काठमाडौं, २६ कात्तिक । एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र एमालेको गठबन्धन तोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज उहाँकै निवासमा आयोजना गरेको अन्तरक्रियात्मक देउँसी भैलोमा बोल्दै खनालले अहिलेको मुलुकको संकट सामना गर्न कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।
खनालले संघीयतामा नयाँ ढंगले सोँच्नुपर्ने आवश्यकता औल्याउँदै अहिले माग भइरहेको आधार प्रदेशको सिमाङ्कन मिलाउन गाह्रो हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संघीयता कहाँबाट पस्यो त्यही मूल्याङ्कन गर्नुपर्छ । संघीयतामा जाने हो भने मधेसमा दुई, पहाडमा यति भन्नु मुलुकको हितमा छैन । मेचीबाट महाकालीसम्म प्रदेशले समस्याको समाधान गर्दैन र देशको हित पनि हुँदैन ।’
खनालले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने भन्दै अन्यथा संघीयताको नाममा अझै कति रगत बगाउनु पर्ने हो थाहाँ नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेसीलाई मधेस, पहाडीलाई पहाड र हिमालीलाई हिमाली बाहेक अरु किन हुँदैन भन्ने कुरा थोत्रो, नचाहिदो र अब्यवहारिक तर्क हो । संघीयतामा हामी नयाँ प्रयोगमा छौ । पशुपतिनाथसँग कामना गरौ कि यो सफल होस ।’
खनालले नाकाबन्दीको समस्या आज भोलिमै समाधान हुने स्थिति नभएको भन्दै नाकाबन्दीबाट उत्पन्न चुनौती सामना गर्न र यसमा परिवर्तन गर्न हर मूल्य चुकाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नाकाबन्दी लम्बिए जनतालाई तयार पार्नु पर्छ । यही उत्पादन गर्ने योजना, सम्बन्धको विविधिकरण, चीनसँगको सम्बन्ध विकसित गर्नुपर्छ । यो सरकारको काम हो । दसैँ अभावमा गयो, तिहार पनि अभावको विचमा छ । औषधि छैन, उद्योग बन्द छ, बजार ठप्प छ, विद्यालय बन्द छ । यो दुःखदायी अवस्थामा परिवर्तन गर्न हल मूल्य चुकाएर सरकारले काम गर्नुपर्छ । नभए सरकारप्रति असन्तुष्टी बढ्न सक्छ ।’
खनालले संविधान जारी भएको खुसीयाली राम्ररी फक्रन नपाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएको भन्दै नाकाबन्दीले सबै सन्धी सम्झौताको उल्लघन गरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सिंगो विश्व चिन्तित छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि चिन्ता ब्यक्त गरिसक्नु भएको छ । तर पनि किन छिमेकी भारतले नाकाबन्दी अन्त्य गर्न किन सकिरहेको छैन ।’
dainiknepal

नयाँ दिल्ली, २६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बेलायत प्रस्थान गर्नुभएको छ । आफ्नो तीन दिने औपचारिक भ्रमणका लागि उहाँ त्यसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले आफ्नो भ्रमणको पूर्व सन्ध्यामा आफ्नो फेसबुक पेजमा बेलायत एक पुरानो मित्रराष्ट्र भएकोले उसँगको आर्थिक लगायतका सम्बन्धहरुमा थप जोड दिने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्रीका रुपमा सन् २००६ मा भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले बेलायतको भ्रमण गर्नुभएको थियो ।
त्यसको दश वर्षपछि भारतीय प्रधानमन्त्रीका रुपमा यो नै उहाँले पहिलो पटक बेलायतको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
