काठमाडौं, मंसिर १० । संसदको नियमावली तयार गर्न गठित मस्यौदा समितिमा सत्तापक्ष र प्रतिपक्षीले दाबी गरेपछि पटक–पटकको बैठकले सभापति चयन गर्न सकेको छैन ।
समितिको सभापतिका लागि सत्तारुढ दलहरुले एकीकृत माओवादीका सांसद रामनारायण विडारी र प्रमुख प्रतिपक्षी दलले सांसद राधेश्याम अधिकारीलाई प्रस्ताव गरेका छन् ।
विहीबार सिंहदरबारमा डाकिएको बैठकमा सत्ताधारी दलका सांसदले सभापति सत्तापक्षको हुँदा संसद चलाउन सजिलो हुने दाबी गरेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले संसदप्रति प्रतिपक्षीलाई अझ बढी जवाफदेही बनाउन सभापति पाउनुपर्ने दाबी गरेका थिए । imagekhabar

काठमाडौं । नेकपा क्रान्तिकारि माओवादीले भारतसँग जोडीएको सीमा शील गर्न माग गरेको छ । बिहीबार विज्ञप्ती निकाल्दै मोहन बैद्य नेतृत्वको माओवादीले भारतीय सीमा सुरक्षा बलको नाममा नेपालीमाथि एको ज्यादतीले मर्माहत तुल्लाएको उल्लेख छ ।
राष्ट्रिय स्वाधिनता नै खतरामा परेको भन्दै पार्टीले भारतीय सीमा सुरक्षामा विशेष निगरानी राख्न पनि माग गरेको छ ।
आम नेपालीले शान्ति सुरक्षा महसुस गर्नकालागि भारतसँग सीमा जोडीएको स्थानमा छेकबार लगाउनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादीले भारतीय नाकाबन्दीको मार खेपीरहेका जनतालाई भारतकै सीमा सुरक्षा बलले दिएको पीडा थप समस्या परेको बताएको छ ।
उस्ले नेपाली भुमिमा गैरकानुनी रुपमा प्रवेश गरेर भारतले नांगो हस्तक्षेप गर्न खोजेको आरे लगाएको छ । विज्ञप्तीमा तराई मधेसमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न पनि माग गरिएको छ ।
nepalsandesh

