बाग्लुङ, ४ मंसिर । उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले परनिर्भरताका कारण मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ ।
गृहजिल्ला बागलुङमा आयोजित पत्रकार भेटघाटका क्रममा उपप्रधानमन्त्री केसीले नेपाली आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको मार बढी खेप्नु परेको बताउनुभएको हो ।
एउटामात्र छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको उल्लेख गर्दै केसीले वर्तमान सरकार अन्य छिमेकी मुलुकसँग पनि सम्बन्ध बढाउनेतर्फ लागेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका मन्त्री केसीले मुलुक अप्ठ्यारो परेको बेला आफ्नो पार्टी पहिलोपटक सरकारमा सहभागी भएको उल्लेख गर्दै इन्धन, आलु, प्याज र तरकारीको बहानामा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता साट्न नसकिने दावी गर्नुभयो ।
पेट्रोलियम पदार्थ आयातका लागि छिमेकी मुलुक चिन र बंगलादेशसँग सरकारले छलफल अगाडि बढाएको उल्लेख गर्दै मन्त्री केसीले नेपालमा उत्पादन हुने बस्तुहरु समेत आयात गर्नु दुःखद रहेको बताउनुभयो । नेपाल कृषिप्रधान देश भएपनि नेपालमा आलु, प्याज, खुर्सानी समेत भारतबाट आयात हुने गरेको भन्दै केसीले यस अगाडिका शासकहरुले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको बताउनुभयो ।
नाकाबन्दीपछि नेपाली जनताले गम्भिर पाठ सिकेको उल्लेख गर्दै मन्त्री केसीले मुलुकमा दुष्परिणाम आउँछ भन्ने थाहा पाउँदा पाउँदैपनि शासकहरुले ख्याल नगरेको बताउनुभयो । अब सबै नेपालीलाई आत्मनिर्भर तथा व्यावसायीक बनाउन सरकारले नीति ल्याउने भन्दै आफ्नै बारीमा उत्पादन हुने उपभोग्य बस्तु आयात गर्नुपर्ने वातावरण हटाउनतर्फ लाग्ने केसीले बताउनुभयो ।
dainiknepal

धनगढी, ४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतको नाकाबन्दी जारी रहे पारवहनको वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने आसय व्यक्त गरेका छन् ।
भारतलाई लक्षित गर्दे उपप्रधानमन्त्री रावलले नेपालका लागि कलकत्तामा बन्दरगाह मात्र विकल्प नभएको वताए । उनले ‘भारतको कोलकत्ता मात्र होइन चीनको साँघाईमा बन्दरगाह छ’ भन्ने भूल्न नहने बताए ।
पारवहनका लागि चीनसंग भएको सम्झौता भारतकाविरुद्ध लक्षित छैन, उनले भने एउटा धाराको पानी बन्द भए अर्को धाराको पानी खानै पर्छ । दशै तिहार, छठ, नेपाल सम्वत र माघीका अवसरमा नेकपा (एमाले) कैलालीले धनगढीमा शुक्रवार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री रावलले नाकावन्दी अमानवीय भएकोले तुरुन्त हटाउनुपर्ने धारणा राखे ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष समेत रहेका उपप्रधामन्त्री रावलले सवै जातजाति भाषाभाषीका नेपालीले गर्वले शिर ठाडो पार्न सक्ने संविधान जारी भएकोले अब कार्यान्वयनका लागि जुट्न आव्हान गरे ।
मधेस आन्दोलनतर्फ संकेत गर्दे उनले संसारमा कतै पनि एकैपटक संघियताको सीमांकन टुंगिएको छैन नेपालमा पनि अवका अनुभवका आधारमा सीमाको पुर्नसंरचना गर्न सकिन्छ भने । उनले प्रमुख दल र सरकार हरेक जिल्लाले एक निर्वाचन क्षेत्र पाउने गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको पनि बताए ।
