एक दिन विदा थपियो
काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले एसियाली विकास बैंकको गरिबी निवारणका लागि जापानी कोषबाट प्राप्त हुने रु एक अर्ब ५७ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
सो रकम भूकम्प प्रभावित समुदायका लागि विपद् जोखिम न्यूनीकरण तथा जीविकोपार्जन र पुनःस्थापनामा खर्च हुने मन्त्रिपरिषद्का प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
भूकम्पपछि पुनःनिर्माणका लागि दाता राष्ट्रको सम्मेलनमा जापानले प्रतिबद्धता जनाएअनुसार आकस्मिक विद्यालय पुनःनिर्माण र आकस्मिक आवास पुनःनिर्माणका लागि दिन लागेको रु २३ अर्ब चार करोड ऋण सहायता सरकारले स्वीकार गर्ने उहाँले जानकारी दिए ।
भारतले अघोषित नाकाबन्दी गरेका कारण मुलुकले मानवीय सङ्कट व्यहोर्नुपरेको अवस्थामा आपूर्ति प्रबन्धलाई व्यवस्थापन गर्न सबै खालका विकल्प अपनाउने, आपूर्ति भएका ग्यास, इन्धनलगायका वस्तुलाई पारदर्शीरुपमा वितरण गर्ने, कालोबजारी नियन्त्रण गर्ने, एम्बुलेन्स स्कुल बस, दूध तथा पानी बोक्ने सवारीसाधनलार्ई निश्चित पेट्रोलपम्पबाट इन्धन वितरण गर्ने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयका सचिवको संयोजकत्वमा गठन भएको संयन्त्रलाई प्रभावकारी बनाई कालोबजारीयालाई कारबाही गर्ने र प्रत्येक हप्ता सुरक्षा प्रबन्धका साथ सबै विकल्प अपनाएर ग्यास, इन्धनलगायतका वस्तु सबै स्थानमा वितरण गर्ने तथा हरेक हप्ता सर्वसाधारणको जानकारीका लागि ती वस्तुको विवरण सार्वजनिक गर्न सम्बन्धित मन्त्रालयलाई निर्देश गर्ने सो बैठकबाट निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले निष्कर्षहीन अवस्थामा रहेको भारतसँगको वार्ता प्रक्रियालाई तत्काल नयाँ उचाइबाट निष्कर्षमा पु¥याउन सरकारका तर्फबाट प्राथमिकताका साथ वार्ता प्रक्रियाअघि बढाउने निर्णय पनि गरेको छ ।
यस्तै मुलुक भूकम्पपछि पुनः निर्माणका लागि संसद्मा विचाराधीन अवस्थामा रहेको प्राधिकरण विधेयक पारित नभएसम्म राष्ट्रिय योजना आयोगमार्फत काम तत्काल अधि बढाउने, तातोपानी र केरुङ सडक तत्काल सुचारु गराउन सम्बन्धित मन्त्रालयलाई निर्देश गर्ने, किरात गुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती (कात्तिक २५ गते) का दिन सार्वजनिक बिदा दिने र सबै सार्वजनिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयमार्फत एक कार्यदल गठन गर्न निर्देश गर्ने निर्णय गरेको छ |
nepalsandesh

इन्धन ल्याउन भने समस्या नहुने
सिन्धुपाल्चोक : नेपालले चीनसँग व्यापार गर्ने सबैभन्दा ठूलो तातोपानी नाकाबाट व्यापारिक कारोबार सुचारु गराउन बेइजिङबाट निर्देशन नआउँदा सीमाका चिनियाँ अधिकारी अन्योलमा परेका छन् ।
नेपाल–चीन सीमासुरक्षा वैठकमा सहभागी चिनियाँ अधिकारीले नाका खोल्नेबारे अनभिज्ञता प्रकट गरेका हुन् ।
