काठमाडौँ, २९ मङ्सिर । नेपाल पत्रकार तथा लेखक समाजले भारतले नेपालमाथि गरेको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग आग्रह गरेको छ ।
समाजले आज यहाँ ‘नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप’ विषयक अन्तक्र्रियाको आयोजना गरी भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकारलाई भारतले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नाकाबन्दी अन्त्य गर्नुपर्ने बताएको हो ।
जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालले बढीभन्दा बढी चिनियाँ नाका खोलेर नाकाबन्दीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवअधिकारकर्मी केबी रोकायाले भारतले नेपालमाथि नाकाबन्दी लगाउनुमा नेपालभित्रको समस्या कारक रहेको भन्दै यसलाई बौद्धिक तरिकाले समाधान गर्नुपर्ने बताउनुभयो ।
एकीकृत माओवादीका नेता धमेन्द्र बाँस्तोलाले भारतले नेपालप्रति लिएको नीति गलत भएको बताउँदै नेपालले आफ्नो समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेतर्फ लाग्नु उचित हुने सुझाव दिनुभयो ।
परराष्ट्रविद् डा सोम पुडासैनीले नेपालले भोगिरहेको समस्यालाई समाधान गर्न चिनियाँ नाकालाई खोल्न पहल गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
थारु मुक्ति सङ्ग्रामका अध्यक्ष डा ललन चौधरीले मधेस आन्दोलनले त्यहाँका थारुलाई अल्पमतमा पार्ने काम गरेको भन्दै सबै थारु ‘एक मधेस एक प्रदेश’ को पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष गोरखबहादुर बिसी, पूर्वराजदूत डा विष्णुहरि नेपाल, धार्मिक गुरु दामोदर गौतम, डा भिक्षु कीर्तिलगायतले नाकाबन्दीको समस्यालाई भारतसँग मित्रवत् रुपमा नै हल गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal

मंसिर २९, २०७२- मधेस केन्द्रित दलहरूले भूकम्पपछिको पूनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती संविधान संशोधन विधेकय समेत पेस गरिएको भन्दै आपत्ती जनाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध फोरम, तमलोपा, सदभावना, तमसपा आबद्ध ३४ सभासद्ले प्याकेजमै सहमति भएमात्रै संविधान संशोधन विधेयक मान्य हुने बताउँदै आएका छन् । अघिल्लो सरकारले अघि बढाएको संविधान संशोधन विधेयक अपूरो र एकपक्षीय भएको उनीहरुको भनाई छ । 'संसारको कुनै पनि संसदीय अभ्यासमा यस्तो बलजफ्ती चल्दैन, हाम्राे संसदमा मंगलबार भयो,' सद्भावना सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने, 'सहमतिबाट संविधान संशोधन गर्नुपर्नेमा उहाँहरुले बहुमतको बलमा पेल्न खोज्नुभयो, सरकारसँग जारी वार्तामा अब हामी जाने कि नजाने प्रश्न खडा भएको छ ।'
कर्णको भनाईमा समर्थन जनाउँदै फोरम उपाध्यक्ष तथा संसदीय दलका उपनेता लालबाबु राउतले थपे, 'संसद अवरुद्ध भएको बेला बलको प्रभाव देखाउन खोजियो, पेलेर निकास निस्कदैन भन्ने कुरा उहाँहरुलाई बुझाइदिने कसले ?'