सरकार भारत लगायत सवै छिमेकी तथा मित्र राष्ट्रसंग सुमधुर सम्वन्ध बनाउन औपचारिक र अनौपचारिकरुपमा प्रयास भइरहेको जानकारी दिदै उपप्रधानमन्त्री रावलले चाँडै दुःखका दिन सकिने विश्वास गर्न आग्रह गरे ।
सुदूरपश्चिमबासी लामो समयदेखि मिलेर वसेको चर्चा गर्दे उनले थारु लगायतका समूदायलाई विगत झै दाजुभाई भएरै सात नम्वर प्रदेशमा मिलेर वस्न आग्रह गरे । एमालेले विगतमा थारु लागयतका पछाडि परेका समूदायलाई महत्वपूर्ण जिम्मेवारी दिएको चर्चा गर्दे उपप्रधानमन्त्री रावलले सरकारबाट थप सांस्कृतिक, भाषिक, आर्थिक र सामाजिक अधिकार दिलाउन आफू लाग्ने बताए । नयाँ संविधानमा सवैका अधिकार समेटिएका छन थारु, मधेसी, महिला,दलित, आदिवासी, मुस्लिम आयोग पनि छन उनले भन्नुभयो यस्ता अधिकार हुँदाहुँदै थारु समुदायले षड्यन्त्रको भूमरीमा पर्न हुँदैन ।
एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरु महेश्वर पाठक, गरिमा शाह, रामकुमार ज्ञवाली, लालबहादुर थापा, भैरबबहादुर सिंह, प्रकाश शाह, विक्रम शाही, निरा जैरु, झपट रावल, सेती र महाकाली अञ्चलमा पर्ने जिल्लाका जिल्ला अध्यक्ष, कैलाली स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक, सामाजिक, शैक्षिक संस्थाका प्रमुखहरुको उपस्थिति थियो ।
सो अवसरमा सुदूरपश्चिम क्षेत्रलाई सात नम्वर प्रदेशकारुपमा अखण्ड राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै सुदूरपश्चिमको नक्सा उपहार र दोसल्ला ओढाएर उपप्रधानमन्त्री रावलको सम्मान पनि गरिएको थियो ।
यसैबीच प्रेस चौतारी नेपाल कैलाली शाखाले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री रावलले संविधानले सवै समस्याको समाधान गरेको वताए । संघीय सीमाका विवाद आयोगले नै समाधान गर्ने पनि उनले बताए । चौतारीका जिल्ला अध्यक्ष मीन ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

काठमाडौ, ४ मंसिर । नेपाली काग्रेसका नेता विमलेन्द्र निधीले अहिले मुलुकमा कायम रहेका तीन खाले नाकाबन्दी मध्ये संविधान संसोधन प्रस्ताव अगाडि नबढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नाकाबन्दी मुलुककोलागि बढी खतरनाक भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा अहिले तीन किसिमको नाकाबन्दी छ । घोषित वा अघोषित कुनै पनि नाकाबन्दी राम्रो होईन । हामी नाकाबन्दी खुलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आन्दोलनरत मधेसी मोर्चालाई अनुरोध गर्छौ । तर यो बेला अरु सबै भन्दा संविधान संसोधन विद्येयकमाथि प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरिरहेको नेकपा एमालेले नाकाबन्दी गरिरहेको छ । यो सबैभन्दा खतरनाक छ ।’
उनले थपे,‘आन्तरिक नाकाबन्दी एमाले र प्रधानन्त्री केपी शर्मा ओलीले गरेका छन संविधान संसोधन नगरेर संसोधन पहिला भएको भए धेरैकुरा मिलिसक्थ्यो ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा निधीले नेपाली काग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव अहिलेको संकट समाधानको प्रस्थान विन्दु हुने भन्दै त्यसकोलागि नेपाली काग्रेसले संसदीय मर्यादा अनुसार दवाव दिने स्पष्ट पारे ।
उनले भने,‘ संसोधन प्रस्ताव पारित गराउन काग्रेसले संसदीय मर्यादा अनुसार दवाव दिन्छ । त्यो संसद अवरुद्ध देखि सबै प्रजातान्त्रिक विधी हुन सक्छ ।’ यद्यपि उनले संसोधन प्रस्तावको भाषामा भने सहमति खोज्न सकिने स्पष्ट पारे ।
