आइतबार, २७ मंसिर
काठमाडौँ, । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालको दक्षिणी सीमाबाट आपूर्तिमा अवरोध जारी रहे नेपालमा गम्भीर मानवीय सङ्कट आउनसक्नेतर्फ सचेत गराएको छ ।
डब्लुएफपीले आज जारी गरेको विज्ञप्तिमा तीन महिना पुग्न लागेको सीमा नाकाको अवरोधले नेपालमा आपूर्तिमा कमी आइरहेको र खाद्यवस्तुको मूल्यवृद्धि जारीरहे गम्भीर मानवीय सङ्कटबाट जोगिन कठिन हुने उल्लेख छ ।
डब्लुएफपी एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक डेभिड कातु्रडको भनाइ उद्धृत गर्दै भनिएको छ, “मूल्यवृद्धिको सामना गर्दै मानिस आफ्ना परिवारलाई खाना खुवाउन प्रयासरत छन्, भूकम्पपछिको अवस्थामा अभावको सामना गर्न नसक्दा कुपोषण बढ्न सक्ने अवस्था छ ।”
तीन महिनादेखिको अवरोधका कारण नेपालमा खाद्यान्न र इन्धन अभावका कारण असहज अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल विशेषगरी भारतबाट हुने आयातमा निर्भर रहेको तथा आधारभूत खाद्य पदार्थ खाने तेल, चामल, दाल, चिनी, नुनको बजारमा कमी रहेको र त्यसको आपूर्ति कम भइरहेको विज्ञप्तिमा जनाइएको छ । आजको गोरखापत्रमा समाचार छ ।
nepalsandesh

हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर २७ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर १३ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– द्वितीया, १६:०३ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusस्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रतीक्षाले अधैर्यपना बढाउन सक्छ। तापनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। प्रयत्नले अरूको हातमा गइसकेको अवसर फिर्ता दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraनयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornफाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। फाइदाका लागि होसियारीसाथ काम लिनुपर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
etajakhabar

