इटहरी, पुस ७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल–भारत बीचका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा गरिएका असमान सन्धी सम्झौताले देशको हित नगर्ने भन्दै ती सन्धी सम्झौताहरुको समयानुकुल परिवर्तन गर्नुपर्ने खाँचो औंल्याए ।
नेपालको संविधानका बारेमा विदेशीहरुले टाउको दुखाइरहन जरुरी नरहेको उनले बताए । ‘हामीले संविधान चीनका लागि जारी गरेको होइन, भारतको लागि जारी गरेको होइन, अमेरिकाका लागि जारी गरेको होइन,’ उनले भने, ‘हामीले त हाम्रोलागि जारी गरेको हो ।’
संविधान जारी गर्दा कुनै मित्रदेशप्रति कहीँ–कतै एक शब्द बैरभाव नराखेको उल्लेख गर्दै उनले नेपाल र नेपालीका लागि जारी गरेको संविधानमा अन्य मुलुकले टाउको दुखाइरहन जरुरी नरहेको प्रष्ट पारे ।
imagekhabar

धादिङ, पुस ७ । धादिङको धार्केमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख ३८७ नम्बरको माईक्रोबस रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
">घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका घाइतेहरुलाई काठमाडौं पठाइएको छ ।

पुस ७, २०७२- आन्दोलन सम्बोधन गर्न सरकारले ल्याएको तीनबुँदे प्रस्तावबारे धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।
संघीय समाजवादी फोरम, नेपालको कार्यालयमा साँझ बस्ने बैठकले मोर्चाको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । बैठकमा मोर्चाका चारमध्ये तीन घटकका अध्यक्ष सहभागी हुनेछन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं बाहिर रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् । बैठकमा कांग्रेससँग लगातार भएका वार्ता प्रगतिबारे पनि छलफल हुने बताइएको छ ।
मधेसी मोर्चाका ११ बुँदे मागलाई सरकारले पहिलोपटक सम्बोधन गरेको भन्दै मोर्चाले सकारात्मक धारणा बनाउँदै आएको छ ।
दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले मोर्चाका मागबारे तीनबुँदे विशेष प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावलाई सरकारी वार्ता टोलीका संयोजक उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले मोर्चाका शीर्ष नेतालाई हस्तान्तरण गरिसकेका छन् ।
सरकारी प्रस्तावप्रति छिमेकी भारतलेसमेत स्वागत गरिसकेकाले वार्ता प्रगतितर्फ उन्मुख भएको सहभागी नेताहरुको विश्लेषण छ ।
kantipur.ekantipur

काठमाडौं । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।
मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा व्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए ।
बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।
लैनचौरस्थित दुतावासमा भएको ब्रेकफास्ट बैठकमा मोर्चाको जारी आन्दोलन, सरकार र मोर्चाबीचको वार्ता र उनीहरुको प्रतिक्रियाबारे परामर्श गदै चाँडोभन्दा चाँडो आन्दोलनलाई निकास दिन रेले जोड दिएका थिए । स्रोतका अनुसार उनले नेपाल सरकारको निर्णय मानेर आन्दोलन फिर्ता लिन भन्दा नमानेपछि हप्काएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
dainiknepal