बुधबार सिमाको न्यालाम काउन्टीमा भएको सिमा क्षेत्रका सरकारी अधिकारीहरुको वैठकमा न्यालामका सिडिओ दु बिङले बेइजिङबाट निर्देशन नआएसम्म तातोपानी नाका खुल्ने मितिबारे केही भन्न नसकिने प्रतिक्रिया दिएको बैठकमा सहभागी नेपाली अधिकारीले बताए ।
सीमा वैठकमा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी नेतृत्वको नेपाली टोलीले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।
चीन सरकारले सिगात्से–खासा सडक सञ्चालनमा ल्याउन सकिने नसकिनेगरेको सर्भे प्रतिवेदनपछि मात्रै नाका सञ्चालन गर्ने विषमा थाहा हुने चिनियाँ अधिकारीले बताएको प्रजिअ गिरीले जानकारी दिए ।
गिरीका अनुसार जतिसक्दो छिटो नाका सञ्चालनमा ल्याउन पहल गर्ने चिनियाँ अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
व्यापारिक कारोबारका लागि सर्भेको प्रतिवेदन कुरेपनि इन्धन ल्याउन भने नाका सञ्चालनमा ल्याउन सक्ने संकेत चिनिया अधिकारीले दिएको वैठकमा सहभागी प्रहरी नायव उपरीक्षक विश्व अधिकारीे बताए ।
अधिकारीका अनुसार चीन सरकारले इन्धन आपूर्तिमा प्राथमिकता दिने अधिकारीहरुले बैठकमा जानकारी गराएका थिए ।
नेपाली टोलीले भारतले गरेको नाकावन्दीका कारण जनजीवन कष्टकर बनेकाले नाका छिटो सञ्चालनमा ल्याएर आपूर्ति सहज बनाउन सहयोग गर्न बैठकमा आग्रह गरेको थियो ।
चिनियाँ टोलीले खासामा भएका सरकारी भवन पुनर्निर्माणमा समय लाग्ने भएकाले सडक सर्भेको प्रतिवेदनपछि न्यालाममै भन्सार सञ्चालन गरेर व्यापारिक कारोबार सुरु गर्ने जानकारी दिएको वैठकमा सहभागी एक अधिकारीले बताए ।
खासामा भूकम्पले क्षति पु¥याएपछि सुरक्षाकर्मीबाहेकका सरकारी कर्मचारी, व्यवसायी र सर्वसाधारणलाई चीन सरकारले सिगात्सेमा स्थानान्तरण गरेको थियो ।
नेपालतर्फका भन्सार, अध्यागमन लगायत कार्यालय साविककै ठाउँमा सञ्चालनमा ल्याइसकेपनि चिन सरकारले अझै लिपिङ र खासामा भएका भन्सार लगायत सरकारी कार्यालय सञ्चालनमा नल्याउँदा आयात निर्यात प्रभावित भएको छ ।
पूर्णरुपमा व्यवसाय सञ्चालनमा ल्याउन केही समय कुर्नुपर्ने देखिएपनि भुकम्प अघि खासाका गोदाममा रहेका नेपाली व्यवसायीको पाँच सय कन्टेनर भन्दा बढी चिनियाँ सामाग्री नेपाल ल्याउने विषयमा भने प्रकृया पूरा हुन लागेकाले छिटै छाड्ने चिनिया टोलीले जनाएको वैठकका सहभागीले बताए ।
सहभागीका अनुसार न्यालामबाट स्थानीय प्रशासनमार्फत नाका सञ्चालनको पहल भएपनि चीन सरकारले स्वीकृति नदिएकाले तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन ।
नाका सञ्चालन बाहेक सिमा सुरक्षा, तस्करी नियन्त्रण लगायत कार्यमा सहकार्य गर्ने सहमति भएको वैठकका सहभागीले बताए । बैठकमा न्यालामका सिडिओ बिङको नेतृत्वमा न्यालाम पोर्टका कार्यकारी निर्देशक लगायत १९ जना सहभागी थिए ।
नेपालका तर्फबाट प्रजिअ गिरी नेतृत्वमा सुरक्षा निकायका प्रमुख, भन्सार, अध्यागमन, नापी तथा वन कार्यालय लगायत निकायका प्रमुख सहभागी थिए ।
