काठमाडौं, ७ मंसिर । अघोषित नाकाबन्दीको विरोध गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएका छन् ।
सोमबार वैद्यले काठमाडौंस्थित लैनचौरमा रहेको भारतीय दूतावासमार्फत् मोदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय कानुन विपरित आर्थिक नाकाबन्दी गरिएको विरोधमा आफूहरूले ज्ञापनपत्र बुझाएको अध्यक्ष वैद्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘नाकाबन्दीबाट उत्पन्न परिस्थितीबारे सबै कुरा उल्लेख गरेर मोदीलाई पत्र पठायौं । साथै पत्र मार्फत नाकाबन्दी विरोध पनि गरेका छौं ।’
ज्ञापनपत्र बुझाउनु अघि माओवादी कार्यकर्ताले केहीबेर भारतीय नाकाबन्दीको बिरोधमा नाराबाजी समेत गरेका थिए ।
dainiknepal

वीरगञ्ज, ७ मंसिर ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारको दमनप्रति कडा आपत्ति जनाएका छन् ।
मधेस आन्दोलन सयौं दिन पुगेको अवसरमा पर्साको वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले वार्ता सकारात्मक रुपमा अघि बढीरहेको बेला वीरगन्जमा शान्तिपूर्ण धर्नामा गोली चलाएर सरकारले वार्ता बिथोलेको र फेरि उस्तै घटना सप्तरीमा दोहोर्याएको आरोप लगाए ।
‘एकातिर वार्तामा बोलाउने, अर्काेतिर आन्दोलनमा चरम दमन गर्ने सरकारको यो कस्तो चाला हो ? चारजना मधेसीको टाउकोमा ताकीताकी गोली ठोकिएको छ’ नेता महतोले भने- ‘यो अवस्थामा कुनै पनि हालतमा वार्ता र सहमति हुन सक्दैन ।’ उनले राजधानीमा रहेका मोर्चाका नेताहरुलाई वार्ताको वातावरण सकिएकाले आन्दोलन र नाकाबन्दीलाई सशक्त बनाउन मधेश आउन आग्रह गरे ।
उनले सरकारले आफ्नो दमनकारी नीति नसच्याए मधेसी जनताले शहिदको नाममा प्रतिकार गर्ने चेतावनी दिए । ‘मधेसीको टाउको ताकी ताकी गोलि हानिएको छ,’ आँसु पुछ्दै उनले भने-‘यसको बदला मधेसी जनताले अवश्य लिनेछन् ।’
आन्दोलनले उचाइ लिएपछि सरकारले घुसपैठ गराएर एम्बुलेन्स र औषधीको गाडीमाथी आक्रमण गराइरहेको उनको आरोप छ । नेता महतोले मोर्चाले मधेसको माग बारे ११ बुँदे धारणा राखिसकेकोले संविधान बनाउने तीन दलले साझा धारणा कायम गर्नुको साथै दमन बन्द गरेपछि मात्र मुलुकले निकास पाउने बताए ।

हेलिकोप्टर खस्दा ७ जनाको मृत्यु
कस्मिर– जम्मु तथा कस्मिर क्षेत्रको कतरामा एउटा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बहिष्णुदेवी मन्दिरमा पूजा गरेर फर्किंदै गरेका तीर्थयात्रु हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ।
हेलिकोप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। हेलिकोप्टरमा कति सवार थिए भन्ने प्रस्ट भइसकेको छैन। प्रहरी उपप्रमुखलाई उदृत गर्दै सीएनन–आइबीएनले जनाएअनुसार हेलिकोप्टर झरेको स्थानमा कोही पनि घाइते भेटिएका छैनन्।
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

वीरगञ्ज, ७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा साथ दिन पहाडी समुदायलाई आग्रह गरेको छ ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पहाडको पीडामा मधेसले सधैं साथ दिँदै आएको भन्दै उनले अब पहाडका जनतासँग पनि मधेसलाई साथ दिन आग्रह गरेका हुन् ।
नाकाबन्दी र आन्दोलनले परेको दुःखप्रति आफू पनि दुःखी भएको बताउँदै महतोले सरकारलाई दबाव दिन सम्पूर्ण नेपाली जनताले भुमिका खेल्नु पर्ने उनको भनाई छ ।
उनले सरकारले राजनैतिक निकासको ठाउँमा अब नेपाली सेनाको बन्दुकको बलमा निकास खोज्न लागेकोमा सेनालाई त्यसमा नफस्न आग्रह गरे ।

