लेबनानमा शक्तिशाली बम विस्फोट, ४३ को मृत्यु
बेरुत—शुक्रबार भएको बम हमलामा परी कम्तिमा पनि ४३ जनाको ज्यान गएको छ। सो आक्रमणमा परी थप करिब २४० जना घाइते भएका छन्। शक्तिशाली दुइ बम एकै पटक विस्फोट गराइएको थियो।
उक्त हमलाको जिम्मेवारी मुस्लिम जिहादीहरुको समूह आइएसले लिएको छ। बुर्ज अल बारिजा नगरमा रहेको एक व्यस्त बजारमा सो विस्फोट भएको थियो। बम विस्फोटमा परी घाइतेभएका मध्ये अधिकांशको अवस्था अत्यन्त गम्भीर छ । रेडक्रसले अस्पताल भर्ना भएकामध्ये कैयौँको अवस्था नाजुक रहेको जनाएको हो।
सिया मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको भनिएको सो घटनाको जिम्मेवारी आइएसले लिएको हो। यस बारेमा सरकारले केही बताएको छैन।
लेबनानमा भएको हमलाको जिम्मेवारी पहिलो पटक आइएसले लिएको हो। यसअघि लेबनानमा आइएसको प्रभाव रहेको बारेमा कुनै चर्चासम्म हुने गरेको थिएन। यति ठूलो सङ्ख्यामा नागरिक हताहति भएको लेबनानमा सरकारले शुक्रबारलाई शोकको घोषणा गरेको छ। रासस/एएफपी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, २७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय नाकाबन्दीलगायतका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र उसले उठाएका मागको सम्बोधनका विषयमा छलफल हुने बुझिएको छ । शीर्ष नेतृत्वमा मधेसी मोर्चासँग अनौपचारिक छलफल भइरहेका बेला उच्चस्तरीय समितिको बैठक बसेको हो ।
समितिले तयार पार्ने ठोस योजना र नीतिमा रहेर मधेसी मोर्चाको माग सम्बोधन गरिनेछ । त्यसै गरी नाकाबन्दीका विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी छ । बैठकमा समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी ओली तथा अन्य सत्तारुढ दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
dainiknepal

महासचिव वानद्वारा नाकाबन्दीबारे चिन्ता व्यक्त
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गरेका छन् ।
महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गरेका हुन् ।
कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेलेको भूमिकाको पनि सराहना गरे ।
बानले पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाईबारे चासो व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट असन्तुष्ट दलहरुको मागबारे समाधान गर्न पनि सुझाव दिएका छन् ।
भेटका अवसरमा पूर्व प्रधानमन्त्री कोइरालाले महासचिव वानलाई नेपाल संविधानसभाको माध्यमबाट एउटा समावेशी तथा प्रजातान्त्रिक संविधान जारी गर्न सफल भएको बताए ।
कोइरालाले सो भेटमा बानलाई विगतमा हिंसात्मक र अप्रजातान्त्रिक व्यवहार भएका राजनीतिक दललाई पनि प्रजातान्त्रिक छातामुनि ल्याउन सफल भएकोमा सन्तोष व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापति पनि रहेका कोइरालाले बानलाई संयुक्त राष्ट्रसङ्घले गत वैशाखको विनाशकारी भूकम्पपछि नेपाललाई पुर्याएको समर्थन र सहयोगका लागि धन्यवाद पनि दिए ।
पूर्वप्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नेपालमा समावेशी संविधान जारी भएपछि अहिलेको अवान्छनीय मोडमा पुगेकोमा अत्यन्त दुःखित भएको पनि उनलाई बताएका छन् ।
गत वैशाखको भूकम्पको केही घण्टामा नै हाम्रो उद्धारमा आउने अत्यन्त उदार छिमेकी राष्ट्र् भारत अहिले नेपाल–भारत सीमामा अत्यन्त जरुरी आपूर्तिमा अवरोध हुँदासमेत मौनदर्शक भएर बस्नु अकल्पनीय भएको पूर्वप्रम कोइरालाले मुनसँग बताएका छन् ।
भारतीय नाकाबन्दीबाट नेपालको अर्थतन्त्रलाई क्षतविक्षत बनाएको, सामाजिक जीवन अस्तव्यस्त बनाएको, विद्यालयहरु बन्द भएका र भूकम्पपीडितको व्यवस्थापन र पुनःनिर्माणलाई अवरुद्ध पारेको कोइरालाले मुनसँग बताएका छन् ।
सीमामा भएको नाकाबन्दीले भूकम्पबाट भएको सात अर्ब डलर बराबरको क्षतिभन्दा पनि धेरै बढी र व्यापक क्षति भएको र यसले नेपाललाई मानवीय सङ्कटको अवस्थामा धकेल्नु कसैको हितमा पनि नहुने कोइरालाले उल्लेख गरे
जनतालाई पीडा र कष्ट दिनुले देशमा उग्रवादलाई बढावा दिने भएकाले दक्षिण एसिया आतङ्कवादको तारो बनिरहेको सन्दर्भमा यो अवस्थाले यस क्षेत्र र वरपरको स्थितिलाई नाजुक बनाउने र यो कसैको हितमा पनि नहुने पनि उनले बताए ।
कोइरालाले पहाडी र मधेसी भनी विभिन्न जातजातिबीच विभाजनको रेखा कोरिनु ज्यादै चिन्ताजनक भएको पनि बानलाई बताए ।
पूर्व प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणको सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेका छन् । रासस
annapurnapost

