सोमबार, ६ पुष
काठमाडौँ । राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महिला भएकै कारण उहाँमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । आयोगले उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता उर्मिलादेवी विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्कका रुपमा चित्रित हुन पुगको उल्लेख गर्दै आगामी दिनमा यस प्रकारका घटना हुन नदिनेतर्फ विशेष सतर्कता अपनाउन सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेकी छिन् ।
nepalsandesh

प्याकेजमै सहमतिका लागि छलफल भैरहेको दाबी
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकी मन्दिरमा कुकुर प्रवेश गरेकाले गंगाजल पर्किएको दाबी गरेका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण यस्तो नगरिएको दाबी समेत गरे । यादवले आफ्नो दल निकट पत्रकारहरुसँग कुराकानी गर्दै जानकी मन्दिरमा राष्ट्रपति जाँदा कुकुरहरु समेत प्रवेश गरेकाले मात्र गंगाजल छर्किएको दाबी गरेका हुन् ।
विवाह पञ्चमीको अवसरकार राष्ट्रप्रमुख भण्डारी त्यहाँ पुगेकी थिइन् । यादवले विधवा प्रवेश गरेकाले गंगाजल छर्किएको भनेर वाइयात समाचार आएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।
उनले कुनै पनि विधवालाई कुनै पनि मन्दिरमा प्रवेश रोक नभएकाले यस्तो समाचार गलत ढंगले आएको बताए । उनले बुट सहितका सेनाले कुकुरलाई मन्दिर सँघाएर अपवित्र बनाइएकाले त्यसपछि सरसफाई गरिएको बताएका हुन् ।
यादवले जारी मधेस आन्दोलन प्याकेजमै समाधानकालागि सत्तारुढ र प्रमुख प्रतिपक्षीसँग छलफल भैरहेको बताए ।
उनले छलफल सकारात्मक भएको र सरकारले चाहने हो भने शुक्रबारसम्म सहमति बन्ने बताए । उनले सरकारले नचाहेसम्म सहमति नहुने पनि बताए ।

विराटनगर, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पार्नुभयो ।
उहाँले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– अहिले भइरहेको नाकाबन्दी, धर्ना र एम्बुलेन्स तोडफोड कार्य कायरताको पराकाष्ट हो ।
उहाँले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गर्नुभयो ।
उहाँ विराटनगर विमानस्थलबाट सुनसरी–इटहरीमा आज आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
dainiknepal

काठमाडौँ, ६ पुस । भारतीय ट्रकको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
चन्द्रागिरी नगरपालिका–८ बलम्बु स्थित दाउरा डिपो नजिक युपी २५ एपि १०१९ नम्वरको भारतीय ट्रकले बा.६३ प १४१७ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदाँ गम्भीर घाइते भएका चालक चन्द्रागिरी नगरपालिका–१७ बलम्बु बस्ने २० बर्षीय युगल श्रेष्ठको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई बा.६७ प ८८२९ नम्बरको अर्को मोटरसाइकललाई समेत ठक्कर दिंदा चालक बत्तिसपुतली बस्ने सप्तरी ईनरुवा फुलवरीया–३ घर भएका ३१ बर्षीय रोशन कुमार चौधरी घाइते भएकोले बागेश्वरी अस्पताल सतुंगलमा लगिएको छ । ३ वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्रक चालकको खोजतलास गरिरहेको छ ।