सरकार-प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोचर्ाबीच यसबीच दर्जनौं वार्ता हुँदै आए पनि निष्फल हुने गरेका छन् । त्यसमध्ये परराष्ट्रमन्त्री कमल थापा र मोर्चा नेताहरु पालैपालो भारतीय विदेश मन्त्रालयको निम्तामा दिल्ली भ्रमणबाट फर्केपछिका तीन वार्तामा मोर्चाको एजेन्डाबारे छलफलसमेत भएको छैन । कात्तिक १५ गते मोर्चाले आफ्ना ११ सूत्रीय माग सरकारलाई बुझाए पनि पछिल्ला तीन वातर्ामा छलफल त के, चर्चासमेत नगरेको, बरु मंगलबार संसदमा पेश भएका विधेयकमाथि केन्दि्रत भएको भन्दै मधेसकेन्दि्रत दलका नेताहरुले चित्त दुखाउने गरेका छन् ।
ठूला तीन दल भने दिल्ली दौडाहापछि मधेसी मोर्चा गलेको निष्कर्षमा पुगेका छन् । त्यसैले यही मौकामा आफ्नो एजेन्डा संसदबाट पारित गर्न लागिहाल्नुपर्ने उनीहरुको बुझाई छ । एमाओवादीका एक उच्च नेताको भनाईमा, मधेस आन्दोलन लम्बिएसँगै स्थानीय तहमा थकान देखिएको हुँदा ठूला दलहरुले 'जिम्मेवारी महसुस गरी' संविधान संशोधनमार्फत् सम्बोधनको पहल गरेका हुन् । 'उहाहरुले भनेका सबै माग आजमात्रै होइन, भोलि पनि पूरा हुदैनन्,' ती नेताले भने, 'हामीले उठाउदै आएको समेत विषय भएकाले संविधान संशोधन प्रक्रिया अघि बढ्छ, बाकी छलफलको क्रममा सम्बोधन हुदै जानेछ ।'
ठूला तीन दलले दुई बुँदे संविधान संशोधन गराएर आफ्नो आन्दोलनका मुद्दा टार्न खोजेको मोर्चा नेताहरुको बुझाई छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो सहमतिविना आउने दुईबुँदे संशोधनको कुनै अर्थ नहुने बताएका छन् । कोइराला सरकारकै पालामा मधेसी मोर्चासग छलफल गरेर मात्रै विधेयक पारित गर्ने भनिए पनि बलपूर्वक लाद्न खोजिएको ठाकुरको आरोप छ । 'यो विधेयक हामीसग सोधेर ल्याइएकेा होइन, सुरुमा त यही विधेयक ल्याउने कुरा पनि थिएन,' ठाकुरले भने, 'हाम्रो खास सरोकार सीमांकनमा छ, जो उहाहरुले संशोधन विधेयकमा राख्नु नै भएको छैन । जबसम्म सीमांकनको मुद्दा सम्बोधन हुदैन, मधेसमा असन्तोष रहिरहन्छ ।'
ठाकुरले यसो भने पनि आन्दोलनको सुरक्षित अवतरणका लागि विकल्प खोज्न मोर्चा लचिलो रहेको हुँदा तीन ठूला दलका तर्फबाट सीमांकन हेरफेरको मागसमेत सम्बोधन हुनेगरी प्रस्ताव ल्याउन अनौपचारिक रुपमा कुरा राख्ने गरेका छन् ।
ठूला दलले नाकाबन्दी खोल्न मोर्चालाई आग्रह गर्दैगर्दा मोर्चा नेताले प्याकेजमा प्रस्ताव आए आफूहरु सहमतिको बाधक नबन्ने बताउदै आएका छन् । मंगलबार संसदमा प्रस्तुत विधेयकलाई मोर्चाको विरोधबीच केही नेताहरुले सहमतिको
ढोका खुल्न थालेको रुपमा अथ्र्याएका छन् । 'फेस सेभ गर्नका लागि मात्रै विरोध भएजस्तो देखिएको हो,' ती एमाओवादी नेताले भने । तर सद्भावना अध्यक्ष कर्णले आफूहरु आन्दोलनमै रहेको, फेस सेभ गर्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै
थपे, 'जुन संशोधन गराएर समस्या समाधान नै हुँदैन, त्यसैका लागि उहाँहरुको बलजफ्ती किन हो, बुझ्नै सकिएन ।'
kantipur.ekantipur

२९ मंसिर, मनिला ।
फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको समाचार छ ।
यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको जनाइएको थियो ।
मङ्गलबार बिहानीपख त्यहाँ शक्तिशाली आँधी आएको छ । त्यसमा परी चारको मृत्यु हुनुको साथै अरु कैयौँ व्यक्ति हराइरहेका छन् ।
फिलिपिन्सको सरकारले सोमबार मात्र पनि आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो ।
तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरु घर छोडेर भागेका र स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको बताइएको छ ।
मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।
मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका बासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट दशौँ लाख नागरिकलाई अन्यत्रै सारिएको छ ।
उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ ।
क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको हो । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् ।
समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।
समार र अलबे क्षेत्रका १५ लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर सोमबारै अन्यत्रै सारिएको थियो । सो क्षेत्रमा जारी रहेको हावाहुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढालेको छ ।
अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएको थियो ।
तर सोमबार रातिदेखि नै आँधी आएको हो । नागरिकहरु यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् । उनीहरुले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् ।nepaliheadlines

मंगलबार, २९ मंसिर
एजेन्सी । देशै भरि गाईको मासु बेच्न बन्द गर्नुपर्छ भन्ने मोदीको पार्टी बीजेपीलाई गाईको मासुको व्यापार गर्ने तीन कम्पनीहरुले मोटो रकम चन्दा दिएको खुलासा भएको छ ।
महाराष्ट्रको कंपनी फ्राइगोरीफिको अल्लाना प्राइवेट लिमिटेडले बीजेपीलाई ५० लाख रुपैंया चन्दा दिएको हो । यो भन्दा पहिले यो कम्पनीले २०१३ र २०१४ सालमा बिजेपिलाई ७५ लाखको चन्दा दिएको थियो ।
२० हजार भन्दा बढी चन्दा राजनैतिक पार्टीलाई दिएको खण्डमा हरेक राजनैतिक पार्टीले त्यसको स्रोत निर्वाचन आयोगमा खुलाउनु पर्ने हुन्छ ।
सो स्रोत खुलाउंदा भारतीय जनता पार्टी जसले गाईलाई काट्ने र मासु बेच्ने कामलाई भारत भरि बन्द गर्नुपर्छ भनेर अभियान नै चलाएको थियो उसको यो कर्तुत खुलासा भएको हो ।
nepalsandesh

काठमाडौँ, २९ मङ्सिर । नेपाल-भारतबीचको सम्बन्ध युगौँदेखि व्यक्ति–व्यक्तिबीचको शाश्वत सम्बन्धमा अडिएको धारणा व्यक्त गरिएको छ ।
नेपाल–भारतमैत्री सङ्घद्वारा आज राजधानीमा आयोजित ‘नेपाल भारत सम्बन्ध र वर्तमान सन्दर्भ’ विषयक अन्तक्र्रियामा अधिकांश वक्ताले सो धारणा व्यक्त गरेका हुन् ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल–भारतबीचको सम्बन्धमा कोही कसैले खलल पु¥याउँदा दुवै देशको हित नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले तराई मधेसमा जारी आन्दोलनको समस्या नेपाल आफैँले समाधान गर्न सक्ने बताउँदै राजदूत रायले भारत जहिले पनि नेपालको हित चाहन्छ भन्नुभयो ।
राजदूत रायले सीमामा जारी अवरोधबाट नेपालीले दुःख पाएकामा भारत सरकार निकै दुःखी भएको बताउँदै उहाँले क्रमशः सुख प्राप्त हुँदै जाने सङ्केत आफूलाई मिलेको जानकारी दिनुभयो ।
कार्यक्रममा मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले अन्धो र मण्डले राष्ट्रवादले कसैको हित नहुने बताउँदै सरकारले तराई आन्दोलनलाई दबाउन खोजेको आरोप लगाउनुभयो ।
सांसद रुक्मिणी चौधरीले अधिकार माग्दा भारतपरस्त भन्ने अभिव्यक्ति दरिद्रताको पराकाष्ठ रहेको बताउनुभयो । झन्डै १८ भन्दा बढी व्यक्तिले नेपाल भारत सम्बन्धका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
धारणा राख्नु हुनेमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरु, पूर्व मन्त्रीहरु, पूर्व राजदूतलगायतले बोल्नुभएको थियो ।

मंसिर २९, २०७२- जनकपुरमा बुधवार मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन् । भण्डारीको कार्यक्रमलाई भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिरोध गर्ने भएको छ ।
