• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाण्डु, २४ कात्तिक– नेपालमाथि नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्रीले नेपालसँगको राजनीतिक लडाईमा हार स्वीकार गर्दै बन्द नाका सुचारु गर्न ‘सुरक्षित अवतरण’को मार्ग खोजीमा भौतारिन थालेको परराष्ट्रविदहरुले बताउन थालेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नेताहरुको भेटवार्तामा यसपटक जति गरे पनि नसकिने गरी नेपालसँगको सम्बन्धमा फसेको र यसबाट निस्कने उपयुक्त मार्गको लागि सुझाव माग्ने गरेको स्रोतले बताएको छ । मोदीले नाकाबन्दीले यस्तो अवस्था आउला भन्ने समेत नसोचेको र अन्तर्राष्ट्रिय दबाबको सामना गर्न निकै चर्को मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना भएपछि भारतले नाकाबन्दीको विकल्पमा सुरक्षित अवतरणको खोजीमा जुटेको सूत्रहरु बताउँछन् । स्रोतका अनुसार नेपाली कांग्रेसले सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमा मधेशवादी र सरकारले मिलन गराएर सहमति भएको बहानामा भारतले नाकाबन्दी खुल्ला गर्ने योजना अघि सारेको छ । –जनसवाल दैनिकबाट kathmandutoday
वि.सं. २०७२ साल कात्तिक २४ गते। मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर १० तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २०:४७ बजेउप्रान्त औंसी। नक्षत्र– चित्रा, ११:३४ बजेउप्रान्त स्वाती।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनेछन् भने सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्य एवं निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। काममा सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। सेवामूलक कामबाट मात्र प्रतिष्ठा मिल्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।

मंगलबार, २४ कार्तिक
काठमाडौं । भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्रा्ष्ट्रिय स्तरीकरण गर्ने भएको छ ।
नेपालसँग भन्सार सहजीकरण र सञ्चालनसम्बन्धी २० बुँदे सहमति गरे लगत्तै तिब्बत सरकार प्रमुख लोपस्याङ ग्याल्जेले नेपालतर्फका नाकालाई स्तरोन्नति गर्दै सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने बताएको सन्देश पठाएका छन् ।
लोपस्याङ पाँच वर्षे मूल्यांकन समीक्षा बैठकमा सहभागी हुन बेइजिङ पुगेका छन् ।उनले त्यहाँ नेपालमा बैठक बसेर फर्केका टोलीसँग भेटेका छन् ।
टोलीको निर्णयलाई उनले चिनियाँ वाणिज्य मन्त्रालय पुर्‍याउँदै सहयोग प्रक्रिया अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
काठमाडौं: यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। आजै कुकुर तिहारका साथै नरक चर्तुदशी पनि मनाउने गरिएको छ।

नरक चर्तुदर्शीमा बिहान घाम उदाउनुभन्दा अगाडि र तारा नअस्ताउँदै शरीरमा तेल घस्ने र अपामार्गको काँडा, पात, जरा र माटोसहितको बिरुवालाई आफ्नो टाउको वरिपरि घुमाएर नरक पन्छ्याएर फाली नुहाएपछि पाप र रोगव्याधी नास हुने धार्मिक ग्रन्थमा उल्लेख रहेको ज्योतिष डा. सुनिल सिटौलाले बताए। उनका अनुसार यसलाई नरक चर्तुदशी गर्ने भनिन्छ।

कुकुर घर पालुवा जनावर हो। घर पालुवा जनावरमध्ये कुकुरलाई मानिसको परम मित्रका रूपमा पनि लिने गरिन्छ।

हरेक प्राणीले चौरासी जुनी फेर्नुपर्छ भन्ने धार्मिक कथन छ। जस अनुरूप कुकुर अन्तिम जुनी हो र त्यसपछि मान्छेको हंश लिन्छ भन्ने मान्यता रहिआएको छ।

तन्त्रशास्त्रमा ६४ वटा भैरव हुन्छन्। भैरवको वाहनको रूपमा कुकुरलाई लिइन्छ।

भैरवको अर्थ भयरहित अर्थात् डर नभएको भन्ने बुझिन्छ। यस्ता देवताको वहान भएकाले पनि कुकुरलाई पुज्ने गरिएको हो।

सनातन धर्ममा वैदिक प्रणाली, पौराणिक प्रणाली र तान्त्रिक प्रणाली गरी तीन प्रकारको जीवन प्रणाली हुन्छन्।