मंसिर १०, २०७२- बबलु राजवंशीले आफ्नै चिनेजानका र सधैं हाँसीमजाक गर्ने साथीहरुले नै मधेस आन्दोलनको नाममा आफैंलाई पेट्रोल खन्याएर आगो नै लगाइदेलान् भन्ने कल्पना पनि गरेका थिएनन् । तर उनले सोचे विपरित मधेस आन्दोलनमा लागेका साथीहरुबाटै बिहीबार बिहान १० बजे आफैंले भारतको सीमा बजारबाट ल्याएको पेट्रोल खन्याएर आगो लगाइ दिए । उनको दायाँ हात र खुट्टाका औंलाहरु जलेर काम नलाग्ने भएका छन् । अनुहार जोगिएपनि पेट, हात खुट्टा, तिघ्रा ढाड जलेका छन् ।
मोरङको खोर्सानेस्थित दाजुको ग्यारेजका लागि उनले को१५प २४५० नम्बरको मोटरसाइकलमा ३० लिटर जति पेट्रोल लिएर फर्किरहेका थिए । वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत बबलुले भने, ‘नाकाबन्दी, बन्द हड्तालपछि पेट्रोलको हाहाकार भएकाले मोटरसाइकलमा पेट्रोलको ग्यालेन लिएर फर्किरहेको थिएँ । अचानक भाथिगछ–२ रामजानकी चोकमा रोकेर आगो लगाए ।’
शरीरको अधिकांश भाग जलेर मरणसन्न हुन पुगेका बबलुका अनुसार पेट्रोल लिएर फर्कँदा बाटोमा रोक्ने साथीहरुले ‘आज बन्दको बेला किन पेट्रोल ल्याएको’ भनेर सोधेका थिए । उनले जवाफमा ‘मेरो दाजु हिराकाजी राजवंशीको आफ्नै ग्यारेजका लागि पेट्रोल ल्याएको साथी हो । मलाइ त छाडि देउन यार’ भनेका थिए । त्यति भन्दा सबै साथीहरु चुपचाप लागे । उनी मोटरसाइकलसँगै उभिएका थिए त्यसबेला । तर एकजनाले मोटरसाइकलको दुइ तिर झुण्ड्याएर राखेको ग्यालेन निकालेर खुकुरीले हाने । उनले भने, ‘ग्यालेन फुटे पछि सबै तेल जताततै पोखियो । मेरो शरीर भरी पेट्रोल पर्यो । त्यस लगतै एकजनाले सलाई कोरेर आगो लगायो ।’
आगो दन्दनी बल्न थालेपछि बबलु पनि जल्न थाले । उनले होसमा भएसम्म ऐssssया अथ्था भन्दै लगाएको ज्याकेट र पेन्ट फुकाल्न भ्याए । तर पेट्रोलले उनको शरीर सबै भिजेकाले आगो निझाउन सम्भव थिएन । ग्यालेन फुटाएर तेल छर्कनेहरु अरुबेला चिनेजानेका भएपनि तिनीहरु बबलुको शरीरमा लागेको आगो निभाउन छाडेर भागेका थिए । उनले भने, ‘मेरो शरीर जलिरहेको थियो तर उनीहरु आगो निभाउने दयासम्म देखाएनन् । बरु नजिकै उभिएकी एकजना महिलाले मेरो शरीरमा पानी खन्याइदिएपछि मात्र आगो निभ्यो । तर शरीर निकै जलि सकेको थियो ।’ उनले ती साथीहरु चिनेको बताए पनि नाम भने सबैको भुलेको बताए ।
उनका दाजु हिराकाजी राजवंशीले भने, ‘मैले आफ्नो ग्यारेजका लागि भाइलाई पेट्रोल लिन पठाएको थिएँ । तर भाईमाथि नै यस्तो दुर्घटना आइपर्ला भनेर सोचेको थिइनँ । मेरो भाइमाथि यस्तो गर्छन् भन्ने सोचेको थिइना ।’ उनको ग्यारेजमा बबलु पनि काम गर्दै आएका छन् । घट्ना बिहानको भएपनि वीपि प्रतिष्ठानमा भने अपरान्ह साढे ३ बजे मात्र ल्याइएका थिए । उपचारका लागि स्थानीय अस्पतालहरुमा घुम्दा घुम्दै दिनभर लागेको थियो । तर ती अस्पतालहरुमा उपचार हुन नसक्ने भएपछि प्रतिष्ठानमा रिफर भएका थिए ।
बबलुको उपचारमा संलग्न चिकित्सक डा सोनाई चौधरीले प्रारम्भिक रिपोर्ट अनुसार शरीरको हात १० प्रतिशत, खुट्ट १० प्रतिशत र शरीरका अन्यभागमा २० प्रतिशत जलेको बताइन् । उनले बाँकी उपचार भइरहेको बताइन् kantipur.ekantipur

काठमाडौं, १० मंसिर । सरकारले निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूले राजधानीमा बालबालिकाको प्रयोग गरेर गर्न लागेको मानव साङ्लोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै कुनै पनि धर्ना, प्रदर्शन वा आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर भोलि शुक्रबार राजधानीको चक्रपथमा गर्ने भनिएको मानव साङ्लोमा बाललबालिकाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले मानव साङ्लोका नाममा बालबालिकाको प्रयोग गरिए त्यसले बालबालिकाको मावन अधिकार हनन हुनेभन्दै कानुन विपरितका कुनै पनि कार्य नगर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
बालबालिकाले पढ्न पाउनु पर्ने माग गर्दै निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूसहितका संस्थाले शुक्रबार राजधानीको चक्रपथमा मानव साङ्लो बनाइ दबाव दिने जनाएका छन् ।
तर यो मावन साङ्लोलाई लिएर सरकारले गम्भीर आपत्ति जनाएपछि आयोजक झस्किएका छन् ।
dainiknepal

