काठमाडौ, १५ पुस । नेपालविरुद्ध बोल्दै आएका भारतीय राजदूत रञ्जीत रे अहिले भने सहि बाटोमा आएका छन् । यसअघि मधेस आन्दोलनको मात्रै पक्ष लिँदै आएका राजदूत रेले आज भने समग्र नेपालको हितमा बोलेका छन् ।
नेपालका लागि भारतीय राजदूत रेले नेपालको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् ।
नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपन अन्त्यको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने- ‘मधेसको समस्या राजनीतिक समस्या हो, त्यसैले यसको समाधान बार्ताबाटै हुनुपर्छ । सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ । यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ ।’
राजदूत रेले समाधानको फ्रेम वर्क बनिसकेकोले गंभिर संबाद भए समस्या छिट्टै समाधान हुने विश्वास ब्यक्त गर्दै समस्या धेरै ठूलो नभएकोले समाधान पनि गाह्रो नभएको तर्क गरे ।
उनले भने– ‘राजनीतिक समस्या बातचितबाट समाधान हुन्छ । तर सबै लचक भएर सम्झौता गर्नुपर्छ । बार्ता जारी छ, आशा गर्छाै । तुरुन्तै निर्णय आउँछ र नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्छ । तुरुन्तै समस्या समाधान होस । हाम्रो एउटै स्वार्थ छ, नेपालमा स्थायीत्व र विकास ।’
राजदूत रेले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दावी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफूहरु त्यसैमा अल्झिदा आफ्नो विकास क्रममा पनि असर पर्ने बताए ।
कसैले विगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतवीच रहेको भन्दै नजिक हुँदा कहिले काही चिसोपन आउनु स्वभाविक भएकोले त्यसलाई बातचित गरेर सुधार्ने उनले बताए । उनले भने,‘म आशाबादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुई पटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रष्ट भएको बताउँदै भने– ‘हामी नेपाल भारत सम्बन्धलाई प्राथमिकता दिन्छौ । हामी दुई देशको साझा विकास चाहन्छौं ।’
नेपालले ईन्धन लगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले भारतीय धारणा बारे राखेको जिज्ञासामा उनले नेपाल सार्वभौम मुलुक भएकोले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा सोधेको प्रश्नमा राजदूत रेले केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गर्दै भारतले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने बताए ।
नेपाल भारत नाकामा सुरु भएको तस्करीप्रति लक्षित गर्दै राजदूत रेले तस्करी एक पटक सुरु भएपछि रोक्न गाह्रो हुने भन्दै नेपालको समस्या समाधान भए तुरुन्तै सामान्य अवस्थामा फर्किने विश्वास ब्यक्त गरे ।
dainiknepal

बुधबार, १५ पुष
काठमाडौं । के राजेन्द्र महतो मुलुकको कुनै ठुला बडा महाराजा हुन् ? या उनी नहुँदा देश नै डुब्ने अवस्थामा छ ? पक्कै पनि यो सवाल उठेको छ यतीबेला ।
जतीखेर उनको नाममा बिराटनगरमा मृत्युञ्जय पुजा पाठ गरिएको छ र उनी धरनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा छन् । बिराटनगरको रानी भन्सार नाकामा प्रहरसिँगको झडपपछि भाग्दै भारतको जोगवनी पुगेका महतो त्यसको आधा द्धण्टापछि एम्बुलेन्स चढेर नोबेल अस्पताल आइपुगे ।
उनको सबै रिपोर्ट जाँच गर्दा उनको टाउको वा जीउ कुनै पनि ठाउँमा कुनै चोट पटक नै लागेको थिएन । अस्पतालले जब उनलाई डिस्चार्ज गर्ने निर्णयमा पुग्यो, त्यसपछि उनलाई रोगले सताउन थाल्यो ।
