बुधबार, २३ मंसिर
काठमाडौं । कुनै बेला आफुसँगै लिभिङ टुकेदरमा रहेका नेपालका पुर्व युवराज पारश साहलाई छुटाइदिन भुमिका खेलेको भन्दै उनले नेपालीहरुलाई धन्यवाद दिएकी छिन् ।
पारसकी पुर्व प्रेमिका थाइ युवती कन्नीका चाइसाइनले धन्यवाद दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले सहि या गलत छुट्याउन नसकेका बेला नेपालीहरुले सहयोग गरेको उल्लेख गरेकी छिन् ।
थाइल्याण्डमा रहँदा पारसलाई उनले नै रेखदेख गरेकी थिइन् । कन्नीका र पारसका बीचमा विवाद भएपछि पारस स्वदेश फर्कीएका थिए । उनी हाल राजधानीमै छन् ।
nepalsandesh

एजेन्सी । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीमाथि चप्पल प्रहारको मुद्दा परेको छ । मंगलबार तमिलनाडु पुगेका बेला उनीमाथि यस्तो आरोप लागेको हो ।
राहुलले आफ्नै पार्टीका नेता एवं पुर्व मन्त्री नारायण समीलाई चप्पल प्रहार गरेको आरोप लागेको छ ।
समिले गान्धीले प्रहार गरेका उनका चप्पल आफुसाग सुरक्षीत रहेको दाबी गरेका छन् ।
यस अघि पनि महाराष्ट्रका स्थानीय विकास मन्त्री पंकज मुण्डेले एक उच्च अधिकारीलाई प्रहार गरेको आरोप लागेको थियो ।

फलेवास (पर्वत), २३ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि आफुले उम्मेदवारी दिने सुनिश्चित भैसकेको खुलासा गर्नुभएको छ ।
नेपाल प्रेस यूनियन पर्वत शाखाले आज बिहान कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टीले के भन्छ भन्दा पनि आफ्नो निर्णय आफै गर्ने भएकाले मेरो उम्मेदवारी रोकिँदैन । उहाँले अहिलेसम्म आफुले सुशील कोइराला र शेरबहादुर देउवा पक्षबीच मध्यस्थता गरेको बताउँदै अब आफ्नो निर्णयबाट पछि नहट्नेसमेत ठोकुवा गर्नुभयो ।
उपसभापति पौडेलले समयको माग र पार्टीको आवश्यकतालाई हेरेर आफुले उम्मेदवारी दिने निर्णय गरिसकेको बताउँदै अहिलेसम्म पार्टीलाई गरेको योगदानका कारण आफ्नो जीतसमेत सुनिश्चित रहेको पनि दाबी गर्नुभयो ।
अर्को प्रसङ्गमा पौडेलले वर्तमान समस्याको निकासको बिन्दु भनेको नेपाली काँग्रेसले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावनै भएको बताउनुभयो । उहाँले उक्त प्रस्तावमाथि छलफल गरेर निर्णय लिने वित्तिकै मधेसको समस्या समाधान हुने पनि बताउनुभयो ।
‘संसदबाट त्यसलाई पारित गरौं, समस्या तत्काल समाधान हुन्छ,’ उहाँले भन्नुभयो । उपसभापति पौडेलले मधेसवादी दललाई दशगजा छाडेर वार्ताको टेबुलमा आउन आग्रह गर्नुभयो । उहाँले दशगजामा बसेर नाका रोक्दैमा समस्याको समाधान हुनेवाला छैन, दशगजा छाडेर वार्तामा आउनुहोस् त्यहीँबाट निकास निस्कन्छ, उहाँले भन्नुभयो ।
पौडेलले मधेसमा गएर संविधानका अन्तरवस्तुबारे जानकारी गराउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले संविधानसभाले निर्माण गरेको अहिलेको संविधान दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै एकदुई जनाको विचार नसमेटिँदैमा संविधान अपुरो र जनमुखी छैन भनेर भ्रम नछर्न मधेसवादी दललाई चेतावनी पनि दिनुभयो ।
पौडेलले वर्तमान समस्याको समाधान गर्न नेपाली काँग्रेसले नै अग्रसरता देखाएको बताउँदै समस्याको समाधानकै लागि आफ्नै नेतृत्वको सरकार हुँदा संशोधन प्रस्ताव दर्ता गरेको बताउनुभयो । उहाँले केपी ओलीसँग प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न कोइरालाले उम्मेदवारी दिनुलाई लोकतान्त्रिक प्रकृया भएको बताउँदै उम्मेदवारी दिँदैमा काँग्रेस अराष्ट्रिय नहुने पनि बताउनुभयो ।
पौडेलले आम नेपालीलाई संविधानका बारेमा जानकारी गराउने उद्देश्यले ‘कस्तो बन्यो संविधान, अब सुरु गरौं एकताको अभियान’ देशव्यापीरुपमा सञ्चालन गर्ने जानकारी दिँदै आपूm त्यसैको सिलसिलामा देश दौडाहामा निस्किएको पनि बताउनुभयो ।
dainiknepal

