भारतीय आर्थिक नाकावन्दी विरुद्ध नेपालले पनि जवाफी नाकाबन्दी गरी भारतलाई घुँडा टेक्न वाध्य पार्ने क्षमता राख्दछ । तर नेपाल सरकारको दास मानसिकता र सत्ताधारी दलहरुका केही प्रमुख नेताहरुको भारतीय सरकार प्रतिको विगतको दलाली मानसिकताले गर्दा भारतीय सरकारको अति निकृष्ट नाकावन्दी विरुद्ध जवाफी नाकाबन्दीको कुनै कदम चालिएको छैन ।
नेपाल सरकारले तत्कालै केही गम्भीर कदमहरु चाल्न सक्दछ । भारतको प्रतिकृयावादी विस्तारवादी सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौताहरु पालना नगरेपछि नेपालले पनि मानिराख्न पर्छ भन्ने छैन । त्यसैले नेपाल सरकार मन्त्रिपरिषदले यी कामहरु तुरुन्त गरेर भारतीय विस्तारवादी प्रतिकृयावादी सरकार विरुद्ध पनि काउन्टर नाकावन्दी थालिहाल्नु पर्दछ ।
१) भारतले अरु सामानमा नाकावन्दी गरेपनि कुहिने सामानहरु जस्तै तरकारी, केरा, फलफुल आदि नेपाल निर्यात गरिरहेको छ । नेपाल सरकारले तुरुन्तै ती वस्तुहरु पनि भारतवाट आयात गर्न अघोषित प्रतिवन्ध लगाइ हाल्नु पर्दछ । तरकारी र फलफुल खान नपाउँदैमा नेपालीहरु सबै मर्ने हुँदैन । भारतीय ती सामानहरु भारतमैं जे गर्न मन लाग्छ गरोस । यसवाट दैनिक करोडौं रुपैयाँ भारतमा जानवाट पनि वच्ने हुन्छ र नेपाल कै किसानहरुलाई उत्पादन गर्न प्रोत्साहन हुन्छ ।
२) अघोषित नाकावन्दी विरुद्ध भारत स्थित हाम्रो राजदूत फिर्ता बोलाउने र भारतीय राजदूतलाई नेपालवाट निस्कासन गर्नु पर्दछ । विराटनगर स्थित भारतीय अबैध अफिस वन्द गर्नु पर्दछ । वीरगञ्ज स्थित भारतीय वाणिज्य कार्यालय पनि बन्द गराउनु पर्दछ । यसले अन्तराष्ट्रिय प्रचार पाउने हुन्छ र भारतीय दादागिरी विरुद्ध विश्व जनमत वन्ने हुन्छ ।
३) भारतीय ठेकेदारलाई अरबौ नाफा हुने गरि दिइएका जलविद्युत आयोजनाहरु, वाटो निमार्ण, अन्य विभिन्न ठेक्काहरु सबै खारेज गर्नु पर्दछ । यसवाट नेपाली व्यवसायीहरुले नै ती कामहरु गर्ने अवसर पाउनेछन् र नेपालको विकास निर्माण नेपालीहरुले नै गर्ने आर्थिक नीति लागु हुन थाल्नेछ । अरबौं रकम भारतले नेपालबाट शोषण गर्न पनि पाउने छैन ।
४) भारतवाट ल्याइने अरबौं रुपैयाँ बराबरका सामानहरुको ठेक्का पनि खारेज गर्नु पर्दछ । यसवाट भारतीय पुँजीपतिहरु मथि ठूलो दबाब पर्ने छ र उनीहरुले भारतीय सरकार माथि दबाब दिन वाध्य हुनेछन् । ती सामानहरु हामी अलि ढिला भएपनि चीनवाट ल्याउन सक्ने हुन्छौं र कयौ सामान नेपाल मै उत्पादन गर्न सक्ने हुन्छौं तथा कयौं सामान नेपालमा बने पनि भारतीय प्रतिस्पर्दा र दबाबमा भारतीय सामान ल्याइने गरेकोमा नेपाल मै उत्पादित सामान प्रयोग गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन दिन सक्ने हुन्छौं ।
५) हामीले भारतसँग सामान सित्तैमा मागेर लिने गरेको होइन रगत पसिना वगाएर कमाएको पैसाले किन्ने हो । बजारमा बिक्रेताले ग्राहकलाई फकाउन पर्नेमा यहाँ उल्टो भैरहेको छ । यसो हुनाको कारण भूकम्पले गर्दा चीनको नाका नचलेको अवस्था र भारतसँग पेट्रोल डिजेल ग्याँस आदिमा अत्यधिक निर्भरता र भारतीय एकाधिकार हो । यसलाई अब दीर्घकालीन योजना वनाएर तोड्न पर्दछ भन्ने प्रष्ट भैसकेको छ ।
