• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सप्तरी, ९ मंसिर । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
गत शनिबार राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस–९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो ।
dainiknepal
राजस्व सहुलितका विषयमा व्यवसायी र सरकारी अधिकारीबीच सोमबार आयोजित कार्यक्रमको बहस हो। आन्तरिक राजस्व विभाग,नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको' नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर' विषयक अन्तरक्रियामा व्यवसायीले व्यवसायनै ठप्प भएको अवस्थामा कर तिर्न नसक्ने भन्दै सहुलियत दिनुपर्ने बताए।

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नाकाबन्दीका कारण सीमानामा एक खर्बको सामान अलपत्र भएको बताए। 'तीन लाख रुपैयाँको सामानको विलम्ब शुल्कमात्र सातदेखि आठ लाख तिनुपर्ने अवस्था आएको छ',उनले भने, 'नाकाबन्दी र लगातारको बन्दले व्यवसायीलाई बैंकको ब्याजदर तिर्न नै समस्या भएको छ।'


व्यवसायीले मागेको कर छुटको विषयमा अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले अहिले राज्य असहज स्थितिमा रहेको भन्दै कर छुटको व्यवस्था गर्न नसकिने बताए। 'करको आधार नै भन्सार वापत प्राप्त हुने राजस्व हो', खनालले भने, 'अहिले कुनै पनि भन्सार नाकाले तोकेको राजस्व संकलन गर्न सकेका छैनन्।

आयातनिर्यात प्रभावित हुँदा मूल्य अभिवृद्धि कर(भ्याट), अन्तशुल्क र आयकरमा पनि असर गर्ने देखिन्छ।' पूर्वमुख्यसचिव विमल कोइरालाले सरकार राजस्वमुखी भएको आरोप लगाए।'समस्या लम्बिए पनि सरकारले अहिलेसम्म उचित सम्बोधन गर्न सकेको छैन',उनले भने।

महासंघका उपाध्यक्ष कशोर प्रधानले कालोबजारीलाई पूर्णनियन्त्रण गर्न त्यसमा संलग्नलाई कडा कारवाही गर्न माग गरे। 'केही गलत तत्वका कारण सम्पूर्ण व्यवसाय जगत बदनाम हुन दिनुहुँदैन',उनले भने।

महासंघका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले नेपाल आत्मनिर्भर हुने मुख्य क्षेत्र ऊर्जा नै भएकाले यसअघि घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न अर्थमन्त्रालयले ढिला गर्न नहुने बताए।पूर्वअर्थ सचिव रामेश्वर खनालले कानुनीरूपमा व्यापार व्यवसाय गर्नेहरू धराशयी हुने र कालोबजारी गर्ने मौलाउने अवस्थाआउनु बिडम्बना भएको बताउँदै उद्यमी पलायन हुनबाट रोक्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार राजस्व संकलनको अवस्था ज्यादै निराशाजक छ। भैरहवा पारी तीन हजारभन्दा बढी र मेची भन्सार पारी एक सय २५ ट्रक तथा कन्टेनर रोकिएका छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बन्दहडतालका कारण लगानीको वातावरण बिग्रँदा बैंकमा तरलता थुप्रिएको बताए। कार्यक्रममा उपस्थित सभासद्हरूले नाकाबन्दी र हडताल राजनीतिक समस्या भएकाले त्यसलाई वार्ता र सहमतिका माध्यमबाट समाधान गर्न सुझाए।

 व्यवस्थापिका-संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले ऊर्जा नेपालको ठूलो संभावनाको क्षेत्र भएको बताए।व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले ऊर्जाको विकासमा सरकार उदासीन भएको गुनासो गरे।

व्यवस्थापिका-संसदको उद्योग, वाणिज्य तथा उपभोक्ताहित समितिका सभापति भीष्मराज आङदाम्बेले सामाजिक सद्भावना नबिग्रने गरी अहिलेको समस्याको समाधान खोज्न आग्रह गरे।

