• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
जाडोमा ओठ फ्टनु वा सुख्खा हुनु सामान्य मानिन्छ । साधारणयता, यदी ओठ धेरै नै फुट्न थाल्यो भने यसले थप बिमारी बढाउन सक्ने संभावना पनि रहन्छ । तर प्राय घरेलु औषधीकै प्रयोगले ओठ फुट्ने र सुख्खा हुने समस्याबाट मुक्त पाइन्छ ।

१ झोल पर्याप्त पिउनुहोस् :

दैनिक आठदेखी १० ग्लास

पानी पिउनु निकै राम्रो हुन्छ । तपाईको शरिर सुख्खा भएपछि त्यसको पहिलो असर ओठमा देखिने हो ।


२ ओठ कहिल्यै नचाट्नुहोस् :

मानिसहरु ओठ सुख्खा भएपछि त्यसलाई जिब्रोले चाट्ने गर्छन् । तर त्यस्तो गर्दा ओठ अझै फुट्छ । तत्कालका लागि यसो गर्नाले केही सहज हुनसक्छ । तर बिस्तारै तपाईको ओठमा रहेको चिल्लोपना पनि यसरी जिब्रोले चाट्दा हराउन थाल्छ र तपाईको ओठ थप सुख्खा हुन्छ । तपाईको ओठलाई छालामा रगड्नु भयो भने त्यसले उल्टै इन्फेक्सन गर्छ । बरु त्यसको सट्टा तपाई ओठमा लगाउने विभिन्न क्रिमहरु प्रयोग गर्न सक्नुहुनेछ ।

३ ओठ सफा गर्नुहोस् :

कुनै पनि क्रिम प्रयोग गर्नुअघि ओठको फुटेको भागमा डेड अवस्थामा रहेको छाला हटाउनुहोस् । यसो गर्नाले ओठको घघाउ राम्ररी देखिन्छ । तर तपाईको ओठलाई रगड्ने काम भने नगर्नुहोस् । आफैँ जान लागेको छाला छ भने मात्रै हटाउनुहोस्, जर्बजस्ती गर्दा उल्टै इन्फेक्सन हुनसक्छ । त्यसपछि क्रिम लगाएर आफ्नो ओठमा त्यसलाई बिस्तारै दल्नुहोस् । त्यस्तै तपाईले चिननी वा नूनको रसलाई पनि ओठमा दल्न सक्नुहुन्छ । त्यसमा ओलिभको तेल मिसाएर दल्दा पनि राम्रो हुन्छ । त्यस्तै, तपाईले मन्जनको प्रयोग गरेर पनि ओठलाई सफा गर्न सक्नुहुन्छ । यसले पनि तपाईको ओठको बिग्रिएका छालाहरु हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर साबुनको प्रयोग नगर्नुहोला किनकी साबुन वा फेसवासले तपाईको ओठलाई थप सुख्खा पार्छन् ।

४ क्रिम प्रयोग गर्नुहोस :

तपाईले ओठलाई ठीक राख्नका लागि त्यसलाई सफा गरेपछि चिपस्टिक वा अन्य क्रिम प्रयोग गर्नुहुन्छ होला । तर याद गर्नुहोस्, त्यसमा राखिएको च्याम्फोर र पेटोलियम जेली जस्ता पदार्थहरुले तत्कालका लागि ओठलाई ठीक बनाएपनि पछि फेरि सुख्खा बनाउने र त्यसैका कारण तपाईले पटक पटक त्यसको प्रयोग गरिरहनुपर्ने अवस्था आउँछ । त्यसैले नरिवलको तेल, मह, बटर, आलमण्डको तेल र अन्य प्राकेृतिक चिल्लो पदार्थयुक्र क्रिम प्रयोग गर्नुहोस् । प्राकृतिक नौलीको प्रयोगले पनि तपाईको ओठ ठीक पार्नसक्छ ।


५ तेल मिसाउनुहोस :

तपाईको ओठको उपचारका लागि केही तेल तपाईको ओठमा लगाउदाँ हुन्छ । तर तपाईले तेल लगाउँदा त्यस्तो तेल स्वच्छ हुन भने जरुरी छ । जस्तै, नरिवलको तेल, आलमण्ड तेल, जोजोवा तेल, ओलिभ तेल, रोसिहिप तेल वा नौली लगाउँदा राम्रो हुन्छ ।

६ यदी चर्याउने छ भने त्यसलाई ठीक गर्न यसो होस् ;

यदी तपाईको ओठ चर्याएर तपाईलाई हाँस्न समेत समस्या भइरहेको छ भने त्यसका लागि तपाईले यि उपाय अपनाउनुस् ।