काठमाडौं, कार्तिक २७ । प्रधानमन्त्री केपी ओलीले आफ्ना दिदी र बहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।
शुक्रबार बालुवाटारमा प्रधामन्त्री ओलीलाई उनकी दिदी विष्णुमाया शिवाकोटी र बहिनी विष्णुमाया ढकालले टीका लगाइदिएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले पनि दीदी र बहिनीलाई टीका लगाइदिएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, २७ कात्तिक । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा भारतको बचाउ गरेका छन् ।
आफ्नो भ्रमणका क्रममा नेपाली तथा भारतीय समुदायले विभिन्न मुद्दामा विरोध गर्दै बेइज्जत गरेपछि उनले भारत बुद्ध भुमि, गान्धि भुमि भएको भन्दै बचाउ गरेका हुन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयको अगाडि हजारौं नेपाली र भारतीयले मोदीविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा नेपालको नाकाबन्दीको कुरा भने उठेन् । तर मोदीमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारले भारतमा बढ्दै असहिष्णूता र मोदी सरकारको विरोधका बारेमा थुप्रै प्रश्न राखेका थिए । मोदीलाई गुजरात दंगामा १ हजार मानिस मारेको आरोपको पनि सामना गर्नुपरेको थियो ।
बेलायती प्रधानमन्त्री क्यामरुनसँगको वार्तापछि आयोजित दुई देशको अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा मोदीले सम्वाददाताहरुको जवाफ दिँदै भनेका छन्- ‘भारत बुद्धको धरती हो, गान्धीको धरती हो र हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन् ।’ मोदीलाई दिल्लीमा भएको (गाइको मासु घरमा राखेको आरोप एक मुश्लीमलाई कुटिकुटि मारेको) दादरी हत्याकाण्डबारे पत्रकारहरुले कडा प्रश्न गरेका थिए ।
बेलायतको द गार्डियन समाचारपत्रका अनुसार मोदीलाई सोधिएको एक प्रश्नमा उनले आफूलाई व्रिटेनले प्रतिबन्ध नलगाएको दाबी गरे । उनले आफूबाट केही गल्ति भएको हुनसक्ने भन्दै आफ्नो आगमनमा भएको प्रदर्शन स्वभाविक भएको बताए । समाचार अनुसार मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुश्लीमको ज्यान जानेगरी भएको दंगाको दोषीलाई मानिँदै आइएको छ । जसका कारण त्यसबेला मोदीलाई बेलायत र अमेरिकाले प्रतिबन्ध लगाएका थिए ।
मोदीले आज बेलायतको वेम्बली स्टेडियममा भारतीय समुदायलाई सम्बोधन गर्दैछन् । जहाँ अधिकांश भारतीयले मोदीले विरोधको तयारी गरेका छन् ।

इस्लामावाद, २७ कात्तिक-चीन र पाकिस्तानबीच आपसी सैन्य सहयोगमा जोड दिइएको छ । चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको प्रतिबद्धता आएको हो ।
चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष फान चान्लोङ् र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै सैन्य सहयोगमा जोड दिइएको थियो । गएको अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तानको भ्रमण गरेपछि चीन पाकिस्तान सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको धारणा उपाध्यक्ष फानले राखेका थिए । पाकिस्तानले आतङ्कवादका विरुद्धमा गरिरहेको कारबाहीका लागि चीनले हाल दिँदै आएको सहयोगलाई निरन्तरता दिने उनले बताए । यस अवसरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले चीन र पाकिस्तानको आपसी समन्वय र सहयोगबाटै क्षेत्रीय शान्ति र एसियाली स्थायित्वमा योगदान गर्नसक्ने धारणा राखे । रासस/सिन्ह्वा kathmandutoday

शुक्रबार, २७ कार्तिक
पर्सा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा एक ट्रकमा आगजानी गरेका छन् ।
बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
epalsandesh