'गैरआर्थिक कारणबाट सिर्जित समस्या'
अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो दिनमा गैरआर्थिक कारणबाट गम्भिर आर्थिक समस्या निम्तिएको बताएका छन्। राजस्व विभाग,उद्योग वाणिज्य महासंघ र सेजनले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिले देखिएको समस्या सरकार गठन हुनुभन्दा अगाडिदेखिको भएको बताए।

'समस्या समाधानका लागि सरकारले तत्पर रहेको र त्यसका लागि सम्पूर्ण सरोकारवालासँग संवाद र छलफल गर्न चाहेको छ',उनले भने, 'नाकाबन्दी नेपालीले विरासतमा प्राप्त गरेको थियो। हामीले यस अघिका नाकाबन्दीमा दीर्घकालीन समाधान खोज्दा नेपाली जनताले पटकपटक दुःख पाउनु परेको छ।' संघीयता स्थगन गरौः मुरारका काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संघीयता तत्कालका लागि स्थगत गर्न सुझाव दिएका छन्।

महासंघले गरेको कार्यक्रममा अध्यक्ष मुरारकाले विवादको मूल जड संघीयता भएकाले यसलाई तत्कालको लागि स्थगन गर्न सुझाव दिएका हुन्। मुरारको भनाइमा महासंघ पूर्वअध्यक्ष पद्म ज्योतिले पनि सहमति जनाएका थिए। अध्यक्ष र पूर्वअध्यक्षले संघीयता स्थगतको प्रस्ताव ल्याए पनि महासंघको आधिकारिक भनाइ भने होइन।
annapurnapost
जापान । नेपाल आदिबासी जनजाति महासंघ जापानले भारतले नेपालमा गरेको नाकाबन्दी बिरुद्ध निन्दा एवं घोर भर्त्सना गरेको छ।
आदिवासी जनजाति महासंघ जापानले भुपरिवेष्ठित मुलुकले पाउनु पर्ने अन्तर्राष्ट्रिय परबाहन अधिकार बिपरीत नाकाबन्दी गरेको भन्दैे भन्दै भारतको यस्तो कदम विरुद्ध भर्त्सना गरेको हो।
नेपाल आदिबासी जनजाति महासंघ जापान अध्यक्ष पासाङ शेर्पाले एक बिज्ञप्ती जारी गर्दै नाकाबन्दीका कारण नेपाली जनताको जनजीवनमा नै अस्तब्यस्त भई राष्ट्रिय नै संकटमा आएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराएको हो।
महासंघले नाकाबन्दी खुलाएर नेपाली जनताको दैनिकीलाई सहज बनाउन सम्पूर्ण नागरीक समाज,पत्रकार,उद्यमी,बुद्दिजिबीहरुमा आग्रह समेत गरेको छ ।
nepalsandesh
२०७२ मङ्शिर ८ मंगलवार
काठमाडौं : चिनियाँ राजदूत ऊ चुन्ताईले चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपालसँग चाँडै सम्झौता हुन लागेको जानकारी दिएका छन् । सभामुख ओनसरी घर्तीसँग सोमबार भएको भेटमा चुन्ताईले त्यस्तो जानकारी गराएका हुन् ।


चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानस्वरूप उपलब्ध गराइसकेको छ । चीनसँग पेट्रोलियम पदार्थ र एलपी ग्यास आयातका लागि सम्झौता गर्न दुई सदस्यीय टोली बेइजिङ गएको छ । चीनका लागि नेपाली राजदूत महेश मास्केले पनि भारतीय नाकाबन्दीका कारण नेपालमा भएको इन्धन अभावलाई पूर्ति गर्न चीनसँग हुन लागेको सझौताबारेमा छलफल जारी राखेका छन् ।


