बुधबार, २३ मंसिर
आन्दोलनरत मधेसी मोर्चाका नेताहरु आफ्नो भारत भ्रमणलाई फलदायी भन्ने कि दुःखदायी भन्ने भन्दै खल्लो मन पारेर स्वदेश फर्कदै छन् ।
उनीहरुसँग भारतीय संस्थापन पक्षले खास विषयमा खास कुरा गर्न सकेन भने नेपाल सरकारसँगै वार्ता र सहमति गरेर अघि बढ्न सुझाव दियो ।
उनीहरुको भ्रमण यस्तो बेलामा भएको थियो की, भारतीय संसदमा नाकाबन्दीका विरुद्ध विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि विदेश मन्त्री सष्मा स्वराजले सम्बोधन गर्दै थिइन् र उनले संसदमा हामीले नाकाबन्दी लगाएका छैनौं, नेपालबाटै अबरोध हो भनी प्रमाणित गर्नु थियो ।
मधेसवादी नेताहरुले भारत सरकारकै रोल मोडलमा प्रस्तुत हुँदै यो नाकाबन्दी नै हैन, मोर्चाले नाकामा अबरोध गरेको मात्र हो भन्न भ्याए ।
त्यो पनि जो जो संसदमा बोल्दै थिए, उनीहरुको दैलो दैलोमा पुगेर । अनि भारतीय विदेश मन्त्रीको न्यानो सत्कार स्वरुप रात्रीभोज खाए र उनको निर्देशन सुनेर फर्कने अवस्थामा पुगे ।
भारतीय विदेश मन्त्री र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार डेबेलले सरकारसँग सम्झौता गरेर अघि बढ्न अर्ति दिए ।
भारत पुग्ने वितिकै आफुहरुको माग पुर्ण रुपमा सम्बोधन हुने सोच्दै भारत पुगेका शीर्ष नेताहरु अन्तिममा मोदी र सुष्मालाई नै धारेहात लगाउँदै फर्कने अवस्थामा पुगे ।
भारतमा खासगरि विपक्षीहरुले चर्को विरोध गरेपछि मोदी सरकार एक कदम पछि हटेको बताइन्छ । मोदी सरकारले मोर्चाको मागमा लचक हुन मात्रै भनेन भारत सरकारलाई संकट आइपरेकाले तत्काल नाकाको अबरोध हटाउन उर्दी समेत दियो ।
यसपछि उपेन्द्र यादवले त नाकाको अबरोध हटाउन नमिल्ने अभिव्यक्ति नै दिए । यसरी मधेसी मोर्चाका नेताहरुको भारत भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा बनेको छ र यसले एउटा पाठ सिकाएको छ कि घर भित्रको झगडा घरमै समाधान गर्नुपर्ने रहेछ । यसमा सबैको चेतना भया ।
nepalsandesh

काठमाडौँ, २३ मङ्सिर । तत्कालीन मन्त्रिपरिषद्को प्रत्येक अयोग्य लडाकुलाई रु दुई लाखका दरले कुल रु ८० करोड दिने निर्णयअनुरुप रकम उपलब्ध गराउन पूर्व लडाकुहरुले माग गरेका छन् ।
सडसठ्ठीऔँ मानवअधिकार दिवसका अवसरमा जनमुक्ति सेना नेपालले आज आयोजना गरेको बहिर्गमित जनमुक्ति सेनाको मानवअधिकार विषयको बृहत् अन्तरक्रियामा सहभागीले उमेर नपुगेको भए पनि सरकारी सेनासँग सैन्य क्षमताका साथ जनमुक्ति सेनाले युद्ध लडेकाले उमेर पुगेपछि उनीहरुले रकम पाउनुपर्ने माग गरे ।
पूर्व सभासद् खिमलाल देवकोटाले राष्ट्रसङ्घले जनमुक्ति सेनालाई ‘पिएलए’ भनी दर्ता गरेको जानकारी दिँदै ‘भेरिफिकेसन’पछि मात्र उमेर नपुगेका लडाकुलाई अयोग्य भनिएको बताउनुभयो । उनीहरुको मानवअधिकार र सेवा सुविधाबारे राज्य, राष्ट्रसङ्घ र मुलुकका चार ठूला दलले चासो लिनुपर्ने उहाँको भनाइ थियो ।
मानवअधिकारवादी नेता सुवोध प्याकुरेलले अयोग्य लडाकुलाई दिने भनी राज्यले घोषणा गरिसकेको रु ८० करोड उनीहरुलाई तुरुन्त उपलब्ध गराउनुपर्छ भन्नुभयो ।
पूर्व जनमुक्ति सेनाका प्लाटुन कमाण्डर जिग्मीले देशको रुपान्तरणका लागि दश वर्षे युद्ध लडेका लडाकुको मानवअधिकार हननका विषयमा मानव अधिकारवादी, सञ्चारमाध्यम तथा राजनीतिक दलहरु मौन बसेको गुनासो गर्नुभयो ।
मानवअधिकारवादी नेता कनकमणि दीक्षितले प्रजातन्त्रमा कुनै पनि नागरिकले आफू पीडित भएको अनुभव गर्ने वातावरण बन्नु दुःखद् कुरा भएको बताउनुभयो ।
कार्यक्रममा जनमुक्ति सेनाका लडाकुले आफूहरु उमेर पुगिसकेको अवस्थामा अयोग्यको दर्जा हटाउनुपर्ने र मानवअधिकारको दृष्टिले पनि उनीहरुको सहज जीवनयापनका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थापन राज्यले गर्नुपर्ने माग गरेका थिए ।
dainiknepal

