• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
आइतबार, २० मंसिर
काठमाडौं । मधेस आन्दोलनको समाधानकालागि भन्दै सरकारले आह्वान गरेको वार्तालाई अस्विकार गर्दै दिल्ली दौडमा निस्कीएका मधेसवादी दलका नेताहरुको डिनर तालीका सार्वजनिक भएको छ ।
आज दिउँसो दिल्ली उत्रीएका चार मधेसवादी दलका अध्यक्षहरुले आजै जनता दलका अध्यक्ष शरद यादवलाई उनकै घरमा भेट गरिसकेका छन् ।
त्यस्तै कांग्रेस नेता करण सिंहलाई पनि उनीहरुले भेटघाट गरेका छन् । आजै साँझ भारतीय विदशे मन्त्री सुष्मा स्वराजले उनीहरुसँग डिनर गर्ने कार्यतालीका छ ।
मोर्चाका नेताहरुलाई भारत सरकारकै पहल र भारतकै लगानीमा ताजमानसिंह होटलमा राखिएको छ । मोर्चाका नेताहरुलाई दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरेका थिए ।
उनलाई मधेसी मोर्चाका नेताहरुको स्वागतकालागि विदेश मन्त्री स्वराजले विमानस्थल पठाएकी थिइन् ।
आन्दोलनरत मधेसी मोर्चामा आवद्ध उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव दिल्ली दौडमा छन् ।
nepalsandesh
तुलसीपुर : पछिल्लो समयमा केही सुस्ताएको थारु आन्दोलनलाई निर्णायक बनाउनका लागि थारु युवाले ‘थारु युवा स्वंयसेवक’दस्ता बनाएका छन्। अमेरिकाबाट फर्केका युवकको कमान्डमा थारु दस्ता गठन भएको छ।

देशभरबाट जुटेका थारु युवाहरुले दाङको एउटा गाउँमा तीन दिनसम्म भेला गरेर यस्तो दस्ता बनाएका हुन्। दस्ताको संयोजकमा महाबीर चौधरी छन्। उनी अमेरिका बस्दै आएका थिए । थारु कल्याण कारिणीको उनी अमेरिका संयोजक पनि हुन् । थारु आन्दोलनमा सबै थारु युवा पुस्ताहरुलाई एकीकृत गर्ने जिम्मा भेलाले उनलाई दिएको छ । उनको संयोजकत्वमा गठन भएको ११ सदस्यीय दस्ताको प्रारम्भिक कमिटीले देशभर त्यस्ता गठन र परिचालन गर्नेछ।

‘थारु आन्दोलनका मुद्दाहरुमा सत्तासँग सम्झौता हुन थालेको छ तर, हामी त्यसो गर्न दिन्नौँ’दस्ताका संयोजक चौधरीले भने ‘त्यसैले अब देशका थारु युवाहरुलाई भेला गरेर आन्दोलनलाई अझैं उचाइँमा पुर्‍याउने निर्णय भएको छ ।’ तीन दिनसम्म चलेको भेलापछि आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले ८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

भेलाले आन्दोलनलाई अझैं सशक्त र प्रभावकारी बनाउनका लागि देशभर युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि थारुवान÷थरुहट आन्दोलनलाई अघि बढाउनका भन्दै उनीहरुले ‘एक गाउँ सय युवा जाउँ’ भन्ने अभियान पनि सुरु गर्ने भएका छन् । अबको थारु आन्दोलनमा प्रत्येक गाउँमा सय जना युवा अनिवार्य आन्दोलनमा आउनुपर्नेछ ।

भेलाले थारुका मुद्दामा थारुका अधिकार कुण्ठित हुनेगरी सम्झौता गर्नेहरुको भन्डाफोर गर्ने र उनीहरुलाई सामाजिक बहिष्कार गर्दै थारुहट भूमिमा प्रवेश निषेध गर्ने निर्णय पनि गरेका छन् ।

