काठमाडौं, मंसिर २६ । एसियन फुटबल महासंघ (एएफसी)ले निलम्बित नेपाली फुटबल खेलाडीले मिलेमतो (फिक्सिङ) गरेका अन्तर्राष्ट्रिय खेलको सूची सार्वजनिक गरेको छ ।
एएफसीको अनुशासन कमिटीले शनिबार म्याच फिक्सिङ प्रकरणमा आजीवन प्रतिबन्धमा परेका राष्ट्रिय टोलीका पाँच खेलाडीले मिलेमतो गरेको खेलको सूची सार्वजनिक गरेको हो ।
एएफसीका अनुसार नेपाली खेलाडीहरुले फिक्सिङ गरेका खेलमा सन् २००८ तथा २००९ मा भएको अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र सन् २०११ मै मलेसियासँग भएको २३ वर्षमुनिको मैत्रीपूर्ण खेल छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, राष्ट्रिय टोलीका पूर्वखेलाडी विकाससिंह क्षेत्री र अन्जन केसीलाई म्याच फिक्सिङको आरोपमा प्रहरीले गत असोजमा पक्राउ गरेको थियो ।
विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु गत कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।
केही दिनअघि मात्र एएफसीले खेल मिलेमतोमा संलग्न भएको भन्दै उनीहरुलाई आजीवन फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । imagekhabar

शनिबार, २६ मंसिर
दिल्ली । भारतीय आयल कर्पोरेशनका एक जना हाकीमले अतिवादी संगठन आइएसलाई सहयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
निगमका निर्देशक मोहम्मद सिराजुद्धीन अतिवादी संगठन आइएसको सहयोगि भएको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको हो । उनी आइओसीको बजार व्यवस्थापक पदमा कार्यरत थिए ।
उनले भारतीय मुश्लीम युवाहरुलाई आइएसको संगठनमा लाग्नकालागि विभिन्न प्रलोभन देखाएको र भारतमा आइएसको अखडा बनाउने कार्यमा सक्रिय भएको आरोपमा भारतीय प्रहरलिे नियन्त्रणमा लिएको हो ।
उनलाइ प्रहरलिे जयपुरस्थित कोठाबाट नियन्त्रणमा लिएको हो । उनले अनलाईनका माध्यमबाट आइएस विद्रोहीहरुलाई सहयोग गर्दै आएको खुलासा भएको छ ।
nepalsandesh

इस्लामावाद। पाकिस्तानले आफ्नो सैन्य क्षमतालाई थप बलियो बनाउन मध्यम दूरीको बलिस्कि मिसाइल शाहिन–३ को सफल परीक्षण गरेको छ ।
यो मिसाइलले जमीनमा २ हजार ७ सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।
पाकिस्तानी सेनाले सो मिसाइलको सफल परीक्षण गरेको जनाएको । रणनीतिक योजना विभागका निर्देशक लेफ्टिनेन्ट जनरल मजहर जमिलले शाहिन–३ को परीक्षण गरेर आफ्नो मुलुकले निकै ठूलो सफलता प्राप्त गरेको बताए। मिसाइलको सफल परिक्षण गरिएपनि पाकिस्तान सधै शान्तिपुर्ण सह अस्तित्वमा विश्वास राख्ने र हाम्रो यो कदमले दक्षिण एसियामा रणनीतिक स्थिरता आउने जमिलले दाबी गरेकाछन् ।
यो परिक्षण सम्पन्न गर्ने सेनाका वैज्ञानिक र इन्जिनियर्सलाई पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज शरिफले बधाइ दिएका छन्।