कान्दाहार (अफगानिस्तान), २३ मङ्सिर । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको बुधबार प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
घटनामा १८ जना अन्य नागरिक घाइते भएको जनाइएको छ । सो इलाकामा मङ्गलबार रातभरी दोहोरो गोली हानाहान भएको अधिकारीहरुले जनाएका छन् । तर सैनिकतर्फ कति क्षति भयो भन्ने बारे थाहा नभएको बताइएको छ ।
कान्दाहार प्रान्तका सैनिक कमाण्डर दउद साह वफादारले यस आक्रमणमा ३७ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
अकस्मात तालिवानी लडाकुले विमानस्थल परिसरमा धावा वोल्न थालेपछि यहाँको सेनाले जवाफी कारबाही चलाएको सुरक्षा स्रोतले जनाएको छ ।
बुधबार विहान भएको यस आक्रमणमा कैयौको सङ्ख्याका आतङ्ककारी मारिएको सरकारी दावी रहेको छ । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ ।
अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएकोे छ । रासस/सिन्ह्वा

कोलम्बो, २३ मङ्सिर । श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई उद्धृतगर्दै सो समाचार आएको छ ।
भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने भएको समाचारमा जनाइएको हो । श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद बैठकमा सो विषयमा जानकारी दिनुभएको समाचारमा जानकारी दिनुभएको हो ।
भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो । सो सम्झौता नगरिने जानकारी श्रीलङ्काली प्रधानमन्त्रीले बुधबारको संसदमा दिनुभएको छ ।
साथै उहाँले भारतले अघि सारेको सो सम्झौतामा हस्ताक्षर नगरी श्रीलङ्काले अलग्गै आर्थिक तथा प्राविधिक सम्झौता गर्ने नयाँ प्रस्तावका बारेमा कुरा चलाएको पनि उहाँले बताउनुभयो ।
साथै उहाँले यस्तै प्रकारको सम्झौता श्रीलङ्काले चीन सरकारसँग पनि गर्न लागेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री विक्रमासिंघेले यस सम्झौता गर्नुअघि एक पटक स्थानीय स्तरका श्रमिक संगठनहरुसँग पनि परामर्श गर्ने सोँचमा आफ्नो सरकार रहेको जानकारी दिनुभयो ।
यस सम्झौता बमोजिम भारतीय श्रमिकलेमात्र काम पाउने र कतिपय श्रीलङ्काली श्रमिकले जागिर गुमाउन पनि सक्ने भएकोले सरकारले भारतीय स्थानीय श्रमिक संगठनहरुसँग परामर्श गरिने बताएको हो ।
त्यसैगरी श्रीलङ्काको विपक्षी दलका एकजना सदस्य दिनेश गुणवर्धनेले पनि भारतसँग सो सम्झौता गर्नुअघि विपक्षी दलसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । रासस/सिन्ह्वा

दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिराला देखि बचौ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गर्नुपर्ने समय आएको बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
“भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो व्यवहारमा सुधार ल्याउनुपर्छ, दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालाको प्रवृत्ति अन्त्य नभएसम्म भ्रष्टाचार कम गर्न गाह्रो हुन्छ, मुखले भ्रष्टाचार नियन्त्रणको कुरा गरे पनि व्यवहारमा उतार्न नसक्दा कम हुन सकेको छैन, अब कम गर्ने सङ्कल्प गरौँ”– उनले भने।
उनले नेपालमा भ्रष्टाचारविरुद्धको चेत पृथ्वीनारायण शाहको पालादेखि नै आए पनि अझै कम हुन नसकेकाले जसरी पैसा कमाए पनि पैसा हुनेलाई मान सम्मान गर्ने सामाजिक परम्परा तोड्नुपर्छ भने ।
भ्रष्टाचारलाई अन्त्यका लागि सामाजिक जागरण ल्याउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
भ्रष्टाचार नियन्त्रणका संस्था राजनीतिक अस्त्रका रुपमा प्रयोग हुन नहुने र कानुनी व्यवस्थालाई सहीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने उनले बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले नीतिगत, कानुनी र संरचना भए पनि कार्यान्वयनमा समस्या भएकाले भ्रष्टाचार कम हुन नसकेको बताए ।
“सरकारका वार्षिक दस्तावेजमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ राखिएको छ, संविधानसभाबाट जारी भएको संविधानमा पनि सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएकाले अब कार्यान्वयनमा जोड दिइनुपर्छ”–उनले भने ।
मुख्यसचिव डा सोमलाल सुवेदीले भ्रष्टाचार विरुद्धको महासन्धिको व्यवस्था लागू गराउनका लागि कार्ययोजना बनाएर अघि बढ्न लागिएको जानकारी गराएकाछन् ।
निमित्त महालेखा परीक्षक सुकदेव खत्रीले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको आचरण शुद्धीकरण गरिनुपर्ने धारणा राखे । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष भरतबहादुर थापाले नेपालमा भ्रष्टाचारले सबै क्षेत्रमा प्रभाव पारेकाले यसको न्यूनीकरणका लागि भएका व्यवस्था कार्यान्वनयन गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्र सङ्घले सन् २००३ देखि यो दिवस मनाउन सुरु गरेको हो । दिवसमा यस वर्षको नारा ‘भ्रष्टाचारको जालो तोडौँ’ रहेको छ ।
नेपालमा यो दिवस विसं २०६४ देखि मनाउन थालिएको सो अवसरमा जानकारी गराइएको थियो ।

काठमाडौ । नेपालमा यतीबेला पेट्रोलको हाहाकार छ । अनि बैकल्पीक उर्जाको खोजि कार्य भैरहेको छ । यस्तोमा एउटा रोचक समाचार प्राप्त भएको छ ।
समाचार अनुसार अष्ट्रेलीयाको मेलवर्न विश्वविद्यालयका विद्यार्थीले हावाबाट गुड्ने मोटरसाइकलको सफल परिक्षण गरेका छन् ।
उक्त मोटरसाइकलको आविष्कार भएसँगै इन्धनको समस्या समाधान हुने अनुसन्धानकर्ताले बताएका छन् । हावाबाट चल्ने यो मोटरसाइकल प्रयोगमा आए इन्धनको अभाव झेल्नुपर्ने छैन ।
मेलवर्न विश्वविद्यालयका अनुसार इन्डस्ट्रियल डिजाइन पढ्ने विद्यार्थीले यस्तो मोटरसाइकलको आविष्कार गरेका हुन् ।
मोटरसाइकल हावा र सौर्य किरणबाट चार्ज हुन्छ र ब्याट्रीको सहायतमा गुड्छ । ५६ दिनको प्रयासपछि विद्यार्थीहरु यो परिक्षणमा सफल भएका हुन् ।
सात हजार डलर लागत पर्ने उनीहरुले बताएका छन् । यो मोटरसाइकल प्रतिघण्टा ८० किलोमिटरको गतिमा गुड्न सक्छ ।
विद्यार्थीहरुले यसको सफल परिक्षण पश्चात् मात्र थप कुरा सार्वजनिक गर्ने र व्यावसायीक उत्पादन गर्न सकिने नसकिने तय हुने बताएका छन् ।

काठमाडौं, मंसिर २३ । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ ।
इन्डोनेसियाको सेरम सहरनजिकको समुद्रलाई केन्द्रबिन्दू बनाइएर ६.९ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ । भूकम्पका कारण कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
भूकम्पपछि समुद्री आँधी सुनामीको सम्भावना नरहेको इन्डोनेसियाको भूगर्भ विभागले जनाएको छ ।
/>इन्डोनेसियामा सन् २००४ को डिसेम्बरमा गएको सुनामीमा २ लाख ३० हजारको मृत्यु भएको थियो । (एजेन्सी) imagekhabar