पुस ४ |
काठमाडौं– सिरियामा आइएसको उपस्थिति बढ्दै गएको निहूँमा पछिल्लो समयमा सिरियाली आकाशबाट गर्ने गरिएको हवाई कारबाहीले सिरियामा मात्र सीमित नभएर अरु विदेशी मुलुकबीचको सम्बन्धमा समेत तिक्तता ल्याइदिएको छ ।
सिरियामा जारी युद्ध पाँचौ वर्षमा प्रवेश गरिरहँदा यसले विश्वकै टाउको दुखाइरहेको बेला यो अर्को विवाद विश्वसामु थपिएको छ । त्यो विवाद हो रसिया र टर्कीबीचको । टर्कीले रसियाली हवाई सेनाको सु–२४ नामक युद्धक विमानलाई गएको नोभेम्वरमा खसालिदिएपछि सिरियामा जारी हवाई आक्रमणको अवस्था विकराल बन्दै गएको मात्र नभई यी दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न गरिदिएको छ ।
यस विषयलाई लिएर विश्वको विभिन्न भूगोलका कतिपय कुनाका नागरिकमा तेस्रो विश्वयुद्धको त्रास पनि उब्जिएको देखिन्छ । तर त्यसको सम्भावनालाई अहिलेका विश्व राजनीतिका सरोकारवालाहरु भने सीधै नकार्छन् । हुन पनि यतिमात्र घटनाले विश्वयुद्ध निम्त्याउन त गाह्रैपर्छ तर पनि एक सार्वभौम राष्ट्रको विमानलाई अर्को कुनै देशले विना कुनै सूचना खसालिदिन्छ भने यसलाई सहज अन्तर्राष्ट्रिय राजनीतिको कोटिमा राख्न पनि सकिँदैन ।
टर्कीले रसियामाथि गरेको यो आक्रमण पछाडि ठूलो आश्चर्य नै मान्नुपर्ने अवस्था भने छैन । किनकी रसियाद्वारा युरोपका विभिन्न मुलुकमा सुरक्षा दिने नाममा गतिविधि संचालन गरिरहेको र यस्ता गतिविधि टर्की विरुद्ध पनि चलाइदै आएको वेलावेलामा अन्तरराष्ट्रिय संचारमाध्यममा सुनिदै आएका कुरा हुन् ।
टर्कीका अधिकारीहरूले रसियाली युद्धक विमान नोभेम्बर १३ मा पनि टर्कीका अधिकारीले अन्तरराष्ट्रिय सिमा कानुनको उल्लङ्घन गर्दै रसियाली विमान आफ्नो देशको हतेई वरपर आकाशमा उडेपछि लगातार पाँच मिनेटसम्म चेतावनी दिँदासमेत त्यहाँबाट अन्यत्र नगएपछि बाध्य भई गरेको र सो आक्रमणको विकल्प नभएको दावी गरे ।
यद्यपि यस घटना सम्वन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानल केही दिन पहिले फ्रान्सको एक टेलिभिलनलाई दिएको अन्तर्वार्तामा घटनालाई दुखद बताएका थिए । ‘घटना नहुनुपर्ने थियो तर घटनापछि पनि दुई छिमेकी राष्ट्रबीच आपसी समझदारीकासाथ अघि बढ्नुपर्ने’ राष्ट्रपति एर्डोगानको तर्क थियो ।
यसै सन्दर्भलाई लिएर आफू रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग पेरिसमा भइरहेको संयुक्त राष्ट्रसंघको पहलमा आयोजना गरिएको जलवायु सम्मेलनको समय भेट्ने इच्छासमेत व्यक्त गरेका थिए । तर यसमा रसियाले खासै चासो व्यक्त गरेन । तत्काल वार्ताको सम्भावना पनि ट¥यो । त्यसपछि उनीहरुबीच अर्को कुनै पनि प्रसँग वा निहूँमा भेट हुन पाएको छैन ।
रसियाली राष्ट्रपति पुटिनले टर्कीले आफ्नो विमानमा आक्रमण गर्नु गलत भएको भन्दै माफी माग्नुपर्ने अडान राखेपछि पुटिन र एर्डोगानबीच वार्ता हुन सकिरहेको छैन । रसियाले आफ्नो विमान टर्कीले बताएअनुसार उसको ईलाकामा प्रवेश नगरेको दावी गर्दै आएको छ । अंकराले रसियाली विमानमा गैरकानुनी रुपमा आक्रमण गरेको मस्कोको दावी छ ।
सिरियामा व्याप्त द्वन्द्व अन्त्यगर्ने प्रयासमा नै अमेरिकी विदेशमन्त्री जोन केरीले हालै रसियाको भ्रमण गरे । त्यहाँ विदेशमन्त्री स्तरको वार्ता भयो । अर्को वार्ता न्यूयोर्कमा बोलाई समग्र विश्वले चिन्ता व्यक्त गर्दै आएको सिरिया समस्याबारे थप वार्ता गर्न अमेरिकाद्वारा गरिएको प्रस्तावमा रसिया तत्कालै एर्डोगानलाई सत्ताच्यूत गरी नयाँ विकल्पमा जानु सही नहुने बताउदै अमेरिकी प्रस्तावमाथि मस्को सकारात्मक नहुँदा वार्ता तत्कालका लागि टरेको छ ।
