वि.सं. २०७२ साल मंसिर १९ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर ५ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– दशमी, भोलि बिहान ७:४८ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। विवाद तथा मुद्दाहरूमा हानि हुन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट विशेष काम सम्पादन हुने सम्भावना देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला निम्त्याउन सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउने सम्भावना छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन समेत कसिन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आलस्य गर्दा अवसर गुम्न सक्छ। खर्चको मात्रा पनि बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्रा सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग समेत देखिन्छ, सचेत रहनुहोला। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

काठमाडौं, १८ मंसिर । आजको त्रिपक्षीय वार्ता स्थगित गराएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार शीर्ष नेताहरु दिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मोर्चाका नेताहरु क्रमशः उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादव आइतबार दिल्ली जाने कार्यक्रम तय भएको हो ।
मोर्चाका नेताहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री मोदी, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरी मधेस आन्दोलनबारे ‘विफ्रिङ’ गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
यसैबीच शुक्रबार भारतको मुम्बई गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक सम्मेलनमा सहभागी भएर आइतबार दिल्ली आउने कार्यक्रम तय भएको छ । मधेसी मोर्चा निकट स्रोतका अनुसार मोर्चा नेता र बाबुरामले संयुक्त रुपमा मोदीलाई भेटेर मधेस आन्दोलन र सत्तापक्षले गरिरहेको गृहकार्यबारे ‘विफ्रिङ’ गर्नेछन् ।

कायरो, १८ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लबमा अज्ञात बन्दुकधारीले गोली हानी १२ जनाको हत्या गरेको समाचार छ ।
शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन ।
साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । दक्षिणी कायरोको अगोजा जिल्लामा सो गोलीकाण्ड भएको बताइएको छ । रासस÷सिन्ह्वा

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहितका प्रमुख दलहरुको बैठकले साझा धारणा तयार पारेका छन् ।
शुक्रबार अपराह्न बसेको बैठकले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्नका लागि साझा धारणा तयार पारेको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

काठमाडौं, मंसिर १८ । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट शुक्रबार पनि आयात प्रभावित बन्यो ।
शुक्रबार दिउँसो विराटनगरको रानी भन्सारबाट ८ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र ३ ग्यास बुलेटसहित १ सय १६ ओटा मालबाहक गाडी नेपाल भित्रिए ।
विहीबार राति यो नाका भएर ६४ ट्यांकर इन्धन नेपाल भित्रिएको थियो ।
झापाको काँकडभिट्टा नाकाबाट शुक्रबार १३ ट्यांकर डिजेल, ४ ट्यांकर, पेट्रोल, १ ट्यांकर हवाई इन्धन र २ टयांकर मट्टीतेल नेपाल भित्रिएको छ ।
यस्तै, भैरहवाको बेलहिया–सुनौली नाकाबाट शुक्रबार दिनभरमा इन्धनबाहेकका मालबाहक गाडी मात्र नेपाल प्रवेश गरेका छन् ।
उता, नेपालगन्जको रुपैडिहा नाका शुक्रबार पनि ठप्पै छ । मधेसी मोर्चाले बाँकेमा बन्दको आह्वान गरेपनि बन्दको प्रभाव भने परेन । imagekhabar

काठमाडौं, १८ मंसिर । पाँच बजे हुने भनिएको त्रिपक्षीय वार्तामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आइनपुगेपछि सुरु हुन सकेको छैन् ।
अहिले बालुवाटारमा मोर्चाका नेताहरुलाई कांग्रेस र सत्तारुढ दलका नेताहरुले कुरिरहेका छन् । तर, मधेसी मोर्चाका नेताहरु वार्ता गर्न बालुवाटार जानु छाडेर लैनचौरस्थित भारतीय राजदूतावास गएको खुलासा भएको छ ।
स्रोतका अनुसार आज हुने भनिएको निर्णायक वार्ता अघि मोर्चाका नेताहरु मधेस आन्दोलनका मागबारे राजदूत रञ्जीत रेसँग छलफल गर्न भारतीय दूतावास गएका हुन् । मोर्चाले भारतकै सहयोगमा मधेसमा आन्दोलन गरिरहेका बेला वार्तामा बस्नका लागि पनि भारतसँगै सल्लाह गरेको हो ।
अहिले पनि मोर्चाका नेताहरु राजदूतवासमै छलफल गरिरहेका छन् । उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतका मधेसी नेताहरु लैनचौरस्थित दूतावास पुगेका हुन् ।