चितवन । एमाले नेतृ शान्ता चौधरीले एमालेको चितवन भेलामा तहल्का मच्चाएकी छिन् ।आठ कक्षा पढ्दै गरेकी शान्ताले भेलामा राखेको विचार सुनेर पार्टीका शीर्ष नेताहरु पनि सोचमग्न भएका थिए।
दुई दिने राष्ट्रिय भेलामा छलफलका लागि बनाइएका नौ वटा समूहमध्ये एउटा समूहकी नेता शान्ता थिइन्।समूहको तर्फबाट भेलामा सुझाव प्रस्तुत गर्दै उनले नेताहरुलाई जातिवादी भएको आरोप लगाइन्।
भेलाका सहभागीहरुका अनुसार शान्ताले भनिन–‘हाम्रो पार्टी कम्युनिष्ट रे, वर्गीय सवालमा काम गर्ने पार्टी रे। तर, अचम्म लाग्छ, हाम्रो पार्टी जातीय हुँदै गएको छ।’ उनले विभिन्न जातजातिका नाममा जनसंगठन बनाएपछि त्यसको परिणाम अहिले पार्टीले भोगिरहेको बताइन्।
उनको भनाई थियो–‘हलो जोत्नेको संगठन किन बनाइएन ? घास काट्नेको संगठन किन बनाइएन ? खलासी संगठन बनाएको खोई ? भारी बोक्नेको संगठन खोई ? तपाईंहरुले त्यता ध्यान दिनुभयो ? जातको पछाडि मात्र कुद्नुभयो, जातीय संगठन बताइन । कम्युनिष्ट पार्टीले वर्ग छाडेर जातिको पछाडि कुद्न हुन्छ कि हुँदैन ?’
पार्टीले जातीय संगठन बनाएर कार्यकर्तालाई जातीय कुरा गर्न मात्र सिकाएको भन्दै उनले आक्रोश पोखिन–‘कम्युनिष्ट पार्टीमा विचारको चर्चा हुनुपर्ने हो तर विचार होइन जातथरको चर्चामा हामी अल्मलिएका छौ ।
जात अनुसार बेग्लाबेग्लै अधिकार हुन्छ भन्ने जनतामा भ्रम फैलाउनमा हाम्रो पार्टी पनि जिम्मेवार छ। जात अनुसारको अधिकार कसरी हुन्छ ?समावेसीकरणलाई अगाडि बढाइयो भने जातीय रुपमा पछाडि परेकाहरुको पनि उत्थान हुन्छ भन्ने किन नबुझेको ?’
देशमा गरिबमुखी राजनीति मरेको भन्दै उनले दस वर्ष जातको कुरा गर्दा पनि कुनै जातिको उन्नति भएन, वर्गीय राजनीति गरेको भए गरिबी निवारणमा ठोस काम हुनसक्थ्यो भनिन्।
उनको भनाई थियो–‘पार्टीको यो भेलाले मधेसी जनताको नाममा धन्यवाद प्रस्ताव पारित गर्नुपर्छ। ज्यान मार्ने धम्कीको प्रतिरोध गरेर मधेसी जनताले आन्दोलनको प्रतिरोध गरिरहेका छन्। आन्दोलनमा जर्बजस्ती लगिएका मानिस र आन्दोलन गर्ने पार्टीका कार्यकर्ता मात्र छन्। मधेसी जनता शान्तिको पक्षमा छन्।’
नेतृत्वलाई कडा प्रहार गर्दै उनले भनिन्–‘हाम्रै नेताहरुले पनि थारु आन्दोलन, मधेसी आन्दोलन भनेको सुन्छु। केही थारुले आन्दोलन गर्दा सबै थारुको आन्दोलन कसरी हुन्छ ? केही मधेसीले आन्दोलन गर्दा सबै मधेसीको आन्दोलन कसरी हुन्छ ?’ प्रदेश सीमांकन बारे पनि उनले पार्टी नेतृत्वलाई प्रहार गरेकी थिइन्।
सीमांकन सम्बन्धमा उनले भनिन्–‘थारु कल्याणकारिणी सभाले बहुप्रदेशको प्रस्ताव पारित गरयो। सम्पूर्ण थारु अगुवाहरुले त्यसलाई समर्थन गरेका थिए।
पहाडमा धेरै प्रदेश बनाउन मिल्ने, तराईमा किन नमिल्ने ? तराईमा दुईतीनवटा प्रदेश मात्र किन ? थारु बाहुल्य हुने गरी धेरैवटा प्रदेश बनाउँदा मात्र थारुको चित्त बुझ्छ। मधेसी नेताहरुको चित्त बुझाउने नाममा थारु समुदायको प्रदेश अपहरण गरियो भने ठिक हुँदैन।’

