संविधान प्रकरण
काठमाडौं: नेपालको संविधानप्रति चिसो र उदासीन रहँदै आएको भारत आफ्नो अडानमा जापानको अनुमोदन हासिल गर्न असफल भएको छ।
जापानी प्रधानमन्त्री सिन्जो आबेको हालै सम्पन्न भारत भ्रमणको अन्त्यमा जारी संयुक्त वक्तव्यमा नेपालको संविधानको 'अपूर्णता'लाई सम्बोधन गर्ने भारतको आग्रह जापानले अस्वीकार गरेको थियो।नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको जापानले भारतको आग्रहलाई आफ्नो त्यही मान्यताअनुरूप अस्वीकार गरेको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले जापानी प्रधानमन्त्रीको भ्रमणमा नेपालको संविधान अपूर्ण रहेको भन्ने आसयसहितको वक्तव्य जारी गर्ने संकेत पाएपछि कूटनीतिक च्यानलबाट जापानसमक्ष त्यसो नगरिदिन नेपालले आग्रहसमेत गरेको थियो।
जापानसमक्ष नेपालले संविधान आफ्नो आन्तरिक मामिला तथा जापान र भारतको द्विपक्षीय विषयभन्दा अलग विषय भएकाले त्यसबारे उल्लेख नगरिदिन गरेको निरन्तरको कूटनीतिक लबिङपछि मोदी-आबे संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख नगरिएको कूटनीतिक स्रोतले बतायो।
टोकियोस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टराईले जापानका केही मन्त्रीहरू र विदेश मन्त्रालयका उच्च अधिकारीसमक्ष भारत-जापान संयुक्त वक्तव्यमा नेपालको संविधानबारे उल्लेख नगरिदिन कूटनीतिक लबिङ गरेका थिए।'संविधान नेपालको आन्तरिक दस्ताबेज हो।
यसबारे भारत र जापानबीचको संयुक्त वक्तव्यमा उल्लेख हुनु आवश्यक छैन। त्यसो भएमा नेपालको मामिलामा अनावश्यक हस्तक्षेप हुनेछ,' राजदूत भट्टराईले जापानी प्रधानमन्त्री आबेको भ्रमणअघि जापानी अधिकारीहरूसँग भनेका थिए।
काठमाडौंस्थित जापानी राजदूत मासासी ओगावालाई डाकेर परराष्ट्र मन्त्रालयले आबेको भ्रमणमा संविधानबारे उल्लेख नगर्न अनुरोध गरेका थिए। नेपालको संविधानबारे मोदी-आबे वक्तव्यमा नपार्न राजदूत ओगावाले पनि भूमिका निर्वाह गरेको एक अधिकारीले बताए।
नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको जापानले भारतको आग्रहलाई अस्वीकार गरेको हो।
'आबेको भ्रमणपछि जारी हुने वक्तव्यमा मोदीको बेलायत भ्रमणमा जस्तै नेपालको संविधानबारे उल्लेख हुँदैछ भन्ने सूचना कूटनीतिक च्यानलबाट आएपछि त्यसो हुन नदिन निकै मेहनत गरिएको थियो। कूटनीतिक प्रयास सफल भयो,' परराष्ट्र स्रोतले भन्यो।
नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि भारतीय अधिकारीसमक्ष नेपालको संविधानको मुद्दाबारे संयुक्त वक्तव्यमा उल्लेख नगरिदिन पटकपटक आग्रह गरेका थिए।'नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो मुलुक तथा भरपर्दो साझेदार भए पनि बेलायतले नेपालको लोकतान्त्रिक संविधानबारे भारतकै धारणालाई समर्थन गर्नु हामीलाई मान्य थिएन।
हामीले विरोध जनायौं। अब अहिले फेरि जापान र भारतबीचको वक्तव्यमा नेपालको संविधानबारे उल्लेख हुनु अर्को दुःखद अवस्था हुने थियो। त्यसो भएन। यसमा नेपालको कूटनीतिक लबिङ सफल भएको छ,' परराष्ट्रका अधिकारीले भने।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक महिनाअघि सम्पन्न बेलायत भ्रमणका क्रममा जारी भारत—बेलायत संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको भन्ने वाक्यांश उल्लेख गरिएको थियो। नेपालको संविधान समावेशी नभएको भन्ने भारतीय दाबीलाई बेलायतले समर्थन दिएको उक्त वक्तव्यले प्रस्ट्याएको थियो।
त्यसलगत्तै परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी संविधान नेपालको आन्तरिक दस्ताबेज भएकाले बेलायत र भारतको संयुक्त वक्तव्यमा त्यसबारे उल्लेख गरिएकोमा आपत्ति जनाएको थियो।परराष्ट्रमन्त्री कमल थापाले बुधबार बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डसँगको भेटमा नेपालको राजनीतिक परिस्थितिबारे बेलायतले स्वतन्त्र धारणा बनाउनुपर्ने विषयलाई उठाउने भएका छन्।
