६ जनाको एचआईभी/एड्सका कारण मृत्यु भएको छ ।
सरकारले सन् २०२० सम्ममा अनुमानित सङ्क्रमितमध्ये ३६ हजारको परीक्षण गरी ३२ हजारलाई उपचार गर्ने र तीमध्ये २८ हजारमा उपचारको सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको सूचना अधिकृत रावलले बताउनुभयो ।
यस्तै सरकारले सन् २०३० सम्ममा एचआईभी सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गर्ने लक्ष्य राखेकामा अहिलेकै अवस्था रहे लक्ष्य पूरा गर्न सकिने रावलको तर्क छ ।

चालीस दिनदेखि अवरुद्ध वीरगन्ज–रक्सौल नाका खोल्न खोज्दा सोमबार यहाँ व्यापक तनाव भएको छ । सुरक्षाकर्मीले मितेरी पुलमा जारी धर्ना हस्तक्षेप गरी हटाएको विरोधमा सीमा प्रहरी चौकी इनर्वामा आक्रमण गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा एक भारतीयको मृत्यु भएको छ । मितेरी पुलमा प्रहरीले
बल प्रयोग गरी धर्नाकारीलाई हटाएको विरोधमा बिहानैदेखि वीरगन्जको छपकैया, नगवा, मुर्ली, घण्टाघर, पावरहाउस चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बाँस र लाठी प्रयोग गरी सडक अवरोध गरेका थिए । मितेरी पुलबाट करिब ४ सय मिटर उत्तरमा रहेको शंकराचार्य गेटसम्म प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै सुरक्षाकर्मीलाई लखेटेका थिए । गेट छेउमा रहेको सीमा प्रहरी चौकी इनर्वामा सुरक्षाकर्मी पसिसक्दा पनि ढुंगा प्रहार रोकिएको थिएन । चौकी आक्रमण गर्न आउने प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । सीमावर्ती रक्सौल नागा रोड निवासी अशोक रामका १९ वर्षीय छोरा ‘सोनु’ भनिने आशिष रामको मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पतालमा उनका आफन्तले शव पहिचान गरेका हुन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले सीमा प्रहरी चौकीमा आक्रमण गर्न आएका आन्दोलनकारीलाई तितरबितर पार्न हवाई फायर गरिएको बताए । ‘ढुंगा प्रहार गर्ने एक प्रदर्शनकारीको मृत्यु भएको हो,’ उनले भने, ‘ढुंगा प्रहारबाट २ सईसहित ८ प्रहरी घाइते भएका छन् ।’ उक्त क्षेत्रमा प्रदर्शनकारीले पेट्रोल बम र एसिड प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । अन्तिम अवस्थासम्मै संयम अपनाएको प्रहरीले चौकीसम्मै प्रदर्शनकारी आएपछि गोली चलाएको एसपी श्रेष्ठले बताए । संघीय समावेशी मधेसी मोर्चाका राजेशमान सिंहले भने शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरी आतंक सिर्जना गरेको आरोप लगाए । ‘सरकारसँगको वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको अवस्थामा बिहान धर्नाकारीको संख्या कम देखेर लाठीचार्ज गरी आगोमा घिउ छर्कने काम प्रहरीले गरेको छ,’ उनले भने । अपराहन नगवा र घण्टाघरमा भएको झडपमा ८ प्रदर्शनकारीलाई रबरको गोली लागेको थियो । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । थप क्षति हुन नदिन स्थानीय प्रशासनले अपराहन ३ बजेदेखि वीरगन्ज बजार क्षेत्रमा अनिश्चितकालका लागि कफ्र्यु जारी गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । ३ बजेबाट कफ्र्यु जारी भए पनि साँझ ६ बजेसम्म प्रदर्शनकारीले सहरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका थिए । धर्नामा भारतीय बिहान ५ बजे मितेरी पुलबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी हटाएको थियो । त्यसक्रममा धर्नामा बसेका २ भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो । भारत मोतीहारीका मो.