काठमाडौं–टेलियासोनेरा नेपाली मोवाईल सेवा प्रदायक कम्पनी एनसेलमा रहेको आफ्नो ६० दशमलब ४ प्रतिशत शेयर एसियाकै ठूलो दूरसंचार कम्पनी मध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ ।
उक्त कारोबार ऋण रहित तथा नगद आधारमा हुनेछ । साथै, टेलियासोनेराले एनसेलको २० प्रतिशत स्थानीय स्वामित्वमा रहेको आफ्नो वित्तीय स्वार्थ पनि चार करोड असी लाख अमेरिकी डलरमा निसर्ग गर्नेछ । यि दुई कारोबार एक अर्कासँग अन्तरनिर्भर हुनेछन् ।
“टेलियासोनेरालाई नयाँ ढंँगले अगाडि बढाउने रणनीति अनुसार हामीले युरेशिया क्षेत्रका सातवटा स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौं । टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई सारै खुशी लागेको छ । एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुरयाउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु”, टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भने ।
एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, ईन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसंचार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ । मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नितका लागि दिर्घकालीन लगानीकर्ताको रुपमा योगदान पुरयाई रहेको ख्यातीप्राप्त कम्पनी हो ।
सेयर बिक्रीका एकआर्कासँग अन्तरनिर्भर दुई कारोबारहरु रहेका छन् ।
टेलियासोनेराले आफ्नो ६० दशमलब ४ प्रतिशत स्वामित्व एक्सिएटालाई चालु बाह्र महीनाको अवधिमा भ्ख्रभ्द्यक्ष्त्म्ब् को ५ गुणाले निर्धारित मूल्य बमोजिम हुन आउने एक अर्ब तीन करोड अमेरिकी डलरमा ऋण रहित आधारमा नगदमा बिक्री गर्नेछ । सन् २०१५ सेप्टेम्बर ३० सम्म एनसेलको खुद नगद स्थिति खरिद मूल्य समायोजन पश्चात करिब अठ्ठाइस करोड चालीस लाख अमेरिकी डलर रहेको थियो र कारोबार समापन हुँदा टेलियासोनेरालाई नगद स्थितिको लागि यसको वित्तीय स्वार्थ ८० दशमलब ४ प्रतिशतको अनुपातमा भुक्तानी गरिने बताइएको छ ।
टेलियासोनेराको ६० दशमलब ४ प्रतिशत बाहेक हाल स्थानीय रुपमा निरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत शेयर पनि एकीकृत गर्नेछ । प्रचलित नेपाली कानून अनुसार २० प्रतिशत शेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र निरज श्रेष्ठ विच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुनेछ ।
एक्सिएटालाई आफ्नो शेयर विक्रि गर्ने सम्झौता अन्तर्गत टेलियासोनेराले स्थानिय स्वामित्वमा रहेको २० प्रतिशतमा निहित आफ्नो वित्तीय स्वार्थलाई पनि निसर्ग गर्नेछ र सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेन्चर्स प्रा. लि बाट करिव चार करोड असी लाख अमेरिकी डलर प्राप्त गर्नेछ । नीरज श्रेष्ठले आफ्नो नाममा रहेको स्थानिय स्वमित्वको शेयर एक्सिएटाले छानेको स्थानिय साझेदार श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गर्नेछन् ।
कारोबारको हिस्साको रुपमा, भाईजरले पनि उसको एनसेलमा रहेको १९ दशमलब ६ प्रतिशत शेयर एक्सिएटालाई विक्री गर्नेछ ।
टेलियासोनेराले यो सम्झौतामा संलग्न कम्पनीहरु, श्रीमती भावना सिंह श्रेष्ठ र सम्बन्धित पक्षहरुको आन्तरिक तथा बाहिरी परामर्शदाता मार्फत विस्तृत पहिचान तथा पृष्ठभुमि जाँच (एक्स्टेन्सिभ ड्यु डिलिजेन्स एण्ड व्याकग्राउण्ड चेक) गरिसेकेको छ । साथै टेलियासोनेराले एक्सियटासंग पनि उत्तरदायी व्यवसाय तथा संस्थागत सुशासन सम्बन्धी असल अभ्यासको बारेमा निजहरुको भावी नीति तथा कार्ययोजना, प्रतिबद्धताका बारेमा लागि छलफल गरिसकेको छ । वाक् स्वतन्त्रता तथा भ्रष्ट्राचार विरुद्ध दुरसंचार व्यवसायिक आचरण सम्बन्धि औद्योगिक संवादको अभियान मा खरिदकर्तालाई सहभागी गराउन टेलियासोनेरा सक्रियरुपमा लाग्नेछ ।
“जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागि अति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँग हाम्रो सहकार्य जारी राख्नेछौं,” योहान डेनेलिन्डले भने ।
सम्पूर्ण कारोवार समाविष्ट गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा खासगरी कर सम्बन्धि व्यवस्था पश्चात करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुनेछ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्नेछ र यो कुरा अझ समापन मितिसम्म हुने विदेशी मुद्राको विनिमय दरको उतर चढावमा पनि भर पर्नेछ ।
बिक्रीबाट प्राप्त अपेक्षित रकमलाई टेलियासोनेराको ऋण भुक्तान गर्ने काममा प्रयोग गरी ईन्भेष्टमेन्ट ग्रेड क्रेडिट रेटिंगलाई ए माइनसदेखि विविवि प्लससम्म कायम गर्ने अपेक्षा गरिएको छ । टेलियासोनेराले सन् २०१५ को आर्थिक वर्षमा प्रति सेयर स्वीडिस क्रोनर ३ को दरले लाभांस वितरण गर्ने अपेक्षा गरेको छ ।
यो कारोबारका लागि टेलियासोनेराका वित्तीय तथा कानूनी विषयका मुख्य परामर्शदाताहरु यू बी एस, डिलोयट, डेभिस पोल्क, म्यान्हिमर स्वार्टलिंग, कन्ट्रोल रिस्क र क्रोल रहेका छन् । साथै सम्झौता नेपालको उद्योग विभाग, नेपाल दूरसंचार प्राधिकरण, मलेसियन केन्द्रिय बैंक तथा एक्सिएटाका शेयरहोल्डरहरुको स्वीकृतिको अधीनमा रहने छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा समापन हुने अपेक्षा गरिएको छ ।
ratopati

काठमाडौं । यदि कुनै अदृश्य खेल भएन भने यसै साता भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै अन्त गर्नेछ । कूटनीतिक च्यानलहरुबाट प्राप्त विश्वस्त जानकारीका अनुसार, नाकाबन्दी खुलाउने रोडम्याप तय भइसकेको छ । मधेसी मोर्चाले अन्तिम धक्का भनेर घोषणा गरेको आन्दोलन पनि यही रोडम्याप कार्यान्वयवकै लागि हो । सीधै उधारो सम्झौता गरेर जाँदा मधेसमा आफूले उकासेको मान्छेहरुले आफैँलाई लखेट्ने डरले मोर्चाका नेताहरु फेस सेभिङ्को उपायमा लागेका हुन् ।
नाकाबन्दी खुलाउने पछिल्लो रोडम्याप अनुसार प्रदेशहरुको सीमाकंन टुंगो लगाउन एक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनेछ । सीमाकंन हेरफेरको सुनिश्चिततासहित मोर्चालाई मनाउन भारतले पञ्यास गरेकाले यो सम्भव भएको हो ।
नयाँदिल्ली स्रोत भन्छ, शुरुमा संसदीय समिति भनिएको थियो तर त्यसो गर्दा महन्थ टाकुर र राजेन्द्र महतो संयन्त्र बाहिर पर्ने भएकाले उच्चस्तरको राजनीतिक संयनत्र बनाउने सहमति भएको छ । यो संयन्त्रले तीन महिनाभित्र सीमाकंनको विवाद मिलाउनेछ ।
सीमाकंन विवाद मिलाउने क्रममा झापा, मोरंग र सुनसरीलाई भने टुक्र्याइएको छैन् । ती जिल्लालाई २ प्रदेशमा पनि राखिने छैन् । यदि तिनै जिल्लाको विवादका कारण कुरा नमिल्ने अवस्था आएमा कोशी पूर्व अलग्गै विशेष प्रदेश बन्नेछ । त्यसो भएमा सगरमाथाका जिल्लाहरु २ नम्बर प्रदेशमा थपिनेछ । पश्चिम तराईमा थारुको माग पूरा गर्न कैलाली जिल्ला फुटाइनेछ ।
कैलालीको थारु बाहुल्य खुटियाखोला पूर्वको भागलाई बाँके बर्दियासहितको प्रदेशमा मिलाउने गरी सीमाकंनको टुंगो लगाउन लागिएको उच्च स्रोतले जनाएको छ । यही रोडम्याप अनुसारको सहमति गरेर नाकाबन्दी यसै साता २०७१ माघ १०/११ गतेसम्म खुलाउने प्रयास भइरहेको छ । साँघु साप्ताहिकमा खबर छापिएको छ ।

इटहरी, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको इटहरी आउने समाचार पाएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले दुहवी बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओली एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् बैठकमा सहभागी हुन विराटनगर हुँदै इटहरी आउने भएपछि मोर्चाका नेता तथा कार्यकर्ताले दुहवी सडकखण्डमा अवरोध सिर्जना गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन् ।
कालोझण्डा प्रदर्शन गरिरहेका मोर्चाका नेता तथा कार्यकर्तालाई तितरवितर पार्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा मुन्ना साह, रामेश्वर मण्डल, एसएन मेहता र रन्जित गोश्वामीलगायत घाइते भएका छन् ।
प्रहरीले सडकमा अवरोध सिर्जना गरिरहेको अवस्थामा सुनसरी औरावनीका महेश यादव, भुपेन यादव, खेलन यादव, पप्पु गोश्वामीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ ।
यता कार्यक्रम स्थल इटहरी उपमहानगरपालिका–८ स्थित जनता प्राथमिक विद्यालयका खेल मैदान तथा आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ गरिएको छ । सहरको विभिन्न सडक तथा गल्लीमा सुरक्षा जाँचलाई कडा बनाइएको छ ।
जिल्ला सुरक्षा समितिले पनि प्रधानमन्त्रीको कार्यक्रममा कुनै पनि व्यवधान उत्पन्न नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । अर्कातर्फ एमालेको भातृ सङ्गठन युवा सङ्घ र अनेरास्ववियुका स्वयम्सेवक दस्ता पनि ठूलो सङ्ख्यामा परिचालित भएका छन् ।
imagekhabar