मोर्चासहित आन्दोलनरत्त संयुक्त युवा संघर्ष समितिलगायतका संघ संस्थाहरुको मंगलबार साँझ बसेको बैठकल राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपति भण्डारीलाई जनकपुर प्रवेशमै निषेधको निर्णय गरेको सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले बताए ।
विरोध कार्यक्रममा सहभागिताको लागी ग्रामीण ईलाकाहरुमा समेत सूचना गरिएको सद्भावना धनुषाका सिंहले जानकारी दिए । आन्दोलरत् युवाहरुले आजै साँझ राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका छन् ।
मोर्चाका जिल्ला संयोजक एवं संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणलाई विरोध गर्ने बताएका छन् ।
उनले भने-'मोर्चाले यसअघि नै १६ बुँदेमा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाएको छ । यो रोक उहाँको लागी पनि हो ।'
उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीराले राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर पनि मधेस आन्दोलन बारे नकारात्मक टिप्पणी गर्ने अनि नयाँ संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्ने व्यक्तिको आगमनलाई विरोध गर्ने बताए ।
सुरक्षा निकायका उच्च अधिकारी जनकपुरमा
राष्ट्रपति भण्डारीको भ्रमण व्यवस्थापनका लागि दिनभरजसो सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठक यहाँ बसेको छ । मध्य क्षेत्रका क्षेत्रीय प्रशासक महेश प्रसाद दाहाल, प्रहरी नायव महानिरीक्षक(डिआईजी) देवेन्द्र सुवेदी, सशस्त्रका नायव प्रहरी महानिरीक्षक रामशरण पौडेल, सह-सचिव शंकर प्रसाद सुवेदी, साहायक रथी प्रदीपकुमार अधिकारी सहितका उच्च पदाधिकारीहरु जनकपुरमै छन् ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आन्दोलनरत्त मोर्चाका जिल्ला स्तरीय नेताहरुसंग टेलीफोनमा तथा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीरालाई कार्यालयमै बोलाएर राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेका थिए ।
तर प्रमुख जिल्ला अधिकारी पराजुलीले राष्ट्रपतिको जनकपुर भ्रमण बारे आधिकारिक रुपमा केही बताउन चाहेनन् । कान्तिपुरसंगको टेलीफोन सम्पर्कमा उनले यतिमात्र भने-'छलफल हुँदैछ ।' राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले बुधबार भण्डारीको जनकपुर भ्रमण तयव भएको जानकारी दिएका छन् ।
स्रोतका अनुसार-राष्ट्रपति भण्डारी बुधवार अपरान्ह हेलीकप्टरबाट जनकपुर आउने कार्यक्रम छ । उनी जानकी मन्दिरमा दर्शन र पूजा पाठ गरेर फर्किने छन् ।kantipur.ekantipur
मंगलबार, २९ मंसिर
चिनी विदेश मन्त्रालयले यसलाई भारतको हस्तक्षेप भनेको छ । चीनले भनेको छ हाम्रो दक्षिणी सागर संग भारतको कुनै सम्बन्ध छैन ।यति मात्रै होइन चीनले यो भनेको छ कि जापानको पनि यो क्षेत्रसंग कुनै सम्बन्ध छैन किनिकी जापान पूर्वी चीन सागरमा पर्छ न कि दक्षिण चीन सागरमा ।
यो मामिलामा अमेरिकालाई पनि दायाँ बायाँ र चलखेल नगर्न चीनले चेतावनी दिएको छ । वास्तविकता के हो भने अमेरिका र जापान चीनको यो भूभागमा सबै देशहरु जुन चीन विरुद्द छन् तिनीहरु संग राम्रो सम्बन्ध बनाउन लागेको छ । अब भारतले पनि अमेरिकाको यो नीतिलाई साथ दिईरहेको छ ।
जसको कारण चीन भारत विरुद्द आक्रोशित भएको हो । भारतले आफ्नो व्यापारमा अधिक नाफा हासिल गर्न भियतनाम ,कम्बोडिया ,मलेशिया जस्ता देशहरुमा चीनको त्यहि भूभागबाट सामान निर्यात गर्ने गरेको छ ।
अत्याधिक नाफा हासिल गर्न भारत जापान र अमेरिका संग मिल्न गई चीन विरुद्द उभिएको हो ।