प्रचण्डको प्रस्ताव हात्ती आयो फुस्सा, एमाले संगको एकता नारायणकाजीले रोके, चीन भ्रमण काण्डमा प्रचण्डको हात, मन्त्रीहरुको प्रचण्ड निवासमा दैनिक हाजीरी, वोगटी आयोग र शेरचन आयोगका रिपोर्टहरु पेश भएनन्
वावुराम र उनी निकटका केही केन्द्रिय सदश्यहरुले पार्टी परित्याग गरेपछि प्रचण्डले वोलाएको केन्द्रिय समितिको वैठकमा प्रचण्डले केही नयाँ नीतिको प्रस्ताव गर्ने अपेक्षा विपरित प्रचण्डले पेश गरेको प्रस्ताव हात्ती आयो फुस्सा मात्र रहेको गुनासो केन्द्रिय सदश्यहरुले गरेका छन् ।
वावुरामको पार्टी परित्याग पछि कार्यकर्ता र समर्थकहरुमा देखा परेको अन्यौलता र निराशा कसरी चिर्ने भन्ने ठोस नीति प्रचण्डले दिन नसकेको केन्द्रिय सदश्यहरुको भनाई रहेको छ ।
पार्टीमा गुटवाद र अराजकता, गैर सर्वहारा आचरण, नेताहरुको वर्ग उत्थान आदि समस्याहरु गम्भीर रुपमा देखा परेको कुरा प्रचण्डको प्रतिवेदनमा स्वीकार गरे पनि त्यसको समाधानको ठोस र वैज्ञानिक उपाय प्रचण्डले दिन नसकेको केन्द्रिय सदश्यहरुको आरोप छ ।
पार्टी भित्रको आर्थिक भ्रष्टाचार र वर्ग उत्थानको विषयलाई लिएर विगतमा वनेका वोगटी आयोग र शेरचन आयोगका रिपोर्टहरु अहिले सम्म केन्द्रिय समितिमा समेत पनि प्रचण्डले पेश गरेका छैनन् । यति पनि नगर्ने प्रचण्डले अरु पाखण्डि कुरा गरेर अलमल्याउन खोजेको आरोप केन्द्रिय सदश्यहरु र कार्यकर्ताहरुको छ ।
“लम्पट सर्वहारावाट ठुला दलाल पूजीपति बनेका महाभ्रष्टाचारी प्रचण्ड स्वयम् हुन्, उनले अरुलाई कसरी सर्वहारा वनाउन सक्दछन् ?”–एक केन्द्रिय सदश्यले भने “उनले अहिले सम्म केन्द्रिय समितिमा हिसाव पेश गरेका छैनन् । माओवादी जनसेनाको शिविरमा सरकारले दिएको अरवौं रुपैयाँको हिसाव पनि पार्टीमा पेश गरेका छैनन् ।”
एमाओवादीमा अहिले मन्त्री हुन पाउने र मन्त्री हुन नपाउने विच लडाईं शुरु भएको छ । मन्त्री हुन नपाउनेहरुले मन्त्री भएकाहरुलाई सके सम्म खुइल्याउने गर्न थालेका छन् । यसो गरेर भएका मन्त्रीलाई फिर्ता वोलाएर आफु मन्त्री बन्न जाने दाउमा उनीहरु रहेका छन् ।
मन्त्री भएकाहरुले पनि परिणाम आउने गरि र जनताको हित हुने गरि काम गर्न नसकेको यथार्थलाइ ध्यानमा राखेर प्रचण्डले एमाओवादीले पाएका मन्त्रालयहरुमा गर्न पर्ने कामको ठोस नीति र योजना पनि नल्याएको आरोप केन्द्रिय सदश्यहरुले लगाएका छन् ।
प्रचण्डले नै मन्त्रीहरुलाई दैनिक हाजीरी लगाएर फलानाको यसो गरिदिनु र फलानोको उसो गरिदिनु भन्दै पार्टी हेडक्वाटरमा “ब्रिफकेश चन्दा” बुझाएकाको काम गर्न दवाव दिने र मन्त्रीहरुलाई ठोस नीति र योजना नदिएर दोष जति मन्त्रीको थाप्लोमा राखेर आफु पन्छिन थालेको वताइन्छ ।
एमाओवादी मन्त्रीका एक पि ए भन्छन् –“प्रचण्ड कामरेडले दिनमा एक पटक कम्तिमा र कहिले काहिँ त दिनमा तीन पटक सम्म पनि लाजिम्पाटमा मन्त्रीहरुलाई हाजीरी लगाउनु हुन्छ । अनि कहिले काहिँ नारायणकाजी कामरेडले पनि हाजीरी लगाउनु हुन्छ । प्रचण्ड संग नसोधी मन्त्रीहरुले एउटा फाइलमा पनि सहि गर्नु हुन्न । यसरी मन्त्रीहरुले कसरी काम गर्न सक्छन् ?”
प्रचण्डकै परिवारका सदश्यले भनेपछि प्रचण्डकी नातिनीलाई चीन भ्रमण दलमा राखेकोमा दोष जति गृहमन्त्रीलाई दिएर प्रचण्ड पन्छिन खोजेको वताइन्छ । संचार माध्यमहरुमा कुरा आएपछि पनि प्रचण्डले आफ्नी नातिनीलाई भूकम्प पीडितको कोटामा चीन पठाउन नरोकेकोले प्रचण्ड पनि चीन भ्रमण काण्डमा चोखो नरहेको वताइन्छ ।
एमाओवादी अहिले सरकारमा नभएको भए विघटनको सँघारमा पुगीसकेको हुन्थ्यो भन्ने कार्यकर्ताहरु धेरै छन् । तर सरकारमा भएपनि झन खान पाउने र नपाउनेका विच मारामारी शुरु भएको छ । तलका कार्यकर्ता र समर्थक मतदाताहरुमा अहिले तीब्र निराशा छाउन थालेको वताइन्छ ।
केही समय अगाडि प्रचण्ड र ओली विच पार्टी एकताको विषयमा गम्भीर कुरा भएपनि अहिले त्यो कुरामा ब्रेक लागेको समाचार श्रोतले जानकारी दिएको छ । अहिले नारायणकाजीले एमाले संगको एकतामा गम्भीर असहमति राखेकोले प्रचण्डले हिम्मत गर्न नसकेको श्रोतको दावी छ ।
सानो पार्टी वनाएर पनि राजनैतिक मध्यस्थकर्ता भएर फाइदा लिन सिपालु नारायणकाजीलाई एमाले एमाओवादी विचको एकताले व्यक्तिगत फाइदा नदिने भएकोले उनले एकता विथोल्न लागेको वताइन्छ ।
प्रचण्डका सामु राजनैतिक रुपमा दुई वाटाहरु छन्– पहिलो, एमाले संग एकता गर्ने र आगामी चुनावमा बहुमत सहित वामपन्थी सरकार वनाउने । दोश्रो, वामदेव नेतृत्वको मालेले जस्तै एमाले हराउने र आफु पनि हार्ने र एमाओवादीलाई विघटनको स्थितिमा पु¥याउने । अर्को क्रान्तिको वाटोमा प्रचण्ड जाने छैनन् भन्ने पक्का भैसकेको छ ।
अर्को चुनाव सम्ममा प्रचण्डले यस्तै स्थितिमा एमाओवादीलाई राख्न खोजे पनि एमाले र विप्लव माओवादीको चेपुवामा परेर एउटा वाटो लिन वाध्य हुने पर्यवेक्षकहरुको विश्लेषण रहेको छ ।
एमाले भन्दा भिन्न राजनीति देखाउन नसके पछिको स्थितिमा प्रचण्डको राजनीति या त एमाले संगको एकतामा गएर टुंगीने अथवा चुनावमा अहिलेको भन्दा पनि थोरै सीट मा चित्त बुझाएर वस्न वाध्य हुने सम्भावना वढ्ने छ ।
एमालेको मत एमाओवादीले काट्ने र एमाओवादीको मत वावुरामले काट्ने गरेर आगामी चुनावमा कांग्रेश र राप्रपा तथा क्षेत्रीय दलहरुको वहुमत आउने सम्भावना वढ्ने छ ।
तर एमाले र एमाओवादी विच पार्टी एकता भएमा फेरी पनि वामपन्थी वहुमतको सरकार वन्ने सम्भावना रहने छ ।

