• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपाल टेलिकमले कात्तिक २२ गते अाइतबारदेखि थोरै रुपैँयाको सानो डाटा प्याकेज सुरु गर्ने भएको छ।

यो प्याकेजमा करबाहेक ८ रुपैयाँमा १० एमबी डाटा पाइनेछ भने ३५ रुपैयाँमा ५० एमबी डाटा पाइनेछ। १० एमबीलाई दुई दिनभित्र उपयोग गरिसक्नु पर्छ भने ५० एमबीको १० दिन भित्र उपयोग गरिसक्नुपर्नेछ।

यसअघि जिएसएममा टेलिकमको सबैभन्दा सानो प्याकेज २ सय एमबीको  रहेको थियो थियो।

सिडिएमएमा भने ४० एमबीको एउटा प्याकेज मात्र सानो भोल्युममा राखिएको छ। १५ रुपैयाँ पर्ने यो प्याकेजको समयावधि तीन दिनको हुनेछ।

कसरी लिने प्याकेज ?

जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफुले चाहेको Volume को बीचमा खाली Space राखेर १४०० मा एसएमएस पठाउनु पर्छ। जस्तैः 10 MB डाटा लिनुपरेमा DATA 10MB टाइप गरी १४०० मा एसएमएस पठाउनु पर्छ ।
जिएसएम पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा भल्युम थाहा पाउन CB टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ।
जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा भल्युम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । जस्तैः ४० एमबी डाटा लिनु परेमा DATA40MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा भल्युम थाहा पाउन VL टाइप गरी १४१५ मा SMS पठाउन सकिन्छ ।kinmel.setopati.com
काठमाडौं, २० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुभएको छ ।
जिब्रोको उपचार गराइरहनु भएका कोइराला सोही उपचारका लागि अमेरिका जानुभएको हो ।
प्रधामन्त्री भएकाले बेला पनि कोइरालाले अमेरिकामा उपचार गराउनु भएको थियो । कोइराला अपराह्न चार बजेको उठानबाट अमेरिका प्रस्थान गर्नुभएको हो ।
dainiknepal.com
२० कात्तिक, काठमाडौँ।

दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारी वार्ताटोलीका सदस्यसमेत रहेका मन्त्री चौधरीले वार्ताटोलीका संयोजक कमल थापा जेनेभाबाट फर्कनासाथ समस्याको सुरक्षित अवतरणका लागि पहल गर्ने बताए ।

आन्दोलनका कारण विभिन्न स्वास्थ्य संस्थामा औषधिलगायतका समस्या आइपरेको भन्दै मन्त्री चौधरीले सो समस्या समाधानका लागि पनि पहल थाल्ने बताए । सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गर्दै मन्त्री चौधरीले भने, “औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु ।”

मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् । रासस nepaliheadlines.com
२० कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालाथि भारतले लगाइरहेको नाकाबन्दी खोल्न धार्मिक च्यानल प्रयोग गर्ने प्रयास गरेका छन् ।

हिन्दु कट्टरवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाबा रामदेव र उनका नेपाली सहयोगी आचार्य वालकृष्णले भेटेर नाकाबन्दी खुलाउन अनुरोध गरेको बताइएको छ ।

