काठमाडौँ, १० मङ्सिर । आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गर्नुभयो । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिनुभयो, ‘‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उहाँले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिनुभयो ।
‘काँग्रेसको असली चरित्र देखियो’
यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहनुभएका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गर्नुभयो । जवाफमा यादवले भन्नुभयो, “आज काँग्रेसको असली चरित्र देखियो ।”
ती दुई दलबीच संसद्को आजको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो ।
dainiknepal

काठमाडौं । भारतीय संस्थापन पक्षले नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएको निहुँमा नाकाबन्दी लागेको आरोप लागिरहेका बेला त्यसको पुष्टि हुने रबैया भारतीय जनता पार्टीले गरेको छ ।
हिन्दु अतिबादीहरुको संगठन आरएसएसको गनिनी संस्थाका रुपमा उदाएको भारतीय जनता पार्टीले धर्मनिरपेक्ष शब्दको प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने माग राखेको छ ।
तर, भारतीय कांग्रेसले भने भाजपाको यो माग करोडौं भारतीय जनताको अपमान गर्ने हेतुले ल्याइएको आरोप लगाएको छ । भारतीय संसदको शीतकालीन सत्रको पहिलो दिन गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने बताएपछि विवाद सुरु भएको हो ।
मन्त्री सिंहले अंग्रेजी शब्द सेकुलरको औपचारिक रुपान्तरण धर्मनिरपेक्षता नभएको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा संसदमा मन्त्री सिंहले पन्थनिरपेक्ष भएको बताएका थिए ।
भारतीय संविधान निर्माणताका संवैधानिक समितिका अध्यक्ष स्वर्गिय भीमराव अम्बेडकरले पनि सेकुलरको अर्थ धर्मनिरपेक्षता नभएको स्विकार गरेको सिंहको जीकीर थियो ।
गृहमन्त्री सिंहले अभिनेता अमिर खानप्रति लक्षीत गर्दै यस्तो बुझेका डा अम्बेडकरले त्यसबेला उपेक्षा र अपमान सहेर पनि भारत छाड्ने अभिव्यक्ति कहिल्यै नदिएको बताएका थिए ।
कहिदिन अघि अभिनेता खानले भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै देशमा बस्ने नबस्ने भन्ने बारेमा निर्णय लिन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
मन्त्री सिंहको भनाईपछि संसदमा बोल्दै भारतीय कांग्रेसकी अध्यक्ष सोनीया गान्धीले चर्को विरोध गरेकी छिन् । गान्धीले धर्मको नाममा वर्तमान सरकारले संसद र देशमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाएकी थिइन् ।
गान्धीले देशको कुनै धर्म नहुने र सबै धर्मका नागरिकको समान अधिकार रहने भएकाले यस्तो योजना नबुन्न मोदीलाई चुनौति दिएकी थिइन् । भारतीय संसदमा मोदीको दल भाजपाको अत्याधिक बहुमत रहेको छ ।
nepalsandesh

बारा, १० मंसिर । नेकपा एमाले निकटको युवा संघ नेपाल बाराले नेपालको सुनसरी जिल्लामा हतियार सहित प्रवेश गरी बुधबार बिहानको समयमा गोली चलाउने भारतीय सशस्त्र सीमा बल एसएसबीको कार्यको घोरभत्र्सना गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमै छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
बिहीबार युवा संघ नेपाल बाराका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको एक बिज्ञप्तिमा यस्तो माग गरिएको छ । एसएसबीको गोली लागि घाईते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउँन सरकारसंग अनुरोध समेत गरिएको छ ।
सिमावर्ती जिल्ला सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा वल एसएसबीले हतियार सहित प्रबेश गरि गोली चलाएको थियो । एसएसवीको गोली लागि स्थानीय चार जना युवाहरु घाईते भएका छन् ।
स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव एसएसवीको गोलि प्रहारबाट घाईते भएका छन् । उनीहरुको धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ ।

लहान, १० मंसिर । सिरहाको लहान नपा ३ स्थित एक विद्यालयबाट डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले निकाल्न लागेको शान्तिपूूर्ण र्यालीमा प्रहरीले बल प्रयोग गरेर कार्यक्रम विथोलेको छ ।
प्रहरीले बल प्रयोग गर्दा दर्जनौं कार्यकर्ता घाईते भएका छन् । सोही क्रममा प्रहरीले गठबन्धनका सिरहा संयोजक केदारनाथ यादब, नेता विष्णुु चौधरी लगायतका दर्जनौं कार्यकर्तालाई पक्राउ गरे । शान्तिपूूर्ण जुलुुस निकाल्न लाग्दा पनि प्रहरीले माइक, स्पिकर र पर्चा पम्पलेट खोस्नुुका साथै एकाएक लाठी प्रहार गरेको गठबन्धनका नेता संयज यादबले बताए ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राम केसीले कार्यक्रम गर्न भनेपनि राजमार्गमा जुुलुुस ननिकाल्न आग्रह गरेका थिए । तरपनि र्याली अगाडी बढाउन खोज्दा बल प्रयोग गर्नुुपरेको प्रहरीले जनाएको छ ।
जुुलुुसमा राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेस, आजाद देश, रंगभेद अन्त्य गर, मधेसबाट नेपाली सेना तथा प्रहरी पिर्ता गर लगायतका नारा लगाएका थिए ।