annapurnapost

बिहीबार, ३ मंसिर
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले नेपालमा औषधिको चरम अभाव भएपछि बिराटनगर नाकाबाट औषधिजन्य पदार्थ ल्याउन दिनेगरि नाकाबन्दीलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले तराईका जिल्लाहरुमा बन्द रहेका विद्यालयहरु बिहानको समयमा खोल्न दिने निर्णय समेत गरेको छ ।
देशभर औषधिको अभाव भएपछि विरामीको मृत्यु हुन थालेको र नेपालमा मानविय संकट उत्पन्न हुने अवस्था आएको भन्दै मोर्चालाई औषधिजन्य पदार्थ आपुर्तिमा रोक नलगाउन सरोकारवाला निकायले आग्रह गरेका थिए ।

काठमाडौं । कुनैबेला डन चरी अर्थात दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिए लगत्तै गैह न्यायीक हत्या भएको भन्दै रिपोटर्स क्लबमा पत्रकार सम्मेलनदेखि मिडियावाजी गर्दै हिड्ने खुश्बु ओली अहिले चरीको नाम लिन पनि हिच्कीचाउने गरेकी छिन् ।
यती मात्र हैन उनले चरिसँग आफ्नो नाम जोडीदा दुःख लाग्नेगरेको बताएकी छिन् । चरीले अबैध रुपमा कमाएको सम्पत्त लुकाएको आरोपमा प्रहरीले खोजीकार्य गरेपछि उनी सुटुक्क बेलायत लागेकी थिइन् ।
अहिले नेपाल आएकी खुश्बुले आफ्नो विगत कोट्याएर आफुलाई पीडा नदिन आग्रह गरेकी छिन् । उनले यस अघि जे जे भएपनि अब आफु स्वतन्त्र ढंगले जीवनयापन गर्ने सुरमा रहेको उनले बताइन् ।
उनले अब आइन्दा चरीसँग नाम जोडेर आफुसँग कुराकानी नगर्न चेतावनी समेत दिएकी छिन् । गत वर्ष २१ साउनमा काठमाडौंको भिमढुंगामा चरिको इनकाउण्टरमा मृत्यु भएको थियो ।
चरीकी प्रेमिका खुश्बु विशालनगरमा सेल्टर नामक बाल गृह चलाउँदै आएकी थिइन् । उनको उक्त घर भूकम्पले भत्काएसँगै सितापाइलामा उस्थायी क्याम्प बनाएर १७ जना बालबालिकालाई पालेकी छिन् भने अब नेपालमै बसेर सामाजिक कार्यगर्ने उनले बताएकी छिन् ।

काठमाडौं, मंसिर ३ । राजधानीमा आज विभिन्न आठ वटा ग्यास कम्पनीले सर्वसाधारणलाई ग्यास वितरण गरेका छन् ।
नेपाल ग्यास, एभरेष्ट ग्यास, तारा ग्यास, नारायणी, हिमाल, सिद्धार्थ, राजधानी र लोकप्रिय ग्यासले आज ग्यास वितरण गरेका हुन् । नेपाल ग्यासले २६ स्थान, ताराले ९ स्थान र एभरेष्टले ३९ स्थानबाट ग्यास वितरण गरेका छन् ।
style="text-align: justify;">ग्यास कम्पनीहरुले तीन चरणमा ग्यास वितरण गर्ने बताएका छन् । यीमध्ये अधिकांशले आधा सिलिण्डर र केहीले पूरै सिलिण्डर ग्यास बाँडेका छन् ।
ग्यास लिन चाहनेहरुको लाइन भने निकै लामो रहेको छ ।
imagekhabar

जापान । जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एनआरएन जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ ।
यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो ।
आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ ।
