विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौं : भारतबाट रक्सौल नाकाबाहेक सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले बजारमा आपूर्ति बढाउने भएको छ।
भारतको अघोषित नाकाबन्दीपछि पछिल्लो दुई दिनदेखि रक्सौल बाहेकका नाकाबाट सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि निगमले बजारमा आपूर्ति बढाउने तयारी गरेको हो।
‘भारतबाट आउने पेट्रोलियम पदार्थको मात्रा बढेकोे छ। डिजेलको आपूर्ति राम्रोसँग भइरहेको छ,’ आयल निगमका वितरण विभाग प्रमुख एवं प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पहिलोपोस्टसँग भने, ‘केही दिनभित्रै बजारमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउँछौं।’
उनका अनुसार केही दिनभित्रै काठमाडौं बाहिर डिजेलको वितरण बढाउने योजना निगमले बनाएको छ। काठमाडौंभित्र अर्को साता नै चार पांग्रे सवारी साधनलाई पेट्रोल दिइने उनले बताए।
‘हामीले बेतालपुरबाट बढी पेट्रोल लोड गराउन भनेको छौं। त्यहाँबाट धेरै परिमाणमा पेट्रोल लोड भएको छ,’ घिमिरेले भने, ‘यसले निरन्तरता पाए चार पाङ्ग्रेलाई दिनेबित्तिकै दुई पाङ्ग्रे सवारी साधनलाई समेत दिन थाल्छौं।’
भारतले अघोषित नाकाबन्दी लगाएपछि आइओसीले विगतको तुलनामा २५ प्रतिशतमात्रै पेट्रोलियम पदार्थ दिएको थियो। यो मध्ये पनि पेट्रोल भने न्यून मात्रै दिने गरेको थियो।
भारतीय नाकाबन्दीपछि डिजेलको आपूर्ति बढी गरेर पेट्रोल न्यून परिमाणमा आएपछि निजी सवारी साधनलाई तीन पटक मात्रै पेट्रोल वितरण गरिएको थियो।
निगमले बिहीबार नयाँ आपूर्ति सचिव विष्णु लम्सालसँग छलफल गरेर पेट्रोलियम पदार्थ वितरण सहजीकरण गर्ने तयारी गरेको छ। वाणिज्य र आपूर्ति मन्त्रालय फुटाएपछि नयाँ आपूर्ति सचिवको रुपमा लम्साल आएका छन्।
कार्यकक्ष नहुँदा सचिव लम्साल सिंहदरवार आएका छैनन्। उनी कार्यालय नआउँदा पेट्रोलियम पदार्थ वितरणलाई खुकुलो बनाउने निर्णय हुन नसकेको आपूर्ति मन्त्रालय स्रोतले बतायो।
निगम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले आफ्नो डिपोमा गएको सबै ट्यांकरलाई तेल लोड गरेर पठाउन थालेको छ । निगमले बरौनी र बेतालपुरबाट धेरै तेल लोड गरेर नेपाल भित्र्याउने रणनीति अख्तियार गरेको छ।
यही रणनीति अनुसार सोमबार बेतालपुरमा एक सय ट्यांकर पेट्रोल लोड भएको निगमले जनाएको छ। स्रोतका अनुसार आइओसीले रक्सौल बाहेकका डिपोबाट चाहेजति पेट्रोलियम पदार्थ दिने प्रतिवद्धता जनाएकोे छ।
निगमका अनुसार देशभरको डिपोमा १२ हजार किलोलिटर डिजेल भण्डारण रहेको छ। काठमाडौंको थानकोट डिपोमा मात्रै ३३ सय किलोलिटर (३३ लाख लिटर) डिजेल छ। थानकोट डिपोमा पेट्रोल भने १३ लाख लिटर रहेको छ।
-pahilopost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, १४ पुष । मंगलबार दिनभरीको झडपमा प्रहरी सहित मोर्चाका डेढ सय कार्यकर्ता घाइते भएका छन् । आज दिनभर जसो नै भएको झडपमा ४५ प्हरी सहित १ सय भन्दा बढी प्रर्दशनकारी घाइते भएका छन् । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, सुरक्षाकर्मीहरुले पनि लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहार गरे लगत्तै दोहोरो झडप हुन पुग्यो ।
सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बन्दै गएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार आन्दोलनकारीको ढुंगामुढा तथा पेट्रोल बम प्रहारबाट ४५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