क) तपाईको ओठमा दैनिक रुपमा काँक्राको रस दलेर त्यस १० मिनेटसम्म राख्नुहोस् । यो निकै प्रभावकारी हुन्छ ।
ख) तपाईले थोरै मह लगाएर ओठलाई केही ठीक बनाउन सक्नुहुन्छ ।

७ केमिकल नभएको लिपिस्टीक र टुथपेस्ट प्रयोग गर्नुहोस् :

कस्मेटीक सामान जस्तै लिपिस्टिकको प्रयोगले पनि ओठ सुख्खा हुनसक्छ । त्यस्तै ओठमा लगाउने अन्य क्रिमहरुले पनि उल्टै अ‍ोठलाई सुख्खा बनाउँछन् । फ्लूराइडयुक्त मन्जनको प्रयोगले पनि ओठलाई सुख्खा बनाउँछ । त्यसैले मन्जन प्रयोग गर्दा फलूराईड फ्रि मन्जन मात्रै प्रयोग गर्नुहोस् । न्यानोमा बस्नुहोस् ।

बुधबार, १ पुष
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको सरकारी समझदारी अनुसारको चार बुँदे रोडम्याप स्विकार गर्न भारतले आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएको छ ।
भारतले चारबुँदे रोडम्यापकै आधारमा सहमति गर्न सरकार र मधेसी मोर्चालाई दवाव दिएको हो । यसकालागि भारतीय राजदुत रणजिवत रायको गौप्य दौडधुप सुरु भैसकेको छ ।
सरकार र मधेसी मोर्चाबीचको वार्ता असफल भैरहेका बेला भारतीय राजदुत चारबुँदे रोडम्याम हातमा लिएर दौडाहा सुरु गरेका हुन् । रोडम्याम परराष्ट्रमन्त्री कमल थापा भारत गएका बेला तयार भएको हो ।
दौडका क्रममा राजदुत रायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब पौने दुई घण्टा संवाद गरेका छन् । त्यस्तै मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरिरहेका छन् भने मधेसमा अर्कै गठबन्धन बनाएका जेपी गुप्ता समुहका नेताहरुसँग पनि राजदुतले छलफल गरेका छन् ।
बुधबार राजदुत व्यस्त भएसँगै सहमतिको सम्भावना बढेको एक नेताले बताए । राजदुत रायले भारत सरकारको चार बुँदे रोडम्यापमा सहमत भएको संकेत गर्दै सोहै अनुसार अघि बढ्न बताएका छन् ।
मोर्चाका नेताहरुलाई संविधान संशोधन विधेयक पनि पारित गर्न सहयोग गर्न आग्रह गरेका छन् । राजदुत रायण् दिल्लीकै आदेशमा गौप्य दौडाहामा लागेका हुन् ।
nepalsandesh
नेपालसँग सम्बन्ध बिग्रिएकोमा पछुतो लागेको छ ।
मंगलबार भारत ‘अप्ठ्यारो’ छिमेकमा रहेको भन्दै मोदीले छिमेकीसँग सम्बन्ध सुधारका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

