सोमबार, ३० कार्तिक
नरेन्द्र मोदीको सन्दर्भमा एक हिन्दी उखान सहि सावित हुन थालेको छ –गाँठ भी गुमाना, बेबकुफ भी बनना । अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाँठ (पैसा) पनि गुमाए र अन्तमा बेबकुफ पनि बने ।
मोदीले नेपालमाथि नाकाबन्दी गरेर भारतीय सरकारले नेपालको अर्थतन्त्रमाथि महाभूकम्पले भन्दा गम्भीर क्षति पुर्याएर दवाव दिए । तर यसको साथै भारतीय सरकारले नेपालवाट कमाइरहेको अरवौं रुपैयाँ पनि गुमाइरहेकोछ । तात्कालीन रुपमा मात्र होइन, अब उत्तरी नाका खोल्न थाले पछि अरु थप भारतीय कमाई वन्द हुँदै जाने पक्का भएको छ ।
केवल पेट्रोल ग्याँसको मात्र होइन, उत्तरी नाका र वाटोहरु राम्रोसंग खुल्दै जाने क्रममा भारतको अरु बस्तुहरुको व्यापारिक हिस्सा पनि कम हुँदै जानेछ । नेपालमा भारतीय लगानी पनि धेरै छ । भारतीय लगानीका ती उद्योग व्यवसायले पनि भारतीय नाकावन्दीको नकारात्मक असर परेकोछ र यसले पनि भारतको कमाउ धन्धामा कमी आउनेछ ।
गाँठ गुमाउनुको साथै नरेन्द्र मोदी बेबकुफ पनि वन्दैछ । मोदी चेपुवामा फंस्दै गएका छन् । एकातिर केही मधेशका नेताहरुले दवाव दिंदैछन् कि उनीहरुको माग पूरा नभए सम्म नाकावन्दी कायम राखियोस् । अर्कोतिर देश भित्र तथा अन्तर्राष्ट्रिय जगतमा पनि ओली एक्लिन थालेका छन् ।
बेलायत बाहेक अरु कुनैपनि देशले मोदीको हँ मा हँ मिलाएका छैनन् । संयुक्त राष्ट्रसंघले पनि मोदी नाकावन्दीको विरोध गरिसकेको छ । आफ्नै देशमा पनि मोदीको आत्मघाती कदमको विरोध शुरु भैसकेकोछ । त्यहाँका स्थापित पत्रिकाहरु र टिभि लगाएतका संचार माध्यमहरुमा मोदीको नेपाल नीतिको विरोध शुरु भैसकेकोछ ।
विहारमा भएको शर्मनाक पराजयले मोदीलाई अझ लाजमर्दो वनाइदिएको छ । विहार चुनावमा विजय पाउनका लागि पनि नेपालमाथिको नाकावन्दीले सहयोग गर्नेछ भन्ने मोदीको रणनीति गलत सावित भएको छ र यसले उल्टै मोदीलाई व्याकफायर गरेकोछ ।
यसले मोदीलाई भारतव्यापी रुपमै आइसोलेशनमा पार्न सुरु गरेकोछ र मोदी क्रेजको पारो निकै घट्न थालेको स्वयंम मोदी कै दलका नेताहरुको विरोधवाट स्पष्ट हुन्छ । मोदी भन्दा धेरै वरिष्ठ विजेपी नेता लालकृष्ण आडवाणीको मोदी प्रतिको विरोध वक्तव्यले यसको संकेत गर्दछ ।
विहार चुनावमा मोदीको हारलाई मोदी घमण्डको हारको संज्ञा दिए जस्तै नेपालको नाकावन्दी काण्डमा पनि मोदी घमण्डको हार भैरहेकोछ । तर उनी त्यतिकै हार मानेर पुच्छर लुकाएर भाग्ने पक्षमा छैनन् भनिन्छ ।
उनमा इगो जागेको छ । मोदी नाकावन्दी काण्डमा फेस सेभ गर्ने गरि सम्झौता गर्ने पक्षमा रहेको श्रोतको दावी छ । नेपाली राजनीतिमा भारतीय सहजकर्ता वा मध्यस्थकर्ताको भूमिका रहेको सन्देश जाने गरि सम्झौता गर्ने पक्षमा मोदी छन् भनिन्छ ।
तर मोदी नराम्रोसंग नेपाली रणमैदानमा फँसेका छन् । मध्यस्थकर्ताको भूमिका भनेको दुई पक्ष माझ विचको वाटोमा सम्झौता गर्ने स्थिति रहेमा मात्र काम लाग्छ । मधेशका केही नेताहरु र सत्तापक्ष विच अहिले विच वाटोमा सम्झौता गर्ने स्थिति कम छ भन्ने पर्यवेक्षकहरुको मूल्यांकन छ ।