घटना सम्वन्धमा टर्कीले आफ्नो सिमाक्षेत्रमा रसियाले विमान उडाउदै आएकोले विमानमाथि आक्रमण गरेको भन्दै माफी नमाग्ने जनाउँदै आएको छ । यसै बिषयलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले रसिया र टर्कीबीच देखिएको तनाव समाधान गर्न विश्व समुदायलाई अपिल गरिसकेका छन् । बानले सम्वद्ध सवैलाई रसियाली विमान दुर्घटना र यसबाट आउनसक्ने परिणामप्रति सम्वेदनशील बनी समस्यालाई यथासम्भव छिटै समाधान गर्न अनुरोध गरेका हुन् ।
टर्कीले सिरियामा आफ्ना सेनाले अमेरिकाद्वारा आपुर्ति गरिएका एफ्–१६ प्रयोग गर्दै सिरियाली राष्ट्रपति बसर अल असद विरुद्धको आक्रमणलाई तेज पारिरहेको अवस्थामा रसियाले भने सिरियाली राष्ट्रपति असदलाई सघाउदै आएको अवस्था छ । यस्तै आक्रमणमा टर्कीले सन् २०१३ मा सिरियाली हवाई सेनाको एम्आई–१७ र एम्आईजी–२३ लाई टर्कीको हवाई इलाकामा प्रवेश गरेको बताउदै टर्कीमा खसालेको थियो ।
टर्कीले सन् २०१४ मा पनि सिरियाली एम्आईजी–२३ लाई टर्कीमा खसालेको थियो । यस्तै गएको अक्टोबरमा पनि एक चालकबिहीन युद्धकविमानलाई आक्रमण गरेको थियो । पछि यसको बदलास्वरुप सिरियाले पनि टर्कीको युद्धक विमानलाई सिरियाली हवाई क्षेत्रमा प्रवेश गरेको अरोपमा खसालिएको थियो ।
यसरी हेर्दा सिरियाली तथा टर्कीको हवाइ ईलाका ठूलो तनावको विषय बन्दै आएको छ । अर्को शब्दमा सो क्षेत्रमा हवाई शक्तिलाई चेतावनीका बाबजुद दुवैले प्रयोग गर्दै आएको पाइन्छ । तर नेटो तथा टर्कीले यस्ता सिमा क्षेत्र उल्लङ्घनका घटनालाई कडाईकासाथ रोक्नुपर्ने जनाउदै आएका छन् । दोहो¥याएर भएका यस्ता घटनाले सिमालाई थप तनावग्रस्त वनाउने उनीहरूको बुभाई छ ।
यदि टर्कीले दावी गरेबमोजिम सु–२४ ले टर्कीको हवाई क्षेत्र उल्लङ्घन गरेको र चेतावनीलाई बेवास्ता गरेको भए आक्रमण हुनु कुनै नौलो कुरा भएन । यो टर्कीको अधिकार हो भनेर पनि भन्न सकिने भयो । तर यदि रसियाले टर्की सानो देश भएकै आधारमा दादागिरी देखाएको अवस्था हो भने यसमा रसिया पछि हट्नुपर्ने स्पस्ट छ । अन्य शक्ति राष्ट्र टर्कीको पछाडि रहनेछन् । अहिलेको अवस्था भनेको टर्की र नेटोले आफ्नो दावी प्रमाणित गर्ने वा पछि हट्ने भन्ने नै हुनेछ ।
त्यस्तै यस बिषयमा अडिग क्रेमलिनले पनि आफ्नो दावीलाई आफ्ना जनता तथा विश्व समुदायबीच सत्य सावित गर्नु आजको चुनौती हुनेछ । यदि रसियाली जहाजलाई अन्तरर्राष्ट्रिय कानुन विपरित टर्कीको हवाई इलाकामा प्रवेश भएको पाइएमा यसको जवाफ प्रभावित राष्ट्र लगायत विश्व समुदायलाई कुन उद्देश्यका साथ युद्धकविमानलाई त्यहाँ पठाइएको हो यसको जवाफ दिन त्यति सजिलो पक्कै हुने छैन ।
रसियाले विमान आफ्नो सिमा नजिक ९सिरिया र टर्कीको पनि सिमाक्षेत्र बीच० रहेर आतङ्कबादी संगठन इस्लामिक स्टेट समुह वा सिरियामा रहेको आईएसआईएलका गतिबिधि नियन्त्रण गर्नका लागि त्यहाँ पठाएको दावी गरेपनि विमान आक्रमण भएको इलाका आईएसआईएलको संगठन नभएको विभिन्न अन्तरर्राष्ट्रिय नियामक निकायले बताउदै आएका छन् ।
