सर्लाही, ३० कात्तिक । २०६४ सालमा सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसारको चुरे भावर प्रदेशको माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सोमबार सर्लाहीमा बृहत बिरोध प्रर्दशन गरेको छ ।
चुरे भावर प्रदेश सुनिश्चित गर, तत्काल नाकाबन्दी खोल, सामाजिक सद्भाव विथोल्ने तत्वमाथि कारवाहीलगायतको माग गर्दै चरे भावरका सैयौँको संख्यामा जम्मा भएका कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेसी मोर्चाले गरेको नाकाबन्दी र आमहड्तालले जनतालाई दुःख भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
ठूलो संख्यामा सडकमा उत्रिएका कार्यकर्ताले प्रर्दशन र र्यालीसहित लालबन्दीमा आधा घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । सडक अबरोधपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शका क्रममा चुरे भावरका कार्यकर्ताले नाकाबन्दी गर्नेहरूविरुद्ध नारावाजीसमेत गरेका थिए ।
सर्लाही जिल्ला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टी महन्त ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको गृह जिल्ला पनि हो । राजेन्द्र महताले वीरगञ्जस्थित दशगजा क्षेत्रमा बिगत दुई महिनादेखि टेन्ट टाँगेर नाका अबरोध गर्दै आउनुभएको छ ।
प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मधेसीसहित सबैको मागअनुसार प्रदेशको सीमाङ्कन फेरबदल गर्ने हो भने चुरे पहाड तलको समथल भू–भागलाई समेटेर चुरे भावर प्रदेश दिनुपर्ने माग गर्नुभयो ।
उहाँले सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसार चुरे भावर प्रदेश कायम गर्नुपर्ने माग गर्नुभएको थियो । ‘विगतको सम्झौता बेवस्ता गरे त्यसको मूल्य राज्यले चुकाउनु पर्छ’, अध्यक्ष न्यौपानेले चेतावनी दिनुभयो ।
उहाँले नाकाबन्दीले जनजीवन तहसनहस बनाएको र यसले तराईमा समाजिक सद्भाव भड्काउन थालेको भन्दै मधेसवादी दलका नेताहरूलाई सचेत गराउनुभयो ।
‘सामाजिक सद्भाव कायम गर्नेतर्फ मधेस केन्द्रित दलका नेताहरूले ध्यान दिनुपर्छ’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘मधेसी मोर्चाले तत्काल नाकाबन्दी फिर्ता लिएर मुलुक र जनतालाई सहजतातर्फ लैजानुपर्छ । अन्यथा त्यसको जनताले कडा प्रतिकार गर्ने छन् ।’
dainiknepal.
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कार्तिक ३०, २०७२- नाकाबन्दीका कारण उत्पन्न इन्धन संकटलाई मध्यनजर गर्दै साझा यातायातले मन्त्रीहरुलाई साझा बसमा मन्त्रालय लाने लैजान प्रस्ताव गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखि यस्तो प्रस्ताव गरेका हुन् ।
साझाले मन्त्रीहरूका लागि २ वटा बसहरुले बिहान ८ बजे मन्त्री निवास पुल्चोकबाट सिंहदरबार पुर्याउने र साँझ ४ बजे मन्त्री क्वाटर पुर्याउन लिन जाने प्रस्ताव गरेको हो ।
‘नेपाल सरकारका माननीय मन्त्रीज्यूहरुले प्रयोगमा ल्याएका सवारी साधन तथा सुरक्षाका लागि सञ्चालित सवारी साधनहरुमा प्रयोग हुने इन्धनको समेत बचतका लागि संस्थाले कदम चालेको हो,’ पत्रमा भनिएको छ । साझाले शनिबार पत्र पठाएको भए पनि सरकारले यसको कुनै जवाफ दिएको छैन ।
kantipur भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सोमबार, ३० कार्तिक
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले छिमेकी मुलुक भारतले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्रमा विभिन्न खेल खेलिरहेको आरोप लगाएका छन् ।
सोमबार पर्यटन पत्रकारिता गर्दै आएका केही सञ्चारकर्मीहरुसँगको भेटमा मन्त्री पोखरेलले निजगढ विमानस्थल बन्न नदिनकै लागि भारतले फास्ट ट्राक र विमानस्थल एउटै प्याकेजमा बनाउने बाहनाका विभिन्न प्रस्तावहरु ल्याएको आरोप लगाए ।
उनले भारतले उक्त विमानस्थल बन्न नदिन विभिन्न नाटक गरिरहेपनि नेपालले भारतको भ्रम चिरेर काम गर्ने बताए । मन्त्री पोखरेलले उक्त विमानस्थल दक्षीण एसियाकै महत्वपूर्ण स्थानमा बन्न लागेकाले भारत अत्तालीएको बताए ।
उनले यो विमानस्थलको काम सुरु हुने र यसका विरुद्ध भारत बोल्योभने आश्चर्य नहुने बताए ।
उनले भारतले कहिले के र कहिले के भन्दै प्याकेजको कुरा गरेको तर, आफु त्यस्तो पक्षमा नरहेको बताएकाछन् । उनले नेपालको अहित हुने प्रस्ताव लिएर आउने व्यक्तिलाई मन्त्रालय छिर्न पनि नदिने बताए ।
nepalsandesh

अफगानिस्तान: अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा सोमबार समयभन्दा अगाडि नै भएको एक बम विस्फोटमा परी तीन आतङ्ककारीको मृत्यु भएको छ ।
नुर्गाल जिल्लाको पान्जसिर नाउ क्षेत्रमा स्थानीय समयाअनुसार सोमबार ६ बजे सो घटना भएको जनाइएको छ । आतङ्ककारीले लिएको टाइम बम समय अगावै विस्फोट भएको बताइएको छ । बम विस्फोटको योजना गरिरहेका तीन आतङ्ककारीको सो घटनामा मृत्यु भएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर सडककिनारमा बम विस्फोट गराउने यस अघिपनि तालिवान आतङ्ककारी समूहले जिम्मा लिदै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको दावी गरिएको छ ।
annapurnapost

