विराटनगर, २६ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा महिलालाई उच्च अधिकार दिएकाले सो अधिकारको सदुपयोग गर्न महिला सजग हुनुपर्ने बताउनुभएको छ ।
नेपाल महिला सङ्घ मोरङको आयोजनामा आज विराटनगरमा आयोजित ‘नेपालको संविधानमा महिलाको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रियामा उहाँले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाका लागि अधिकार प्रदान गरिएकाले यस विषयमा महिलालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सबै क्षेत्रका महिला अधिकारका लागि अगाडि आउनुपर्ने चर्चा गर्दै महामन्त्री सिटौलाले गाउँसभामा न्यूनतम ४० प्रतिशत र प्रत्येक सङ्घीय राज्यको राष्ट्रियसभामा सदस्यको आठ स्थानमध्ये न्यूनतम तीनवटा महिला सदस्यको सिट संविधानमा सुरक्षित गरिएको जानकारी गराउनुभयो ।
राष्ट्रिय एकता खलबलिएको चर्चा गर्दै महामन्त्री सिटौलाले मुलुकमा राजनीतिक स्थायित्वका साथै राष्ट्रिय एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयनमा जटिलता आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले दिगो शान्ति, सुशासन, विकास र आर्थिक प्रगति गरी समृद्ध राष्ट्र बनाउनका लागि सबै दललाई लिएर नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
नाकाबन्दीले गर्दा मुलुकलाई धेरै क्षति पुगेको उल्लेख गर्दै महामन्त्री सिटौलाले दुःख सहने र दुःखमा विचलित नहुने क्षमता हामी नेपालीमा रहेकाले यस्ता समस्या धेरै दिन नरहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–भारतबीच रहेको विशिष्ट सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाली काँग्रेसले अगुवाइको भूमिका निर्वाह गर्नुपर्दछ , महामन्त्री सिटौलाले भन्नुभयो, “दुवै देशका जनता-जनताबीचको सम्बन्धका साथै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई अझ बलियो बनाउनु पर्दछ ।”
नेपाल महिला सङ्घ मोरङकी अध्यक्ष शान्ता पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस मोरङका सभापति एवम् सांसद अमृत अर्याल, सांसद डिकबहादुर लिम्बूलगायतले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।
dainiknepal

काभ्रे, मंसिर २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहयोग गरे सरकार आफ्नै तालमा अगाडि बढ्ने बताएका छन् ।
नेकपा एमाले काभ्रेको नवौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गैरजिम्मेवार बन्न थालेको भन्दै उसलाई अब धेरै समय कुरेर बस्न नसक्ने स्पस्ट पारे ।
उनले कांग्रेसले असहयोग जारी राखे सरकार आफ्नै गतिमा अघि बढ्ने र अवरुद्ध संसद पनि खुलाउने दाबी गरे ।
पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसदबाट पास भएपछि संविधान संशोधनको प्रक्रिया पनि सुरु हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले संविधानका बारेमा तराईका जनतामा परेको भ्रम चिर्न सरकारले अभियान सुरु गरिसकेको पनि बताए ।
उनले सरकारले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राखेको भन्दै हावा र सोलारबाट बिजुली निकालेर भएपनि एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सुनसरी, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतको अघोषित नाकाबन्दीविरुद्ध कार्यकर्ता परिचालन गरी प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा शनिबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले भारतले नेपालको जलस्रोतमाथि आँखा गाडेर नाकाबन्दी लगाएको आरोप पनि लगाए ।
‘कोसी, कर्णाली, सेती र अरुण नदी आफ्नो पक्षमा पार्न भारतले नेपालमाथि हस्तक्षेपकारी भूमिका खेलेर मधेस आन्दोलन सफल बनाउन नाकाबन्दी गरेको’ गजुरेलको दाबी थियो ।
उनले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिए ।imagekhabar