यस भ्रमणका क्रममा भारत र बेलायतबीच १२ देखि १८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर हुन लागेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच बेलायतका नेपालीहरुले मोदीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले बेलायतको संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका हुन् । रासस/सिन्ह्वा

बैशाखमा भूकम्प गएपछि तातोपानी नाका वन्द छ । यस बिचमा चीन र नेपालबीच आपसी सहयोगमा नेपाल तर्फको अरनिको राजमार्ग समेत पनि खोल्ने काम सम्पन्न भएकाे एक महिना भैसकेको छ । तर तातोपानी नाका खुलेको छैन । नेपाल र चीन विचको अहिले उपलब्ध सबभन्दा छोटो बाटाे तातोपानी नाका नै हो ।
रेलमार्गसँग जोडिएको चीनको सिगात्से शहर देखि तातोपानी नाका भएर काठमाण्डौं आउन करीब ६०६ किलोमिटर पार गरे पुग्छ भने रसुवागढी भएर आउँदा करीव ७७६ किलोमिटर पार गर्नुपर्दछ । नेपाल तर्फको भन्सार लगायतका कार्यालयहरु पुनस्र्थापित भैसकेपनि चीन तर्फको खासा बजारमा भन्सार लगायतका सरकारी कार्यालयहरु अझै पुनस्र्थापित भैसकेका छैनन् ।
जसले गर्दा नेपाल र चीन बिचकाे व्यापार त्यस नाकावाट हुन सकेको छैन । केही कूटनीतिज्ञहरुले यस्तो विषम स्थिति उत्पन्न हुनुमा नेपालको बेकम्मा परराष्ट्र मन्त्रालय जिम्मेवार भएको वताएका छन् भने केहीले चीनको अघोषीत तातोपानी नाकावन्दी हो कि भनेर आशंका गर्न थालेका छन् ।
चीनले विगतमा बारम्बार रसुवागढी नाका लगायत अरु नाकाहरुवाट पनि व्यापार गर्न आग्रह गरेतापनि भारतीय दबाबमा परेर नेपालले नसुनेझैं गरेकोले अहिले रसुवागढी लगायतका नाका यसैवेला भारतले नाकावन्दी गरेर घाँटी अँठ्याएको वेला नै अरु नाकाहरु पनि खुलाउने रणनीति चीनले अपनाएको हो कि भन्ने आशंका कुटनीतिक क्षेत्रमा सुरू भएको छ ।
अरु नाकाहरु खोल्न नेपाल तयार भैसकेको अवस्थामा चीनले किन तातोपानी नाका खोल्न ढिलाइ गरिरहेको छ भन्ने प्रश्न अहिले गम्भीर वन्न पुगेको छ । नेपाली पक्षको कमजोरी भएमा त्यसलाई पनि तुरुन्त सच्याउने र चिनियाँ पक्षको केही कुरा भएमा सरकारले यथाशीघ्र चिनियाँ सरकार संग उच्च स्तरमा कुरा गरेर तथा कम्तिमा पनि मन्त्रीस्तरिय प्रतिनिधिमण्डल चीन पठाई आवश्यक सम्झौता वार्ता गरेर आपुर्तिका अन्य समस्याहरुको पनि समाधान निकाल्न पर्ने बिश्लेशकहरू बताउँछन् ।
nepalsandesh

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ” – उहाँले भन्नुभयो ।
नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो – “नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको छ । यसले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता स्वीकारेन । नेपालको स्वाधीनता सगरमाथा जस्तै उँचो छ र रहिरनेछ ।”
भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसका लागि नेपाली काँग्रेसलगायत सबै दललाई सरकारमा सामेल हुन उहाँले आह्वान गर्नुभयो । रासस

बिहीबार, २६ कार्तिक