सभामुख घर्तीले हालको इन्धन संकट समाधानका लागि चीनले गरेको सहयोगको प्रशंसा गर्दै पेट्रोलियम पदार्थ आयातसम्बन्धी सम्झौता हुन लागेकोमा खुसी व्यक्त गरेकी थिइन् । उनले सार्वभौम मुलुक नेपालले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले यसमा कुनै पनि छिमेकीको कुनै प्रकारको हस्तक्षेप ग्राह्य नहुने पनि बताएको स्रोतले बतायो ।

चुन्ताईले दुई देशबीच छिमेकी र सहकर्मीको सम्बन्ध रहेकाले चीन र नेपालबीच कुनै समस्या नरहेको बताएका थिए । सभामुखका निजी सचिव सुरजकुमार दुराले चुन्ताईलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘चीन सरकार र जनताको नेपालको विकासमा सधंै सहयोग र सद्भाव रहनेछ ।’

नेपालमा भूकम्पको विपत्तिले जनतामा परेको दुःखप्रति सहानुभूति व्यक्त गर्दै चुन्ताईले नेपाली जनतालाई राहत प्रदान गर्न र पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको बताएको जानकारी दुराले दिए ।

चिनियाँ जनता र संसद् तथा नेपाली जनता र संसदबीच भ्रमण आदानप्रदान गर्दै लैजानुपर्ने र दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेमा पनि राजदूत चुन्ताईले जोड दिएका थिए ।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ८ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत रंजित रायबीच सोमबार सिंहदरवारमै भनाभन भएको छ । भारतीय राजदुत रंजित रायले बुद्धिजिवी, कुटनीतिक नियोगका प्रमुखहरुलाई छुट्टा छुट्टै दुतावास र होटलहरुमा बोलाएर सरकारबिरुद्ध मोर्चाबन्दी गरेपछि परराष्ट्रमन्त्री थापाले आक्रोस पोखेका थिए । ‘होटल र दुतावासमा बोलाएर मोर्चाबन्दी गरिदैछ भन्ने समाचारहरु आएका छन् के हो सत्य महामहिम’, सोमबार परराष्ट्रमन्त्रालयमा मन्त्री थापाले सोधे ‘तराईमा आन्दोलन, राजधानीमा मोर्चाबन्दी यसको अर्थ के लाग्छ ? महामहिम हामी पनि त्यति लाटो छैनौ ।’
कुटनीतिक भाषा समेत प्रयोग नगरी थापाले आक्रोस पोखिरहे ‘अन्य कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि तपाईले भ्रम दिनु भएछ यो राम्रो भएन, नेपाल स्वाधिन मुलुक हो’, थापाले भने ‘आन्दोलनरत मधेसबादी दलहरुले खुलियाम हामीलाई भारतको सहयोग छ भन्दै आएका छन्, यसलाई कसरी बुझ्ने ?’
केही दिनअघि भारतीय दुतावासले होटल सांग्रिलामा केही नागरिक समाज र बुद्धिजिवीलाई बोलाएर नाकाबन्दीका बिषयमा छलफल गरेका थिए । भारतीय दुतावासको अन्तरक्रियामा सहभागि डा. भगवान कोइरालाले नाकाबन्दी गरेर भारतले मानवीय अपराध गरेको बताएका थिए भने अधिकारकर्मी पद्मरत्न तुलाधरले नाकाबन्दी लगाउनु सही भएको बताएका थिए ।
३५ मिनेटको भेटमा अधिकांस समय परराष्ट्रमन्त्री थापा आक्रोसित भइरहे । उनले नेपालको यर्थाथलाई बंग्याउने कोशिस नगर्न उनलाई चेतावनी समेत दिए । थापा आक्रोसित भएपछि असहज मान्दै भारतीय राजदुत रायले भने ‘भारतको सवैभन्दा नजिकको छिमेकी राष्ट नेपाल हो, यसको समस्याप्रति हामी पनि चिन्तित छौ तर नाकाबन्दी भारतले गरेको होइन, आन्दोलनका कारण पारवहान अवरुद्ध भएको हो ।’