इलाम, १० मङ्सिर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरुसँग आग्रह गर्नुभएको छ ।
इलामको चुलाचुलीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “यो आन्तरिक समस्या हो । नाकाबन्दी फिर्ता गरेर आउनुहोस् । संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ ।”
संविधानसभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।
संविधान निर्माणपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका नेम्वाङलाई मतदाता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

काठमाडौं । चर्चित नायिका रेखा थापाविरुद्ध ठगी गरेको अभियोगमा मुद्दा परेको छ ।
खोटाङको सगरमाथा जनसेवा समाजले पैसा लिएर कार्यक्रममा नआएको भन्दै नायिका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी अभियोगमा मुद्दा हालेको हो । सांस्कृतिक कार्यक्रमका लागि समाजले थापाको खातामा एक लाख रुपैयाँ पठाएको रसिद समेत फेला परेको छ ।
खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीले सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिएको र त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको भेटिएको जानकारी दिनुभयो । तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको उहाँले बताउनुभयो ।
यता रेखा थापाले भने पैसा पठाएर आफूलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘त्यो मान्छे फटाहा रहेछ । कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन । सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ ? यो सब मलाई बदनाम गर्न गरिँदैछ ।’
कार्यक्रमका लागि सम्झौता गरौं भन्दा पहिला बैंकको खाता नम्बर मागेको र पछि सम्झौता गर्न मान्छे पठाउने कुरा प्रकाशले भनेको रेखाको भनाई छ । ‘पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । पछिमात्रै थाहा पाए,’ उहाँले भन्नुभयो- ‘उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ भने ।’ उहाँले आफू निर्दोष भएको दाबी गर्नुभयो ।
यस्तो रेखा थापाको नाममा डिपोजिट गरिएको पैसाको बैंक रसिद:
dainiknepal
खोटाङको सगरमाथा जनसेवा समाजले पैसा लिएर कार्यक्रममा नआएको भन्दै नायिका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी अभियोगमा मुद्दा हालेको हो । सांस्कृतिक कार्यक्रमका लागि समाजले थापाको खातामा एक लाख रुपैयाँ पठाएको रसिद समेत फेला परेको छ ।
यता रेखा थापाले भने पैसा पठाएर आफूलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘त्यो मान्छे फटाहा रहेछ । कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन । सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ ? यो सब मलाई बदनाम गर्न गरिँदैछ ।’
कार्यक्रमका लागि सम्झौता गरौं भन्दा पहिला बैंकको खाता नम्बर मागेको र पछि सम्झौता गर्न मान्छे पठाउने कुरा प्रकाशले भनेको रेखाको भनाई छ । ‘पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । पछिमात्रै थाहा पाए,’ उहाँले भन्नुभयो- ‘उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ भने ।’ उहाँले आफू निर्दोष भएको दाबी गर्नुभयो ।
यस्तो रेखा थापाको नाममा डिपोजिट गरिएको पैसाको बैंक रसिद:
dainiknepal
१० मंसिर, एजेन्सी ।
भारतीय विपक्षी दल भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले नरेन्द्र मोदी सरकार आएपछि भारतमा असहिष्णुताको भावना बढेर गएको भन्दै चिन्ता ब्यक्त गरेकी छिन् ।
भारतको संविधान दिवसको अवसरमा आयोजित संसदीय विशेष बहसमा सोनियाले भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र नभनिएपनि धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै केही समय यता भारतमा भैरहेका गतिविधी संविधानको मूल्य र मान्यता विपरित रहेको बताइन् ।
भारतीय संसद लोकसभामा चलिरहेको विशेष बहसका शिलशिलामा विपक्षी नेतृ सोनिया गान्धीले मोदीको हिन्दुवादी ब्यवहारप्रति कटाक्ष गरेकी हुन् ।
भारतीय कांग्रेसले भन्यो- ‘मोदी नीति नेपालमा असफल’
कांग्रेस पार्टीले भारतको संविधान ल्याउनका लागि लडेको भन्दै सोनियाले अहिले संविधानका आधारभूत विषय नै धरापमा परेको समेत दावी गरेकी छिन् ।
भारतमा पछिल्लो समयमा असहिष्णुता बढेको बहस चलिरहेको छ । बलिउडका चर्चित कलाकार समेत यो विषयमा विवाद र चर्चामा आएका छन् । nepaliheadlines