६) त्यसैले देशको जलविद्युत शक्ति को तीब्र विकासका लागि विश्वमा छरिएर रहेका नेपालीहरु मध्ये विकसित देशहरुमा रहेकावाट ५ लाखका दरले शेयर उठाउने र अरब तथा मलेशिया आदि देशमा गएकाबाट एकलाखका दरले शेयर उठाउने हो भने दुई देखि तीन वर्षमा साना तथा निम्न मध्यमस्तरका आयोजनावाट तीन हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पूँजी जम्मा हुन्छ ।
७) राजा वीरेन्द्र र उनको वंशको नाममा रहेको सम्पति मात्रै राम्रो सदुपयोग गर्ने हो भने पनि पाँचलाख नेपालीलाई रोजगारी दिन सक्ने सयौं उद्योग स्थापना गर्ने पूँजी छ । भ्रष्ट नेताहरु र भ्रष्ट कर्मचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने हो भने दशलाख नेपाली युवाहरुलाइ स्वदेश मै रोजगारी दिने हजारौं उद्योगहरु खोल्न पुग्ने लगानी जम्मा हुन्छ ।
८) सामन्ती राजतन्त्रले त १३ महिनासम्म भारतीय नाकाबन्दी सामना गरेको थियो भने अहिलेको गणतान्त्रिक सरकारले कम्तिमा एक वर्ष भारतको नाकावन्दीको सामना गर्ने र भारतमाथि पनि उपरोक्त तरिकावाट काउन्टर नाकावन्दी गर्ने हो भने नेपालमा आर्थिक क्रान्तिको एेतिहासिक सुरुवात हुनेछ र नेपाल विकास पथमा लम्कने छ ।
www.nepalsandesh.com

काठमाडौं, २१ कात्तिक । नीजि मोटरसाइकल र गाडीलाइ लट नम्बरका आधारका बिहीबारदेखि पेट्रोल वितरण गर्न थालिएपनि सबै उपभोक्ताले पेट्रोल पाउन सकेका छैनन् ।
बिहीबार सरकारले काठमाडौं उपत्यकामा करिव ३ लाख ८० हजार लिटर पेट्रोल वितरण गर्दा पनि लाइनमा बसेका सबै उपभोक्ताले पाउन नसकेको गोरखा पत्र दैनिकले छापेको छ ।
शुक्रबार पनि त्यति नै परिणाममा पेट्रोल वितरण गरिएको नेपाल आयल निगमका निर्देशक गोपालबहादुर खड्काले बताए ।
मागको तुलनामा आपूर्ति कम भएकाले भीड नियन्त्रण गर्न मुस्किल भएको खड्काको भनाइ छ ।
dainiknepal.com

काठमाडौं– एमाओवादी गोरखाका अध्यक्ष लेखबहादुर थापा पार्टीको कामको सिलसिलामा सदरमुकाम गोरखाबजारतर्फ गाडीमा जाँदै गर्दा शुक्रबार एक्कासी अध्यक्ष प्रचण्डको फोन बज्यो । सो अवसरमा प्रचण्डले पार्टीको गतिविधिबारे चासो मात्रै व्यक्त गरेनन् अव आफू पार्टीलाई नयाँ ढंगले अघि बढाउने अभियानमा रहेको भन्दै सोहि बमोजिम लाग्न समेत थापालाई निर्देशन दिए ।
थापालाई मात्रै होइन अध्यक्ष प्रचण्डले शुक्रबार रोल्पा जिल्ला पार्टी अध्यक्ष ध्रुव पुन र सिन्धुलीका अध्यक्ष राजन दाहाललाई समेत फोन गरेर पार्टीको अवस्था र चाल्नुपर्ने कदमलगायत विषयमा गम्भीर छलफल गरेका छन् । शुक्रबार फरक फरक समयमा तीन जिल्ला अध्यक्षहरुलाई फोन गर्दै प्रचण्डले आफू पार्टी पुर्ननिर्माणको अभियानमा लागेको र त्यसकै लागि फोन गरेको बताएका थिए ।
उनले विगतमा पार्टी सञ्चालनमा केहि कमीकमजोरी भएको र त्यसलाई सच्याएर अघि बढ्न ढिलाई गर्न नहुनेमा जोड दिँदै सोहि बमोजिम आफू गम्भीर ढंगले अघि बढ्न लागेको बताएका थिए ।
प्रचण्डका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार टेलिफोन गरेर प्रचण्डले बाबुराम भट्टराईको बहिर्गमनपछि पार्टीको अवस्था, संविधान र सरकार निर्माणपछिको महौललगायतका विषयमा जानकारी लिँदै आफू एउटा ठोस लक्ष्यका साथ पार्टी पुर्ननिर्माण अभियानमा लागेको बताएका थिए ।