बेलायती विदेशराज्य मन्त्री ह्युगो स्वायरसमक्ष परराष्ट्रमन्त्री थापाले संयुक्त वक्तव्यमा उल्लेख भएको बुँदाप्रति आपत्ति जनाएका थिए।त्यस्तै काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा डाकेर उनले भारत र बेलायतबीचको संयुक्त वक्तव्यमा नेपालको संबिधानबारे उल्लेख गरिएकोमा ध्यानाकर्षणसहित आपत्ति प्रकट गरेका थिए।
जापानले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई उदार सहयोग गरेको छ। नेपालको संविधान जारी भएलगत्तै जापानी विदेशमन्त्री फुमियो किसिदाले नेपाललाई पूर्ण लोकतन्त्रतर्फ उन्मुख गराउन महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिँदै संविधानको स्वागत गरेका थिए। उनले संविधान जारी भएकोमा नेपाली जनतालाई बधाई दिएका थिए।www.annapurnapost

खानपान र स्मरणशक्तिको पुरानो सम्बन्ध छ । विभिन्न अध्ययन पश्चात यो प्रमाणित भइसकेको छ कि उपयुक्त आहाराले स्मरणशक्तिलाई सँधैका लागी फुर्तिलो बनाइ राख्छ । तपाईको दिमागलाई ताजा बनाइ राख्ने मध्येको एउटा तत्व हो मुसुराको दाल । यसमा पाइने जिंक, भिटामिन बी र थियामिन दिमाग को तेज, केन्द्रित र ताकत बढाउँछ ।
त्यस्तै स्मरणशक्तिलाई तेज बनाउन पतिनाको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने गर्दछ । एमएसएनका अनुसार पतिनामा भिटामिन ए र भिटामिन सी पाइन्छ जस्ले स्मरणशक्तिको मात्रामा वृद्धि गर्दछ ।
तरकारीको परिकार मध्ये पनि काउलीलाई उत्तम मानिँदै आएता पनि यसलाई दिमाग बढाउने तरकारीका रुपमा पनि हेरिन्छ । यसमा हुने भिटामिनले बढ्दै गरेको दिमागलाई थप तेज बनाउँन मद्धत गर्छ । त्यस्तै गाजर डल्ले मुला र दालचिनी पनि दिमाग बढाउने चिज अन्र्तगत नै पर्दछन् । एजेन्सीको सहयोगमा । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, मंसिर २९ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल देशको समस्या समाधान गर्ने चार बुँदे सूत्र अघि सारेका छन् ।
तराई–मधेसमा जारी आन्दोलन र सीमा नाकामा भारतले गरेको अघोषित नाकाबन्दी अन्त्यका लागि भन्दै भट्टराईले समाधानका सूत्र अघि सारेका हुन् ।
उनले फेसबुक पेजमार्फत ‘चार महिनादेखि तराई–मधेस आन्दोलन, तीन महिनादेखिको अघोषित भारतीय नाकाबन्दी, दुई महिनादेखिको नवगठित सरकारको चीरनिन्द्रा (भित्री सत्ता लुछाचुँडी)को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अब थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडी धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिसमेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितीमा तत्काल निकासका निम्ति’ भन्दै समाधानका उपाय सुझाएका हुन् ।
पहिलो नम्बरमा उनले सरकार र सरकार सम्बद्ध दलहरुले सीमांकन लगायतका सबै समस्या संविधान संशोधनमार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धतासहित स्वतन्त्र व्यक्तिहरुको मध्यस्थतामा आन्दोलनकारीहरुसँग गम्भीर र सार्थक वार्ता थालनी गर्नुपर्ने जनाएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा आन्दोलनकारी शक्तिहरुले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्नुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि आमहड्ताल/बन्द र सीमा अवरोधको सट्टा सरकार/प्रशासन केन्द्रीत वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्न सकिने उनको सुझाव छ । त्यस्तै आन्दोलनको केन्द्र राजधानी बनाउने र सम्झौता नभएसम्म संसद/सदन संघर्ष जारी राख्ने विकल्प उनले अघि सारेका छन् ।