भारतीय राजदुत रायको प्रतिक्रियापछि थापाले भने ‘नेपालको आन्तरिक मामिला हो यो सुल्झन्छ, पारवहान सुचारु गर्नुहोस, सरकार सुरक्षा दिन तयार छ ।’ पहिले निकै आक्रामक भएका थापा बिस्तारै शान्त हुँदै गएका थिए ।
परराष्ट्रमन्त्री थापालाई भेटर बाहिर निस्किँदा भारतीय राजदुत राय निकै तनावमा देखिन्थ्थे । उनले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिन पनि अस्वीकार गरे । परराष्ट्रमन्त्रालयले विदेशी कुटनीतिक नियोगका प्रमुख र पूर्वपरराष्टमन्त्रीहरुसँग पनि छलफल गर्ने भएको छ       yeskathmandu
आज मंसीर ८ गते जनमुक्ति सेना स्थापना दिवशको अवसर पारेर विप्लव माओवादीले काठमाण्डौंमा जनप्रदर्शन गर्दैछ । प्रदर्शन पछि हुने सभामा भारतीय नाकावन्दी विरुद्ध “नयाँ खालको जनयुद्ध” को घोषणा हुने माओवादी श्रोतले जनाएकोछ । भारतीय नाकावन्दी विरुद्धको यस “नयाँ खालको जनयुद्ध” अहिलेको विशिष्ट स्थिति अनुसारको गैरफौजी र जनकारवाही शैलीको हुने वताइएकोछ ।
भारतीय नाकावन्दी विरुद्ध हुने यस नयाँ खालको जनयुद्धमा भारतीय फिल्महरु माथि प्रतिवन्ध, भारतीय च्यानलहरु माथि प्रतिवन्ध, भारतीय गाडिहरु माथि प्रतिवन्ध, भारतीय    कम्पनीका कार्यालयहरु नेपालमा वन्द गराइने लगाएतका कार्यक्रमहरु रहने श्रोतले वताएकोछ ।
भारतीय नाकावन्दी विरुद्ध अरु खालका कार्यक्रमहरु संगै मंसीर १३ गते नेपालवन्द सम्मका कार्यक्रम घोषणा हुन सक्ने श्रोतको भनाई छ ।
भारतीय नाकावन्दी विरुद्धको यस नयाँ खालको जनयुद्धमा हजारौं कार्यकर्ताहरु परिचालन गरिने र हजारौं स्वयंसेवी युवाहरुलाई भारतीय विस्तारवाद विरुद्धको अभियानमा तालिम तथा भर्ति गरिने वताइएकोछ ।
सरकारले गरेको ढिलासुस्ती, विभिन्न तरिकाहरुवाट भैरहेको कालोवजारी, भ्रष्टाचार आदि विरुद्ध तथा विगतमा नेपाली नदी नाला भारतीय सरकार र कम्पनीहरुलाई कौडिको मूल्यमा वेच्ने जिम्मेवार नेताहरुलाई पनि कारवाही थालिने सम्भावना रहेको श्रोतले वताएकोछ ।
nepalsandesh
काठमाडौँ, ७ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी नेपाल जापानको असल मित्र भएको बताउँदै जापानले नेपाललाई गर्दै आएको सहयोग जारी राख्ने स्पष्ट गर्नुभयो ।
उपराष्ट्रपति कार्यालय, बहादुर भवन आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको र दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बलियो बनेर जाने बताउँदै भूकम्पपछि नेपाली जनताले भोगिरहेको दुःखमा जापानले महत्वपूर्ण सहयोग गरेकामा धन्यवाद दिनुभएको उपराष्ट्रपतिका स्वकीय सचिवालयका सहसचिव तुलसी डाँगीले जानकारी दिनुभयो ।
भेटमा भारतीय नाकाबन्दीबाट उत्पन्न परिस्थिती र समाधानका लागि जापानको सहयोगबारे छलफल भएको थियो ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home