काठमाडौँ, २३ मंरि । बुधबार एकाविहानै ट्रान्समिटर पड्किँदा २ जनाको मृत्यु भएको छ ।
विद्ययुत आर्पुती धेरै हुन थालेपछि ट्रान्समिटरले लोड थेग्न नक्दा ट्रान्समिटर जलेको हुन सक्ने प्रहरीले जनाएको छ ।
ट्रान्समिटर पड्किँदा ३० जना भन्दा बढी घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो समय भारतीय नाकाबन्दकिा कारण काठमडौँ उपत्यका लगायतका मुलुकका विभिन्न शहरी क्षेत्रमा आपूर्ति भएको विद्युयले भारत थेग्न नसक्दा ट्रान्सर्फमर पड्किने जल्ने क्रम बढेको छ ।
etajakhabar

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारमा सहभागी जो सुकै भए पनि नछाडिने प्रतिबद्धता जनाएका छन् ।
भष्ट्रचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा राजधानीमा भएको एक कार्यक्रममा उनले राजनीतिक नेतृत्व, प्रशासनीक निकाय वा निजी क्षेत्र जो कोहि पनि भ्रष्टाचारमा सम्लग्न भए अख्तियारले नछाड्ने बताएका हुन।
अहिले अख्तियारले पहिला जस्तै सिधै नसमातेर अनुशन्धानका लागि खुकुलो र लचिला हुँदा पनि राजनीतिक नेतृत्वले विरोध गर्नु जायज नभएको भन्दै आफु पदमा रहे नहरेपनि छानबिन कार्य नरोकिने बताए ।
यस्तै उनले आयोगले केन्द्रीय कार्यालय बाहेक अन्य १० ठाउमा रहेका कार्यालय मार्फत पनि भ्रष्टाचार नियन्त्रणको लागि काम भइरहेको बताएका हुन् ।
ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिएर सानालाई मात्र कारवाहि गरेको आरोप खेप्दै आईरहेको अख्तियारले उचित समयमा ठूलाहरु पनि कारवाहीको दायरामा आउने बताए ।
कार्यक्रममा मुख्यसचिव डाक्टर सोमलाल सुवेदीले व्यवसायीकताको विकास र राजनीतिक सहयोग नहुंदासम्म भ्रष्टाचार अन्त्य हुन नसक्ने बताउदै जनप्रतिनिधि बिहिन स्थानीय निकाय र राजनीतिक अस्थिरताका कारणले पनि भ्रष्टाचार बढेको उनले बताए ।
nepalsandesh
काठमाडौं, २३ मसिंर । चार दिने भारत भ्रमणमा रहेका मधेस आन्दोलनका नेतृत्वकर्तासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न मानेनन् ।
आन्दोलनमा भारतको थप समर्थन पाउन दिल्ली गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु मोदीलाई नभेटेरै बुधबार स्वदेश फर्किएका छन् । उनीहरुलाई वार्तामा बस्न भारतका सबै पक्ष र स्वयं मोदी सरकारले दबाब समेत दिएको छ ।
भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले सरकारको विरोध गरेपछि कुटनीतिक तहमा हुनसक्ने थप विरोध र इस्युलाई आँकलन गरेर मोदीले मधेसी मोर्चाका नेतासँग भेट्न नमानेको भारतीय विश्लेषकहरुको दाबी छ ।
‘कश्मिरका आन्दोलनकारीलाई पाकिस्तानले भेट्दा दिल्लीले बिरोध गर्ने तर नेपालका प्रदर्शनकारीलाई भने प्रधानमन्त्रीले नै भेट्दा नकारात्मक सन्देश जाने’ देखिएपछि मोदीले मधेसी मोर्चाका नेताहरुलाई नभेटेका हुन । यसअघि मोदीलाई भेट्न मोर्चाका नेताहरु मंगलबार साँझसम्म पर्खिएका थिए ।
भारतले मधेसका नेताहरुसँग लचिलो भएर नाकाबन्दीको विकल्प खोज्दै वार्तामा बस्न मधेसका नेता तथा नेपाल सरकारलाई सन्देश दिएको छ । वार्तामार्फत सहमति गरी संविधान संशोधनबाट समस्या हल गर्नुपर्ने भारतको भनाई रहेको र त्यसमा समेत मधेसी मोर्चाले अवरोध कायम गरे अरु विकल्प खोज्न नेपाल सरकार स्वतन्त्र रहेको धारणा भारतले भर्खरै सार्वजनिक गरेको थियो ।
आइतबार दिल्ली पुगेका मधेसी नेताहरुले यसअघि भारतीय बिदेश मन्त्री सुष्मा स्वराज, विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटगरी मधेस आन्दोलनबारे जानकारी गराएका थिए । तर, मधेसी मोर्चाले भेटेकै नेताहरुले भारतको राज्य सभामा नेपाल विषयमा बहस गर्दै मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरेर कुटनीतिक रुपमा नेपाल मामिलामा भारत असफल भएको भन्दै तीब्र आलोचना गरेपछि मधेसी मोर्चा निराश बनेर फर्किएको हो ।
भारत र मोदी सरकारको दबाबपछि अब मधेसी मोर्चासँग वार्तामा बस्नुको विकल्प छैन् । यसअघि आजै विहान राजेन्द्र महतोले नरम भएर लचकतासाथ सरकारसँग वार्तामा बस्ने बताइसकेका छन् ।