जमरुद्दिन, समद अन्सारी, रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो र वीरगन्जका जगत पटेललाई प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएको थियो । अवरोध हटेपछि वीरगन्ज नाकामा रोकिएका ४ सयभन्दा बढी खाली भारतीय गाडी रक्सौल गएका थिए । धर्नाका कारण ती गाडी नाकामा अडकिएका थिए । एक साताअघिदेखि भारतीय चालकले घर फिर्ताको वातावरण बनाइदिन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा बस्दै आएका थिए । भारतीय नम्बरका सवारी साधन रक्सौल कस्टम पास नहुँदासम्म भारतीय प्रहरीले धर्नाकारीलाई हटाउन नेपाल प्रहरीलाई सघाएका थिए । पुलमाथिको अवरोध हटेपछि रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजक सहयोगीसाथ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बुधबार, १८ कार्तिक
एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का गएको छ ।
भुकम्प अलोर टापुको केन्द्रविन्दू भएर गएको भूकम्प ६.३ म्याग्निच्युडको भएको रोयटर्सले जनाएको छ।भूकम्पबाट घर तथा व्यापारिक भवनहरुमा क्षती भएको बताइएको छ ।
छिमेकी पूर्वी टिमोरमा समेत अनुभव गरिएको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टहरुमा मानवीय क्षति र भौतिक क्षती विवरण आउन बाकि रहेको रोयटर्सले जनाएको छ।
www.nepalsandesh.com

काठमाडौं । मोदी सरकारका कारण देशमा असहिष्णुता बढ्दै गएको भन्दै भारतका प्रतिष्ठित लेखक तथा फिल्मकर्मीले सरकारी सम्मान फिर्ता गर्ने क्रम बढिरहेका बेला बलिउड हस्ती शाहरूख खानले पनि आवश्यक परेमा आफूले पनि सम्मान फर्काउन सक्ने चेतावनी दिएका छन् ।
हिजो मात्र ५० वर्ष पुरा गरेका शाहरूखले देशमा पछिल्लो समय असहिष्णुता बढ्दै गएको र मानिसहरुले बिना सोचविचार जे पनि बोल्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । आफ्नो ५० औं जन्मदिनको दिन ट्वीटरबाट प्रशंसकसँग साक्षात्कार गर्दै शाहरूखले भनेका छन्, ‘ हो, प्रतिकात्मक सन्देश दिनको लागि म पनि सम्मान फर्काउँछु। देशमा असहिष्णुता बढिरहेको छ। यो चरम विन्दुमा पुगिसकेको छ।’शाहरूखले सबै धर्मका मानिसहरु बराबर रहेको बताउँदै धर्म निरेपक्षता नचाहनु राम्रो कुरा नभएको पनि बताए। त्यस्तै उनले सरकारी सम्मान फर्काइ रहिएको प्रति लक्षित गर्दै भने, ‘म पुरस्कार फर्काउने स्थितिमै त छैन् तर म ती व्यक्तिहरुको सम्मान गर्छु ।’ उनले यसो गर्दा परिस्थितमा परिवर्तन आँउछ भनेर जसरले सम्मान फिर्ता गरिरहेका छन् छन्त्य त्यो एउटा इमान्दारीता बहादुरीले भरिएको काम भएको बताएका छन् ।sansanipurnakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

गोपालप्रसाद बराल बर्दिवास । विदेश गएको छोराले कमाएर पैसा पठाउँछ भन्ने आस सङ्गालेको महोत्तरी भङ्गाहा–४ को एउटा मुस्लिम परिवारमा मृत छोराको शव घर आएपछि शोक छाएको छ ।
सात महिना पहिले पैसा कमाएर पठाउँछु भनेर कतार गएको २३ वर्षीय छोरा रहमत शेषको शव घर आएपछि आमा इन्द्रा शेषसहित परिवारजन शोकमा मुच्र्छित भएका छन् ।
‘‘पति मुस्तकिम शेष घरमा आफुसहित छोरालाई छाडेर १५ बर्ष अघि घर छाडेर बेपत्ता भए’’, मृतककी आमा इन्द्राले हिजो मङ्गलबार घर पुगेका सञ्चारकर्मीसँग बलिन्द्रधारा आँसु काढ्दै भनिन् ‘‘छोरालाई हेरेर ती दुखः बिर्सन खोजेकी थिएँ, उसको पनि यो हाल भयो !’’