उपेन्द्र यादव लगायतका नेताहरु मधेशको मात्र दुई प्रदेशको अडानमा छन् तर सत्तापक्ष यो मान्न कुनै हालतमा तयार छैनन् । सीमांकन हेरफेर गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीको वक्तव्यमा आएपनि मधेशको मात्र अलग दुई प्रदेश गर्न सत्तापक्ष कुनै हालतमा तयार हुने छैन भन्ने कुरा विगतले प्रष्ट गरिसकेकोछ ।
असन्तुष्ट पक्षको समेत सहभागितामा आयोग वन्ने सम्ममा विचको वाटो निस्कन सक्दछ तर उपेन्द्र लगायतका नेता कुनै हालतमा यहि वेला सीमांकन नयाँ ढंगले गराइछाड्न चाहन्छन् । तसर्थ मोदीको विचौलिया वन्ने सपना पनि पुरा नहुने देखिन्छ ।
मोदीले फकाउने र थर्काउने दुबै रणनीति पालै पालो वा एकसाथ प्रयोग गरिरहेकोछ । आजभोलि केही नाकाहरु खुकुलो वनाएर फकाउन खोजिरहेकोछ । प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाइएको हल्ला समेत वाहिर आएको छ । तर यसपाली ओली र प्रचण्ड फकिने र थर्किने स्थितिमा नरहेको वताइन्छ । विगतमा यी दुबै नेताहरुले भारतीय एजेण्डा विविध समयमा वोकेको भएपनि अहिले स्थिति कोल्टे फेरेको देखा पर्दैछ ।
अहिले मोदीले आफ्नो पराजयवाट आफ्नो फेस सेभ गर्नका लागि केही नाकाहरु खुकुलो पारेर फकाउन खोजे पनि आफ्नो अभिष्ट पुरा भएन भने फेरी उग्र भएर सबै नाकाहरु वन्द गर्ने वा मुख्य नाका वीरगञ्ज वन्द नै राखेर नाकावन्दी लम्व्याई थप दवाव श्रृजना गर्ने सम्भावना रहेको श्रोतहरुको भनाई रहेको छ ।
यस्तो स्थितिमा सरकारले चीनवाट ग्याँस र अरु इन्धन व्यावसायिक रुपमा ल्याउन सक्यो भने मात्र मोदीको मन्त्र पुरै बेकामे हुने र मोदीको नाकावन्दी युद्ध पराजित हुने पर्यवेक्षकहरु औंल्याउँछन् ।
nepalsandesh

मोरङ । मोरङका विद्यार्थीले हावाबाट चल्ने टेम्पो रिक्सा बनाएका छन् । इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के टेम्पो रिक्साको सफल परीक्षण गरेका छन् ।
हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।
नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने – “डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।”
विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत एक लाख २५ हजार रहेको छ ।
मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा सुभास पोखरेलले भने – “राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ ।
nepalsandesh
सिरियामा आईएसको तालिम केन्द्रमा बमबारी
एजेन्सी : पेरिस हमलाको डरलाग्दो जबाफ दिँदै फ्रान्सले आईएस आतंकवादीको सैन्य तालिम केन्द्रमै डरलाग्दो बमबारी गरेको छ ।
फ्रान्सको तर्फबाट यो हमला आर्इएसको अखडा रहेको सिरियाको रक्का शहरमा गरिएको हो ।
रक्का आईएस आतंकवादीको कब्जामा रहेको छ । यूएई र जोर्डनबाट उडान भर्ने फ्रान्सका १० युद्धक विमानले आइतबार केही घन्टामै २० शक्तिशाली बम हानेका हुन् ।
फ्रान्सेली रक्षा मन्त्रालयको तर्फबाट जारी एक विज्ञप्तीमा भनिएअनुसार हवाई हमलाका क्रममा सबैभन्दा पहिले दाएस (अरबीमा आईएसको नाम) को एक कमाण्ड पोस्ट, जिहादीको नियुक्ति केन्द्र र हतियार एवम् युद्धक सामग्रीको डिपो नष्ट गरिएको हो ।