उर्लाबारी – झापा, मोरङ र सुनसरीलाई कुनै पनि हालतमा प्रदेश नं. १ बाट टुक्राउन नदिने र त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने राजनीतिक दलका क्षेत्रीय स्तरका नेताहरुले चेतावनी दिएका छन् ।
मोरङको उर्लाबारीमा आज क्षेत्रिय स्तरको नागरिक संघर्ष समितिले आयोजित बृहत ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन् । उनीहरुले मधेस आन्दोलनको क्रममा पहाडी समुदायलाई दमन गरी आक्रमण गर्ने जस्ता कार्य भए त्यसविरुद्ध सम्पूर्ण पहाडी समुदायहरु एक भएर प्रतिकार गर्नुपर्नेसमेत उनीहरुले निष्कर्ष निकालेका छन् ।
कोणसभामा सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ का सभापति खड्ग फागोले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नदिने र त्यस्तो प्रयास भए परिणाम राम्रो नहुने चेतावनी दिए ।
उनले राजनीतिक दलका नेताहरुले पार्टीगतभन्दा माथि उठेर राष्ट्रियताको पक्षमा लड्ने बेला आएको बताए । तराईमा भइरहेको आन्दोलनलाई मधेसी मोर्चाका नेताहरुले हिंसात्मक बनाएर देशलाई अन्यौलतर्फ धकेल्ने प्रयास भइरहेको उनले उल्लेख गरे । मधेसी समुदायले जातियको आधारमा आक्रमण गर्ने कार्य गरे त्यसको परिणाम घातक हुने उनको भनाई छ । मधेसमा पहाडी समुदायलाई दुःख दिने प्रयास भए, त्यसविरुद्ध सम्पूर्ण पहाडी समुदाय एक भएर उनीहरु विरुद्ध आन्दोलनको आँधीबेहेरी सिर्जना गर्नु अवस्था नआओस् उनले भने, ‘भारतले गरेको नाकाबन्दीको विरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने अवस्था आएको छ ।’
त्यस्तै कार्यक्रममा नेकपा एमालेका मोरङ क्षेत्र नं. ९ का अध्यक्ष गंगाप्रसाद बास्तोलाले भारतको दादागिरी र मधेसी मोर्चाको अराजक गतिविधीको कारण मुलुकमा संकट उत्पन्न भइरहेको उल्लेख गर्दै प्रदेश नं. १ बाट एक इन्च पनि टुक्राउन नदिने उद्घोष गरे ।
भारतले नेपालमा गिद्धे नजर लगाई मधेसी मोर्चालाई उचालेर आफ्नो स्वार्थसिद्ध गर्न आन्दोलन चलाइरहेको समेत उनले आरोप लगाए ।
त्यस्तै एमाओवादीका नेता लक्ष्मी पौडेल विवेकले राष्ट्रियताको पक्षमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने अवस्था आएको बताए । उनले झापा, मोरङ र सुनसरीमा भइरहेको सद्भावलाई बिथोल्ने प्रयास भए, त्यसविरुद्ध आन्दोलनको आँधीहुरी सिर्जना हुन सक्नेतर्फ सचेत रहन आग्रह समेत गरे ।
त्यस्तै राप्रपा नेपालका उर्लाबारी अध्यक्ष राजेन्द्र कार्कीले मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्राउन नहुने बताउँदै त्यसविरुद्ध सबैको एकताको खाँचो रहेको बताए । त्यस्तै उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले भारतको नाकाबन्दी र मोरङ तथा सुनसरी टुक्राउने दुस्प्रयास नगर्न आग्रह गरे ।
कार्यक्रम संघर्ष समितिका संयोजक गंगा खरेलको सभापतित्व भएको थियो । कोणसभाअघि उर्लाबारी नगर क्षेत्र परिक्रममा गरी उर्लाबारी चौकमा कोणसभा गरिएको थियो ।
ratopati

मधेसमा जारी आन्दोलनले १०० दिन कटाएको अवसरमा सोमबार राजधानिको माइतिघरमा मधेसी मोर्चाले मौन धारणा तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता थियो । यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए । त्यतिकैमा कतैबाट भिडमा एक लामो कपाल पालेका हट्टा–कट्टा ब्यक्ति आइपुगे ।
यहाँ पढौँ आजका सबै समाचार ।
उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोख्न थाले । उनले भने, ‘आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो ।
यहाँ पढौँ आजका सबै समाचार ।
युवक झन् पछि झन् आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई पक्रेर लग्यो । तर, त्यहाँ उपस्थित अन्य सर्वसाधारण पनि चुप लागेर बसेनन् । उनीहरले जनताको नाममा राजनीति नगर्न आग्रह गरे
सभामा सहभागी मोर्चाका कार्यकर्ता र सर्वसाधारणबीच एकैछिनमा चर्काचर्की पर्यो । कार्यकर्ताले सरकारका कारण समस्या आएको भन्दै समस्या सरकारलाई सुनाउन आग्रह गरिरहेका थिए भने सर्वसाधारणले उनीहरुलाई नै दोषी देखाइरहेका थिए । तस्बिरः राज श्रेष्ठ/काठमाण्डु टुडे
यहाँ पढौँ आजका सबै समाचार ।
kathmandutodayf
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी ओलीले आन्दोलनका नाममा योजनाबद्धरुपमा हिंसा बढाउने काम भइरहेको आरोप लगाएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनका नाममा नेपाली जनतालाइ दुःख दिने काम भएको बताए ।
मधेस र पहाडको नाममा विभेद बढाएर साम्प्रदायिक हिंसा भड्काउने काम भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा महासंघकी अध्यक्ष शर्मिला कार्कीले नाकाबन्दीका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको भन्दै शीघ्र निकासका लागि अघि बढ्न प्रधानमन्त्रीलाइ आग्रह गरेकी थिइन् ।imagekhabar