तीनमहिनादेखि मधेसमा जारी आन्दोलन र डेढ महिनाभन्दा लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली जनताले चाडबाडको समयमा पनि पाउन सम्म सास्ती पाए । राज्य संयन्त्रहरु सुतेका देखिन्छन् भने मधेस आन्दोलन र भारतीय नाकाबन्दीले न्युनतम मानवीय संवेदना पनि गुमाइसकेको छ । भारतले गरेको अघोषित नाकाबन्दीलाई मधेस केन्द्रित केही दलले निर्लज्जतापूर्वक हामीले नाकाबन्दी गरेको हो भन्दापनि राज्य निरिह बनेर कुनै ‘एक्सन प्लान’ बनाउँन सकिरहेको छैन ।
आज नेपाली जनता किन यति धेरै प्रताडित भइरहेका छन् भन्ने प्रश्नको उत्तर खोज्नु भन्दा पहिले हामीले कस्तो दलाल पुँजीवादी अर्थतन्त्र निर्माण गरेका रहेछौं र नेपाली जनताको पसिनामाथि कसरी राजनीतिकदल र नेताहरुले राजनीति गरिरहेका रहेछन भनेर खोज्नुपर्ने दिन आएको छ । बिडम्बना नै भन्नुपर्छ, हामीले श्रम र पसिनासँग जीवन साटेका रहेछौं, हाम्रा नेताहरुले हामीलाई नै भर्याङ बनाएर पद, प्रतिष्ठा चुमिरहेका छन् ।
देश अहिले जुन प्रकारको चरम पीडाबाट गुज्रिरहेको छ, नेपाली जनता स्वाभिमानका लागि चुपचाप पीडाहरु सहेर बसिरहेका छन् । शब्द सहज छन्, लेख्न सहज छ तर जनताले अहिले भोगिरहेको पीडा शब्दमा बयान गरिसाध्य छैन । शब्दको वाणले जनताको पीडाको गहिराई भेट्न सक्दैन ।
नेपालमाथि भारतको कति ठाडो र नांगो हस्तक्षेप छ भन्ने कुरा यसपटक हरेक नेपालीहरुले राम्रोसँग बुझ्ने मौका पाए, देशलाई नेतृत्व गर्छौ भन्नेहरुले यसलाई मनन गरेका छन् कि छैनन् त्यो भोलि उनीहरुले अपनाउने आर्थिक विकास र भौतिक पूर्वाधार निर्माणको गतिको मोडलले बताउनेछ ।
हामी भूपरिवेष्ठित मात्रै होइन तीन तिरबाट भारतले घेरिएका छौं र एक तिरबाट विश्व शक्तिको रुपमा उदाएको चीन छ । भारतले नेपाली नेताहरुको नाडी छामिसकेको छ, हिजो हरेक निर्णय आफ्नो इशारामा गराउँदै आत्मनिर्भरतामा तगारो हालेका कारण नै आज नाकाबन्दी थोपरेर नेपालमाथि समस्या उत्पन्न गराउँन सफल भएको छ ।
अहिलेको नाकाबन्दी मधेस आन्दोलनलाई देखाउने दाँत बनाए पनि भारतका केही निहीत स्वार्थकाकारण यो भइरहेको छ । पहिलो त नेपालको राजनीति जहिले पनि आफ्नो छत्र छायाँमा राख्नु, नेपालमा आफू अनुकुलको दलाल शक्तिनिर्माण गर्नु, नेपालका प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाउनु आदि इत्यादी ।
के मधेसवादी दलकै शक्तिले यतिलामो समयसम्म मधेस ठप्प पार्न सम्भव छ ? मधेस आन्दोलनमा के सबै मधेसी जनताको साथ र समर्थन छ ? मधेसले अहिले सम्म सबै गुमाएको मात्रै र अन्य क्षेत्र र समुदायले प्राप्ती मात्रै गरेका हुन् ? मधेस भन्दा हिमालका जनता र कर्णाली उत्पीडित छैनन् ?
मधेसले संविधानमा जसरी कुनै अधिकार पाएन भनेर भनिएको छ । त्यो भन्दा पनि दशकौदेखि उत्पीडित आदिवासी, जनजाति, दलित, पिछडावर्ग र मुस्लिम समुदायले अधिकार पाएका छैनन् । मधेसको मुख्य समस्या नागरिकता हो । संविधानले नागरिकताबारे सबैभन्दा लचक व्यवस्था गरेको छ । नागरिकता यदी मधेसी समुदायकै भएको कारणले कसैले पाएको छैन भने कानुनी उपचारको बाटो प्रशस्त छ । नागरिकता पाउनु नागरिकको अधिकार हो । तर अधिकारसँगै कर्तव्य र दायित्वपनि सँगसँगै आउँछ ।
राज्यले बंशज वा अंगिकृत नागरिकता दिन सक्छ । तर आफ्नै नागरिकले आफ्नो अधिकारको नाममा सिंगो देशलाई नै आक्रान्त बनाउँछ, जाति–जातिबीच विभेद, वैमनश्यता, राष्ट्रिय संकट सिर्जना गराउँछ भने उसको नागरिकता खोस्न पाउँने कि नपाउँने ? यसको उत्तर खोज्न जरुरी भइसकेको छ ।