अर्को लक्ष्य आतंकवादीको प्रशिक्षण शिविरकारुपमा रहेको स्थान रहेको थियो । मन्त्रालयले जनाएअनुसार हवाई हमला गर्नका लागि विमान जोर्डन र संयुक्त अरब एमिरेट्सबाट उडेका थिए ।
यो हमला अमेरिकी सैनिकसँग तालमेल गरेर गरिएको हो । यो हमलामा आतंकवादीको तालिम क्याम्प र कमाण्ड पोस्टलार्इ मुख्य निशाना बनाइएको हो । फ्रान्सको रक्षा मन्त्रालयका अनुसार यो हवाई हमलामा सेनाको तर्फबाट आईएसको हतियार गोदामलार्इ पनि लक्षित गरिएको थियो ।
फ्रान्सले कारबाही जारी राख्ने
फ्रान्सको यो कारबाही आर्इएसबाट पेरिसमा भएको हमलाको प्रतिक्रिया मानिएको छ । आईएस आतंकवादीले पेरिसमा गरेको हमलामा १२० जनाको ज्यान गएको थियो ।
त्यो हमलामा ३५० जना गम्भीर घाइते भएका थिए । आर्इएसको आक्रमणपछि फ्रान्स सरकारले आर्इएसविरुद्धको उसको कारबाहीलार्इ अझ कडा बनाउने जनाइसकेको छ ।
annapurnapost

काठमाडौँ, ३० कात्तिक । संयुक्त राष्ट्रसङ्घीय हवाई सेवा (युएनएचएएस)लाई स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट रु
२७ करोडभन्दा बढी रकम सहयोग दिने सहमतिपछि नेपालका भूकम्प प्रभावितका लागि खाद्यान्न र अन्य अत्यावश्यक मानवीय सहायता सामग्रीको हवाई आपूर्तिले निरन्तरता पाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले व्यवस्थापन गरिरहेको युएनएचएएसका लागि स्विडेनले रु १२ करोड ६० लाख, स्विट्जरल्याडले रु छ करोड ५० लाख र संयुक्त अधिराज्यले रु सात करोड ९० लाख अनुदान दिएको कार्यक्रमले आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सो सहयोगका फलस्वरुप दुर्गममा रहेका भूकम्प प्रभावित हिमाली समुदायसम्म हेलिकप्टरमार्फत अत्यावश्यक वस्तु पु¥याउने कार्यले पुसको दोस्रो सातासम्म निरन्तरता पाउन सक्नेछ ।
देशमा गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएको पहिरोका कारण गोरेटोहरू भत्किएपछि धेरै हिमाली समुदाय देशको बाँकी भागबाट अलग हुन पुगेका छन् ।
“स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट प्राप्त यो उदार सहयोगका लागि डब्लुएफपी ज्यादै कृतज्ञ छ ।” डब्लुएफपी नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भन्नुभयो । “अन्यथा पुग्न कठिन समुदायका एक लाख ४६ हजार व्यक्तिसम्म आश्रय सामग्री र खाद्यान्न हवाईमार्गमार्फत पु¥याउन उनीहरुलाई आउँदो जाडो मौसमका लागि तयार रहन ज्यादै महत्वपूर्ण छ । यो सहयोगको अभावमा युएनएचएएसका हेलिकप्टर सेवा बन्द हुने थियो र यसले उच्च हिमाली गाउँका लागि गम्भीर परिणाम ल्याउन सक्थ्यो ।” वैशाख १५ गतेयता, युएनएचएएसले १५६ मानवीय संस्थाका तर्फबाट आपतकालीन राहत सामग्री दुर्गम समुदायसम्म आपूर्ति गरेको छ । आजसम्म यसका हेलिकप्टरले तीन हजार ४०० भन्दा बढी मानवीय सहायताकर्मीलाई सेवा दिनुका साथै दुई हजार ३०० मेट्रिक टन मानवीय सहायता सामग्री हिमाली क्षेत्रमा दुवानी गरेका छन् ।
विपद्को समयमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै समुदायको पोषण र समुत्थानशक्ति निर्माणका लागि काम गर्दै विश्वव्यापी भोकमरीविरुद्ध लड्दै आएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) विश्वको सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी हो । हरेक वर्ष डब्लुएफपीले ८० राष्ट्रमा करिब आठ करोड मानिसलाई सहयोग पु¥याउँछ । रासस