अनि रातारात सेटीङ मिलाएर उनी धरान पुगे । धरानमा पनि उनको कुनै उपचार भएको छैन । उनी सामान्य नै छन् । केवल रक्तसञ्चार प्रकृयामा केही समस्या छ,ब्लडप्रेसरको ।
उनलाई डिस्चार्ज गर्ने विषयमा त्यहाँ लफडा भएको समाचार आइरहेको छ । अस्पतालका निर्देशक विपी दाससँगको मिलेमतोमा महतो अहिले अस्पतालमै आराम गरिरहेका छन् ।
अनि उनी अस्पतालमा संवेदनशील अवस्थामा रहेको भन्दै बाहिर हल्ला फिजाउने र आन्दोलनलाई थप उत्तेजित बनाउने रणनीति बनाएका छन् महतोले ।
साथै आन्दोलनका क्रममा भएको दौडधुपबाट आराम गर्ने मौका पनि जुरेको छ महतोलाई । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएको भन्दै अस्पतालमा पुगेका उनी त्यो भन्दा पहिले भारतको जोगवनी जानु र त्यसपछि मात्रै घाइते भएर आउनुको पछाडि भारतीय एसएसबीको अन्जान सिपाहीले उनीमाथि प्रहार गरेको हुनसक्ने आशंका पनि गरिएको छ ।
सीमामा तैनाथ भैरहनेले मात्रै चिन्ने र अलि परकाले चिन्न मुस्कील पर्ने र आन्दोलनकारी भारत आयो भन्दै प्रहार भएको पनि हुनसक्ने आशंका गरिएको छ ।
यद्यपी यो विषय स्वयं महतोलाई नै जानकारी होला । तर, अस्पतालमा निको भैसकेका महतोको नाममा वा भनौं उनको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना गरिनु पनि एउटा रहश्यमय घटना बन्न पुगेको छ ।
सामान्य अवस्थामा रहेका महतोलाई मृत्युको मुखमै पुगिसकेकाहरुलाई झै उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेरु रमिता देखाइरहेका छन् ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मंगलबार मात्रै मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ । यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए ।
सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेकाहरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।
तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।
यस अघि एक युवालाई दुधले खुट्टा धुन लगाएको तस्विर सामाजिक सञ्जालहरुमा आएपछि उनी आलोचनाका पात्र बनिरहेका थिए । उनले ती युवालाई गराएको हर्कतको सर्बत्र निन्दा भएको थियो ।
अहिले पनि उनको नाममा मृत्युञ्जय पुजा हुनु, निको भैसक्दा पनि अस्पतालमै रहनुले उनको नियतमाथि थुप्रै शंका उपशंका पैदा भएको छ । र यसको जवाफ स्वयं महतोले दिनुपर्ने छ र दिन्छन् होला कुनैदिन, सायद ।
nepalsandesh

एजेन्सी । रुसको मुरमेन्स्क शहरमा यहि डिसेम्बर दुई देखि सुर्य उदाएको छैन भने यो क्रम अझै केही दिन जारी रहने छ । जनवरी १३ सम्म यहाँ सुर्य उदाउँदैन ।
अर्कटीक वृत्तमा पर्ने यो जस्तै विश्वमा अन्य ३० स्थान पनि छन् । जहाँ मुरमेन्स्कमा जस्तै करिब ४० दिन अन्तकार हुन्छ । पृथ्वीको पाँच मुख्य अक्षांस मध्ये यो निकै महत्वपुर्ण र अचम्मको क्षेत्र हो ।
जुन महिना र डिसेम्बरदेखि जनवरी पहिलो सातासम्म यो स्थानमा सुर्य तलमाथि भैरहने हुनाले यहाँ सुर्य देख्न नपाइने अवस्था आउने गरेको हो ।
दिन र रात कहिल्यै पनि सुर्य देख्न नपाइने भएकाले यो समयलाई रुसमा पोलर नाइटका रुपमा लिइने गरिन्छ । यस्तै मेदेखि जुनसम्म भने त्यहाँ २४ सै घण्टा सुर्य अस्ताउँदैन ।
त्यो समयलाई भने पोलर डे भनिन्छ । अहिले पोलन नाइटका रुपमा उक्त स्थान हेर्न हजारौं पर्यटक त्यहाँ पुगेका छन् ।