यतिखेर सिरियाको आकासमा यी दुई देश बाहेक अमेरिका, फ्रान्स लगायताका विभिन्न पश्चिमा देशहरुको पनि युद्धक विमानहरु कुदिरहेका छन् । उनीहरुले उनीहरुहै भाषामा सो विमानबाट आइएसका आतङ्ककारीहरु खोजिरहेका छन् । ती आतङ्ककारीहरु के कति भेटिए भन्ने त थाहा छैन तर पनि सिरियाली नागरिक भने दिनदिनै ठूलो सङ्ख्यामा मारिएकै छन् । उनीहरुको आकासमा यसरी विदेशी विमान उड्न कहिले रोकिने हो भन्ने अझै निश्चित छैन । साढे चार वर्ष भन्दा लामो समयको सिरियाली हिंसामा परी त्यहाँ करिब साढे दुई लाख नागरिकको ज्यान गइसकेको छ ।
सानो बिवादले बिस्तारै जटिल रुप लिनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छ ।
ratopati

४ पुस, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुन झकझकाएको बताएका छन् ।
कृषि अनुुसन्धान परिषद् नार्कद्वारा आयोजित कृषि अनुसन्धान परिषद्को वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रियामा अध्यक्ष दाहालले नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा
पनि अहिलेसम्म परनिर्भर भएकाले अब खाद्यान्न, जडिबुटिलगायत कृषिसँग सम्बन्धित बस्तुको अभाव हुन नदिन आत्मनिर्भर हुनुपर्ने वर्तमानको आवश्यकता रहेको बताएका हुन् ।
वर्तमान अवस्था राजनीतिक विकृतिका कारण भएको भन्दै अध्यक्ष दाहालले सम्पूर्ण क्षेत्र राजनीतिक परिस्थितिले विगारेको दाबी गरे । उनले अन्य क्षेत्रजस्तै कृषि क्षेत्र पनि राजनीतिबाट
प्रभावित भएकोले कृषि क्षेत्रले फड्को मार्न नसकेको बताए । उनले रुवान्डालगायत अन्य विकसित देशहरु कृषि क्षेत्रबाट नै विकसित भएकोले कृषिमा स्तरोन्नती नगर्दासम्म मुलुकले विकासको फड्को मार्न नसक्ने बताए ।
अध्यक्ष दाहालले नेपालको विश्व विद्यालयको शिक्षा र कृषि मन्त्रालयको काम कारवाही फितलो भएकाले नयाँ पीँढिका लागि कृषि सम्बन्धी कुनै किसिमको ज्ञान दिन नसकिएको भन्दै अबको लक्ष्य नै
आर्थिक सम्बृद्धि भएकाले कृषिको व्यवसायीकरणबिना औद्योगिकरण गर्न नसकिने र औद्योगिक क्षेत्रमा विकास नभई आर्थिक सम्बृद्धि सम्भव नहुने बताए ।
nepaliheadlines

ताजाखबर, ४ पुस- नेपाल आयल निगमले आइतबारदेखि सबै प्रकारका सवारीसाधनलाई इन्धन उपलब्ध गराउने भएको छ । यसअघि इन्धनको अभावमा कोटा प्रणाली अनुसार इन्धन दिँदै आएको निगमले
आइतबारदेखि भने सबै खालका सवारी साधनलाई बार मिलाएर इन्धन दिने भएको हो । निगमले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अत्यावश्यक सवारीसाधनले सबै बारमा इन्धन पाउनेछन् । अस्पताल, औषधि, दमकल, शववाहन, फोहर बोक्ने गाडीलाई १५ देखि ३० लिटर इन्धन जुनसुकै बारमा पुगेपनि उपलब्ध गराइनेछ । यस्तै, अत्यावश्यक खाद्य वस्तु, दुध, पानी, तरकारी ढुवानी गर्ने सवारीसाधनलाई आइतबार, मङ्गलबार र शुक्रबार इन्धन बाँडिनेछ । कुटनीतिक नियोग, राजदूतावास, विद्यालयका गाडीलाई भने आइतबार र शुक्रबार डिजेल उपलब्ध गराउने आयल निगमले जनाएको छ ।
etajakhabar

काठमाडौं, ४ पुस । राजधानीमा नेपाली सेनाको एक टोलीमाथि आक्रमण भएको छ ।
शनिबार विहान राजधानीको गोकर्ण वनमा खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको समुहले गस्तीमा खटिएको सेनाको टालीमाथि आक्रमण गरी एक सैनिक जवानको हात काटिदिएका छन् ।
घटनास्थल तस्वीर स्रोतः नागरिक न्यूजबाट
घटनास्थल/तस्वीर स्रोतः नागरिक न्यूजबाट