पति मुस्तकिमले छाडेर गएपछि भर्खर आठ वर्ष उमेरको छोरालाई बनीबुतो गरेर हुर्काउँदै बिहेदान गरिदिएर काखमा नाति खेलाउन पाउँदा केही सन्तोस हुनै लागेका बेला यो बज्रपात सहनु परेको इन्द्राको बिलौना छ ।
गाउँमा दुई धुर जग्गामा बनेको सानो झुप्रोमा गुजारा चलाई रहेको इन्द्राको परिवारमा बुहारी अमना शेष र क्रमशः दुई बर्ष र सात महिनाका गरी दुई नाति रहेका छन् ।
घरको लालनपालनको सबै अभिभारा बोकेको छोरा रहमतको विदेश मै भएको मृत्युले अब जीवनको सबै आस टुटेको इन्द्राले बताए ।
एक महिना २८ दिनअघि कतारमा बिजुलीको करेण्ट लागेर मृत्यु भएका रहमतको शव उनको घर आइपुग्दा वस्तीका सबैका आँखा रसाएका देखिन्थे ।
‘‘बुहारी मुच्र्छाबाट उठेकी छैन, सानु सात महिने नाति भोक लागेर रुँदै आमाको दुधको मुन्टा खोजेको देख्छु’’ इन्द्राले भनिन् ‘‘अर्को ठूलो नाति हजुरआमा खान दिनोस् भन्छ, म के गरौँ ?’’
सम्पत्तिका नाउँमा दुई धुर घडेरीमा रहेको पराले झुप्रोमात्र रहेको यो परिवारकी मुली इन्द्रामाथि अब बुहारी अमना, दुई नातिहरु, बर्कत शेष र हशरत शेषको प्रतिपालमात्र नभएर छोरो विदेश जाँदा साहुसँग लिएको रु एकलाख २५ हजार ऋणको भारीसमेत थपिएको छ ।
जीवनप्रति अब निराश भइसकेपनि साना नातिहरुको मायाले आफ्नो सास अल्झेको इन्द्राको भनाइ छ ।बुहारी अमना दिनमा कैयौँ पटक मुच्र्छित हुने गरेकीले साना नाति उसलाई जिम्मा लगाउन पनि आपूले बाँच्नु परेको इन्द्राले रुँदै बताइन् ।
‘मैले विदेश नगएर आफ्नै गाउँठाउँमा काम गर्न बारबार उसलाई भन्ने गरेकी थिएँ’’, इन्द्राले सञ्चारकर्मीसँग भनिन् ‘‘बाबु, तपाइँहरु राम्रोसित सबै युवालाई सम्झाएर समाचार बनाई दिनोस कुनै युवा अब विदेश नजाउन् ।’’
छोरा रहमत निक्कै कमाएर आफूलाई सुखसँग पाल्छु भनेर विदेश गएको इन्द्राले बताइन् । यो गाउँमा विदेश गएर उतै जोखिमपूर्ण काम गर्दा मर्ने रहमत पहिला भने होइनन् ।
यसअघि यो बर्ष्भित्रै गाउँका २५ वर्षीय इजरायल अन्सारी र सीताराम महराको पनि विदेशमै मृत्यु भएर शव घर आएको थियो । ती दुबैका परिवारसमेत साना नानीको प्रतिपाल र साहुको ऋणबाट बौरिन नसकेका सोही बस्तीका युवा सामाजिक कार्यकर्ता २२ वर्षीय रामईश्वर ठाकुरले बताए ।

सिमरा : सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले छिमेकी मुलुकसहित सबै देशले नेपालमा नाकाबन्दी गर्न जरुरी रहेको बताएका छन्।
प्रहरी नियन्त्रणमा रहेका सद्भावना पार्टिका गढीमाई नगर कमिटि अध्यक्ष रामबाबु कलवारलाई भेट्न बुधवार सिमरास्थित ईलाका प्रहरी कार्यलय आएका महतोले सञ्चारकर्मीसंग कुरा गर्दै मधेसी मोर्चाले मात्र नसकेकाले अब सबै देशले नेपालमा नाकाबन्दी गर्न जरुरी रहेको बताए ।
तीन महिनादेखी जारी आन्दोलन र एक महिना भन्दा बढी समयदेखि भईरहेको नाकाबन्दीलाई सरकारले वास्ता नगरेका कारण नेपाली जनता पीडित हुनु परेको भन्दै महतोले सरकारलाई दवाव दिन भारत र चिनसहित सबै देशले नाकाबन्दी गर्नुपर्ने बताए ।