दक्षिण भारतमा रहेको कोची शहर नजिकै एक जहाजमा सुरक्षा प्रमुखहरु उपस्थित कार्यक्रममा मोदीले भारतले आफ्नो छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न प्रयासरत रहेको बताए ।
उनले भने- ‘हाम्रो छिमेक हाम्रो भविष्य र संसारमा हाम्रो स्थानका लागि महत्वपूर्ण छ । तर हाम्रो छिमेक अप्ठ्यारो छ र यहाँ धेरै प्रकारका सुरक्षा चुनौतिहरु छन् ।’ मोदीको भनाईअनुसार सबैभन्दा नजिकको छिमेकी नेपालसँग सम्बन्ध विग्रिएपछि भारत अप्ठेरोमा परेको बुझिन्छ ।
अर्काे छिमेकी देश पाकिस्तानसँग धेरै पहिलेदेखि भारतको सम्बन्ध राम्रो छैन् । माल्दिभ्सदेखि श्रीलङ्कासम्म समुद्रमा र नेपालदेखि भुटानसम्म हिमालमा हामी आफ्नो राष्ट्रिय स्वार्थलाई र छिमेकीसँगको सम्बन्धलाई जगेर्ना गर्न लागिपरेको उनले बताए ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १ पुष
5काठमाडौं । महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ । के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ।
महिनावारीको अनियमितता हुनु , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन।
हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केहि हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ ।
१. प्रशोधन गरिएका खानेकुराहरु सजिलो र सुविधाजनक अनि स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनु ।सोडियमको मात्रा बढी भएको खाना महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।
२. बोसो युक्त मासु महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने बोसो युक्त मासु खाँदै न खानु राम्रो हुन्छ। मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उत्तम हुन्छ ।
३. बेकिंग गरिएका खानेकुरा बजारमा पाइने बेकिंग गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
४. चिनीजन्य खानेकुरा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ ।गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ ।चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ ।दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ।
५. आइसक्रिम, क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ ।मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र रु आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ ।अधिकमात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन ।
६. कफी महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ ।कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । कफी सट्टामा तपाई चिया पिउन सक्नुहुन्छ अथवा अरु कुनै इनर्जी ड्रिंक्स ।
७.अल्कोहल तपाइंको पिरियड जारी छ र अझ अनियमितता समेत छ भने अल्कोहल जन्य पेय पदार्थ बाट टाढा रहनुहोस । अल्कोहलले रगतलाइ पातलो बनाउने हुँदा महिनावारीको समयमा अधिक रगत बग्ने समस्या समेत देखिन सक्छ। स्वास्थ्यलाइ फाइदा पुग्ने अल्कोहल नामिसिएका पेय पदार्थ , फ्रेश जुस आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ।
nepalsandesh
बुधबार, १ पुष
काठमाडौं । तीन ठूला दलका नेताहरूले भारतप्रति नतमस्तक रहेर आत्मसमर्पण गर्ने गरेको भन्ने आरोप लगाएर नथाक्ने पात्र, उपप्रधानमन्त्री कमल थापाले दिल्लीमा गएर भारतीय शासकसँग गोप्य सम्झौता गरेको आशंका यसबेला ब्याप्त छ । त्यसैकारण पनि मधेशी मोर्चासँग वार्ता मिल्ने भने भन्दै बालुवाटारमा हर्ष छाएको थियो ।
अन्तराष्ट्रिय स्तरमा नै आफुहरुको बदनाम भएको भन्दै नेपालका लागि भारतीय राजदुत रन्जीत रेले मोर्चाका नेताहरुलाई सम्झौता गर्न दवाव दिएपछि सरकार पक्षमा खुशीयाली छाएको थियो । तर मोर्चाले रेको भनाई नमानेपछि मोर्चाका नेताहरुलाई दिल्ली बोलाएर सम्झाउने प्रयास गरिएको छ ।
मोर्चाका माग पुरा नभए पनि दिल्ली भ्रमणको बेला उपप्रधानमन्त्री थापाले केही गोप्य सम्झौता गरेको र यसले नेपाली स्वाधीनतामाथि आँच आएको भन्ने आशंका बढेको छ । भारतीय अधिकारीहरुले मधेस आन्दोलनसँग भारतलाई जोड्दै नेपाल सरकारले भारतबिरुद्ध गरेको प्रचारबाजीका बिषयमा थापासँग स्पष्टिकरण लिएको रहस्य खुलेको छ ।
संयुक्त मधेशी मोर्चाका नेताहरुसँग शुक्रबार साँंझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रंजीत रेले यसको खुलासा गरेका हुन् । राजदूत रेसँग शुक्रबार साँंझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले लामो परामर्श गरेका थिए । स्रोतका अनुसार राजदूत रेले उक्त भेटमा थापाको चार दिने यात्राका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सूरक्षा सल्लाहकार अजित डोभल लगायतका अधिकारीहरुसँग भेट गर्दै नेपालमा लागेको नाकाबन्दी फुकाउन आग्रह गरेको जानकारी दिएका थिए ।