तेस्रो नम्बरमा नागरिक अगुवालगायत सबै समुदाय (खस/आर्य, आदिवासी, जनजाति, मधेसी, थारु) र सरोकारवालाहरुको संयुक्त पहल/नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने विकल्प उनले सुझाएका छन् ।
चौथो नम्बरमा उनले भारत सरकारसँग उच्चस्तरीय कुटनीतिक संवाद गर्ने र भारतले अघोषित रुपमा गरेको नाकाबन्दी अघोषित रुपमै फिर्ता लिने उनको सुझाव छ ।
imagekhabar

हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।
धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो । धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।
बुधबार अर्थात पुस १ दिउसो करिव २ बजे देखि पञ्चक शुरु हुँदैछ । यो आगामी आइतबार साँझ करिव ७ बजे सम्म रहने छ । ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।
पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।
पञ्चकका प्रकार
१ रोग पञ्चक
आइतबार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ । यो समयमा शारीरिक तथा मानसिक तनाव हुन सक्छ ।
२ राज पञ्चक
सोमबार शुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो शुभ पञ्चक मानिन्छ । सरकारी काममा सफलता पाउन चाहनेले यो पञ्चकमा शुरु गर्नु पर्छ ।
३ मृत्यु पञ्चक
शनिबार शुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । यो पञ्चकमा कुनै काम शुरु गर्दा घातक अर्थात मृत्यु समान अशुभ हुन सक्छ ।
४ चोर पञ्चक
शुक्रबार शुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । यो पञ्चकमा यात्रा गर्नु सबैभन्दा खराव मानिन्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ ।
बुधबार र विहीबार शुरु हुने पञ्चकलाई माथिका नियम लाग्दैन ।
पञ्चकमा गर्न नहुने ५ काम
१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।
२. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।
३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।
४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ ।
५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।nepaliheadlines

काठमाडौं, २९ मंसिर । आजको संसद बैठक जबरजस्ती चलेको भन्दै मधेसकेन्द्रीत दलहरुले आपत्ति जनाएका छन् ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३४ जना सांसदले नाराबाजी र रोष्टम घेराउ गर्दा पनि आजको संसद पेलेरै अगाडि बढेको थियो ।
नाराबाजी र रोष्टम घेर्दा समेत संसदमा जबरजस्ती पूनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेस गरिएको भन्दै मोर्चाले आपत्ति जनाएको हो ।
विधेयक संसदमा दर्ता भएपछि सञ्चारकर्मीलाई सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो– ‘संसारको कुनै पनि संसदीय अभ्यासमा यस्तो बलजफ्ती चल्दैन, हाम्रो संसदमा मंगलबार भयो । सहमतिबाट संविधान संशोधन गर्नुपर्नेमा उहाँहरुले बहुमतको बलमा पेल्न खोज्नुभयो, सरकारसँग जारी वार्तामा अब हामी जाने कि नजाने प्रश्न खडा भएको छ ।’
मोर्चाका अर्का नेता फोरम उपाध्यक्ष लालबाबु राउतले पनि जबरजस्ती गर्दै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसद अवरुद्ध भएको बेला बलको प्रभाव देखाउन खोजियो, पेलेर निकास निस्कदैन भन्ने कुरा उहाँहरुलाई बुझाइदिने कसले ?’
नेताहरुले अब अन्तिम आन्दोलनको विकल्प समेत नरहेको बताएका छन् । मधेसवादी दलका सांसदहरुको नाराबाजीका बीच आजको संसदमा दुईवटा महत्वपूर्ण विधेयक पेस गरिएका छन् ।
ainiknepal

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री विष्णु पौडेलले भारतको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।
मंगलबार हामीसँग कुरा गर्दै मन्त्री पौडेलले नाकाबन्दी हटाउन सरकारले राजनीतिक एवं कूटनीतिक तवरबाट हल गर्न प्रयास गरिरहेको बताए ।