महेन्द्रनगर (धनुषा), २६ मङ्सिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।
महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ ।
महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा-सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् ।
त्यहाँ अहिले उनीहरूको धर्ना छैन, यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।
अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।
यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् ।
यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।
आन्दोलनले किसानलाई ठूलो सङ्कटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताउनुभयो ।
यद्यपि मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।
मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयम्ले स्वीकारेका छन् ।
ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको सङ्ख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् ।
dainiknepal

नयाँदिल्ली। जापानी प्रधानमन्त्री सिन्जो अबे र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता भएको छ ।
भेटवार्तामा भारत जापान बिचको सम्बनधमा थप सुधार गर्ने बिषयमा छलफल भएको छ ।
भारत र जापान बिच बहुप्रतिक्षित बुलेट ट्रेन परियोजनामा सम्झौता भएको छ ।
दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदी र जापनका प्रधानमन्त्री अबे बिच बुलेट ट्रेन समझौतामा हस्ताक्षर गरेका छन् ।
बुलेट ट्रेन परियोजनाको लागि जापानले १२ अरब ऋण उपलब्ध गराउने भएको छ । जसको जम्मा ०.१ प्रतिशत ब्याजदर मात्र दिनु पर्ने छ ।
यसैगरी रक्षा उपकरणमा सैन्य परमाणु सम्झौतामा पनि हस्ताक्षर भएको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

मुस्ताङ, २६ मङ्सिर । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन् ।
नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न चिनियाँ पक्षले चासो देखाएका हुन् ।
तिब्बतसँग सीमा जोडिएको कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँच पुगेपछि चिनियाँ पक्षले नेपाल सरकारसमक्ष यस्तो चासो देखाएको बताइएको छ । सरकारले चिनियाँ पक्षलाई सडकको विस्तृत अध्ययनका लागि अनुमति दिएको सडक विभागले जनाएको छ ।
सडक विभागका दुईसहित आठ जना चिनियाँ इञ्जिनियरको टोलीले सडकको विस्तृत अध्ययन गरेको जिल्ला विकास समितिका इञ्जिनियर सकलदेव शर्माले जानकारी दिनुभयो ।
दुई देशलाई जोड्ने सडक जीर्ण हुँदा कोरला नाका सञ्चालन गरिएपनि तत्काल आयात–निर्यातको काम गर्न सम्भव छैन । व्यवस्थापिका–संसद्को विकास समितिले हालै गरेको कोरला नाकाको स्थलगत भ्रमणपछि सरकारलाई बुझाएको प्रतिवेदनमा पनि सडकको स्तरोन्नतिलाई पहिलो प्राथामिकता दिइएको छ ।
बेनी–जोमसोम, जोमसोमदेखि कोरला जोड्ने सडकलाई विशेष तरिकाले मर्मतसम्भार गरिनुपर्ने समितिले निष्कर्ष निकालेको थियो । “चिनियाँ पक्षको सडक चासो धेरै पहिलादेखिको हो, अहिले उनीहरुले विस्तृत अध्ययन थालेका छन्”–इञ्जिनियर शर्माले भन्नुभयो, “सरकारले अनुमति दियो, चीन सरकार तयार देखिएको छ ।”
विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने समस्याले वर्षको दुई महिना बेनी–जोमसोम सडक अवरुद्ध हुँदै आएको छ ।
dainikne