उनीहरुले थारु आन्दोलनलाई सिथिल बनाउनका लागि केही तत्वहरु सरकारमा गएर थारु आन्दोलनलाई सत्तासँग सम्झौता गरेको भन्दै आक्रोश पनि पोखेका थिए । विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक अहिले सरकारमा छ । त्यो दलका संसदीय दलका प्रमुख सचेतक योगेन्द्र थारु पनि पहिला थरुहट आन्दोलनमा सक्रिय थिए ।

भेलाले थारु आन्दोलनमा सबै पार्टीका थारु सांसदहरुलाई अनिवार्य उपस्थिति गराउने पनि निर्णय गरेको छ ।‘थारुहरुको साझा मुद्दा, सवालमा सम्पूर्ण राजनैतिक दलका थारु सभासद एंव नेताहरुलाई एकतावद्ध भएर सामूहिक संघर्षको लागि गोलवद्ध गर्ने निर्णय गरियो’ उनीहरुको घोषणापत्रमा भनिएको छ । त्यस्तै उनीहरुले आमहड्तालको क्रममा कालोबजारी गर्ने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

थारु आन्दोलनका घटकहरु नयाँ सरकार गठनपछि कोही सडक र कोही सरकारमा भएपछि यो आन्दोलन सेलाएको छ। कैलाली घटनापछि आन्दोलनका संयोजक धनीराम चौधरी वेपत्ता भएपछि पूरै सिथिल भएको यो आन्दोलनको जिम्मेवारी केही दिनअघि होरिलाल चौधरीलाई दिइएको थियो । आन्दोलनको नेतृत्वको लागि अहिले थारु आन्दोलनका घटकहरु नै विवादित छन्।
annapurnapost
२० मंसिर, काठमाडौं । नेपालभित्रको प्रदेश सीमांकन मुद्दा सुल्झाउन मधेसी नेताहरुलाई निम्तो दिएको दिल्लीले आफ्नै देशभित्रको पहिचानको मामिला भने अहिलेसम्म सुल्झाउन सकेको छैन ।
गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि चलिरहेको संघर्ष फेरि चर्काउने तयारी दार्जीलिङका नेपाली भाषीहरुले गरेका छन् ।

नेपालका मधेसवादी नेताहरु दिल्ली जाँदै गर्दा शनिबार गोर्खाल्याण्डको माग राख्दै गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसित कडिकडाउ वार्ता गरिरहेका थिए । वार्तामा आफूले दिल्लीमा आएर गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको गुरुङले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
‘मैले गृहमन्त्रीलाई भनेँ कि अब पनि तर्पांहरुले गोर्खालाई न्याय दिनुहुन्न भने दिल्लीमा हजारौं गोर्खाले आत्मदाह गर्नेछन् । मैले त्यसो भन्दा गृहमन्त्री घोरिए,’ गुङको भनाइ उद्वृत गर्दै भारतीय पत्रिका हिमालय दर्पणले लेखेको छ ।
गुरुङले गोर्खाल्याण्डको आन्दोलनलाई फेरि जिरोबाट सुरु गरेको उल्लेख गर्दै अब गोर्खाल्याण्डमा हस्ताक्षर गरेर मात्रै यसलाई बिसाउने प्रतिवद्धता जनाएका छन् ।
बंगालीले आफूहरुलाई कहिल्यै राम्रो नजरले नहेर्ने र गोर्खाले राम्रो गरेको देखिनसहने भएकाले आफूहरु पश्चिम बंगालअन्तरगत रहेर बस्न नसक्ने गुरुङले गृहमन्त्री राजनाथलाई बताएका छन् । आफ्नो मागप्रति गृहमन्त्री गम्भीर रहेको गुरुङको भनाइ छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंसिर २०, २०७२- भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको विरोधमा भारतकै राजधानी नयाँ दिल्लीमा विरोध सभा प्रदर्शन गरिएको छ । भारतस्थित नेपालीहरुको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ तथा भारत नेपाली एकता मञ्चको आयोजनामा दिल्लीको जन्तरमन्तरमा विरोध सभा भएको हो । सभामा केही भारतीय कम्युनिष्ट नेता पनि सहभागी छन् ।