etajakhabar
सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।
तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।
थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के
१. भात
भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।
२. आलुको परिकार
आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।
३. पालक
पालकको साग पनि एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।
४. कुखुराको मासु
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।
५. मशरुम
च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।

मंगलबार, १४ पुष
चीनले किन पत्याएन कमल थापालाई_
विजय केसी । चीन भ्रमणमा गएका नेपालका परराष्ट्र मन्त्री कमल थापालाई चीन सरकारले पत्याएन ।
कमल थापा आफै चीन संगको सबै सम्झौतामा अन्तिम निर्णय गरी हस्ताक्षर गरेर फर्कने तयारी साथ गएका थिए । तर चीन सरकारले कमल थापालाई सम्झौता गर्न नेपालका प्रधानमन्त्री पठाइ देउ भनेको छ ।
कमल थापा नेपाल र चीन विच इन्धन व्यापार सम्झौतामा हस्ताक्षर गर्न चाहन्थे । तर चीनले नेपाललाई अहिले गम्भीर संकट परेको इन्धन व्यापार सम्झौता गर्न पनि नेपालका प्रधानमन्त्री नै चीन आओस् भन्ने जवाफ दियो ।
कमल थापाले स्वतन्त्र व्यापार सम्झौता, द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (विप्पा) र पारवहन तथा व्यापार सम्झौता पनि गर्ने तयारी सहित चीन गएका थिए । तर यी सबै सम्झौता प्रधानमन्त्री स्तरमा मात्रै गर्ने भन्दै चीनले कमल थापालाई जवाफ दिए पछि उनी लुरु लुरु फर्कदैं छन् ।
भू परिवेष्ठित देशको अधिकार स्वरुप समुद्र सम्म पुग्ने वाटो छिमेकी देशले दिनु पर्ने अन्तराष्ट्रिय नियम अनुरुप नेपालले अहिले सम्म भारत वाट मात्र अन्तराष्ट्रिय व्यापार गर्दै आएकोमा अहिले चीन संग पनि त्यो अधिकार र सुविधा दिन माग गर्दै पारवहन सम्झौता गर्ने प्रस्ताव नेपालको थियो ।
कमल थापालाई चीनले अविस्वास गर्नुमा पहिलो कारण यस्ता दिर्घकालीन र गम्भीर प्रकृतिका सम्झौताहरु चीनले प्रधानमन्त्री स्तरमा नै गर्न चाहनु हो ।
दोश्रो कारण, ओलीलाई परम्परा तोडेर पहिलो विदेश भ्रमण चीन मा गराउनु पनि हो भन्ने आशंका पर्यवेक्षकहरुको छ । अहिले सम्म नेपालका वहुसंख्यक प्रधानमन्त्रीहरु पहिला भारत भ्रमण गरे पछि मात्र चीन जाने भारत भक्त चलन छ ।
तेश्रो कारण, कमल थापालाई चीन हिरो वनाउन चाहँदैन भन्ने एक थरी पर्यवेक्षकहरु अनुमान गर्छन् ।
चौथो कारण, ओली सरकारले भारत संग निहु खोज्न मात्र चीन संग सम्झौता गर्न चाहेका हुन कि भन्ने आसंका चीन सरकारलाई छ । चीन सरकार भारत विरुद्ध कार्डको रुपमा प्रयोग हुन चाहँदैन ।
पाँचौं कारण, चीन सरकार नेपाल चीन विचको सम्झौताहरु कुनै दवाव वा वाध्यता नभएर राजी खुशी होस भन्ने चाहँन्छ ।
छैठौं कारण चीन सरकार नेपाल चीन विच हुन गैरहेको यस्तो गम्भीर सम्झौतामा राष्ट्रिय सहमति भए राम्रो भन्ने ठान्छ ।
सातौं कारण, नेपाल संग भन्दा चीन को भारत संगको व्यापार सयौं गुणा छ र चीन भारतलाई चिड्याउन चाहँदैन ।
यी कारणहरु भैकन पनि यदि प्रधानमन्त्री ओली यथाशीघ्र चीन गएमा सबै सम्झौताहरु भएर चीन वाट इन्धन आउने कुरा पक्का हुनेछ भन्ने विश्लेषकहरु वताउँछन् ।
तर ओली स्वयम् सके सम्म भारत संग समझदारी वनोस र नाकावन्दी हटोस र भारतवाटै इन्धन ल्याऔं भन्ने चाहना राख्छन् भनिन्छ ।
nepalsandesh