देश यति धेरै आक्रान्त हुँदा र सबैभन्दा समस्या मधेसमै खडा भइसक्दा पनि विरोध भने भइरहेको छैन । यसका पछि मुख्य तीन कारणहरु छन् ।
पहिलो, अहिलेको भारतीय नाकाबन्दीको सबैभन्दा ठूलो प्रभाव मधेसमै परेको छ र त्यहाँका वास्तविक पीडितहरु अझै पीडा सहेर पनि एक दिन राज्यले केही गर्ला भनेर पर्खिएर बसेका छन्, किनभने मधेसी जनता नै सबैभन्दा बढी देशभक्त छन् ।
सीमा क्षेत्रमा बस्ने हरेक जनताले रगतको घुड्की पिएर सीमाको रक्षा गरिरहेका छन्, उनीहरुलाई सबैभन्दा बढी नेपालको मायाँ छ । तर काठमाडौंको चस्माबाट हेर्नेहरुले उनीहरुको मन हैन रङ हेरिरहेका छन् ।
दोस्रो अहिलेको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले त्यहाँका दलाल वर्गमा सबैभन्दा ठूलो फाइदा पुगेको छ । नेपालमा भएको इन्धन अभावमा सीमापारीबाट इन्धन ल्याउने र तेब्बर चौबर मूल्य लिएर नेपालमा बेच्ने । चाडबाडको समयमा समेत मधेस आन्दोलन फिर्ता भएको छैन । घर जान कष्टसाथ बाटो लागेकाहरु प्रहरी स्कर्टिङ नभेट्ने वित्तिकै बिचबाटोमा अलपत्र पर्नुपर्छ, त्यहाँ राज्यले केही गर्न सक्दैन, तर रोकिएका गाडीका यात्रुहरुलाई ६, ७, ८ हजार मनपरी लिएर गन्तव्यमा पुर्याउने दलालहरु प्रशस्तै पाइन्छन् । तिनीहरुलाई कुनै आन्दोलनकारीको रोकावट छैन । यसले अर्को दलालीकरण फस्टाइरहेको छ ।
तेस्रो तथा महत्वपूर्ण पक्ष भनेको मधेसमा दिन प्रतिदिन नेपाल विरोधी भावना फैलाउन प्रश्रय मिलिरहेको छ । यो सबैभन्दा खतरनाक पक्ष हो । केही समयअघि मधेसी आन्दोलनकारीहरुले ‘हमारा भारत महान् हैं’ भन्ने ब्यानर निकाल्ने हिम्मत यसै जुटाएका हैनन । यसले नेपालको राष्ट्रिय अखण्डता माथि प्रहार गरिरहेको छ । यो भारत प्रति गरिएको घोषित दलाली र नेपालको स्वाधीनता माथि धावा बोलिएको ज्वलन्त उदाहरण हो ।
अन्त्यमा, जनसँख्याको आधारमा निर्वाचन क्षेत्र मात्रै होइन जनसँख्याकै आधारमा संघीय राज्य खडा गरियोस । मधेसका ठेकेदार, जमिन्दारहरुलाई होइन, त्यहाँका वास्तविक पीडित, सीमान्तकृत समुदायलाई अधिकारबाट बञ्चित नगरियोस्, दशकौदेखि अन्धकारको जीवन बाँचिरहेका कर्णालीबासी, राज्यको न्यानो ओतको प्रतिक्षामा पुस्तौ बिताएका हिमालबासी, मेचे, डोम, मुसहर, बाँतर, दुसाध, चमार, हलखोर, तत्मा, धोवी, गन्दर्ध, वादी, राउटे, चेपाङ आदीलाई राज्यका हरेक निकायमा समान्न जनक सहभागिता सुनिश्चित गरियोस्, अनी बन्छ समतामुलक समाज ।
याे एक्काइसाै शताब्दी हाे । राजनीतिका देखाउने र चपाउने दाँत जनताले राम्ररी चिनिसकेका छन् । तसर्थ अब जातीय हाेइन वर्गीय उत्पीडनका अाधारमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा जान हिम्मत गराैं । होइन सत्ताका लागि जतिपटक फुट्न पनि र जुट्न पनि सक्ने, हरेक पटक नयाँ सरकार बन्दा मन्त्री खाने, पद नपाउने वित्तिकै उत्पीडित वर्गमा पर्ने र देशलार्इ नै अस्तव्यस्त बनाउने संस्कारको अत्य नै नयाँ समुन्नत र समतामुलक समाज निर्माणको सुरुवात हुनेछ ।

२६ कात्तिक, तुलसीपुर (दाङ)।
सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली काँग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने बताएकी छिन्।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न नेपाली काँग्रेसलाई मनाएर संविधान संसोधनमार्फत निकास दिन सकिने बताएकी हुन
वार्ता समितिका सदस्यसमेत रहेकी मन्त्री शर्माले मधेसी दलका एजेण्डा संविधान संशोधनमार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दल एक भएर मात्रै निकास दिन सकिने धारणा राखिन ।
त्यस्तै, उनले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभएकै कारण विषम् परिस्थितिको सामना गर्न जनताले थप कष्ट व्यहोर्नुपरेको जानकारी दिइन । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो । nepaliheadlines

सुर्खेतः सुर्खेतमा जुवाको खालबाट वरामद गरिएको एक करोड रुपैयाँ गायब भएको छ । बुधवार राति वीरेन्द्रनगरको एक घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
सो क्रममा एक करोड भन्दा बढी रकम बरामद गरिएको भएपनि प्रहरीले केवल ५ लाख रुपैयाँ मात्र बरामद भएको मचुल्का बनाएर अरु रकम गायब बनाएको हो ।
उक्त जुवाको खालबाट प्रहरीले जिल्लाका ठूला व्यापारीहरुसहित ११ जना जुवाडेलाई पक्राऊ गरेको छ । यस्तै प्रहरीले जुवा खेल्दै गरेका उद्योग वाणिज्य संघका केही पदाधीकारीहरुलाई भने राती नै भगाएको थियो ।
जिल्लामा हालसम्मकै धेरै रकममा जुवा खेलेको सूचना पाएपछि प्रहरीले करिब तीन घण्टासम्म जुवा खाललाई घेराउ गरेको थियो । सोही क्रममा उक्त खालबाट वरामद भएको करिब एक करोड रकम प्रहरीले गायव बनाएको स्थानीयले दावी गरेका छन् ।
स्रोतका अनुसार जुवाको खालमा ८० लाख नगद र एक किलो सुन रहेको थियो । तर, प्रहरीले भने जम्मा पाँच लाख रुपैया मात्र वरामद भएको मुचुल्का तयार गरेको छ । जिल्लाका ठूला व्यापारीहरुसहित प्रहरीले करिव एक करोड रकम वरामद गरेको भए पनि अन्य रकम गायव बनाएको जुवाडेहरुले समेत बताएका छन् ।
जुवा खालमा छापा मारेपछि जिल्लाका ठूला व्यापारी र ठूलो परिणाममा रकम फेला परेपछि प्रहरीको उच्च तहसम्मा नै यसबारेमा मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।
तीन घण्टासम्मको घेराउपछि मात्र प्रहरीले माथिको आदेश भन्दै जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राती छापा मारेपछि केही व्यापारीहरु भने झ्यालबाट हाम फालेर भागेका थिए ।
पछिल्लो समय जिल्लामा जुवा खालबाट बरामद भएको रकम सादा पोशाकमा रहेका घुमुवा प्रहरी र प्रहरीका उच्च तहका व्यक्तिहरुले समेत गायव पार्ने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।
बुधवार राति पनि एक करोड भन्दा बढी रकम जुवा खालमा रहेको भएपनि जिल्ला प्रहरी कार्यालयले भने केवल पाँच लाख मात्र बरामद भएको दाबी गरेको छ ।
यो घटनाले प्रहरीको भूमिकामाथि थप आशंका उब्जाएको छ । यता जिल्ला प्रहरी कार्यालयका डीएसपी बहादुरजंग मल्लले पनि आफूहरुले पाँच लाख रुपैयाँ मात्र बरामद गरेको जानकारी दिए ।
जुवा खालबाट जिल्लाका ठूला व्यापारी पक्राउ परेको र ठूलो रकम गायव भएपछि प्रहरीको चाडपर्व सुरक्षा योजनामा समेत चुनौती देखा परेको छ ।
annapurnapost