सो क्रममा प्रचण्डले आफूलाई पनि करेक्सन गर्दै लैजान लागेको भन्दै तपाईहरु चाहिँ करेक्सन हुनु भएको छ कि छैन भन्दै प्रश्न समेत गरेका थिए । ‘अब पार्टी नयाँ सिराबाट अघि बढ्छ, त्यसका लागि मैले आफैंबाट करेक्सन सुरु गरेको छु, तपाईहरु करेक्सन हुनुभएको छकि छैन ?’ प्रचण्डले अध्यक्षहरुलाई टेलिफोनमा सोधेका थिए । यस्तै प्रचण्डले जनताको सेवा गर्न र गुटबन्दीमा नलाग्न समेत आग्रह गरेका थिए ।
आफू अब पार्टी पुर्न निर्माणका लागि जिल्ला जिल्लामा केन्द्रीत हुन जानकारी दिँदै प्रचण्ले भनेका थिए, ‘अब एमाओवादी नै नयाँ शक्ति बन्छ, तपाईहरु इमान्दार भएर लाग्नुस्, अभियानको सुरुवात भइसक्यो ।’
जवाफमा जिल्ला अध्यक्षहरुले आफूहरु पार्टी निर्माणका लागि गम्भीर भएर लागिपरेको भन्दै अध्यक्षको योजनाबाट थप हौसला मिलेका बताएका थिए ।
यस्तै उनीहरुले पार्टी कार्यकर्तामा र समर्थकमा केहि अन्योलता रहेपनि संविधान निर्माण र राष्ट्रियताको पक्षमा पार्टीले खेलेको भूमिका र सक्रियताका कारण आम जनतामा उत्साह थपिएको प्रचण्डलाई जानकारी गराएका थिए ।
प्रचण्डसँग भएको टेलिफोन कुराकानीबारे जानकारी दिँदै एमाओवादी गोरखा अध्यक्ष थापाले पार्टीको वर्तमान अवस्था र आगामी योजनाबारे कुराकानी भएको जानकारी दिए ।
‘अध्यक्षले जिल्लाको गतिविधि बारे चासो राख्नुभयो साथै बाबुरामको बहिर्गनपछि जिल्लामा पार्टीलाई कसरी सशक्त बनाएर लैजाने भन्नेबारे समेत छलफल भयो’, उनले रातोपाटीसँग भने ।
अध्यक्षले अहिले देशलाई माया गर्नेहरुको सरकार बनेको र मधेसका मागलाई पनि पूरा गर्न आफू लागिपरेको बताउँदै जनताका दुख कष्टमा पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड दिँदै सोहि अनुसार निर्देशन समेत दिएको थापाले जानकारी दिए ।
www.ratopati.com

काठमाडौँ, २० कात्तिक । सरकारले रु दुई खर्ब १० अर्ब लगानी गर्ने हो भने मुलुकभित्र तत्काल एक हजार ३०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सरोकारवालाले सुझाएका छन् ।
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न ठूला र जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनीहरुले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अचूक अस्त्र नै जलविद्युत् भएको कुरामा जोड दिए ।
प्रतिवर्ष इन्धन आयात गर्ने रकमबाटै ठूला आयोजना निर्माण गर्न सकिने उल्लेख गर्दै जनता, ऊर्जा र वातावरण विकास एसोसिएसन (पीडा)ले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ऊर्जा क्षेत्रका जानकारले वार्षिक रु २५ अर्बको खाना पकाउने ग्यास आयात गरिने भएकाले त्यसलाई विस्थापन गर्ने उपाय पनि जल ऊर्जा नै भएको बताउनुभयो ।
सहरी क्षेत्रमा पाँच जनाको परिवारले खाना पकाउने ग्यासमा मात्रै मासिक रु ९९० खर्च गर्ने अध्ययनबाट देखिएको भन्दै उहाँहरुले विद्युतीय ऊर्जा प्रयोग गर्दा मासिक रु ९६० लाग्ने भएकाले त्यसतर्फ जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मुलुकमा व्यावसायिक इन्धनको आयात बढेको उल्लेख गर्दै उहाँहरुले जलस्रोतको धनी देश भनेर प्रचारप्रसार गरिए पनि विद्युत् उत्पादनमा नै डिजलको प्रयोग हुनुभन्दा बढी बिडम्वना अरु केही हुन नसक्ने बताए ।