घाइते सैनिकको नाम खुल्न सकेको छैन् । दाउरा खोज्न वनमा पुगेका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण ‘घ’ गुल्मको सैनिक टोलीले रोक्न खोज्दा भएको झडपमा दाउरा खोज्न गएको समुहको प्रहारबाट एक सैनिकको हात काटिएको हो ।
वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १० जनालाई दाउरासहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
dainiknepal

शनिबार, ४ पुष
गुल्मी । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताएका छन।
एमाले प्रचार विभाग गुल्मीले आज तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने “वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको यो सर्त उनीहरुको भावुक कुरा मात्र हो, जुन स्वीकार्य छैन ।”
तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुने खालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
आफैँले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उनले समयमै यसको समाधानको बाटामा नगए आन्दोलन नियन्त्रण बाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको बताएका छन।
nepalsandesh

विरगंज । विरगंजको घण्टाघर नजिकै प्रदशनकारी र प्रहरी विच झडप भएको छ । सर्वसाधारण जनताको मोटरसाइकल जलाउन खोज्दा प्रहरीले प्रदशनकारीलाई रोकेको थियो ।
प्रहरीले जलाउन खोजिएको मोटरसाइकल जलाउन नदिएपछि प्रदशनकारी झडपमा उत्रिएका हुन् ।मध्यान्हमा बन्दकर्ताले सर्वसाधारणका पसलहर सवारी साधन तोडफोड गर्न खोज्दा झडप भएको हो ।
अराजक गतिविधी गरिरहेका प्रदशनकारिलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो झडपमा ५ प्रदशनकारी घाईते भएका छन् ।
प्रहरी संगको झडपमा केहि प्रदशनकारिहरुले प्रहरीको गोलि खोस्न खोजे पनि उनीहरु सफल हुन् सकेनन् । गोलि खोस्न आएका प्रदशनकारिलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो ।
मधेसी मोर्चाले वार्ता गर्न मधेसमा नै आउनुपर्ने र प्रधानमन्त्रीले बल प्रयोग गरेर अराजकताको अन्त्य गर्ने भनेको २४ घण्टा नवित्दै विरगंजमा झडप भएको हो ।
nepalsandesh
विरगंज । विरगंजको घण्टाघर नजिकै प्रदशनकारी र प्रहरी विच झडप भएको छ । सर्वसाधारण जनताको मोटरसाइकल जलाउन खोज्दा प्रहरीले प्रदशनकारीलाई रोकेको थियो ।
अराजक गतिविधी गरिरहेका प्रदशनकारिलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो झडपमा ५ प्रदशनकारी घाईते भएका छन् ।
प्रहरी संगको झडपमा केहि प्रदशनकारिहरुले प्रहरीको गोलि खोस्न खोजे पनि उनीहरु सफल हुन् सकेनन् । गोलि खोस्न आएका प्रदशनकारिलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो ।
मधेसी मोर्चाले वार्ता गर्न मधेसमा नै आउनुपर्ने र प्रधानमन्त्रीले बल प्रयोग गरेर अराजकताको अन्त्य गर्ने भनेको २४ घण्टा नवित्दै विरगंजमा झडप भएको हो ।
nepalsandesh
४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज बिहान उनीहरुबीच भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक सङ्कट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको थियो ।
सो अवसरमा नेपाली काँग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो ।
संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ ।
काँग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो ।nepaliheadlines