dainiknepal

३० कार्तिक,काठमाडौं । भारतमा दूई देशबीच क्रिकेट खेल्ने भारतीय प्रस्तावलाई पाकिस्तानी क्रिकेट बोर्डले ठाडै अस्विकार गरिदिएको छ। हालै भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले पाकिस्तानलाई यही डिसेम्वरमा भारतमा दुई देशबीच क्रिकेट खेल्न प्रस्ताव गरेको थियो।
तर भारतले अपेक्षा गरे विपरित पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी)ले भारतमा क्रिकेट खेल्न प्रस्तावलाई खारेज गरेको हो।
पिसिबीका प्रमुख शहरयार खानले भारत र पाकिस्तानबीचको खेल कि त पाकिस्तान नभए तटस्थ भुमि युएईमा हुने बताएका छन् ।
‘पाकिस्तान दुइ पटक भारतमा खेलिसकेको छ, अब पालो भारतको हो। अब अर्को सिरिज खेलिन्छ भने त्यो या त पाकिस्तानको घरेलु मैदानमा हु्न्छ या त युएईमा’ उनले भने।
पिसिबीले भारतले युएईमा खेल्न नमानेको बताएको छ। पिसिबी प्रमुख खानले सन २०१४ मा आईपिएल युएईमा खेलाउन सक्ने भारतले आफ्नो क्रिकट टिम युएई पठाउन नसक्ने कारण के भन्दै प्रश्न गरेका छन्।
उनले सन २००७ र २०१२ मा पाकिस्तान भारतमा खेलिसकेको र सन २०१४ मा भएको सहमति अनुसार पनि भारत पाकिस्तान वा युएईमा खेल्न तयार हुनु पर्ने बताएका छन्।
nepaliheadlines

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी गुजरातबाट लज्जास्पद पराजित भएसँगै उनीप्रति
भारतीय जनतामा तिब्र वितृषणा बढ्न थालेको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, ३० कात्तिक । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाले नेपाल र भारतको सीमा सुरक्षाका लागि राहदानीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
दुई देशका जनताबीच लामो र ऐतिहासिक सम्बन्ध रहे पनि भारतीय शासक वर्ग र केही गलत तत्वले बेलाबेलामा जनतालाई लडाउने र भड्काउन प्रयास गरेकाले राहदानीको व्यवस्था हुनुपर्ने उहाँको तर्क छ ।
नसासम्बन्धी ‘म्यास्थेनिया ग्राभिस’ को अमेरिकामा उपचार गरेर हालै फर्कनुभएका ‘प्रेस स्वतन्त्रता सेनानी’ बाट सम्मानित थपलियाले तराई मधेसका आन्दोलनमा केही भारतीय पक्षको पनि संलग्नता पाइनुले दुई देशको सम्बन्ध बिगार्ने र नेपाली जनतालाई कष्ट दिने गिद्धे दृष्टि राख्ने तत्वको स्वार्थ देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो- “नेपालको सुरक्षाका लागि भारतीय सीमामा नेपालले बार हाल्नैपर्छ र राहदानीको व्यवस्था हुनुपर्छ । दैनिक आवातजावत र आपसी व्यापारका लागि विशेष व्यवस्था गर्नुपर्छ ।”
उहाँले नयाँ संविधानमा असन्तुष्ट भई मधेसी दलले गरिरहेको आन्दोलनले लोकतन्त्रको हित नगर्ने र यसले नेपाललाई विखण्डनतर्फ धकेल्ने दाबी पनि गर्नुभयो ।
जनआन्दोलनका घाइते रहेका थपलियाले अमेरिकामा रहँदा पनि नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउनुभएको थियो । थप उपचारका लागि केही महिनापछि खर्च जुटाई पुनः अमेरिका जाने जानकारी दिनुभयो । रासस