काठमाडौँः चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पुर्याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।
तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मात्र हुन् ।
यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उनको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उनकी श्रीमती मनेश्वरी गोर्खालीले बताए । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताए ।
उनले अहिले स्नायु अस्पतालमा पक्षघात र स्टोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए। उनले भने – “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”
उनका अनुसार जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।
डा पन्त भने – “जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”
स्टोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उनले बताए ।
स्टोकबाट बच्नका लागि बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने हो भने बच्न सकिने चिकित्सकको सल्लाह छ ।
चिसो बढेसँगै रक्तचाप बढ्ने र पक्षघात स्टोक हुने सम्भावना भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ ।
उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले बीचमै औषधि नछोडी नियमित सेवन गर्न पनि चिकित्सकले सुझाव दिएका छन् । यदि स्टोक भएमा त्यसको तुरुन्त उपचार गनुपर्ने वा मष्तिकको शल्यक्रिया गरी उपचार गर्नुपर्ने हुन्छ ।
annapurnapost

काठमाडौँ, १५ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेकाछन् ।
लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लामो समयदेखि सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए ।
प्रचण्डले भने –“मधेसको समस्या समाधान प्रयासमा छौँ, आशावादी छु केही दिनभित्र समस्याको समाधान हुन्छ, नाकाबन्दी पनि टुङ्गिन्छ ।” उनले वार्ता र संवादबाटै समस्याको समाधान हुने बताए ।
शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर अभियान चलाउनु विश्वभरका नेपालीका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले विश्वभर रहेका भ्रमलाई चिर्नका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उनले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले भने – “विश्वभर फैलिएको गलत सूचना सच्याउने अभियानले गति लिएको छ, यो सामान्य प्राविधिक कुरा होइन, हामी सबै नेपालीको पहिचान स्थापित गर्ने कुरा हो, यो पुनित र गौरवशाली काममा सबैको साथ हुनुपर्छ ।”
गौतमबुद्धको जन्मस्थलका विषयमा नेपाल र नेपालीले चालेको अभियान नेपालको पक्षमा हो कसैको विरुद्धमा नभएको बताउँदै उनले भने– “हामीले हाम्रो पक्षमा काम गर्दा कसैले अप्ठ्यारो मान्नु विडम्बना हो, एक्काइसौँ शताब्दीमा यो सुहाउँदैन ।”
कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै दौरानमा दक्षिण कोरिया र स्विडेनका पाठ्यपुस्तकमा लेखिएका गौतमबुद्धसम्बन्धी पाठ्यक्रम सच्याइएको र अमेरिका एवम् अस्ट्रेलियामा काम सुरु भएको जानकारी दिनुभयो ।
गौतमबुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको भनेर लेखिएका पुस्तक विश्वबजारमा रहेकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले अभियानबाटै गुगलको नक्सालाई सच्याउन सफल भएको बताए ।