दिल्ली प्रशासनले सभा गर्ने अनुमति नदिएको भए पनि ठूलो सहभागीतामा सभा भइरहेको छ । ‘भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दीका विरोध करें, राष्ट्रियताका रक्षा करें’ भन्ने नारा लेखिएको ब्यानर टाँगेर सभा गरिएको छ ।

kantipur.ekantipur
काठमाडौं : सरकारले संविधान संशोधन विधेयक आइतबार नै  संसद्मा पेस गर्ने तयारी गरेको छ।

संसद्को आइतबारको बैठकको कार्यसूचमा संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम राखिएको छ। तर आज पनि मधेसी मोर्चाका सा‌ंसदहरुले संसद्‍मा अवरोध गर्ने तयारी रहेकोले विधेयक हुनसक्ने अवस्था छैन।

आइतबार दिउँसो एक बजे बोलाइएको संसद्को बैठक अहिलेसम्म चल्न सकेको छैन।  मधेसी मोर्चाका सांसदहरुको घेराउ तथा नाराबाजीका कारण संसद्‍को बैठक  निरन्तर अवरुद्ध हुँदै आएको छ।


मधेसी मोर्चासँगको निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बनाउन सरकारले कांग्रेस नेतृत्वको सरकारका बेला दर्ता भएको विधेयकलाई पेस गर्न लागेको हो। यसमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था छ ।

सुरुमा एमाले विधेयक पेस गर्न तयार नभए पनि उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमण र प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीचको टेलिफोन सम्वादपछि एमाले विधेयक अघि बढाउन तयार भएको हो।

तर मधेसी मोर्चाका नेताहरुले भने विधेयकले आफूहरुको माग सम्बोधन नगर्ने भन्दै यसलाई झारा टार्ने प्रयास मात्रै भनेका छन् ।
annapurnapost
आइतबार, २० मंसिर
नयाँदिल्ली । भारत सरकारको निमन्त्रणमा दिल्ली पुगेको मधेसी मार्चाका शिर्ष नेताहरु दिल्ली पुगेका छन् ।
दिल्ली पुगे लगत्तै भारतिय दुतावासले उपलब्ध गराएको एक होटलमा ब्रेकफान्सको कार्यक्रम चलिरहेको छ ।
केही समयपछि मोर्चाका नेताहरुले समुक्त रुपमा जनता दलका अध्यक्ष शरद यादवसँग भेटवार्ता गर्ने छन भने अपरान्न ४ बजे कंग्रेस आईका नेता करन सिंहसँग र नेश्नलिष्ट कांग्रेसका नेता डिपी त्रिपाठीसँग तराई आन्दोलन र आफनो मागको सम्बन्धमा भारतको धारणा दिने छन् ।
यसपछि साझ ८ बजे विदेशमन्त्री शुष्मा स्वराजसंग भेटवार्ताको कार्यक्रम रहेको छ ।भने भेट सकिए लगत्तै साझ प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरु डिपी त्रिपाठी, सीताराम यचुरीलगायत नेताहरुबिच डिनर पार्टीको आयोजना हुने छ ।
यसैगरी मोर्चाका नेताहरुले सोमबार प्रधानमन्त्री मोदीसँग भटेने कार्यक्रम तय गरिएको छ ।
भेटमा तराईमा चलिरहेको आन्दोलको विषयमा बालुवाटारमा सरकार संग पटक पटक भएको वार्ताबाट निष्कर्ष नआएको विषयमा छलफल हुने मधेसी मार्चाका एक नेताले बताए ।
मोर्चाको आन्दोलन र नाकाबन्दीको कारण विश्वबाट बाट नै दवाव सिर्जना भएपछि दिल्लीकै अगुवाइमा नेपालको समस्या समाधानको लागि प्रधानमन्त्री मोदीको सल्लाह र सुझाब अनुसार बुधबार दिल्लीबाटै सिधै काठमाडौ आउने कार्यक्रम रहेको छ ।
nepalsandesh
भैरहवा, २० मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार नेता र दुई कार्यकर्तालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएका चार नेतासहित ६ जनालाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
एसपी गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखिएको छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home