निधीले संसोधन प्रस्ताव पारित गराउन संसद सँगै काग्रेसले बाहिर पनि दवाव दिने तयारी गरेको जानकारी दिदै त्यसकोलागि पार्टीका जिल्ला कमिटि, क्षेत्रीय र गाउ कमिटीहरुलाई निर्देशन दिईसकेको जानकारी दिए ।
सीमांकनका नेपाली काग्रेस खुल्ला भएकोले यसमा संबाद र सहमतिबाटै निकास खोज्नु पर्ने आवश्यकता औल्याउँदै उनले त्यसकोलागि काग्रेसले मध्यस्थ गर्दै नेतृत्व लिने बताए ।
निधीले सीमांकनमा काग्रेसको नवलपरासीमा भएको महासमिति भेलाले मधेसमा तीन प्रदेशको अवधारणा ल्याएको स्मरण गर्दै समस्या समाधानको लागि अहिले विवादित रहेको पाँच जिल्लाको सीमामा समेत पुनरावलोकन गर्न सकिने स्पष्ट पारे ।
उनले मेचिदेखि महाकालीसम्मको तराईको भुभाग मात्रै समेटेर प्रदेश बनाउँदा समेत अखण्डता कमजोर नहुने भन्दै संघीयता लोकतन्त्रको उत्कृष्ट मोडल भएकोले यसले अखण्डता झनै बलियो बनाउने दावी गरे । उनले भने,‘ टुक्रिने विष्लेषण गलत हो । काग्रेस सीमांकन फेरबदल गर्न चाहँदैन भन्ने कुरा गलत हो । हामी यसमा सहमतिबाट गर्न खुल्ला छौ । ’
निधीले नेपाली काग्रेस आफ्नो महाधिवेशन र संविधान कार्यान्वयनमा केन्द्रीत रहेकोले अहिले सरकार ढाल्ने कुनै एजेण्डा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।

भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग
काठमाडौं, ४ मंसिर ।
मधेस आन्दोलनले आजित भएपछि अब मधेसका जनता प्रतिकार उत्रिने भएका छन् ।
मधेस आन्दोलनले औषधिसमेत अभाव भएपछि नागरिक समाज र चुरेभावर लोकतान्त्रिक पार्टीको अगुवाईमा मधेसका जनता प्रतिकारमा उत्रिने भएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चुरेभावर लोकतान्त्रिकले मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आम मधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रने जनाएको छ ।
आन्दोलनको प्रतिकारमा उत्रिएका तराईबासी
चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भुमिराज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।’
आन्दोलनको प्रतिकारमा चुरेभावरले तन मन धनले सहयोग गर्ने उल्लेख गरिएको छ । ‘ नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
चुरेभावरले नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गरेको छ ।

मंसिर ४, २०७२-
तीन दशकदेखि डा. योगी विकासानन्द योग, अध्यात्म एवं स्वास्थ्यसँग सम्बन्धित अभियान चलाइरहेका छन् । उनले स्थापना गरेको ‘मनोक्रान्ति अभियान’ ले नेपालमा आफ्नै किसिमको दर्शन स्थापित गरेको छ । केही महिनाअघि मात्र योगीकै अध्यक्षतामा पुनर्गठित ‘मनोक्रान्ति ट्रस्ट’ मा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीदेखि पूर्वसेना प्रमुख रुक्माङ्गत कटवालसम्म अटाएका छन् । योगी विकासानन्दको नाममा ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । युवापुस्तामा अत्यधिक लोकप्रिय विकासानन्द स्पष्ट विचारका कारण बेला–बेलामा विवादमा पनि पर्ने गरेका छन् । यसपटक साप्ताहिकले यिनै व्यक्तित्वलाई वर्तमान राजनीतिक परिस्थिति एवं युवामा छाएको निराशाका विषयमा बोल्न आग्रह गरेको थियो । दुई पटकको बसाइमा योगी विकासानन्दसँग गरिएको कुराकानी :
अहिले देश अस्तव्यस्त छ, यसलाई कसरी लिनुहुन्छ ?