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |
१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
२. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |
३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |
४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |
५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |
६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |
७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |
८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, २६ मंसिर । भारतको नाकाबन्दी नेपाली जनताले किन सहने भन्दै प्रश्न गरेका पूर्व युवराज पारस शाहले शनिबार साँझ ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजापाठ गरेका छन् ।
बहिनी प्रेरणासँगै मन्दिर पुगेका पारसलाई देखेपछि उनका समर्थकहरुले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पारसले शनिबार पञ्चबलि तथा मंसिर विशेष पूजा गरेका हुन् ।
लामो कपाल बाँधेर आएका पारसले बगलामुखी भजन मण्डलीले आयोजना गरेको पूजाको प्रसाद पनि ग्रहण गरे । पूजापाठ कार्यक्रममा सेना र प्रहरीका उच्च अधिकारीहरु पनि उपस्थित थिए ।
यसअघि भारतीय नाकाबन्दीविरुद्ध मुख खोल्दै पारसले ‘धर्म गुमायौ, राजा गुमायौ, अब ग्यास गुमाएर दाउराको चुलो पनि पाएनौं, नेपाली जनताले किन सहने’ भन्दै प्रश्न गरेका थिए ।
dainiknepal
शनिबार, २६ मंसिर
मधेसका जनताले भारतको षड्यन्त्र बुझ्दै
हिलो स्वार्थ
मधेसलाई कब्जा गरेर नेपालको पानी कब्जा गर्नु भारतको पहिलो स्वार्थ हो । नेपालको पानीलाई हेरेर नै भारतले ३० वर्षीय नदी जडान परियोजना सार्वजनिक गरेको हो । भारतलाई आफ्नो ६४ लाख हेक्टर जमीन सिचाइँ गर्नुछ, जहाँ भारतको पानी जाँदैन । भारतको जमीन पश्चिमबाट पूर्वतर्फ होचो हुँदै आएको छ । जबकि सबै नदी पूर्वतिर छन् ।
पश्चिमका लागि उ नेपालको पानीमा भर परेको छ र पूर्वको कोशी तथा पश्चिमको कर्णालीमा नजर टिकाएको छ ।नेपालमा भएका ठूला नदीदेखि खहरे खोला सबैबाट निस्कने पानी संकलन गर्न नेपाललाई डुबानमा पारेर सीमा क्षेत्रमा उच्च बाँध बाँधेको हो ।
दोस्रो स्वार्थ
तराईको चुरे रेञ्जलाई भारतको सुरक्षा लाइनको रुपमा विकास गर्ने हो । भारतले नेहरु डक्ट्रिन अनुसार हिमालय श्रृंखलालाई आफ्नो सीमाना मानेर सुरक्षा रेखामा रुपमा विकास गर्ने उसले भन्दै आएको छ ।
तेस्रो स्वार्थ
तराई टुक्राएर भारतमा गाभ्ने नै भारतको अन्तिम लक्ष्य हो । यद्यपि यो काम उ रक्तपातविहीन तरिकाले वैधानिक तवरबाटै सम्पन्न गर्न चाहन्छ । यसैका लागि चरणवद्ध रुपमा काम गरिरहेको छ ।जसको लागि भारतले चार योजना अघि सारेको छ
पहिलो चरणको योजना
व्यापक संख्यामा भारतीयहरुले नेपाली नागरिकता लिएर नेपालको जनसंख्यामा हावी हुने र मधेसमा नेपालीहरुलाई अल्पमतमा पार्ने । यसमा लगभग सफल हुन लागिसकेको अवस्था छ ।
दोस्रो चरणको योजना
जनसंख्यामा बढाउँदै त्यसको अनुपातमा निर्वाचन क्षेत्र पनि बढाउँदै लैजाने र केन्द्रीय संसदमा पनि आफ्नो बहुमत निर्माण गर्ने
तेस्रो चरणको योजना
छुट्टै मधेस प्रदेश निर्माण गरी छुट्टै बिहारी सेना गठन गर्ने । यसका लागि सुरुमा राष्ट्रिय सेनामा मधेसीको सामुहिक भर्तीको एजेन्डा ल्याइएको हो, ताकि मधेस प्रदेश बनिसकेपछि उक्त बटालियनलाई मधेसमा सग्लै लगेर राख्ने अनि पहाडीहरुलाई दमन गर्दै त्यहाँबाट विस्थापित गर्न सकियोस ।
चौथो चरणको योजना
जनसंख्याका आधारमा समानुपातिक समावेशीको नारा दिएर नेपालका सरकारी निकायहरु कब्जा गर्ने र अन्तिममा नेपाल टुक्र्याउने ।त्यो योजना अन्तर्गत ०६४ साल असोजमा पटनामा तत्कालिन भारतीय विदेश सचिव पीटी शरणसमेतको उपस्थितिमा रअका अधिकारी र मधेसी गुटका नेताहरुको बैठक बसेर मधेस टुक्राउने विषयमा छलफल गरेको जगजाहेर छ । त्यसपछि भारत रणनीतिक रुपमा चरणवद्ध तरिकाले अघि बढिरहेको छ ।जसको भारतको योजनामा मधेस केन्द्रित दलहरुको नेतृत्वमा आन्दोलन मार्फत मधेसको जनसंख्या र निर्वाचन क्षेत्र एकैसाथ बढाउँदै लगिएको छ । ०६४ सालमा संविधानसभा चुनाव हुनुअघि निर्वाचन क्षेत्र पुननिर्धारण गरियो । त्यतिबेला ३५ वटा निर्वाचन क्षेत्र थप भएकामा २८ वटा माधेसमा मात्रै थपिए । अहिले फेरि पनि मधेसमै निर्वाचन क्षेत्र पुगेन भनेर कराइरहेका छन् । यसैगरी बढाउदै लैँजादा छिट्टै देशभरको दुई तिहाई सिट तराईमा खडा हुन्छ ।
तराई मधेसमा अहिले भैरहेको आन्दोलनको उदेश्य
नागरिकता ऐन पारित भएपछि तराई राजनीतिको एउटा दिशा तय भयो । तराईमा भारतीय जनसंख्याको प्रचुर उपस्थिति सुनिश्चित भएपछि आत्मनिर्णयको अधिकार अर्थात् छुट्टिन पाउने अधिकारसहितको संघीयताको माग चर्काइयो । ०६४ साल फागुनमा मधेसी मोर्चाको आन्दोलनकै क्रममा कांग्रेसले भारतीय दूतावासमा बसेर ३ बुँदे सम्झौता गर्यो । पहिलो झापादेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश बनाउने, दोस्रो, जनसंख्याका अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, तेस्रो सेनाभित्र १० हजारको मधेसी बटालियन निर्माण गर्ने ।
( स्रोत :भरत दाहाल र साध्यबहादुर भण्डारी लगायत बुद्दिजीवीहरुका विभिन्न आलेखहरुको निचोड )

काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रहरीले एक हजारको नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ ।
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो ।
dainiknepal
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो ।
dainiknepal
शनिबार, २६ मंसिर
भुकम्प र नाकावन्दीको पीडा सबै मिलेर सामना गरौँ
बनेपा। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न पुनः आह्वान गरेका छन् ।
नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनको आज बनेपामा उद्घाटन गर्दै उनले भने, “भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ । यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।” । उनले भने, “नाकाबन्दीले जनजीवन कष्टकर भएको छ । त्यसैले हामी विकासमा पनि पछि परेका छौँ ।”
प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम गर्दैन भनेकाछन् ।
उनले नेपाली काँग्रेसलाई लक्षित गर्दै सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताए । उनले सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको बताउँदै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुन्छ भने ।
उनले एक वर्षभित्र मुुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिँदै काठमाडौँमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिनेछ भनेर भने ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको प्राथमिकता सङ्घीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको उल्लेख गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सांसद विदुर सापकोटाले काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउन आग्रह गरे ।
सांसद तथा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका पूर्व अध्यक्ष गोकुल बाँस्कोटालगायतले अधिवेशनबाट सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
दुई दिनसम्म चल्ने अधिवेशनमा एक हजार एकसय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।