आगामी जुन २० तारेखमा टोकीयोमा उक्त कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ ।
कार्यक्रममा चर्चित गायिका आस्था राउत, पुर्व मिस टिन प्रियंका कार्की, यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंशाकार, बमबहादुर कार्की र क्रिकेटर पारस खड्का लगायतका चर्चित कलाकर्मी तथा मोडलहरुको सहभागिता रहने एनआरएन जापानका अध्यक्ष मधुसुदन थापाले नेपाल सन्देशलाई जानकारी दिए ।
उक्त कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने थापाले बताए ।
कार्यक्रमको प्रचार प्रसारमा सक्रिया सहयोग गर्न एनआरएन जापानले जापानमा रहेका नेपालहिरुको विभिन्न संघ संस्थाहरुलाई आह्वान समेत गरेको छ । एनआरएन जापानका पारशमणी पोखरेलका अनुसार उक्त कोष ५ करोड जापानी ऐनको हुनेछ ।

एजेन्सी : तीन साताअघि इजिप्टमा आइएआइएसले खसालेको रुसी विमानबारे नयाँ तथ्य बाहिर आएको छ ।
आइएसआइएसले रुसी विमान खसाल्न प्रयोग गरिएको जुसको क्यान र त्यसमा जडान गरिएको बमको तस्बिर आफ्नो म्यागजिनमा सार्वजनिक गरेको हो ।
उसले सोही जुसको क्यानमा डेटोनेटर जडान गरेर २२४ यात्रुसहितको रुसी विमान खसालेको दाबी गरेको हो ।
आतंकवादी संगठन आइएसआइएसले रूसी जहाज खसालेपछि खुसीयाली मनाइरहने क्रममा जहाज खसाल्न प्रयोग जुसको क्यानको तस्बिर सार्वजनिक गरेपछि त्यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
उसले आफ्नो अलाइन म्यागजिन 'दाकिब' मा रूसी जहाजमा बम राखेको जिम्मेवारी लिएको छ ।
सार्वजनिक गरिएको तस्बिरमा आइएसआइएसले दाबी गरेअनुसार रूसी जहाज क्यान बममार्फत विस्फोट गराइएको जनाइएको छ ।
रुसी जहाज ३१ अक्टोबरमा इजिप्टको शर्म अल शेख रिसोर्टबाट उडान भरेको २३ मिनेटपछि दुर्घटना भएको थियो ।
आइएसको दाबी अनुसार इजिप्टमा एयरपोर्टका सुरक्षाकर्मीलार्इ छलेर जहाजमा बम राखिएको थियो ।
आइएसआइएसले यही क्यान बमका कारण जहाज विस्फोट भइ दुर्घटनामा परेको जनाएको छ । यो जुसको क्यानमा करिब एक किलो ५ सय ग्रामको विस्फोटक राखिएको थियो ।
१८ नोभेम्बरमा रूसको फेडरल सेक्युरिटी सर्भिसका निर्देशक अलेक्जेन्डर बोर्टनिकोभले बताए अनुसार जहाजमाबम राखिएको थियो ।
त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवादीको खोजीखोजी ज्यान लिन भनेका थिए । यसैबीच रुसी सरकारले आतंकवादीबारेमा जानकारी दिनेलार्इ करिब ४ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
३१ अक्टोबर बिहान ६ बजेर ५१ मिनेटमा रूसक एयरबस ए-३२१ उडान नम्बर ७के९२६८ जहाज शर्म अल-शेखबाट उडेको थियो ।
यो जहाज सोही दिन मध्यान्ह १२ बजेर १० मिनेटमा रुसको सेन्ट पिटर्सबर्गको पुलकोभो एयरपोर्टमा अवतरण हुनुपर्ने थियो ।
यो जहाजमा सात चालक दलका सदस्य, १७ जना बालकसहित २२४ यात्रु थिए । एयरपोर्टबाट उडान भरेको २३ मिनेटपछि यो प्लेन गायब भएको थियो । रुसकै कोलेभिया एयरलाइन्स यो जहाजमा अधिकांश रसियन पर्यटक सवार थिए ।