थापाको आग्रहप्रति भारतीय अधिकारीहरुले नेपालको नाकाबन्दीमा आफ्नो देशको कुनै हात नरहेको र आफूले नाकाबन्दी नगरेको जानकारी दिदै यसको नाममा नेपाल सरकारले भारत बिरुद्ध गरेको प्रचारवाजीबारे स्पष्ट पार्न भनेका थिए । भारतीय अधिकारीहरुले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत जिम्मेवार नेताहरु मधेस आन्दोलनका कारण बन्द रहेका सीमा नाका भारतले बन्द गयो भन्ने आरोपको प्रमाण दिनसमेत उपप्रधान तथा परराष्ट्रमन्त्री थापासँग माग गरेको जानकारी मधेसी नेतालाई रेले दिएको स्रोतले बतायो ।
मधेसी नेताहरुले संविधान निर्माणमा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीले गरेको उपेक्षा, संविधानमाथि कांग्रेसको तत्कालिन सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनरत पक्षसँगको सहमति बिनानै भएको जानकारी रेलाई दिएका थिए । आफुहरुलाई नेपालको नागरिकसम्म स्वीकार्न नसक्ने मधेस बिरोधी चरित्र बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट अहिलेसम्म मधेस आन्दोलनका क्रममा ७० भन्दा बढी मधेसी शहीद हुन पुगेको, करिब एक हजार अंगभंग भएको जानकारी मोर्चाका नेताहरुले राजदूत रेलाई दिएका थिए ।
मधेस आन्दोलनको उपयुक्त विकल्पका रुपमा आफूहरुले राखेको ११ वुँंदे अवधारणा रहेको दाबी मधेसी नेताहरुले राजदूतसँग गरेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका राजदूत रेले थापाको चार दिने भारत भ्रमण समग्रमा सकारात्मक नभएको संकेत दिएको दावी स्रोतले ग¥यो । राजदूत रेले मधेसी नेताहरुले पनि भारत भ्रमण गर्नु पर्ने प्रस्ताव राखेका थिए । भारत सरकार मधेसी नेताहरुसँग मधेसमा जारी रहेको आन्दोलनका विविध पक्षमा वार्ता गर्न चाहेको जानकारी रेले दिएको स्रोतले बतायो । रुपरेखा साप्ताहीकबाट
nepalsandesh
काठमाडौं, १ पुस । भारतीय राजदूत रञ्जीत रेले नयाँ संविधान संशोधन गर्दा मधेस आन्दोलन के हुन्छ भनेर प्रश्न गरेका छन् ।
सरकारले मंगलबार संसदमा संविधान संशोधन विधेयक पेश गरेपछि बुधबार विहानै मधेसवादी दलका नेताहरुसँग छलफल गर्दै रेले मधेसको माग सम्बोधन हुन्छ कि हुँदैन् भनेर प्रश्न गरेका हुन् ।
राजदूत रे लाई भेट्न गएका संघीय समावेशी मधेसी गठबन्धनका नेताहरुले जवाफमा आफूहरुको नौ बुँदे मागका विषयमा राजदूतलाई जानकारी गराएका थिए । ९ बुँदे माग पुरा गर्न सरकार सकारात्मक देखिएको र संशोधन विधेयकबारे आफूहरुलाई जानकारी नभएको उनीहरुले बताए ।
साथै नेताहरुले मधेसको माग पुरा नभएसम्म आन्दोलन तुहाउने खेल हुन नदिन राजदूत रेलाई आग्रह गरेको भेटमा सहभागी नेता अनिल झाले जानकारी दिए ।
उनका अनुसार राजदूत रेले वार्ताको माध्यमबाटै सबै समस्याको निकास खोज्न सुझाव दिएका थिए । भेंटमा नेताहरू शरद सिंह भण्डारी, जेपी गुप्ता, अनिल झा र राजकिशोर यादव थिए ।
dainiknepal
बुधबार, १ पुष
भारतीय सेनालाई मोदीको प्रश्न, छिमेकी फेर्न मिल्छ की मिल्दैन ?
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुका कारण भारत समस्यामा परेको बताएका छन् । उनले भारत ‘अप्ठ्यारो’ र असहज छिमेकीहरुका बीचमा रहेकाले अति समस्या परेको बताएका छन् ।
भारतका जल, स्थल र वायु सेनाका प्रमुखहरुसमेतको उपस्थितिमा भएको एक कार्यक्रममा मोदीले छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न कोसिस गरिरहेको तर, बिभिन्न कारणले समस्या बढ्दै गएको बताएका छन् ।
कार्यक्रम मंगलबार साँझ भाररतको कोची नजिकै भए जहाजमा भएको थियो । कार्यक्रममा निकै भाबुक भएर प्रस्तुत भएका मोदीले हाम्रो छिमेक, हाम्रो भविश्य भए पनि पछमेकीहरुको बांगो व्यावहारका कारण समस्या भएका छन्, त्यसको न्युनिकरणकालागि छलफल पनि जारी रहेको छ भनेका छन् ।
उनले छिमेकी फेर्न नमिल्ने भएकाले जस्ता व्यावहार पनि सहनै पर्ने भन्दै नेपालमा भारत विरोधी गतिविधि बढेको प्रति सांकेतीक विरोध जनाएका थिए । छिमेकी फेर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका मोदीले यो सम्भव नभएकाले सम्बन्ध नै सुधार गर्नुपर्छ भन्दै आफैंले जवाफ दिएका थिए ।
मोदीले नेपाल र भुटानजस्ता छिमेकीहरु हिमालसम्म फैलनु, श्रीलंका र माल्दीभ्स समुद्रको बीचमा रहनु र पाकिस्तानसँगको सम्बन्धमा उतार चढाव आइरहनु समस्या भएको बताए ।
पाकिस्तानसँग भैरहेको वार्ता पनि प्रगतिउन्मुख भएकाले सम्झौता हुने तर, भारतको हति विपरित अघि नबढ्ने बताए ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home