नेपालका प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि बाबारामदेव मोदीलाई भेट्न सेभेन रेसकोर्स पुगेका थिए ।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २० कात्तिक । नेपालमाथि अघोषित नाकाबन्दी लगाएर ‘बडे भैया’को धाक लगाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० शक्तिशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन् ।
विहीबार अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको २०१५ का शक्तिशाली व्यक्तिहरुको सूचीमा मोदी ९ औं स्थानमा पर्न सफल भएका हुन् । यसअघि सो सूचीमा मोदीको नाम थिएन् । भारतको प्रधानमन्त्री भएपछि मोदीले विश्वमा कमाएको ख्यातीले उनी विश्वकै ९औं शक्तिशाली व्यक्ति बन्न पुगेको बताइएको छ । तर, केहीले भने उनले पाकिस्तान जस्तै व्यवहार नेपाललाई गरेका कारण शक्तिशाली व्यक्ति बनेको टिप्पणी गरेका छन् ।
फोब्र्सले सार्वजनिक गरेको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वको पहिलो शक्तिशाली व्यक्ति बनेका छन् । यसअघि पनि पुटिननै पहिलो शक्तिशाली व्यक्ति थिए ।
शक्तिशाली व्यक्तिको दोस्रो स्थानमा जर्मन चान्सलर एंगेला मार्केला र तेस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा छानिएका छन् ।
सूचीअनुसार पोप फ्रान्सिस चौथो स्थान छन्, भने चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँचौं स्थान झरेका छन् । अघिल्लो बर्ष चिनियाँ राष्ट्रपति सी तेस्रो स्थानमा थिए ।
बिल गेट्स छैटौं, जान यालन सातौं र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आठौं स्थानमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नवौं शक्तिशाली व्यक्ति बनेका छन् । मोदी पहिलो पटक विश्वका १० शक्तिशाली व्यक्तिभित्र परेका हुन् ।
dainiknepal.com
महेन्द्रनगर (धनुषा), २० कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले सदरमुकाम जनकपुरमा आन्दोलन सशक्त पारे पनि पूर्व पश्चिम राजमार्गमा भने त्यसको प्रभाव न्यून देखिएको छ ।
राजमार्गमा निर्बाध रुपमा मालवाहक र यात्रुवाहक सवारीसाधन चलेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको ढल्केवर भएर दैनिक सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मोर्चाको धनुषा शाखाका नेताले आपूmहरुले नाका र राजमार्ग केन्द्रित आन्दोलन गरेको दाबी गर्दै आए पनि त्यसको कुनै असर देखिएको छैन । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, मिथिला नगरपालिकाको ढल्केवर, बेंगाडावर, लालगढ, गणेशमानसिंह चारनाथ नगरपालिकाको वीरेन्द्रबजार, गोदार, पोर्ताहा, धनुषाधाम नगरपालिकाको धारापानी तथा मूलाबारी बजार निर्बाध रुपमा खुलेका छन् । यहाँका सामुदायिक विद्यालय बन्द रहेपनि निजी बोर्डिङ स्कूल सञ्चालन भइरहेका छन् ।
मोर्चाका चारै घटक दलका नेताले दिनहुँजसो ढल्केवर गएर धर्ना बसेको दाबी गर्दै आएका छन् । तर ढल्केवरको यथार्थ भने मोर्चाका नेताको भनाइबाट पृथक छ । गएराति पनि सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन पूर्वबाट पश्चिमतर्पm प्रस्थान गरेका छन् । लगातारको बन्दले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अढाइ महिनाभन्दा बढी समयदेखि सुरक्षाकर्मीको स्कर्टिङमा राति यातायात सञ्चालन हुँदै आएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको मागलाई लिएर पछिल्लो ८३ दिनदेखि आन्दोलित छ, जसका कारण पूर्वपश्चिम राजमार्गको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीलगायत मध्यतराईका जिल्लामा राति मात्र यातायात सञ्चालन हुने गरेको छ ।