ऊर्जा क्षेत्रका जानकार एवम् त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा अमृतमान नकर्मीले सन् २००४ देखि हालसम्म इन्धन आयात १३८ प्रतिशतले बढेकाले मुलुकको अर्थतन्त्र पनि धरासायी भएको बताउनुभयो ।
डिजलबाट मात्रै हाल ६९ मेगावाट विद्युत् उत्पादन गरिएको जानकारी दिँदै उहाँले रु ३० अर्बभन्दा बढी मूल्यको डिजल विद्युत् उत्पादनमा खर्च हुनु बिडम्वना भएको उल्लेख गर्नुभयो ।
सन् २०१७ सम्म विद्युत् बढी हुने भन्ने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण गलत भएको भन्दै नकर्मीले विद्युतीय सवारीको प्रयोग, खाना पकाउन विद्युत्को प्रयोग गर्न सकिए तत्काल दुई हजार मेगावाट विद्युत् अत्यावश्यक हुने बताउनुभयो ।
नेपाल बायो इनर्जी सोसाइटीका विज्ञ रवीन्द्रप्रसाद ढकालले खेर गएका पाखा तथा पखेरामा सजीवन खेतीमात्रै गर्ने हो भने आगामी २० वर्षभित्र नेपाल तेल निर्यात राष्ट्र बन्न सक्ने भएकाले आजैबाट त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो ।
मुलुकभित्र १९ लाख हेक्टर जमिन खाली रहेकाले सो जमिनमा मात्रै सजीवन खेती गर्ने हो भने ३८ लाख टन बायो इन्धन उत्पादन हुन सक्ने र मागअनुसारको इन्धन परिपूर्ति गर्न सकिने उहाँको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय वनस्पति विज्ञान विभागका प्राध्यापक डा चन्द्रप्रसाद पोखरेलले मुलुकमा हाल सञ्चालित चिनी मिल, कागज उद्योगबाटै एक लाख ७८ हजार किलोलिटर इन्धन उत्पादन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उद्योगबाट निस्कने पदार्थलाई नै इन्धन उत्पादनमा प्रयोग गर्न सकिने भए पनि सरकारले त्यसतर्फ कुनै पनि ध्यान नदिएको गुनासो गर्दै उहाँले सुर्ती उद्योगबाट पनि बायो इन्धन उत्पादन हुने धारणा राख्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले वैकल्पिक ऊर्जा नै नेपालको समृद्धिको आधार भएकाले त्यसतर्फ लाग्नुपर्छ भन्नु भयो । सहरी क्षेत्रमा सौर्य ऊर्जाको विकास र विस्तार गर्न सकिने उहाँको कथन थियो ।
उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भारतले जारी राखेको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै त्यसको दीर्घकालीन समाधान जलविद्युत् नै भएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले निर्माणाधीन आयोजनामात्रै समयमा सम्पन्न हुने हो भने विद्युतीय ऊर्जा प्रयोग गरेर भए पनि इन्धन आयात कम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
व्यवस्थापिका–संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले नीति तथा कार्यक्रम बनाउने र त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्ति कायम रहेसम्म मुलुक समस्यामा फसिरहने विचार व्यक्त गर्नु भयो ।
वैकल्पिक ऊर्जाका स्रोतको पहिचान, त्यसको प्रयोग र लगानीका लागि सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने सभापति अधिकारीको कथन थियो । रासस
dainiknepal.com