काठमाडौँ ३० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दललाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासघंद्वारा यहाँ आज आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए ।
चेतावनी दिँदै उनले भने– तपाईहरुका कारणले सारा नेपाली जनताले दुःख पाएका छन्, अब आन्दोलन फिर्ता लिएर वार्ता बस्नुस्, अन्यथा सरकार कदम चाल्न बाध्य हुनेछ ।’ समस्याको समाधान वार्ताबाटै खोज्नुपर्नेमा मन्त्री बस्नेतको जोड छ ।
dainiknepal

काठमाडौं । बाबुराम भट्टराइको नयाँ शक्तिमा अगुवाको रुपमा आएर पार्टी कार्यलयमा असहमति पत्र बुझाई एमाओवादी पार्टीपरित्याग गरेका नेता देवेन्द्र पौडेलले प्रचण्डलाई सतर्क रहन सुझाव दिएका छन् ।
उनले आफनो फेसवुकबाट नाम भजाएर आफ्नै सहकर्मीलाई अपमान गर्नेसँग सर्तक रहन प्रचण्डलाई सुझाव दिएका हुन् ।
सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक भएकाले भन्दै अहिलेको देशलाई निकास दिन प्रचण्डलाई उनले आग्रह समेत गरेका छन् ।
पौडेलले आफनो फेसबुकमा लेखेका छन् “क. प्रचण्ड जी तपाई सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक हुनु भएकोले अल्झिएको देशलाई निकास दिनु होला ।
हाम्रो पूर्ण सहयोग हुनेछ । हामी जँहा छौ, जे गर्दै छौ र पनि झन्डै तिन दशक तपाईहरुलाई सहयोग नै गरेका हौ र भविष्यमा पनि राम्रो कामको लागी सहयोग नै रहनेछ ।
नँया शक्ति निमार्ण अभियान कसैको ब्यक्तिगत बिरोध एवं आरोप प्रत्यारोपको लागी होईन देशको बिकल्पका लागी हो । बरु एउटा सुझाब छ तपाईको नाम भजाएर आफ्नै सहकर्मीहरु लाई अपमान गर्ने प्रवृतिवाट सर्तक रहनु होला ।”
nepalsandesh
काठमाडौं । बाबुराम भट्टराइको नयाँ शक्तिमा अगुवाको रुपमा आएर पार्टी कार्यलयमा असहमति पत्र बुझाई एमाओवादी पार्टीपरित्याग गरेका नेता देवेन्द्र पौडेलले प्रचण्डलाई सतर्क रहन सुझाव दिएका छन् ।
उनले आफनो फेसवुकबाट नाम भजाएर आफ्नै सहकर्मीलाई अपमान गर्नेसँग सर्तक रहन प्रचण्डलाई सुझाव दिएका हुन् ।
पौडेलले आफनो फेसबुकमा लेखेका छन् “क. प्रचण्ड जी तपाई सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक हुनु भएकोले अल्झिएको देशलाई निकास दिनु होला ।
हाम्रो पूर्ण सहयोग हुनेछ । हामी जँहा छौ, जे गर्दै छौ र पनि झन्डै तिन दशक तपाईहरुलाई सहयोग नै गरेका हौ र भविष्यमा पनि राम्रो कामको लागी सहयोग नै रहनेछ ।
नँया शक्ति निमार्ण अभियान कसैको ब्यक्तिगत बिरोध एवं आरोप प्रत्यारोपको लागी होईन देशको बिकल्पका लागी हो । बरु एउटा सुझाब छ तपाईको नाम भजाएर आफ्नै सहकर्मीहरु लाई अपमान गर्ने प्रवृतिवाट सर्तक रहनु होला ।”
nepalsandesh
धनगढी–कैलालीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति गठन भएको छ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्तिका संयोजक कृष्णकुमार चौधरीको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन भएको आज कैलालीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नयाँ शक्तिमा एकीकृत नेकपा माओवादी जिल्ला सदस्य परित्याग गरी नैनबहादुर चौधरी, कमला शाही, गंगा चौधरी, हरिश्रीपाईली, सुकदैया चौधरी, नृप खड्का, कृष्ण बोहरा लगायत ४७ सदस्य रहेको संयोजक चौधरीले जानकारी दिए । पूरानै पार्टी, पुरानै विचार र पूरानै कार्यशैलीले देशको विकास नहुने भएका कारण नयाँ ढंगबाट नयाँ पार्टी विचार, कार्यदिशा, संगठन नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ ढंगको पार्टी निर्माण नै नयाँ शत्तिल हो संयोजक चौधरीले बताए । उनले देशको बेरोजगारी, गरिबीको अन्त्य गरी छिटो भन्दा छिटो देशलाई सम्बृद्ध बनाउने र आर्थिक विकास गरी नेपाली जनतालाई आत्मनिर्भर बनाई आर्थिक क्रािन्तको मार्गचित्र कोर्ने नयाँ शक्तिको मुख्य ध्येय भएको बताए । उता, एकीकृत नेकपा माओवादीको आज जिल्ला पदाधिकारीको बैठक बसी कृष्णकुमार चौधरी र नयनबहादुर चौधरीलाई पार्टी सदस्य र जिम्मेवारीबाट निष्काशन गरी कार्वाही गरिएको एनेकपा माओवादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले बताए । नयाँ शक्तिमा माओवादीका अधिकांश पार्टी सदस्यलाई जानकारी नदिई राखेको आरोप उनले लगाए । -ratopati