नेपाली नेताहरू जनताको परीक्षामा फेल भएका छन् ।
कुन–कुन नेता ?
सबै । सत्ताधारी दलका नेताहरू, प्रतिपक्षमा बसेका नेताहरू र आन्दोलनरत मधेसी मोर्चाका नेताहरू सबै फेल भएका छन् । कुनै एक–दुई नेता फेल भएर देश यस्तो अवस्थामा पुग्दैन । हामी संवेदनशील अवस्थामा थियौं–छौं । जो सत्ता बाहिर बस्छन्, उनीहरू हामी चढेको जहाजमा प्वाल पार्न थाल्छन् । धेरै वर्षसम्म हाम्रा नेताहरूले प्वाल पारिरहेका थिए । अहिले एकसाथ सबै प्वालबाट पानी छिर्न थालेको हो ।
तपाईंले राजनीतिको कुन भागतर्फ संकेत गर्नुभएको हो, स्पष्ट भाषामा भनिदिनुस् न ?
हामीले सधैं विचारको राजनीति गर्यौं । आफ्नो विचार मात्र सही, अरूको विचार गलत भनेर आफूलाई सत्यवान बनाउने प्रयत्न गर्यौं । वामपन्थी विचार बोक्नेहरूले भने, हाम्रो विचार उत्कृष्ट छ । यो विचार स्थापित नभै नेपाल बन्न सक्दैन । समाजवादी विचार बोक्नेहरूले भने, हाम्रो विचार नै उत्कृष्ट छ । यसैले नेपालको उन्नति गर्छ । उनीहरूलाई के थाहा भएन भने नेपाललाई कुनै विचार चाहिएको होइन, विकास चाहिएको हो । हामीले विकासको राजनीति कहिल्यै गरेनौं । केवल संकिर्ण विचारको राजनीति मात्र गर्यौं, जब बाहिरका मानिसले यो कुरा बुझे, उनीहरूकै विचारमा टेकेर गुलाम बनाइदिए । नेताहरूको गुलामीका कारण नै देश यो अवस्था आइपुगेको हो ।
नेपालमा विकासको राजनीति गर्ने अवस्था कहिल्यै आएन । अस्थिरता मात्र भैरह्यो । यो पनि सत्य हो नि, होइन ?
राजा महेन्द्रको सत्ता लामो समय टिकेको थिएन र ? प्रजातन्त्र आउनुअघि वीरेन्द्रले पनि १०–१५ वर्ष एकछत्र रजाइँ गरेका होइनन् र ? त्यति बेला यी दुवै राजा पनि आफ्नो सत्ता टिकाउने खेलमा मात्र लागे । उनीहरूले चाहेको भए द्रुतगतिमा विकास गर्न सक्थे, तर गरेनन् । किनभने उनीहरू पनि अरूकै गोटी भए । संकिर्ण राष्ट्रवाद उनीहरूको विचार बन्न पुग्यो । प्रजातन्त्र आएपछि पनि विचारकै राजनीति भयो, विकासको भएन । जबसम्म यो देशमा विकासको राजनीति सुरु हुँदैन, यस्तै अवस्था कायम रहन्छ ।
नेताहरू सत्ता बचाउने खेलमा लागे तर जनता त निर्दोष थिए, यिनले किन दु:ख पाएका हुन् ?