काठमाडौँबाट चल्ने यातायातका साधन सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यसम्म पु¥याइने गरिएको छ । आन्दोलनकारीले दिनमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन चल्न नदिएपछि सुरक्षाकर्मीले रातिको समयमा ती सवारीसाधनलाई सुरक्षाको घेरामा राखी गन्तव्यसम्म पु¥याउने गरेको जिल्ला प्रशासन कार्यालय, धनुषाले जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्कर्टिङमार्फत हरेक रात करिब २०० यात्रुवाहक बस, २०० मालवाहक ट्रक, १५० कन्टेनर र ५० ओटा साना गाडीलाई विराटनगर, धरान, इटहरी, झापासम्म पु¥याउने गरेको धनुषाका सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुरले बताउनुभयो ।
पूर्वबाट समेत पश्चिमतर्फ सोही सङ्ख्यामा सवारीसाधन गन्तव्यसम्म पु¥याउने गरिएको उहाँको भनाइ छ । दिनभरि काठमाडौँ लगायतका विभिन्न ठाउँबाट आएका गाडीहरु धनुषाको लालगढमा लाइनमा लगाएर राति ११ बजेपछि स्कर्टिङ गर्ने गरिन्छ । मोर्चाको अनिश्चितकालीन बन्दका कारण काठमाडौँबाट चल्ने यात्रुवाहक बस तथा मालवाहक सवारीसाधन दिउँसो धनुषाको लालगढमा जम्मा भएर राति १२ बजेदेखि सुरक्षाकर्मीको टोलीको स्कर्टिङमार्फत गन्तव्यसम्म पुग्ने गरेका छन् ।
आन्दोलनलाई लिएर मध्य तराईका जिल्लामा यातायात सञ्चालनका लागि छुट्टै सुरक्षा टोली खटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार महोत्तरीको प्रहरी टोलीले धनुषाको टोलीलाई जिम्मा लगाउने गरेको छ । त्यसपछि उक्त टोलीले क्रमशः सिरहा, सप्तरी, सुनसरी, मोरङ तथा झापाका टोलीलाई जिम्मा लगाउँदै पठाउने गरेको छ ।
यद्यपि आन्दोलनकारीले कतिपय स्थानमा राति पनि आक्रमण गर्ने गरेका छन् । प्रहरीको सुरक्षाबीच पनि आन्दोलनकारीले ती यातायातका साधनमाथि ढुङ्गामुढा गर्दै आएका छन् । त्यसैले स्कर्टिङमा पनि आफूहरूले सुरक्षित महसुस गर्न नसकेको चालकको भनाइ छ । कतिपय रात्रिसेवाका बसमा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट अगाडिको सिसा बचाउनका लागि मजबुत कडा तारजालीसमेत लगाएका छन् भने ड्राइभरले हेलमेट लगाएर गाडी चलाउने गरेका छन् । तर पनि कहिलेकाहीँ आन्दोलनकारीको ढुङ्गा लागेर बसमा भएका यात्रु घाइते हुने गरेको देखिन्छ । रासस
dainiknepal.com
भारतीय कम्युनिष्ट पार्टीको मोदीलाई चेतावनी- नेपालमाथिको नाकाबन्दी खोल !
कात्तिक, काठमाडौं ।
भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई भारत भित्रै नेपालमाथिको नाकाबन्दी खुलाउन दवाव परेको छ ।
भारतीय कम्युनिष्ट पार्टी भाकपाले मोदी सरकारलाई नेपालमाथिको नाकाबन्दी खोल्न र नेपाललाई धम्क्याउन छोड्न दवाव दिएको हो ।
भारतीय कम्युनिष्ट पार्टी भाकपाको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ले सम्पादकीय नै लेखेर नेपाललाई हेप्ने मोदी सरकारको नीतिबारे भर्त्सना गरिएको छ ।

मोदी सरकारले धम्काउने नीति त्याग्नु पर्ने माग गर्दै विहारको चुनावलाई लिएर भाजपा सरकारले नेपालका मधेशीहरुलाई सहयोग गरेको खुलासा समेत गरिएको छ । मोदीले विहारको चुनावका लागि नेपालमाथि दवाव बढाएको र आफ्नो राजनीतिक दाउमा नेपाललाई समस्यामा पारेको खुलासा कम्युनिष्ट पार्टीको अखबारले गरेको हो ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र नेपालले आफै मधेश लगायतका समस्या समाधान गर्नु पर्ने पनि सम्पादकीयमा उल्लेख छ । भारतकै कारण नेपाल चीनबाट इन्धन ल्याउने अवस्थामा पुगेको भन्दै भारतीय कम्युनिष्ट पार्टीले मोदी सरकारको कडा आलोचना गरेको छ ।e-dainikkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home