वीरगञ्ज, १४ पुस– नयाँ संविधानमा मधेसी जनताको अधिकार खोसिएको भन्दै चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अगुवालाई वीरगञ्जवासीले संविधानका त्रुटिको सूची लिएर जनतामाझ आउने आग्रह गरेका छन् ।
सरकारले संविधान बुझाउन अभियान नै चलाएको बेला आन्दोलनका अगुवाले पनि त्यसको कमी कमजोरीबारे जनतालाई जानकारी गराउनु पर्ने उनीहरुको माग छ ।
‘सरकारले संविधान पढाउने, बुझाउने कार्यक्रम ल्याएको छ ’ पोखरियाका सुरेशकुमार चौरसियाले भने, ‘यस्तो बेला त्यही संविधानको विरोध गर्दैै आन्दोलन गर्नेले कुन कुन बुँदामा त्रुटि छ, कहाँ कहाँ हाम्रा अधिकार खोसिएका छन् भन्नेबारे पनि दफावार जानकारी दिनुप¥यो । ’
नागरिक दैनिकबाट
kathmandutoday

रौतहट, १४ पुस । रौतहटमा मधेसी मोर्चाका एक नेता कुटिएका छन् ।
जिल्लाकै ठूलो व्यापारिक केन्द्र गरुडामा स्थानीय व्यापारी राम अयोध्या साह र उनका भाइ विनोद साहले जिल्ला नेता कौशल खानलाई कुटपीट गरेका हुन् ।
राति आफ्ना दुई ट्रकको आगो लगाएर सम्पत्ति नष्ट गरेको आक्रोशमा व्यापारी दाजुभाईले केही सर्वसाधारणको सहयोगमा मोर्चा नेता खानलाई कुटपिट गरेका हुन् । स्थानीय नेता कौशल खानले व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती प्रहार खाए र मुक्का खाए ।
dainiknepal

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको नाकाबन्दीमा उपस्थिति कम हुन थालेपछि नाकाबन्दी खोल्ने तयारीमा मोर्चा पुगेको छ । मोर्चाको बसेको आइतवारको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाबन्दी खोल्ने प्रस्ताव ल्याएको मोर्चाका एक नेताले बताए । नाकामा आन्दोलनकारीको संख्या कम भएपछि मोर्चाले किसानको बहाना बनाएको छ । मोर्चामा देखिएको आन्तरिक द्धन्द्वले गर्दा नेताहरु मधेस जान छाडेका छन् र त्यसले गर्दा आन्दोलनकारीमा निराशा उत्पन्न भएको छ । नाकाबन्दीका कारण किसानलाई आफ्नो उखु मिलसम्म पुर्याउन समस्या भएकोले आन्दोलनको स्वरुप परिवर्तन गरि नाकाबन्दी खुलाउनुपर्ने प्रस्ताव उनले बैठकमा राखेका थिए ।
यतिबेला नाकाबन्दीको असर सिधै किसानमा परेको छ, यदि उनीहरुको उखु समयमा मिलसम्म पुग्न सकेन भने उल्टो प्रतिकृया आउन सक्ने सम्भावना रहेकाले यसमा विचार गर्नैपर्ने कुरा राखेको बैठकमा सहभागि एक नेताले बताए । नाकाबन्दी खुलाउनुपर्ने कुरा जिल्ला जिल्लाबाट पनि आइरहेको छ, अन्य जिल्लाका साथीहरुसँग यस विषयमा कुरा गरेर निर्णय गर्नुपर्ने सुझाव उनले बैठकमा दिएका थिए । उपेन्द्र यादवको प्रस्तावप्रति तमलोपका अध्यक्ष महन्थ ठाकुर सकारात्मक देखिएको छ । सरकार वार्ताप्रति अलि लचिलो हुँदै गएको छ, मधेसी मोर्चासँग सकारात्मक वार्ता गर्ने भनि तीन दलले निर्णय गरेको छ, पुसभरि नाकाबन्दी खुलाउनु पर्छ भनि प्रस्ताव सद्भावना पार्टीबाट आएको थियो । त्यसमा अध्यक्ष उपेन्द्र यादव पनि सकारात्मक देखिएको छ । उनले पनि पुसमासान्तसम्म सरकारको क्रियाकलाप हेर्नुपर्छ माघमा गएर आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ भनि धारणा राखेको बताए । आजै तमलोपाका अध्यक्ष ठाकुरलाई रिर्पोटर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै आगामि पुस १९ गतेपछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्नेसहितको विषयमा छलफल हुने धारणा राखेका छन् । मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुष १९ गतेसम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुने उनले बताए ।’ratopati