नेपालीहरूले राम्रोसँग दु:ख नपाएर यस्तो अवस्था आएको हो । नेपालले न त कहिल्यै ठूलो भोकमरी बेहोर्नुपर्यो । न त ठूला–ठूला युद्धले राष्ट्र नै जर्जर भयो । हामीले धेरै दु:ख नै भोग्नुपरेन । विश्वको इतिहास हेर्नुहोस्, ती मुलुक मात्र माथि उठेका छन्, जसले आधा पेट खानुपरेको थियो । ठूला–ठूला युद्ध बेहोर्दै सहरै तहसनहस भएको थियो । तपाईं जापान, अमेरिका, कोरिया, जर्मनी, रुस सबैको इतिहास पल्टाउनुहोस् । उनीहरूले पाउनु दु:ख पाएका छन् । त्यसपछि मात्र उनीहरूलाई होस आएको छ । देश अरूले बनाउँदैन, आफ्नै पाखुरी बजाउनुपर्छ भन्ने चेतना आएको छ । आज विकसित देशमा को प्रधानमन्त्री भयो भन्ने कुरा पनि थाहा नपाउने मानिस छन् । अज्ञानी भएर होइन, कामबाट फुर्सद नपाएर । निर्वाचनका बेला भोट दिन जाने फुर्सद पनि हुँदैन उनीहरूलाई । आज हामीले देशमा काम नपाएर बिदेसिनुपरेको छ । जो देशमा छन्, उनीहरूका लागि काम छैन । यही अवस्थाको फाइदा नेताहरूले उठाएका हुन् ।
म त भन्छु, यो नाकाबन्दी अझ लम्बिनुपर्छ । चुलो–चौको बन्द हुनुपर्छ । सबै गाडी चल्न छाड्नुपर्छ । त्यसपछि मात्र हाम्रो होस आउँछ । त्यसपछि जनविद्रोह हुन्छ । जनता आफैं शासन गर्न अघि सर्छन् । बाँझो रहेको खेत जोत्न थाल्छन् । आफ्ना लागि आफैं विकास गर्न थाल्छन् । अहिलेका सबै नेता आउटडेटेड भैसकेका छन् । उनीहरूमा सत्ताको लोभ यति धेरै छ कि म के गर्दैछु भन्ने होससमेत छैन । उनीहरू कतै न कतै चुकेका छन्, झुकेका छन् । उनीहरूबाट विकास सम्भव छैन ।
यो त अराजक कुरा भयो, यस्ता कुराले समस्या समाधान गर्छ ?
कुरा नबुझ्दा यस्तै लाग्छ । यसका लागि बेलायतमा भएको एउटा वैज्ञानिक परीक्षणको उदाहरण दिनुपर्ने हुन्छ । वैज्ञानिकहरूको एउटा टोली भ्यागुताले कति तापक्रमसम्म आफूलाई बचाउन सक्छ भन्ने परीक्षण गर्न चाहन्थ्यो । भ्यागुतामा प्रकृतिले विशेष खालको छाला दिएको छ । उक्त छालाको माध्यमले उसले धेरै जाडो पनि खप्न सक्छ, धेरै गर्मी पनि सहन गर्छ तर कति जाडो वा कति तातो सहन सक्छ त ? परीक्षण गर्न दुईवटा उस्तै भाँडोमा उस्तै उमेरका दुई भ्यागुतालाई फरक–फरक भाँडोमा हालियो । भाँडोमा पानी पनि बराबर राखियो । अब दुईवटै भाँडोको पानी बिजुलीका माध्यमबाट तताइयो । फरक के थियो भने एउटा भाँडोको तापक्रम एकैपटक १०० डिग्री तामक्रम हुने गरी बढाइयो, अर्को भाँडोको पानी भने विस्तारै एक–एक डिग्री बढाउँदै लगियो । भोलिपल्ट हेर्दा जुन भाँडोमा एकैपल्ट सय डिग्री तापक्रम बनेको पानीमा राखिएको भ्यागुतो बाँचेको पाइयो तर एक–एक डिग्री तापक्रम बढाउँदै लगिएको भाँडोमा रहेको भ्यागुतो मरेको पाइयो ।
त्यस्तो कसरी भयो भने जुन भाँडोमा विस्तारै ताप बढाइयो, त्यो भाँडोमा रहेको भ्यागुतोले तापक्रमअनुसार आफ्नो छालामा रहेको शक्ति बढाउँदै लग्यो । ताप बढ्दै जाँदा ऊ छट्पटाउँदै पनि जान्थ्यो तर सँगै उसको छालामा रहेको शक्ति पनि बढाउँदै लान्थ्यो । यसरी बढाउँदै जाँदा उसको सोच्ने शक्ति बिस्तारै कम हुँदै गयो, छालाको शक्ति पनि अपुग हुँदै गयो र अन्त्यमा उ मर्यो तर जब अर्को भाँडोमा रहेको भ्यागुताले एकैपटक सय डिग्री तापक्रम आएको महसुस गर्यो, उसको छालाले थेग्न सकेन, ऊ बुरुक्क उफ्रेर भाँडो बाहिर हामफाल्यो र बाँच्यो ।मान्छे पनि भ्यागुताजस्तै हो । उसलाई बिस्तारै दु:ख आयो भने त्यो दु:ख हो भन्ने पनि थाहा पाउँदैन । मानिसको सहन सक्ने क्षमता पनि बढ्दै जान्छ । अन्तत: ऊ त्यस्तै जीवन बाँच्न अभ्यस्त हुन्छ । अहिले हामीले भोगिरहेको नाकाबन्दी यस्तै स्लो मोसनको दु:ख हो । यो कुरा भारतलाई थाहा छ । जब केही तापक्रम बढ्यो भन्ने लाग्छ, अलिकति तापक्रम घटाइदिन्छ । फेरि हामी आनन्द मानेर पुरानै जीवनमा फर्कन्छौं । त्यसकारण हामीले अझ धेरै दु:ख पाउनुपर्छ ।
के भारतबाट कुनै पनि सामग्री ल्याउनु हुन्न, अरू विकल्प खोज्नुपर्छ भन्न खोज्नुभएको हो ?