काठमाडौं । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद पञ्चमीमा जानकी मन्दिर जाने ठूलो धूलो थियो । बाल्यकालदेखि नै आफ्नी आमा र ठूलीआमा विवाहपंचमीमा जानकी मन्दिर जाने गरेको घटनाले पनि राष्ट्रपति भण्डारीको मनमा त्यो विवाह पंचमी कस्तो होला भन्ने जिज्ञासा थियो ।
हरेक वर्ष धुमधामसँग मनाइने विवाह पंचमीमा जाने धोको राष्ट्रपति भइसकेपछि मात्रै पूरा भयो । सायद राष्ट्रपति बन्नुभन्दा अगाडि त्यहाँ पुगेको भए यत्ति ठूलो इस्यु बन्ने थिएन । मधेसमा आन्दोलनमा चर्किएका बेला राष्ट्रपति त्यहाँ पुगेको घटना र त्यसपछि उत्पन्न प्रतिक्रियाले राष्ट्रपति भावुक बनिन् ।
गत शनिबार शितलनिवासमा बरिष्ठ पत्रकारहरुसँग कुराकानी गर्दै राष्ट्रपतिले भनिन् ‘मेरी आमाको नाम मिथिलादेवी पाण्डे र ठूलीआमाको नाम जानकीदेवी पाण्डे भएकोले पनि जनकपुरसँग मेरो आत्मीय सम्बन्ध थियो । त्यसैले विवाह पंचमीमा जाने अवसर मिल्यो । म त्यहाँ जाँदासम्म त खासै ठूलो विरोध भएको जस्तो लागेको थिएन । पछि फर्किएपछि जे जस्ता समाचार सुर्नें त्यसले मलाई दुःखी बनायो ।
राष्ट्रपतिको कुरा सुनेपछि नारायण वाग्लेले प्रश्न गरे- त्यस घटनालाई कसरी लिनुभएको छ ? राष्ट्रपति फेरि भावुक बनिन् र भनिन् हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेर पनि समाजको मानसिकता परिवर्तन गर्न सकेका रहेनछौं । राजनीतिले जनताको चेतानास्तर उडाउन सकेको रहेनछ । त्यही कुराको महसुस भयो । दृष्टि साप्ताहिकमा खबर छ ।

काठमाडौं, ७ पुस । बेपत्ता परिवार छानबिन आयोगका अध्यक्षसहित आयोगका सदस्यहरुले आज प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्नुभई आयोगका गतिविधिबारे जानकारी गराउनुभएको छ ।
त्यस अवसरमा प्रधानमन्त्रीले आयोगका कामलाई तिब्रताका साथ अघि बढाउन सुझाव दिनुभयो ।
प्रधानमन्त्रीले शान्तिप्रक्रियाका अन्तिम कडीका रुपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्रद्धन्दका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्न आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्रीले आयोगको काम पीडितले न्याय पाउन सक्ने गरी हुनुपर्नेमा जोड दिनुभयो ।

मंगलबार, ७ पुष
काठमाडौं । मधेस आन्दोलनलाई मध्यनजर गर्दै सरकारले तीन बुंदे निर्णय गरिसक्दा पनि मधेस मोर्चाका नेताहरुले माग पूरा नभईन्जेल आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन् ।
तर भारतले नेपाल सरकारले मन्त्रिपरिषद्बाट गरेको तीन बुँदे निर्णयबारे औचारिक रुपमै स्वागत गरिसकेको अवस्थामा भारतकै अघोषित समर्थनमा आन्दोलन चर्काइरहेका मधेसी नेताहरु भने अबको आन्दोलनको भविष्य बारे अन्योलमा परेका छन् ।
मधेसी मोर्चाले भारतको त्यस वक्तव्य बारे औपचारिक धारणा बाहिर नल्याएको अवस्थामा सहमति गर्न चौतर्फी दवाव परेको विश्लेषकहरु बताउँछन् ।
नेपाल सरकारको तीन बुँदे निर्णयमा दिल्लीले स्वागत गरेपछि मधेसमा पनि त्यसको प्रभाव पर्न थालेको छ । जसका कारण वीरगञ्ज बाहेकका सीमानाकाहरु धेरै मात्रामा सहज हुन थालेका छन् ।
भारतको विज्ञप्ति संगै रुपन्देही, नेपालगञ्ज, विराटनगर, झापालगायतका सीमानाकाहरु सहज भएको जानकारी प्राप्त भएको छ ।
सामान्यतया चार सय देखि पाँच सय सवारी नेपाल भित्रनेमा सोमबार अबेरसम्म मात्रै ५ सय सवारी साधन भित्रिएका थिए ।
जसमध्य २५ बुलेट ग्यास, ११ ट्यांकर डिजेल र एक ट्यांकर मट्टितेल समेत रहेको भैहरवा भन्सार कार्यालय ले जानकारी दिएको छ । जस अनुसार मंगलबार मात्रै ८० भन्दाबढी सवारीसाधन नेपाल भित्रिसकेका छन् ।
नेपाल सरकारको निर्णयलाई भारतले स्वागत गरे संगै मधेसका जनतामा अब आन्दोलन रोकिनेछ भन्ने आशा पैदा भएको समाचार स्रोतले जनाएको छ ।
nepalsandesh