अभियानका अध्यक्ष हरिकुमार श्रेष्ठले विश्व बजारमा रहेका पुस्तक, लेख, चलचित्र र वृत्तचित्रमा रहेका बुद्धसम्बन्धी गलत कुरालाई सच्याउने अभियान निरन्तर चलाएर नयाँ इतिहास बनाउनुपर्ने बताए ।
यस अभियानले विश्वका २२ देशमा सञ्जाल खडा गरेर बुद्धको प्रचारप्रसार गरेको र ८० देशमा अभियान जारी राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अभियानकै दौरानमा अस्ट्रेलियाको सङ्ग्रहालयमा राख्न लागिएको बुद्धमूर्ति एमाओवादी अध्यक्ष दाहालले सरकारका प्रतिनिधि एवम् परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे।
अभियानमा लाग्ने कलाकार एवम् अभियन्तालाई सम्मान गर्नुका साथै बुद्धका विषयमा उत्कृष्ट कविता लेख्ने पाँचजनालाई जनही रु १० हजार पुरस्कारसहित प्रशंसा गरिएको थियो ।

चितवन । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा पार्टीका तीनै नेतालाई एकै ठाउँमा उभ्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले पनि पार्टी दुईवटा जस्तो देखिएको भन्दै तीन नेता मिलेर नयाँ नेतृत्व छान्न आग्रह गरे ।
पार्टीको १३ औँ महाधिवशनले नयाँ अध्यायको सुरुवात गर्ने भन्दै उनले नयाँ विचार दिनसक्ने नेतृत्व काँग्रेसजनले खोजेको बताए ।
कोइराला परिवारबाट नेतृत्व बाहिर जान नखोजेको हो ? भन्ने प्रश्नमा नेता कोइरालाले आफूलाई हस्तान्तरण नचाहिएको बताउँदै जुन दिन कार्यकर्ता र जनताले विश्वास गर्छन् त्यस दिन आफूले पार्टीको नेतृत्व लिने बताए ।
नेताको उमेरका विषयमा उठिरहेको सवालमा नेता कोइरालाले राजनीतिमा उमेरको हदबन्दी राख्न नहुने बताए । क्रियाशील सदस्यता विवादलाई तत्काल समाधान गर्नुपर्ने भन्दै सङ्ख्या बढाएर नभई गुणात्मक रुपमा वृद्धि गर्नेतर्फ पार्टी लाग्नुपर्ने बताए ।
आफ्नो उम्मेदवारीको विषयमा कार्यकर्ताको राय बुझेर मात्र तय गर्ने उनले बताए ।
राजनीतिक स्थिरता अहिलेको आवश्यकता रहेको भन्दै उनले सरकारको विकल्प खोज्ने बेला नभएको बताए ।
नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई सबैलाई मिलाएर अहिलेको समस्या हल गर्दै जान सुझाव पनि दिए । उनले भने, “अस्थिरताका कारण मुलुक पछाडि परेको छ, समय नै नदिई सरकारको आलोचना गर्नुहुँदैन ।”

काठमाडौं । आफ्नो जीवनमा एक प्रकारको सेटेलमेन्ट भएपछि मात्र बिहे गर्नुपर्छ भन्ने विचार आजकाल अधिकांश मानिसहरुमा पाईन्छ । तर एउटा अनुसन्धानले त्यस्तो सोच बनाएका मानिसहरुलाई निराश बनाउने देखिएको छ ।
सो अनुसन्धानअनुसार ३२ वर्षको उमेरपछि बिहे गर्नेको वैवाहिक जीवनमा उमेर बढ्दै गए अनुसार डिभोर्स हुने सम्भावाना उत्तिकै बढ्दै जाने देखाएको छ ।
खोज अनुसार ३२ वर्षको उमेरपछि श्रीमान र श्रीमतीबीच डिभोर्स हुने सम्भावाना हरेक वर्ष ५ प्रतिशतका दरले बढ्दै जाने देखाएको छ ।
अमेरिकाको उटाह विश्वविद्यालयका निकोलस वालफिगरले सन् २००६ देखि २०१० सम्मको सर्वेक्षणको आंकडा हेरेर त्यस्तो विश्लेषण गरेका हुन् ।
उनले भनेका छन् कि ३२ वर्ष पछि बिहे गर्दा दम्पतिहरु विच डिभोर्स हुने सम्भावाना प्रवल हुन्छ ।
अमेरिका स्थित इंस्टीट्यूट फर फेमली स्टडीज को लागि लेखिएको एउटा लेखमा पनि भनिएको छ कि ३२ वर्ष भन्दा अघि गरिएको बैबाहिक सम्बन्धमा डिभोर्स हुने खतरा ११ प्रतिशतले कम हुन्छ ।
-एजेन्सीकाे सहयाेगमा