• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । चीनसँगको सबैभन्दा पूरानो तथा ठुलो नाका तातोपानीबाट व्यापारकि कारोबार गर्न चीन तयार भएको छ ।
सिन्धुपाल्चोकका सरकारी अधिकारीहरुलाई नाका खोल्ने तयारी स्वरुप चीनको नेल्ह्ममा बोलाएको चीनले दीपक्षिय वार्ताका क्रममा चीन चाढै तातोपानी नाका खोल्न लागेको बताएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताएका हुन् ।

बुधबार चीनको जिल्ला अधिकारी र सिन्धुपाल्चोकका अधिकारीहरुबिच नाका संचालनको तयारी बैठक बसेको थियो । गत महाभूकम्पको क्षतिको कारण चीनले आफ्ना सरकारी कार्यालय र खासा बजारका स्थानीय बासिन्दाहरुलाई स्थानान्तरण गरिसकेको कारण नाका खोल्न ढिला भएको जनाएको थियो भने नेपाली अधिकारीहरुले नेपालमा संकटको स्थिति भएकाले तत्काल नाका स.चालन गरी व्यापारिक कारोबार संचालन गर्न आग्रह गरेका थिए ।

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पूनले चीन भ्रमणको क्रममा तत्काल संकट हल गर्न तातोपानी नाका संचालनका लागी  आग्रह गर्नुको साथै चीनको एक प्रविधिक टोलीलाई नाका  र बाटो अवस्था बुझ्न नेपाल पठाएका थिए । उक्त टोलीले काठमाडौंदेखि तातोपानी हुँदै ल्हासासम्मको सडक मार्ग भाइटिकाको दिन अवलोकन गरेको थियो ।

त्यही प्रविधिक टोलीको सुझाव पछि चीन तातोपानी नाका सूचारु गर्न तयार भएको हो । चीनीया पक्षका अनुसार शुक्रबारदेखि नै सिगात्से सारिएका सरकारी कार्यालयहरु खासा ल्याउने प्रक्रिया सुरु हुनेछ । गिरीका अनुसार केहीदिनमै चीनले तातोपानी नाका खोल्नेछ ।
khabardabali. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, ४ मंसिर
काठमाडौं । चीनसँग इन्धन आपुर्तिको व्यापारिक सम्झौता गर्न सात सदस्यीय टोली चीन जाने लगभग तयारी पुरा भएपछि भ्रमण रोकीयो ।
भ्रमण रोकीदा विभिन्न शंका उपशंकाहरु उत्पन्न भएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंह पनि यतीबेला चीन भ्रमणमा रहेकाले उनको खेल त हैन भन्ने शंका पनि चलेको छ ।
तर, बाणिज्य तथा आपुर्ति मन्त्रालयले भने चीनमा सार्वजनिक विदा परेकाले भ्रमण २४ घण्टाकालागि रोकीएको बताएको छ । मन्त्रालयले शनिबार र आइतबार चीनमा सार्वजनिक विदा परेकाले शनिबार मात्र टोली पठाउने तयारी गरेको जानकारी गराएको छ ।
मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जाँदै थियो । टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहने छन् ।
नेपाली प्रतिनिधिमण्डलले चीन पुगेको भोलीपल्ट उच्चस्तरीय भेटघाट गर्ने र प्राविधिक विषय मिलाएर सोमबार मात्र सम्झौता गर्ने तयारी गरेको छ । सोमबार नै इन्धन किन्ने अग्रिम भुक्तानी गरेर अर्डर गरिने बताइएको छ ।
चीनको इतिहासमा पहिलो पटक उस्ले विदेशमा इन्धन निर्यात गर्न लागेको छ । यस कारण चीनले आफ्नो देशको केही कानुन मिलाउनुपर्ने भएकाले सम्झौतामा केही ढिलाई हुने संकेत गरेकाले पनि भ्रमण रोकीएको स्रोतको दाबी छ ।
nepalsandesh
१२ हजार डिजेलसहित ट्याङकर प्रहरी नियन्त्रणमा
परासी : कालोबजारी गर्न इन्धन लगेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले विहीबार राति नेपाल आयल निगमको एक ट्याङ्कर डिजेल पक्राउ गरेको छ

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमका डिपो प्रमुख दिनेश यादवले बिल र चलानी बिना काठमाडौंतर्फ पठाउँदै गरेको एक ट्याङ्कर डिजल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि रुपन्देही प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।


उक्त ट्याङ्करमा १२ हजार लिटर डिजल थियो । इन्धनको अभाव भएको मौका छोपी महङ्गो मूल्यमा बेच्न डिपो प्रमुख यादवले डिजेल काठमाडौं पठाएको आरोप छ ।

ना ४ ख ७१४५ नम्बरको ट्याङ्करमा लोड गरी काठमाडौं लग्दै गरेको इन्धन बर्दघाट बजारबाट नियन्त्रणमा लिइएको प्रउ उपाध्यायले जानकारी दिए ।