युक्रेन – शुक्रबार युक्रेनको संसदमा सत्ताधारी गठबन्धका सांसद्हरु एक अर्का विरुद्ध हात हालाहालको स्थितीमा उत्रिएका छन् । यहाँसम्मकी राष्ट्रपति पेट्रो पोरोशेन्को निकटका एक सांसद्ले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मञ्चबाट तानेर उठाएर फाल्न खोजे ।
संसद्मा यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको बचाउ गर्दै थिए । त्यति नै बेला सांसद ओलेहा बर्ना मन्चमा चढे । उनले मन्चमै एउटा रातो गुलाब दिएर सरकारको कटाक्ष गरे ।
त्यसपछि उनले प्रधानमन्त्रीको कम्मर समाते । त्यसपछि उनले नै नै मन्चबाट उठाएर प्रधानमन्त्रीलाई तल ल्याए ।
सांसद्मा प्रधानमन्त्रीको पार्टीका सदस्य पनि उपस्थित थिए । उनीहरुले बर्नालाई तानेर पिट्न थाले ।
त्यसपछि राष्ट्रपति पोरासेन्का र प्रधानमन्त्री यात्सेंइयुकको गुटबीच हात हालाला सुरु भयो । दुई पक्षबीच केही समय हात हालाहाल भएपछि सबै सांसद फेरि आफ्नै कुर्सीमा फर्किए ।
यस घटनापछि युरोप समर्थित गठबन्धनमा बढेको विवाद सबैका सामू छर्लङ भएको छ । युक्रेनको सरकार गिर्न सक्ने अनुमान समेत लगाइएको छ । यस सरकारको समर्थन गर्ने पश्चिमा देशहरुले पनि सरकारले नातावाद र भ्रस्ट्राचारलाई प्रश्रय दिएको बताएका छन् ।
यात्सेंइयुक र पोरोसेन्को दुबै पश्चिमा देशको समर्थन हात पार्ने दौडमा छन् । २०१४ को फेब्रुअरी महिनामा मस्को समर्थित विक्टोर यानुकोविच सरकार हटेपछि यो होड अझै बढेको छ । तर गत वर्षदेखी नाटकिय रुपमा यि दुईको समर्थनमा कमी आएको छ । पोरोशेन्को गुटका प्रमुख युरी लत्न्सेले पत्रकार सम्मेलन गर्दै भनेका छन्–‘सदनभित्र मानसिक रुपबाट असन्तुलित मानिसहरुले उकास्ने कोसिस गरेका छन् । ओहेल बर्ना अघिल्लो पंक्तीमा बसेका थिए । उनी पुरै आवेगमा आए । तर उनले जे गरे , त्यसलाई हामी राम्रो मान्न सक्दैनौँ ।’
४१ वर्षीय यात्सेंइयुकसँग सवाल जवाफ हुदाँ संसद्मा हात हालाहाल भएको हो । यस्तो घटना हुनअघि प्रधानमन्त्रीले आफ्नो सरकारले हात पारेका उपलब्धिको साराशं बताइरहेका थिए । उनले सत्तामा बसेको एक वर्षपछि आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् । यता, विपक्षी पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव लगेका थिए ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, २६ मंसिर । नेपाल टेलिकमका रिचार्जमा अबको एक महिनासम्म बोनस पाइने भएको छ ।
ग्राहकलाई लक्षित गरी टेलिकमले मंसिर २७ गतेदेखि पुस ३० गतेसम्मका लागि एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमामार्फत हुने रिचार्जमा बोनस दिने भएको हो ।
यो अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउने एनटीसीकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ । ग्राहकलाई यो बोनस सुविधा अहिलेसम्मकै बढी भएको टेलिकमले जनाएको छ ।

शनिबार, २६ मंसिर
मकवानपुर । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भारत भ्रमण पश्चात् देशका अन्य नाकाहरु सहज बन्दै गएको बताएका छन् ।
उनले अब एक दुई दिन भित्र्र वीरगञ्ज नाका पनि सहज हुने दाबी गरेका छन् । थापाले आफ्नो भारत भ्रमण निकै फलदायी भएको र परिणाम विस्तारै देखिन थालेको दाबी गमेत गरेका छन् ।
उनले वीरगञ्ज नाका खोल्ने पुर्व तयारी सुरु भैसकेकाले एक दुई दिन भित्रै त्यहाँ पनि सहज आवागमन हुने बताए । उपप्रधानमन्त्री थापाले आन्दोलनरत मधेसी मोर्चा पनि लचक भएर आएकाले एक दुई दिन भित्रै सकारात्मक सन्देश आउने बताए ।
मकवानपुरको हेटौंडामा शनिबार आयोसिजत पत्रकार सम्मेलनमा बोल्दै थापाले आन्दोलनरत मधेसी मोर्चालाई सकारात्मक ढंगले वार्तामा आउन आग्रह समेत गरे ।
गापाले मधेशी समुदायले राखेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्वको मागहरु लगभग पूरा भइसकेको भन्दै उनले सीमाकंनका विषयमा पनि सरकार सकारात्मक भएको बताए ।
उनले नयाँ संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भावना समेटीएको र कसैको मात्रै जित नभएको बताए ।
nepalsandesh

एजेन्सी । पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए)ले इन्धनको मुल्यमा भारी कटौती हुने बताएको छ ।
अमेरिकी मूल्य मापदण्ड दर प्रति ब्यारेलमा २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा झरेको छ । यो मूल्य सन् २००९ मा विश्वभर फैलिएको आर्थिक मन्दी पछिकै सबैभन्दा कम मुल्य हो ।
आईईएको रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको माग सन् ०१६ मा प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा झर्नेछ ।
पेट्रोलियम पदार्थ उत्पादन माग भन्दा बढी भएपछि मुल्यमा भारती कटौती हुन लागेको हो । प्रमुख पेट्रोलियम पदार्थ उत्पादक देशहरु इराक र इरानले अर्थतन्त्र उकास्न भन्दै उत्पादनमा बृद्धी गरेपछि मुल्य घटेको हो ।