भारत हाम्रो छिमेकी मुलुक हो । हामी छिमेकी परिवर्तन गर्न सक्दैनौं । न त भारतको विकल्पका रूपमा चीनलाई लिन सक्छौं । चीनको विकल्प भारत र भारतको विकल्प चीन हुनै सक्दैनन् । हामीले चीन र भारतसँग बराबरको सम्बन्ध राख्नुपर्छ । आफ्ना लागि के गर्दा फाइदा हुन्छ त्यही मात्र गर्नुपर्छ । यसका लागि गणेशजस्तो नेता हुनुपर्छ । गणेश भन्नाले गणेश भगवान् । गणेश भगवान्जस्तो धेरै बुद्धि भएको, तीक्ष्ण आँखा भएको, मनरूपी मुसा (बाहान) लाई वशमा राख्न सक्ने । उचित कुरा मात्र ग्रहण गर्ने । त्यसका लागि सुँडको साहारा लिने व्यक्ति नेता हुनुपर्छ । सत्ता केन्द्रित राजनीति गर्ने नेताबाट अहिलेको समस्या समाधान हुँदैन ।
तपाईंले विकासको राजनीति गर्नुपर्छ भन्दै आउनुभएको छ । कुनै मोडल दिन सकिन्छ ?
अवश्य सकिन्छ । मैले बारम्बार कतार र साउदीको उदाहरण दिने गरेको छु । ५० वर्षअघि कतार र साउदी अरेबिया नर्कजस्ता मुलुक थिए । आज ती देश स्वर्गजस्ता भएका छन् । कतारी वा अरेबियनहरूले आफ्नो धर्तीमा तेल खानी पत्ता लागेपछि संसारका धनी–मानीलाई बोलाएर भने–हाम्रो देशमा तेल खानी छ । आऊ तिमी लगानी गर, त्यसलाई प्रशोधन गर, व्यापार गर, पैसा कमाऊ । तिमीले कमाएको पैसामा हामीलाई पनि हिस्सेदारी देऊ । आज ती दुवै देशमा जोसुकै घर–जग्गा किन्न सक्छन् । व्यापार व्यवसाय गर्न सक्छन् । केवल राजनीतिमा हात हाल्न दिएका छैनन् । नेपालमा यति धेरै जलस्रोत छ । हामीले भने हाम्रो राष्ट्रियता, हाम्रो पानी, हाम्रो भाषा भनेर यति च्यापेर राख्यौं, पानी बगेर गएको गयै भयो तर हामीले केही पनि पाएनौं । हामीले पनि संसारभरिका मानिसलाई बोलाउनुपर्छ । पानीको उपयोग गर । जलविद्युत् वा मिनरल वाटर बनाऊ । जडीबुटी प्रशोधन गर । पर्यटकहरू बोलाऊ । हाम्रो हिमाल, पहाड र तराईका जमिन उपयोग गर । तिमी पनि कमाऊ, हामीलाई पनि कमाएर देऊ भन्न सक्नुपर्छ । कतार र साउदीका मानिसहरूसँग त्यति धेरै बुद्धि थिएन । उनीहरूले आफूसँग बुद्धि नभएको स्वीकार गर्दै अरूलाई विश्वास गरे । हामी भने धेरै बुद्धि भएर बिग्रियौं । हामीले आफ्नो सामानको सदुपयोग त गर्न सकेनौं–सकेनौं, अरूलाई पनि गर्न दिएनौं ।
अहिले चीनप्रति नेपालीहरूको आशा अचानक बढेर गएको छ, तपाईंको भनाइ के छ ?