‘डिपो प्रमुख यादवले विनाकागज काठमाडौंको एक पम्पलाई डिजल पठाएको जानकारी आएपछि हामीले चालकसँग कागज पत्र (भ्याट बिल र चलानी कागज) माग्यौं’,  प्रहरी उपरीक्षक उपाध्यायले भने, ‘तर उनले कागज देखाउन नसकेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमार्फत् कारबाहीका लागि राती नै ट्याङ्कर पठाएका हौं ।’

चालकलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक उपाध्याले भने, ‘यो तेल काठमाण्डौंको पम्प पु¥याउने हो लैजानुस भनेर पठाएका हुन् ।’ पम्पको नाम भने उनले बताउन चाहेनन् ।

अनियमित तरिकाले त्यसरी सोझैं काठमाडौंको पम्पमा इन्धन पठाउन नपाइने पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोशियसनका अध्यक्ष प्रेम न्यौपानेले बताए ।

भलबारीस्थित डिपोले पश्चिमाञ्चलका अर्घखाँचीबाहेकका सबै जिल्लामा रहेका पम्पहरुमा सोझै भ्याट बिल काटेर इन्धन पठाउन पाउँछ । तर काठमाडौंमा पठाउँदा त्यहाँको डिपोमार्फत् पठाउनु पर्ने प्रावधान रहेको न्यौपानेले बताए ।

इन्धन नियन्त्रण र कालोबजारीको आरोपबारे प्रतिक्रिया माग्न डिपो प्रमुख यादवलाई बारम्बार सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठेन ।

यादवलाई सरुवा गराउन व्यवसायी काठमाण्डौं
डिपो प्रमुख यादव यसअघि पनि पटकपटक अनियमित तरिकाले सोझै पम्पहरुमा इन्धन पठाउने गरेको भन्दै व्यवसायीहरुबाट आलोचित हुँदै आएका छन् ।

सहज समयमा पनि उनले  बिल नकाटी सोझै इन्धन पठाएर मोटो रकम कुम्लाएको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् ।

पछिल्लो पटक नाकाबन्दीको मौका छोपेर कमिशन र कालोबजारी गरेको आरोपमा यादवको सरुवाको माग गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियसनका पदाधिकारीहरु शुक्रबार काठमाण्डौं पुगेका छन् ।

‘यादवले फेरि कालोबजारी गर्ने उद्देश्यले पठाएको डिजल प्रहरीले पक्राउ गरेको सुनेका छौं’, एशोसियसनका अध्यक्ष न्यौपानेले भने, ‘अब उनको ठाउँमा अर्को प्रमुख नपठाएसम्म डिपोबाट हुने अनियमित काम र भ्रष्ट्रचार रोँिकदैन त्यसैले सरुवाका लागी आएका हौं ।’

सरुवाका लागि अहिले नेपाल आयल निगममा पुगेको र त्यहाँबाट पनि नभए मन्त्रालय तथा अन्य निकायमा जाने तयारी रहेको न्यौपानेले जानकारी दिए ।
www.annapurnapost
उरुम्की (चीन) : चीनको पश्चिमी क्षेत्रमा पर्ने सिन्जिआङ्ग प्रान्तमा प्रहरीको कारबाही र आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा परी २८ जना आतङ्ककारी मारिएको छ ।

प्रहरीले अपराधीको खोजी कार्य ५६ दिनसम्म जारी राखेको बताएको छ । चिनियाँ प्रहरीले शुक्रबार सो जानकारी दिएको हो । गत सेप्टेम्बर १८ मा सशस्त्र व्यक्तिहरुको एक समूहले अक्सु बैचेङ्ग गाउँमा अवस्थित एक कोइला खानीमा गरेको एक आक्रमणमा ११ सर्वसाधारण र पाँच प्रहरीको मृत्यु भएको थियो ।


आक्रमणकारीहरु पहाडी इलाकातर्फ भागेका बताइएको थियो । उनीहरुको खोजीलाई चिनियाँ प्रहरीले सशक्त बनाएको थियो । त्यसै क्रममा यी व्यक्ति मारिएको प्रहरीले जनाएको छ ।

चिनियाँ प्रहरीले मारिने ती व्यक्ति आतङ्ककारी भएको बताएको छ । आतङ्ककारी समूहमाथि गरिएको कारबाहीमा ती व्यक्ति मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सुरु गरेको खोजी कार्य र दोहोरो गोली हानाहानमा २८ आतङ्ककारी मारिएका छन् । एक आतङ्ककारीले भने आत्मसमपर्ण गरेका पनि प्रहरीले बताएको छ । रासस÷सिन्ह्वा
annapurnapost
बिराटनगर : हिंसात्मक प्रदर्शन गर्दै सडकमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताको आक्रमणबाट विराटनगरमा एक बालक र महिला बेहोस भएका छन् ।

मोर्चाको नेतृत्वले काठमाडौंमा राजमार्ग र सीमानामा आन्दोलन सशक्त पार्ने घोषणा गरेलगत्तै मोर्चाका कार्यकर्ताहरु हिंस्रक बनेका हुन् ।