कुकुरको पौराणिक र तान्त्रिक प्रणालीमा व्याख्या गरिएको डा. सिटौलाले बताए ।
annapurnapost
काठमाडौं, २४ कात्तिक । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव जटिल बन्दै गएपछि सरकारले विश्वका अन्य मुलुकबाट इन्धन भित्र्याउन सकिने सम्भावनाका विषयमा कूटनीतिक संवाद थालेको छ ।
परराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
तत्कालीन इन्धन संकट टार्न कूटनीतिक तहमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कने नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।
‘भारत र चीनबाहेक अन्य मुलुकबाट दीर्घकालीन रूपमा इन्धन ल्याउन अहिलेकै पूर्वाधारले सम्भव छैन’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इन्धन संकट टार्न के गर्न सकिन्छ भन्ने हिसाबमा कूटनीतिक तहमा कुराकानी भएको हो ।’
परराष्ट्रका अधिकारीले पेट्रोल, ग्यास र हवाई इन्धन विमानबाट आयात गर्ने विषयमा कूटनीतिक प्रतिनिधिसँग राय मागेका थिए ।
बंगलादेशबाट पेट्रोल र हवाई इन्धन आयात गर्न सकिनेबारे सकारात्मक कुरा भएको ती अधिकारीले बताए ।
dainiknepal
हेटौँडा, २३ कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका लागि नयाँ शक्ति निर्माण गर्न लागेको बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘नयाँ शक्ति किन ?’ विषयक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्ति निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
नयाँ शक्तिको बहसको देश दौडाहाका क्रममा हेटौँडा आइपुगेका भट्टराईले नयाँ शक्ति २१औँ शताब्दीको माक्र्सवादमा आधारित हुने बताउनुभयो । पुरानो शक्ति, पुराना सोचका कारण मुलुक निर्माण नभएकाले नयाँ शक्तिको आवश्यकता परेको भट्टराईले उल्लेख गर्नुभयो ।
अहिलेको मुलुकको मागअनुसार नयाँ शक्तिको आवश्यकता परेको भन्दै आफू पार्टीबाट अलग भएर नयाँ शक्तिको अभियानमा लागेको जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश खतरामा पर्ने भएकाले यसको अभियानमा आफू लागेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री डा भट्टराईले काठमाडौँ र दिल्लीका शासकका कारण सर्वसाधारण नाकाबन्दीको मारमा परेको बताउनुभयो ।
दुई देशको शासकका कारण सर्वसाधारण मारमा परेकाले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भारतको नाकाबन्दी गलत भएकाले सबैले विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले तराईमा आन्दोलनरत दलसँग वार्ताको औपचारिकतामात्र प्रस्तुत गरेको भट्टराईको भनाइ छ ।
वर्षांैदेखि एक जातिलेमात्र सत्तामा एकाधिकार कायम गरिरहेकाले तराईमा लामो आन्दोलन चलेको उहाँको दाबी छ । तराईमा रहेका मधेसी, थारु, मगरातलगायत जातिकोे समस्या समाधान गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “पहाडीया सोच बनाएकाले गर्दा दुई पक्षबीचको द्वन्द्वलाई झन् चर्काउने काम भएको छ, यसलाई बन्द गर्नुपर्छ ।” रासस
dainiknepal
काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी खोल्न सरकारले भारत सरकारलाई आग्रह गरे लगत्तै सद्भावना अध्यक्ष राजेन्द्र महतो सरकारविरुद्ध खनिएका छन् ।
उनले सरकार मुलुकको समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाएका हुन् ।  सोमबार एक विज्ञप्ती जारी गर्दै नाकाबन्दी खोल्न गरेको आग्रहप्रति आपत्ति जनाएका हुन् ।
उनले नाकाबन्दी भारतले नभई आफूहरुले गरेको भन्दै नाकाबन्दीको ४६ औं दिन भईसक्दा पनि सरकारले भारतले नाकाबन्दी गरेको भनेर मधेस आन्दोलनको बद्नाम गर्न खोजेको आरोप लगाएका हुन् ।
नाकाबन्दी आफूहरुले गरेको भनेर राजेन्द्र महतोले भनेपनि केहीदिनअघि वीरगञ्ज नाका खुलाउने क्रममा गरेको प्रहरी हस्तक्षेपमा अधिकांश भारतीय नागरिक पक्राउ परेका थिए भने एक भारतीयको प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।
उनले मधेसको माग सम्बोधन नभएसम्म नाकाबन्दी नखुल्ने दावी समेत गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसको समस्या समाधानका लागि विशेष प्रस्ताव ल्याएपनि महतोले मन्त्रिपरिषद बैठकले आन्दोलन र नाकाबन्दीको विषयमा नकारात्मक टिप्पणी गरेको र तर माग सम्बोधन हुने कुनै ठोष प्रस्ताव नल्याएको आरोप लगाएका छन् ।
मोर्चाले विगतदेखि उठाउँदै आएका शर्त पुरा नगरेसम्म वार्ताको वातावरण बन्न नसक्ने महतोले जनाए ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home