न चीनले हाम्रो चिन्ता गर्छ न त भारतले । हरेक मानिस स्वार्थी हुन्छ, हरेक देशले आफ्नो स्वार्थका लागि काम गर्छन् । अहिले चीनले नेपालप्रति चिन्ता गरेको छ, यो सत्य हो तर जुन दिन उसको कुनै स्वार्थमा धक्का लाग्छ, उसले आफ्नो असली चरित्र देखाउँछ । उदाहरणका लागि लिपुलेक नै पर्याप्त छ । चीनलाई लिपुलेक नेपालको हो भन्ने थाहा छैन र ? थाहा हुँदाहुँदै पनि उसले भारतको ठूलो बजारमा पुग्न नेपालको भूमि प्रयोग गर्न मञ्जुर गर्यो । नेपालसँग एक वचन पनि सोधेन । भारतको स्वार्थ त हामीले पटक–पटक देखेकै हो । यसमा अब कुनै शंका नगरे हुन्छ । उसले हाम्रा नेता र हाम्रा जनतालाई प्रयोग गर्ने मात्र हो । हामीले चीन र भारतलाई छिमेकीका रूपमा स्वीकार गर्नुपर्छ । दुवैलाई
समदूरीमा राखेर आफ्नो स्थार्थ हेर्नुपर्छ । आफ्नो स्वार्थमा काम गर्नुपर्छ । जसरी हामी देश नभएर बजार हौं भन्ने मान्यता उनीहरूले राख्छन्, हामीले पनि उनीहरूलाई त्यही हिसाबले हेर्नुपर्छ ।
तपाईं त योगी मान्छे । तपाईंको आध्यात्मिक आँखाले नेपालको भविष्य कस्तो देख्छ ?
नेपालमा २४ सय किलोमिटर लामो हिमालय श्रृंखला छ । विश्वभरिका मानिसहरू यस्तो स्थानमा छुट्टी बिताउन तथा आध्यात्मिक गतिविधि गर्न चाहन्छन् । यो श्रृंखलाका छेउका जमिन डाँडाकाँडाले ढाकिएका कारण उब्जनी पनि हुँदैन । मेरो आँखाले के देख्छ भने हामी एउटा विशेष नीति ल्याएर विश्वभरिका चर्तित धर्मावलम्बीहरूलाई यहाँ मन्दिर बनाउन बोलाऔं । गुम्बा बनाउन बोलाऔं । चर्च र मस्जिद बनाउन बोलाऔं । यस्ता धार्मिक संस्थासँग प्रसस्त पैसा छ । उनीहरूले आकर्षक मन्दिर, चर्च, मस्जिद वा गुम्बा बनाएपछि त्यहाँ त्यही अनुरूप आफ्ना मानिसलाई बस्ने–खाने व्यवस्था गर्छन् । संसारभरीका मानिस छुट्टी बिताउन वा आफ्ना गतिविधि गर्न नेपाल आउँछन् । उनीहरूका कारण धार्मिक पर्यटक बढ्छन् । जब प्रार्थना, ध्यान, योग र अल्लाहको गानले हिमाल घन्किन्छ, वातावरण त्यसै राम्रो हुन्छ । हामीले सधैं धर्महरूलाई अलग–अलग बनाएर हेर्यौं । हामीले सबै धर्मलाई कसरी ठाउँ दिन सक्छौं र उनीहरूसँग हामी कसरी मिलेर बस्न सक्छौं भनेर सन्देश दिन सक्छौं । यो एउटा नयाँ प्रयोग हुन सक्छ, विकासको नयाँ मोडल बन्न सक्छ ।
नयाँ खालको कुनै पनि भिजनले देश बन्न सक्छ । यद्यपि हाम्रा नेता त्यस्ता हुन सकेनन् । यी नेताहरूबाट यस्ता नयाँ योजना आउला भन्ने विश्वास गर्न सकिन्छ ?