मोर्चाका कार्यकर्ताको निशानामा शुक्रबार विराटनगरमा बालक र महिला पनि परेका छन् ।

उग्र भएका मोर्चाका कार्यकर्ताले विराटनगर–७ शिवमन्दिरमा एक बालकमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोर्चाले रड प्रहार गरेर घाइते भएका बालकको पहिचान भइसकेको छैन । उनको अवस्थाबारे खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।

डीएसपी खरेलका अनुसार महावीर रोडमा मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेका छन् ।

आक्रमणपछि बेहोस भएकी महिलालाई आफन्तले उपचारपछि घर लिएर गएकाले उनको पनि पहिचान नभएको उनले बताए ।

मोर्चाका नौ कार्यकर्ता पक्राउ 
यसैबीच बालक र महिलामाथि आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने र बजार पसल बन्द गराउदै हिंड्ने नौ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

एसपी लम्सालका अनुसार बालकमाथि रड प्रहार गर्ने मोरङको बैजनाथपुर–८ का ३० वर्षीय जितनारायण साहलाई विराटनगरको शिवमन्दिर चौकबाट पक्राउ गरिएको छ ।

मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेको घटनामा संलग्न रुद्र बर्मालाई महावीर रोडबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । annapurnapost
काठमाडौँ : नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइराला नेतृत्वको यसअघिको संयुक्त सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज नगर्न सरकारसँग आग्रह गरेको छ ।

सत्ता साझेदार दलहरुका सहमति र सहकार्यमा पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै नेकाले वर्तमान सरकारले ती निर्णयलाई उल्टाए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।


नेका पदाधिकारीसहित उपत्यकामा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यको आज पार्टीे संसदीय दल सिंहदरबारमा बसेको बैठकले यस्तो आग्रह गर्दै आफ्नो सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयकलाई हुबहु पारित गरिनुपर्ने अडानलाई दोहोर्‍याएको छ ।

अहिले सो विधेयकमाथि व्यवस्थापिका–संसद्को विधान समितिमा छलफल भइरहेको छ । सरकारले सो विधेयक पारित नहुँदासम्म भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी काम राष्ट्रिय योजना आयोगबाट गर्न निर्देशन दिइसकेको छ ।

बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र बडूले देशमा चर्को इन्धनको अभावले अर्थतन्त्र शिथिल बन्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकका कर्मचारीले आफ्नो सुविधामा वृद्धि हुनुपर्नेलगायत ३७ बुँदे माग राखी आन्दोलन गर्नु गैरजिम्मेवार कार्य भएको बैठकले ठहर गरेको बताए। उनले भने, “केन्द्रीय बैंकको दैनिक कार्यलाई अवरोध गर्नु विडम्बनापूर्ण छ र गैरजिम्मेवार कार्य हो ।”

बैठकमा सरकार गठन भएको एक महिनाको गति र नीतिका बारेमा पदाधिकारीले आ–आफ्ना धारणा राख्नुभएको थियो । सरकारले एक सय दिनमा गर्ने कार्यका आधारमा सरकारको मूल्याङ्कन गरिने, सरकारका राम्रा कामलाई रचनात्मक सहयोग र नराम्रा कामलाई शिष्ट र शालीन रुपमा विरोध गरिने प्रमुख प्रतिपक्षी दलका प्रवक्ता बडूले बताए।

बैठकले सीमाङ्कन विषयमा सत्ता साझेदार दलको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको उहाँले जानकारी दिनुभयो । “सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रले आन्दोलनरत तराई केन्द्रित दलसँग बिना तयारी वार्तामा बसेको हुनाले निष्कर्षमा पुग्न नसकिएको हो,” प्रवक्ता भने।

“आन्दोलनरत पक्षसित वार्ता गर्नभन्दा सरकार सञ्चालनमा संयन्त्रले बढी ध्यान दिएको हुँदा हामी सो संयन्त्रमा नबसेका हौँ” – बैठकपछि नेता अर्जुननरसिंह केसीले भने।

उनले सरकार र प्रतिपक्षी दलबीच हुने वार्तामा भने पार्टी सहभागी हुने जानकारी दिए। अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको संविधानमै तराई मधेसका सवै अधिकार सुनिश्चित भएको हुँदा तराईमा आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए। उनले तत्काल भारतीय नाकाबन्दी खुलाउन सबै दल मिलेर भारतसँग वार्तामा बस्नुपर्ने बताए।

पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो बैठकमा वरिष्ठ नेता शेरवहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो । रासस
annapurnapost
विराटनगर, ४ मङ्सिर । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।
विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक, दुई मोटरसाइकलका साथै कार्यालयमा समेत तोडफोड गरेका हुन् । साथै कटहरिको नहरमा को१च ७९९७ नम्बरको एम्बुलेन्समा पनि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिरामी बच्चालाई बोकेर विराटनगर आउँदै गरेको सो एम्बुलेन्समा तोडफोड गरिएको हो । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बन्दकर्ताले गाडीमा ढुङ्गा प्रहार गरी भाग्ने गरेको र परिसरमा पार्किङ गरी राखिएको ट्रकहरुमा तोडफोड गरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार बन्द तथा तोडफोडमा संलग्न आठजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home