नेपाल तरुण दलले मधेसकेन्द्रित दलको आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक खाद्यान्न र औषधि आपूर्तिमा देखिएको समस्या हटाउन तथा भूकम्पपीडित नागरिकको भत्केका बासस्थान पुनःनिर्माणका लागि घोषित आर्थिक सहायता यथाशीघ्र उपलब्ध गराउन माग गरेर बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले अपार जलस्रोत र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाली जनतालाई समृद्ध तुल्याउन आफूले अब दृढताको साथ काम गरेर परिणाम देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारततर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘अब हामीले गरेर देखाउने बेला आएको छ । हस्तक्षेपकारीलाई घुणा टेकाएरै छाड्छु ।
नाकाबन्दी छैन भन्नाका लागि आफ्ना सड्ने माछा, टमाटर, घिरौँला पठाइदिने तर ग्यास भने नदिने काम भारतबाट भएको छ, हामीलाई दैनिक ९० बुलेट ग्यास दैनिक चाहिन्छ, तर एकभन्दा बढी आउन दिइएको छैन, खान बन्द गराउन खाना पकाउने ग्यास आयातमा बन्द गरिएको छ, अहिले यो विचित्रको अवस्था सिर्जना गरिएको छ”- प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले यथाशीघ्र पुनःनिर्माण प्राधिकरण गठनका लागि संसद्मा पेस भई विचाराधीन विधेयकलाई अन्तिम रुप दिन तथा जनताको विपत्तिमा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । रासस
dainiknepal.com
काठमाण्डु, २० कात्तिक– नेपालको उत्तरी छिमेकी मुलुक चीनले नेपालमा देखिएको समस्या नेपालको आन्तरिक भएकाले बाह्य हस्तक्षेपबिना आफैले समाधान गर्नुपर्ने बताएको छ ।
बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै चिनिया विदेश मन्त्रालयका प्रवत्ता हुवा चुनियाङले चीनले नेपालको अवस्थालाई नजिकबाट नियालेको बताउँदै नेपाल आफ्नो समस्या आफै समाधान गर्न सक्षम भएको बताइन् ।
चीनले नेपालमा देखिएको समस्यालाई जतिसक्दो चाँडो समाधान गरेर भूकम्पपछिको पुर्ननिर्माणमा लाग्नु पर्ने बतायो । पत्रकार सम्मेलनमा वीरगंज घटनामा भारतीय नागरिक मारिएको प्रश्नमा चीनले नेपालको आन्तरिक मामिला भएकाले कसैले यसमा हस्तक्षेप गर्न नहुने बताइन् । साथै हुवाले नेपाललाई आवश्यक परेको खण्डमा चीन नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गराइन् ।
kathmandutoday.com

शुक्रबार, २० कार्तिक
काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार बैठकमा भाग लिएर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा शुक्रबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै थापाले जेनेभामा नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको समस्याबारे सशक्त ढंगले कुरा राखेको बताए ।
उनले कसका कारण नेपालमा अहिलेको संकट सिर्जना भइरहेको छ भन्ने कुरा विश्व समुदायले थाहा पाएको भन्दै उनले भारतले चाँडै नै आपूर्ति व्यवस्था सुचारु गर्ने विश्वास व्यक्त गरे ।
नेपालले अहिले भोग्नु परेको समस्याबारे जेनेभामा आएका सबैजसो राष्ट्रका प्रतिनिधिहरुले सद्भाव देखाएको उनले जानकारी दिए । भारतले जेनेभामा सत्य निरुपण तथा मेलमिलाप आयोगबारे प्रश्न उठाउनु सामान्य विषय भएको भन्दै उनले नेपालले सत्य निरुपणबारे धेरै प्रगति गरिसकेको बताए ।
यसैबीच सरकारी वार्ता समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री थापाले तत्काल वार्ता मार्फत समस्याको समाधान खोज्न मधेसी मोर्चालाई आग्रह समेत गरेका छन् ।
थापाले आफूले तत्कालै मोर्चासँग औपचारिक र अनौपचारिक छलफललाई निरन्तरता दिने पनि जानकारी दिए ।