परासी, १० मङ्सिर । नवलपरासीमा रहेको सामुदायिक रेडियो ‘परासी’मा गए राति पेट्रोल बम प्रहार गरिएको छ ।
राति करिब दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेसनमा पेट्रोल बम प्रहार गरेको उक्त रेडियोले जनाएको छ । बम प्रहारबाट कार्यालय परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकल जलेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।
बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोबाइलबाट रेडियोमा फोन गरी धम्की पनि दिइएको थियो ।
रेडियोका अध्यक्ष सुमनगोपाल आचार्यले घटनाको भत्र्सना गर्नुभएको छ ।
यसैबीच रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।

काठमाडौँ, १० मङ्सिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएका भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले देश र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सङ्कटको सामना गर्न नेपालमा आन्तरिक प्रयास जारी रहेको र यसमा अन्तर्राष्ट्रिय मित्रहरुको समर्थन एवम् सहयोग रहोस् भन्ने नेपाल र नेपाली जनताको चाहना उल्लेख गर्नुभयो ।
भेटमा दुवै देशका राजदूतहरुले नेपालको संविधान निर्माण तथा कार्यान्वयन गर्ने कुरा नेपालको आन्तरिक विषय भएको एवम् नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा उल्लेख गर्नुभयो ।
संविधान जारी एवम् कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानमा देखिएको आन्दोलन एवम् अशान्तिलाई संवाद र वार्ताको माध्यमबाट हल गर्न नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई सफलता मिल्ने विश्वास राजदूतहरुले व्यक्त गर्नुभएको थियो ।
पारवहन अवरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्याप्रति दुवै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्नसमेत दुवै देश तयार रहेको भन्दै वर्तमान परिस्थितिको छिट्टै सहज निकास होस् भन्ने दुवै देशको धारणा रहेको उल्लेख गर्नुभयो ।
पाकिस्तानी राजदूत खोसाले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाइ हुने कुरा व्यक्त गर्नुभयो भने बङ्गलादेशी राजदूत साम्सले सार्क शिखर सम्मेलनमा प्रस्तुत भएको सार्कस्तरीय पारवहन प्रस्तावको चर्चा गर्दै बङ्गलादेश, भुटान, भारत र नेपालबीच निर्वाध पारवहनका लागि उक्त सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।

बिहीबार, १० मंसिर
काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली सर्वसाधारणलाई गाली हानेको नेपाल सरकारले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतीय एसएसबी नेपालको सीमानाकाबाट करिब एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेर फरार भएको उल्लेख गरेको छ । सरकारले घटनाको सत्य तथ्य अनुसन्धान गरि नेपाललाई जानकारी गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।
सरकारले घटनामा संलग्न एसएसबीका जवानहरुलाई कारबाही गरि नेपाललाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्ती निकालेको हो ।
रिराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा सुनसरी जिल्लाको हरिपुर ७ को पुवी टोलमा नेपाल भारत सीमाको दशगजाबाट १०० मिटर भित्र बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्, एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं भनिएको छ ।
सरकारले आगामि दिनमा यस्तो घटना हुन नदिन भारतीय सुरक्षाकर्मी र अधिकारीहरुलाई सचेत समेत गराएको छ ।
सरकारले दोषिलाई कडा कारबाही नगरिएसम्म पीडितले न्याय नपाउने उल्लेख गरेको छ । तर, बुधबार नै भारतीय दुतावासले विज्ञप्ती निकालेर नेपालीहरुमाथि गोली नहानीएको दाबी गरेको थियो ।