उनले मुलुकको समस्यालाई दृष्टिगत गर्दै सार्वजनिक गरेको श्वेतपत्र कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग कार्यप्रगति विवरण मागेको र कुनै समस्या भए तत्काल समाधान गरिने पनि बताए ।
मन्त्री पौडेलले छिट्टै उर्जा संकटकाल घोषणा गरी उर्जा क्षेत्रमा भएका अवरोध पन्छाउँदै उर्जा उत्पादन गर्ने वातावरण बनाइने दाबी पनि गरे ।
उनले बजेटको मध्यावधि समीक्षालगत्तै बजेटको पुनःप्राथमिकिकरण गर्ने बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँगको सम्बन्ध अगाडि बढ्ने उनको भनाइ थियो ।

मंगलबार, २९ मंसिर
मधेसमा अहिले भारतले गरेको चलखेल बुझ्न ०६४ सालको असोजमा भारतका तात्कालिन विदेश सचिव प्रितिशरण र ‘रअ’का प्रतिनिधिको उपस्थितिमा पटनाको ‘मधेसी’ बैठकमा भएका निर्णय थाहा पाउनु पर्दछ, जो ‘मधेसवादी’हरुले क्रमशः उठाउँदैछन् ।
पटना भेलाको पहिलो निष्कर्ष
तराइलाई भारतीय रणनीतिको केन्द्र बनाएर काम गर्न मधेसवादी गुटहरुलाई बलियो बनाउने थियो । तराइलाई एउटै ‘स्वायत्त मधेस प्रदेश’ बनाउने र नेपाली सेनामा समानुपातिक प्रतिनिधित्वको माग गरी १० हजारको अलग मधेसी सैन्य बटालियन स्थापना गर्ने निष्कर्ष पनि त्यसमा निकालिएका थिए । ०६४ जेठमै ज्वाला सिंह समेतको उपस्थितिमा पटनामैं भएको पहिलो भेला, जसले १० बर्षमा तराइ भारतमा गाभ्ने निर्णय गर्दै भदौदेखि पहाडी मूलका नेपालीहरुमाथि बर्बर हत्या, हिंसा, बलात्कार र आगजनी गरेको थियो, यसको दोश्रो संस्करण नै असोजको भेला थियो ।
आफ्ना षड्यन्त्रलाई लागू गर्न विचार अनुसारको नेतृत्व र दलको आवश्यकता भारतले महसुस गर्यो ।त्यसैले ०६४ सालको फागुनमा काठमाडौंस्थित भारतीय दूतावासभित्र राजदूतले कथित मधेसी मोर्चा र कांग्रेसलाई बोलाएर एक ‘स्वायत्त मधेस प्रदेश’, ‘नेपाली सेनामा १० हजारको अलग मधेसी बटालियनको स्थापना’, र समान ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण’ गर्ने सहमति गरायो ।
त्यहि भारतीय दूतावासको त्यही आदेशलाई लागू गराउन अहिले ‘पूर्व सहमतिहरुको कार्यान्वयन गनु पर्ने’ भन्ने नारा लगाईएको छ । मधेसवादका नाममा त्यसले जति पनि मुद्दाहरु उठाउन लगाएको त्यसका पछाडिको मूख्य आडभरोसा भनेको ०६३ को नागरिकता ऐनले नेपाली बनाएका भारतीयहरुको संख्या हो ।
नक्कली नागरिकतालाई निर्णायक मानेर सिंगो राज्यप्रणाली कब्जागर्ने उद्देश्यले समान जनसंख्याका आधारमा निर्वाचनक्षेत्र निर्धारण गर्न लगाउने, तराइ मिशनको प्रतिरक्षाका लागि मधेसी बुर्कामा नक्कली नागरिकताधारीहरुको सैन्य बटालियन बनाउर्ने र आत्मनिर्णय सहितको संघीयता स्थापित गरेर तराइ विभाजनको वैधानिक आधार तयार पार्ने दिल्लीका प्रमूख ‘मधेसवाद’ योजनाहरु हुन् ।
विहारिहरुलाई स्थापित गर्न समानुपातिक र समावेशिता
दिल्लीको नाकाबन्दीपछि राज्यका सबै निकाय नक्कली नागरिकताधारीहरुको हातमा पुर्याउने कुनियतले कथित समानुपातिक समावेशिताको प्रश्न आयो । दिल्लीले नांगो रुपमा माग राख्न थालेपछि ‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न बटम लाइन बनेको छ । ‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न नै दिल्लीको अभिष्टको सारतत्व हो । यी दुबै मागहरु तराइलाई विभाजन गर्ने षडयन्त्रका अभिन्न अङ्गहरु हुन् । ‘बहु–राष्ट्रिय–राज्य’को मागले तराइलाई अलग देशका रुपमा स्थापित गर्न खोजेको छ भने ‘समावेशी सेना’को प्रश्नले पृथकतावादको उठानपछि कथित मधेस देशलाई सुरक्षा गर्ने पंक्तिको निर्माणको योजनाको प्रतिनिधित्व गर्दछन् ।
त्यसैले कथित मधेस आन्दोलन दिल्लीको रणनीतिभन्दा बढी केही होइन भन्ने तथ्यलाई आत्मसात गर्न धेरै ठूलो चिन्तन मनन् गर्नुपर्ने आवश्यकता छैन ।
nepalsandesh