सबै कुरा इच्छा शक्ति हो । एक त हामीले नयाँ नेतृत्व जन्माउनुपर्छ । अहिलेका सडेगलेका नेताबाट यी कुरा सम्भव छैन । अर्को कुरा अहिलेका नेताहरूले पनि म सुध्रन्छु भनेर प्रतिबद्ध भएर काम गर्न सक्छन् । यस्तो बेला मलाई १७ औं शताब्दीका रसियन शासक पिटर दी ग्रेटको सम्झना आउँछ । रसियामा पिटरको उदय हुनुअघि त्यो देश निकै गरिब थियो । वर्षदिनभरि नै हिउँ पर्ने, चिसोका कारण केही गर्न नसक्ने वातावरण थियो । जनता भोड्का पिएर दिन बिताउँथे । जबकि त्यो बेला युरोपमा औद्योगिक क्रान्ति हुन थालेको थियो । मानिसको आम्दानी बढ्न थालेको थियो । यो देखेर पिटरलाई पनि रसियामा त्यस्तै विकास गर्न मन लाग्यो । उनले राजा भएपछि ६ महिना युरोप भ्रमण गरे । त्यहाँका कलकारखानामा पुगेर ज्यामी पनि बनें । मजदुरसँग, मालिकसँग सल्लाह गरे । त्यसपछि रसियालाई कसरी अघि बढाउन सकिन्छ भनेर योजना बनाए । नभन्दै उनले रसियामा उद्योग र कलकारखानाको जग बसाए । उनकै जगमा रसिया विकसित हुन थाल्यो । आज रसिया जहाँ छ, त्यसको पहिलो श्रेय उनै पिटरलाई जान्छ । त्यसैले उनलाई पिटर द ग्रेट नाम दिइएको छ । नेपाली नेताहरूले पनि संसारभरीका मोडलमध्ये कुन मोडल अगाडि ल्याएर विकास गर्न सकिन्छ त्यसको अध्ययन गर्नुपर्छ । अरुले ल्याएको योजना अरूलाई फाइदा दिने किसिमको हुन्छ । आफूले अध्ययन गरेको योजनाले आफूलाई पनि फाइदा दिन्छ ।
saptahik.ekantipur

काठमाडौं, ४ मंसिर । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसैको चम्चा नबन्न आग्रह गरेका छन् ।
इन्दिरा गान्धी जयन्तीको कार्यक्रममा राहुलले मोदीलाई चुनौती दिँदै यदि प्रमाण छ भने जेल हाल भन्दै तर, चम्चाको जस्तो गरी नबोल्न भनेका छन् । केही दिनअघि बीजेपी नेता सुब्रमण्यम स्वामीले राहुलसँग दोहोरो नागरिकता रहेको दाबी गरेका थिए ।
नागरिकता विवादबारे बोल्दै राहुलले यदि प्रमाण छ भने जेल हाल्नुपर्ने भन्दै चम्चा नबन्न आग्रह गरे । उनले चुनौति दिँदै भने– ५६ इञ्चको छाती देखाउ, साना कर्मचारी जस्तो चम्चा नबन । (एजेन्सीको सहयोगमा)

काठमाडौं, मंसिर ४ । नेपाल मजदुर किसान पार्टीले भारतीय नाकाबन्दीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
मजदुर किसान पार्टीमा आवद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता सहभागी जुलसले भारतीय नकाबन्दीको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले भारतीय दुतावास लैनचौरमा पुगेर नाकाबन्दी खारेजीको माग गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरुले भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी गर्न पाइदैन, भारतसँग नझुकौं भन्ने नारा लेखेका प्ले कार्ड बोकेका थिए ।imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस