• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पुस । नेपाली सेनाले सरकारले तोकेको कुनै पनि जिम्मेवारी वहन गर्न तयार रहेको जनाएको छ । सेनाले देशको विद्यमान परिस्थितिप्रति आफू पूर्ण रूपमा सचेत रहेको र उत्पन्न परिस्थितिको नजिकबाट अध्ययन गरिरहेकोसमेत प्रस्ट पारेको छ ।

जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरूको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले तोकेको जिम्मेवारी वहन गर्न आफू तयार रहेको जनाएको हो । बैठकमा पृतनापतिहरूले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के हो भन्दै प्रश्न गरेका छन् ।
६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरूले तराईको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए । उच्च सैनिक स्रोतका अनुसार पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम पृतनापतिले मुलुकको राष्ट्रिय सुरक्षाका लागि खडा भएको सेनाले कुन अवस्थासम्म चुप लागेर बस्ने र कुन अवस्थामा सक्रिय हुने भन्ने स्पष्ट अवधारणा बनाउनुपर्ने माग गरेका थिए । उनीहरूले राष्ट्रिय सुरक्षाको ‘रेडलाइन’ स्पष्ट पार्नसमेत सरकारसँग माग गरेका छन् ।
तराईमा राष्ट्रिय पार्टीका गतिविधि शून्य रहेको, सरकारी कार्यालय असुरक्षित रहेको र भारततिरबाट आन्दोलनमा सहयोग रहेको उनीहरूको ‘ब्रिफिङ’ थियो । ‘तराईको आन्दोलनमा जनताको उपस्थिति छ, तर त्यो सम्पूर्ण रूपमा स्वत:स्फूर्त होइन, आन्तरिक र बाह्य रूपमा त्यसमा लगानी भएको छ,’ स्रोतका अनुसार पूर्वी र मध्य पृतनापतिको भनाइ थियो, ‘सरकारले यी समस्याको हल कसरी खोज्ने भन्ने अवधारणा बनाउनुपर्छ र हाम्रो भूमिका पनि स्पष्ट हुनुपर्छ । राष्ट्रिय सुरक्षा कमजोर भएको छ, यसकै रक्षाका लागि खटिएको हाम्रो भूमिका केही पनि छैन भन्ने टिप्पणी सुनिरहनुपरेको छ । हाम्रो भूमिका सरकारले स्पष्ट पार्नुपर्छ ।’
स्रोतका अनुसार जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, सशस्त्र, प्रहरी प्रमुख, सेनाका गणपति रहेको, तर सरकारको स्पष्ट दृष्टिकोण नहुँदा काम गर्न समस्या रहेको उनीहरूको ‘ब्रिफिङ’ थियो । ‘आ–आफ्नो भूमिका निर्वाह गर्न सबै निकाय तयार हुनुपर्छ, सेना तयार छ । तर, भूमिका के हो भन्ने कुरा सरकारले स्पष्ट गरिदिनुपर्‍यो भन्ने अधिकांश पृतनापतिको ब्रिफिङ थियो,’ बैठकमा सहभागी एक पृतनापतिले भने ।
तराई आन्दोलन सम्मानजनक अवतरण नभए विखण्डनवादीले स्थान पाउन सक्ने पनि केहीले व्याख्या गरेका थिए । ‘विखण्डनको अवस्था तत्काललाई निरुत्साहित गर्न सकिन्छ, तर दुई–तीन पुस्तापछि फेरि त्यो मानसिकताले स्पेस लिन्छ । यसमा अहिले नै विचार गर्नुपर्छ,’ अर्का पृतनापतिले भने, ‘तराईको भविष्य सोचेर अहिले नै सरकारले तय गर्नुपर्छ– अमृत रोप्ने कि विष ? किनभने परिस्थिति भड्किँदै छ ।’
सैनिक जनसम्पर्क निर्देशनालयले ‘सबै पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझाबको सम्बन्धमा प्रस्तुतीकरण’ गरेको उल्लेख गरेको छ । निर्देशनालयले ‘वर्तमान वस्तुस्थितिबाट उत्पन्न असहज परिस्थिति एवं सुरक्षा चुनौतीका सम्बन्धमा गम्भीर छलफल भएको’ पनि उल्लेख गरेको छ ।
सेनाका अनुसार बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि अति प्रभावित जिल्लामा नेपाल सरकारले पुनर्निर्माणका लागि जिम्मेवारी दिएमा यथाशीघ्र कार्य गर्न तयार रहने पनि निष्कर्ष निकालेको छ ।
बैठकको सुरुवातमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र रक्षासचिव जयमुकुन्द खनाललाई पनि बोलाइएको थियो । बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री रावलले देश संवेदनशील अवस्थामा रहेको वेला समन्वयात्मक बैठक आयोजना भएकोमा सराहना गरे । ‘राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोतसम्पन्न बनाई तयारी हालतमा राख्नुपर्छ,’ मन्त्री रावलले भने ।
विखण्डनकारी हावी हुने चेतावनी
नेपाली सेनाले तराई–मधेस आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गरी सम्मानजनक अवतरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मानजनक अवतरण नभए विखण्डनकारी शक्ति हावी हुने र त्यो झन् खतरनाक हुने सेनाको ठहर छ ।

राष्ट्रिय पार्टीको गतिविधि शूून्य
तराई–मधेसमा आन्दोलन सुरु भएयता त्यहाँ कांग्रेस, एमाले, एमाओवादीलगायत ठूला दलको प्रभाव र गतिविधि शून्य देखिएको सेनाको निष्कर्ष छ । राष्ट्रिय पार्टीको गतिविधि नभएकै कारण सरकारी कार्यालय पनि असुरक्षित भएको सेनाको निष्कर्ष छ ।
मधेस आन्दोलनमा भारतीयको सहयोग
मधेस आन्दोलनमा भारतीय नागरिकको पनि सहयोग रहेको पृतनापतिहरूले रिपोर्टिङ गरेका छन् । उनीहरूले भनेका छन्, ‘तराईको आन्दोलनमा जनताको उपस्थिति छ, तर त्यो सम्पूर्ण रूपमा स्वत:स्फूर्त होइन, आन्तरिक र बाह्य रूपमा त्यसमा लगानी भएको छ ।’
सेनाको भूमिका खोजी
तराई–मधेसमा सुरक्षा अवस्था निकै कमजोर रहेकाले आफ्नो भूमिका प्रस्ट हुनुपर्ने पृतनापतिहरूको भनाइ छ । सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, सेनाका गणपति, सशस्त्र, नेपाल प्रहरी प्रमुख रहे पनि सरकारको स्पष्ट दृष्टिकोण नहुँदा काम गर्न समस्या रहेको उनीहरूको ‘ब्रिफिङ’ छ । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले खबर लेखेका छन् ।
news24nepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ ।
फे्रडरिक इबर्ट स्टिफ्टुङले आज यहाँ आयोजना गरेको नेपालका पार्टीहरुको लोकतान्त्रीकरणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि विगतमा पनि धावा बोल्न खोजिएको तर दलहरूले आपसी एकता र सहकार्य गरेर यसका उपलब्धिलाई बचाएको बताउनुभयो ।
“लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई सिध्याउने खेलका बीच हामी नयाँ संविधान ल्याउन सफल भएका छौँ, यसलाई कार्यान्वयन र पालनामा लाग्नु आजको आवश्यकता हो ।” उहाँले भन्नुभयो – ‘‘तर संविधान जादुको छडी होइन, यसले जे माग्यो त्यही दिँदैन, मुलुकको आर्थिक समृद्धिको यात्रा प्रारम्भ भएपछि जनताका चाहना सम्बोधन हुन्छ ।”
लोकतन्त्र सचेत, आत्मनियन्त्रित, सबोधका साथै उन्नत प्रणाली भएकाले यसको संरक्षणमा सरकार र दलहरू सजग भएको पनि उहाँले बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमले कतिपय विषयमा अनावश्यक विवाद सिर्जना गरेको गुनासो पनि गर्नुभयो । भूकम्प प्रभावितलाई राहत र पुनःस्थापनाका लागि सरकारले तीव्र मार्गबाट काम गर्ने जनाउँदै उहाँले यसका लागि आइपर्ने कानुनी अड्चनलाई पनि हटाएर काम गरिने बताउनुभयो ।
dainiknepal
मृत्यु दण्ड पाउनै लाग्दा आमालाई यस्तो चिठी, जसले संसार रुवायो
एजेन्सी । मृत्यु दण्ड पाएका एक युवकले आफनो अन्तिम इच्छाको रुपमा आफनो जन्म दिने आमालाई सम्बोधन गरेर चिठी लेखेका छन् । मुत्युदण्ड पाउनै लाग्दा त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाइ

दिनु भनेर दिए । जुन चिठी संसार मन दुखाउन बाध्य बनाएको छ । यस्तो चिठी थियो आदरणिय आमा ! यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ्र मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु । आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । साभार नेपाल संदेश बाट
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : संसद्को मंगलबारको बैठकमा पनि मधेसी मोर्चाको घेराउ तथा नाराबाजीबीच नै  संविधान संशोधन विधेयकमाथि छलफल अघि बढाइएको छ।

अपरान्ह बैठक सुरु हुनसाथ मोर्चाका सांसदहरुले अवरोधको प्रयास गरे पनि छलफल रोकिएको छैन। नाराबाजीसँगै सांसदहरुले बोल्ने क्रम पनि चलिरहेको छ।

छलफलमा सहभागी सा‌सदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याइसकेको अवस्थामा अवरोध तथा आन्दोलन गर्नुको अर्थ नहुने बताएका थिए।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको विधेयकलाई वर्तमान सरकारले मधेसी मोर्चाको घेराउ तथा विरोधबीच नै संसद्मा दर्ता र पेस गरेको थियो। संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले तीन बुँदे निर्णय पनि गरिसकेको छ।

विधेयकमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था उल्लेख छ।
annapurnapost
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

२. झाडापखाला लागेको व्यक्ति


झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ (Intestinal Mucosal Hyperemia) भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।
ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।

यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ ।

कुन कुन् दिन स्त्री-पुरुष मिलन अशुभ?

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ ।

औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ ।


३. सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो ।


५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ ।

६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।


७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।
काठमाडौँ, १४ पुस । सर्लाहीमा मंगलबार बिहानै एमाले नेता रामनरेश राय यादवको हत्या भएपछि नेकपा एमाले शोकमा डुबेको छ । लामो समयदेखि मानसिक त्रासमा रहेका एमाले र काँग्रेसका तराईका नेताहरुलाई मंगलबारको यो घटनाले झनै त्रास थपिदिएको छ ।
बिहान ६ बजे हेमपुरस्थित घरबाटा साथीसँगै मर्निङ वाकमा निस्केका उनको निमर्मतापूर्वक हत्या भएको हो । घरबाट निस्केको १५ मिनेटमै घर नजिकैको नहरमा आक्रमणकारीले उनको अनुहारमा खुर्सानीको धुलो हानेका थिए ।
त्यसलगत्तै धारिलो हतियार हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । उनको घाँटी र चोटमा गहिरो चोट भेटिएको छ । घटनास्थलमा हत्याराहरुको टोपी, घाँटीमा झुण्ड्याउने लकेट र सलाइको डब्बा प्रमाणका रुपमा भेटिएको छ ।

६५ बर्षका यादव एमालेका जिल्ला कमिटी सदस्य हुन् । उनी दुईपटकसम्म हेमपुर गाविसको अध्यक्ष भएकाथिए । यो भन्दा पहिले सर्लाही नम्बर दुईका क्षेत्रीय अध्यक्ष बनेका यादव एमालेले संविधानसभा निर्वाचनमा टिकट नदिएपछि संघीय समाजवादीमा प्रवेश गरेका थिए । चुनाव लगत्तै एमालेमा फर्किएर उनी फेरि सक्रिय राजनीति थालेका थिए । सात महिना अघि मात्रै एमालेले उनलाई जिल्ला कमिटी सदस्य मनोनित गरेको थियो ।

किन भयो हत्या ?
घटनाको गाम्भीर्यतालाई बुझ्दै प्रहरीले उच्चस्तरीय छानबिन थालेको छ । सर्लाहीका एसपी केदार ढकालले घटनामा आपराधिक, राजनीतिक र रिसइबी साँध्ने हिसाबले भएको हुनसक्ने आशंका गरेका छन् ।
तर, सप्तरीका एमालेका नेताहरुले भने राजनीतिक पूर्वाग्रहका कारण तराईमा सक्रिय आपराधिक समूहलाई प्रयोग गरी यादवको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। सर्लाहीका अधिकांश नेताहरु मधेशी मोर्चाको आन्दोलनपछि मनोबैज्ञानिक त्रासमा थिए । उनीहरुमाथि मधेशी मोर्चाको आन्दोलनलाई साथ नदिएको आरोपमा पटकपटक धम्कीहरु आउने गरेका थियो । घटनाको पछाडि राजनीतिक कारा नै मुख्य भएको हुनसक्ने एमाले नेताहरुको दाबी छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले घटनाको कडा निन्दा गर्दै सम्पूर्ण तागत लगाएर भएपनि हत्याराहरुलाई गिरफ्तार गरी कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘कमरेड रामनरेश राय तराई÷मधेस क्षेत्रमा नेकपा (एमाले)को बलियो खम्बा हुनुहुन्थ्यो । पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रमहरु चिर्न र आम जनतालाई वास्तविक कुरा बुझाउन सक्रियतापूर्वक लाग्नुभएको थियो । गत मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलामा समेत सहभागी भई तराई–मधेसको वास्तविकताका बारेमा स्पष्ट कुरा राख्नुभएको थियो ।,’ महासचिव पोखरेलबाट जारी विज्ञिप्तिमा भनिएको छ– ‘पछिल्ला दिनमा तराई–मधेसमा बिग्रदो शान्ति सुरक्षाको अवस्था तथा जनताले भोग्नु परिरहेको असुरक्षाको बारेमा ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दछ ।’

यादव पार्टीको जिल्ला कमिटी सदस्य साथै जिल्ला विकास समितिको पूर्व सदस्यका रुपमा नेकपा (एमाले)को विचार र संगठन विस्तारमा सक्रिय थिए । उनी हेमपुर क्षेत्रमा लोकप्रिय समाजसेवीका रुपमा समेत परिचित थिए । – सर्लाहीबाट चुडामणि वाग्लेको सहयोगमा
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home