‘मधेसी मोर्चाले मात्र सकेन । अब भारत र चिनसहित सबै देशले नेपालमा नाकाबन्दी गर्नुपर्छ । हामीलाई सबै देशको सहयोग चाहिएको छ’ महतोले भने ‘सबै देशले नाकाबन्दी गरेपछि सरकार मोर्चाको माग पुरा गर्न बाध्य हुनेछ । ’
प्रहरी कार्यलयबाट निस्किएलगत्तै सडकमा प्रतिक्रिया दिएका महतोले सबै देशले नाकाबन्दी गर्नुपर्छ भनिररदा स्थानियको भिड्ले आक्रोश पोखेका थिए । सडकको विचमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिन थालेलगत्तै स्थानियको भिड् लागेको थियो । लामो समयदेखीको नाकाबन्दीबाट आजित बनेका सर्वसाधारणले ‘कहिले खुल्छ नाकाबन्दी’ भन्दै भन्दै महतोलाई प्रश्न तेर्साइरहेका थिए ।
सर्वसाधारणले आक्रोश पोख्न थालेपछि प्रहरीले महतोलाई सुरक्षा घेरा भित्र राखेको थियो । सुरक्षा घेरा भित्रबाट सञ्चारकर्मीसंग कुरा गर्दै महतोले आन्दोलनलाई लम्ब्याएर नेपाली जनतालाई पीडामा राख्ने काम सरकारले गरिरहेको बताएका थिए । आन्दोलनकारी माथी बन्दुक चलाएर सरकारले वार्ताको वातावरण विथोलेको बताउदै महतोले पुनः वार्ताको वातावरण बनाउने काम पनि सरकारको नै रहेको बताए ।
‘आन्दोलनकारीमाथी बन्दुक चलाएर वार्ताको वातावरण हुदैन् । वीरगन्जको घटनाले सफल हुन लागेको वार्ता बिथोलिएको छ । ’ महतोले भने ‘अब वातावरण बनाउने काम पनि सरकारको नै हो । वार्ताको टेबुल छोडेका छैनौ, फेरी पनि वार्ता बस्न तयार छौ, । ’
रक्सौलबासीले धर्नामा बसेका मोर्चाका नेताकार्यकर्तामाथीको आक्रमणलाई महतोले सामान्य आक्रोशको रुपमा लिएका छन् । आन्दोलनका क्रममा भारतिय नागरिकको मृत्यु भएपछि रक्सौलबासीले आक्रोश पोख्नु स्वभाविक रहेको महतोको भनाई थियो । महतोले वीरगन्ज–रक्सौल बिचको मितेरीपुलमा नाकाबन्दी जारी रहेको र कुनै समस्या नरहेको पनि बताए । ‘उनिहरुको देशको मान्छे मरेपछि आक्रोश पोख्नु स्वभाविक हो । नाकामा कुनै समस्या छैन, धर्ना जारी छ’ महतोले भने ।
महतोले झडपका क्रममा मारिएका भारतिय ब्यक्ति निर्दोश रहेको बताएका छन् । आन्दोलनका क्रममा मारिएकाले उनलाई सहिद घोषणाको माग राख्नुलाई अन्यथा रुपमा लिन नहुने उनको भनाई थियो । ‘आन्दोलनमा मारिएकाले उनी जुन देशको भएपनि फरक पर्दैन’ महतोले भने ‘सहिद घोषणाको मागलाई अन्यथा लिनुहुदैन्, यो स्वभाविक हो ।’
सडकको बिचमा बसेर प्रतिक्रिया दिईरहेका महतोलाई कार्यकर्ताले कुरा छोट्याउन आग्रह गर्दै तानिरहेका थिए । करिब १५ मिनेटसम्म प्रतिक्रिया दिएका उनि मोटरसाईकल चढेर पुनः वीरगन्ज फर्किएका छन् । फर्किने क्रममा बन्दमा किन मोटरसाईकल चलाएको भन्दै स्थानियले उनि चढेको मोटरसाईकलको चाबी खोसेका थिए । प्रहरीले सुरक्षा दिएर उनलाई वीरगन्जतर्फ पठाएको थियो ।
यसअघि महतो ईलाका प्रहरी कार्यलयभित्र प्रवेश गरेलगत्तै बाहिर बसेका मोर्चाका कार्यकर्ताले नारा लगाएका थिए । कार्यलय अगाडी नारा लगाएपछि प्रहरी निरिक्षक पुरुषोत्तम खड्काको टोलीले बल प्रयोग गर्दै भिड्लाई तितरवितर पारेको थियो । प्रहरीले सञ्चारकर्मीलाई समेत कार्यलय भित्र प्रवेशमा रोक लगाएका थिए ।
annapurnapost.com